बेपत्ता १० को अवस्था अझै अज्ञात, खोजीमा सेना र प्रहरी
दार्चुलामा भदौ २४ गते राति बाढी र पहिरोमा परी बेपत्ता भएका १० जनाको अवस्था अझै अज्ञात छ । घटना भएको आठ दिन बित्दा पनि बेपत्ता भएकाहरु फेला नपरेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो ।
खुमल –४ धानमा बाला लागेन, रैथाने बासमती लोप हुँदै
उत्पादन बढ्ने भन्दै भित्र्याएको आयातित खुमल –४, जातको धानमा बाला नलागेपछि बैतडी पाटनका किसान चिन्तित बनेका छन् । दशकअघि यहाँका स्थानीय किसानले लगाउँदैआएको रैथाले रातो बासमती, डाँडा बासमती र हिमाली जातको धानको बीउ जोगाउन नसकेकोमा पछुतो मानेका छन् ।
सङ्घीयता कार्यान्वयनदेखि जनसरोकारका मुद्दासम्म
राजनीतिक दलहरु मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि चुनावी गतिविधिमा सक्रिय छन् । निर्वाचन अघि दलहरुले आगामी पाँच वर्षमा गरिने कार्यक्रमहरु चुनावी घोषणापत्र मार्फत सार्वजनिक गर्ने पुरानै प्रचलन हो । दलहरु यतिबेला सोही घोषणापत्र तयार गर्न आन्तरिक तयारीमा जुटेका छन् ।
पर्यटक वृद्धिसँगै खोप्रालेकमा लजको विस्तार
म्याग्दीको सुन्दर पर्यटकीयस्थल खोप्रालेकमा स्थानीयहरुले होटलको क्षमता विस्तार गरेका छन् । अन्नपूर्ण गाउँपालिका ५ स्थि खोप्रालेकमा पछिल्ला केही वर्ष यता पर्यटक आगमनमा वृद्धि हुनथालेपछि सामुहिक रुपमा सञ्चालन गरिएको होटलको क्षमता विस्तार गरेका हुन ।
नागढुङ्गा–नौबिसे सुरुङमार्ग : मुआब्जा अझै बाँकी
नागढुङ्गा–नौबिसे सुरुङमार्गअन्तर्गत पर्ने घर तथा जग्गा अधिग्रहणको काम अझै सकिएको छैन। पूर्ण अधिग्रहणका लागि घरजग्गाको मुआब्जा वितरण र भत्काउने काम जारी रहेको नागढुङ्गा–नौबिसे सुरुङमार्ग आयोजनाले जनाएको छ ।
बढ्यो विदेशी मुद्रा सञ्चिति पर्याप्तता
विदेशी मुद्राको सञ्चिति घटे पनि वस्तु तथा सेवाको आयात धान्ने समय भने बढेको छ । नेपाल राष्ट्र बैङ्कले बिहीबार सार्वजनिक गरेको साउन महिनाको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार बैङ्किङ क्षेत्रसँग हाल सञ्चित रहेको नौ अर्ब ४२ करोड डलर (११ खर्ब ९८ अर्ब रुपियाँ)बाट आठ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुन्छ । यो असारको तुलनामा एक महिनाभन्दा बढीले वृद्धि हो ।
दर्ता नभएका मोबाइल अब नचल्ने
भन्सार नतिरी अवैध बाटोबाट भित्रिएका मोबाइल सेट शुक्रबारदेखि नचल्ने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबार ‘सफ्ट लन्च’ गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)ले अवैध रूपमा भित्रिएका त्यस्ता मोबाइलमा दूरसञ्चार सेवा प्रदायकको सेवा प्रयोग गर्न नमिल्ने बनाएको हो । यससँगै नेपालमा मोबाइल प्रयोग गर्न अबदेखि अनिवार्य दर्ता भएको हुनुपर्नेछ । प्राधिकरणले बिहीबारसम्म (भदौ ३०) नेपालमा प्रयोग भइरहेका र विदेशबाट ल्याएका मोबाइल भने स्वतः दर्ता भएको र त्यस्ता मोबाइल प्रयोगमा कुनै अवरोध नहुने जनाएको छ । “बिहीबारसम्म चालू सबै मोबाइल स्वतः दर्ता हुने व्यवस्था मिलाएका छौँ,” प्राधिकरणका निर्देशक डा. सुरेन्द्रलाल हाडाले भन्नुभयो, “त्यसपछिका मोबाइल भने दर्ता नगरी प्रयोग गर्न मिल्दैन ।”
डेङ्गु परीक्षण शुल्कमा मनोमानी
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु परीक्षण शुल्क एकरूपता गर्ने निर्णय गरे पनि हालसम्म पनि कार्यान्वयन हुन सकेको छैन । कार्यान्वयन नहुनुभन्दा पनि किन कार्यान्वयन नभएको भन्ने जानकारी स्वास्थ्यमन्त्रीलाई नै दिइएको छैन । स्वास्थ्य मन्त्रालयले नै गरेको निर्णय कार्यान्वयन हुन नसक्दा डेङ्गुको परीक्षणमा लाग्ने शुल्कमा मनोमानी भइरहेको छ ।
देशकै ठूलो परियोजना सुरु हुँदै, माथिल्लो अरुणमा जुट्यो ५३ अर्ब
माथिल्लो अरुण जलविद्युत् आयोजनामा नेपालका बैंक तथा वित्तीय संस्थाले रु ५३ अर्ब ३४ करोड बराबर लगानी गर्ने भएका छन् ।
रसुवागढी नाकाबाट चिनियाँ सामग्री नेपाल भित्रिए
गत साउनको तेस्रो हप्तायता बन्द रसुवागढी नाकाबाट बिहीबारदेखि व्यापारिक सामग्री पुनःआयात हुन थालेको छ।
जय नेपाल हलको कम्पाउण्ड भित्र टुकुचा खोला भेटियो
बिहीबार काठमाडौं महानगरपालिकाले जय नेपाल हलको कम्पाउण्ड भत्काउने क्रममा १५ फिट खन्दै गर्दा टुकुचा खोला फेला पारेको हो।
विश्वकर्मा पूजाको तयारी (फोटो फिचर)
अहिले हरेक वर्ष सयौंको संख्यामा विश्वकर्माको मूर्ति बिक्री हुन्छन्। विश्वकर्माको पूजाका दिन अधिकांश मूर्ति बिक्री हुने गरेका छन्।
१२ हजारभन्दा बढीमा डेंगु पुष्टि, ११ को मृत्यु
पछिल्लो केही महिनादेखि डेंगुको प्रकोप बढ्दै गएको छ । सरकारी तथ्याङ्क अनुसार डेंगुको सङ्क्रमणबाट अहिलेसम्म ११ जनाको मृत्यु भएको छ ।
म्यादी प्रहरीमा भर्ना हुनेको घुँइचो (फोटो फिचर)
म्यादीमा भर्ना हुन आवेदन दिन प्रहरी प्रधान कार्यालय टेकुमा ठूलो सङ्ख्यामा युवकयुवतीको भीड लागेको छ ।
चाडपर्व लक्षित सुरक्षा योजना लागू, लापरबाही नगर्न आग्रह
नेपाल प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना लागू गरेको छ । प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीका अनुसार चाडपर्व लक्षित १९ बुँदे सुरक्षा योजना बुधबारदेखि लागू भएको हो । चाडपर्व लक्षित सुरक्षा योजना लागू गर्न निर्देशन मात्रै होइन मनिटरिङ्ग पनि हो उहाँले भन्नुभयो ।
नेपाललाई समृद्ध मुलुकको रूपमा दक्षिण एसियामा चिनाउने प्रतिबद्धता
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी निर्वाचन पछिको १० वर्षभित्र नेपाललाई दक्षिण एसियामा समृद्ध मुलुकको रुपमा चिनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
तनहुँको विपन्न समुदायलाई २८६ वटा सुरक्षित घर
तनहुँको भानु नगरपालिका–४ निवासी गोरे सार्की दुई कोठे पक्की घर पाएपछि खुसी हुनुहुन्छ । पक्की घर बनेपछि बस्ती वरपर घरिघरी चितुवा आइरहने छाप्रोमा बस्नु पर्दा राति जङ्गली जनावरले आक्रमण गर्छ कि भन्ने डर हटेको उहाँ बताउनुहुन्छ ।
कर्मचारीकाे छैन काम गर्ने जाँगर, चल्छ प्रशासन प्राविधिककाे भर
जिल्लाको केही स्थानीय तहहरूले प्राविधिक कर्मचारीलाई प्रशासनिक काममा लगाएका छन् । पशु प्राविधिक, स्वास्थ्य क्षेत्रका प्राविधिक कर्मचारी तथा कृषि प्राविधिकलाई प्रशासनिक काममा लगाएको बताइकाे छ ।
चिनियाँ नेता ली भ्रमण सम्पन्न गरी फिर्ता
सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा सोमबार यहाँ आउनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शु भ्रमण सम्पन्न गरी आज फिर्ता हुनुभएको छ ।
पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु
काभ्रेपलान्चोक जिल्लाको बेथानचोक गाउँपालिका–४ चलाल गणेश स्थानमा अबिरल वर्षासँगै गएको पहिरोमा परी एकै परिवारका तीन जनाको निधन भएको छ ।
धितो पास भनी राजीनामा पास गरेपछि गुरुङ छ वर्षदेखि बिचल्ली
मोरङको कानेपोखरी –५ की ६० वर्षीया पल्पना गुरुङ ६ वर्ष देखि आफूलाई ठगी गरी जग्गा राजीनामा पास गरी लिएका धरान १६ का भूपेन्द्र लिम्बूको खोजीमा हुनुहुन्छ ।
उद्योगको योगदान १५ प्रतिशत पुर्याइने
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आगामी एक दशकमा कुल गार्हस्थ्य उत्पादनमा उत्पादनमूलक क्षेत्रको योगदान १५ प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । सो मन्त्रालयले प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रममार्फत उत्पादनमूलक क्षेत्रको योगदान १५ प्रतिशत पुर्याउने लक्ष्य राखेको हो । कुल गार्हस्थ्य उत्पादनमा हाल सो क्षेत्रको योगदान ५ दशमलव ९ प्रतिशत रहेको छ । मन्त्रालयले प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रमको अवधारणापत्र तयार गरेको छ । ‘स्वदेशी उत्पादन र उपभोग वृद्धि : आत्मनिर्भर अर्थतन्त्रको निर्माण र समृद्धि’ सोचसहित चालू आर्थिक वर्षको बजेटमा नेपाली उत्पादन वृद्धि, रोजगारी सिर्जना र निर्यात लक्षित व्यापार अभिवृद्धिसहितको लक्ष्य राखेर सो कार्यक्रम घोषणा गरिएको थियो ।
रसुवागढी–केरुङ नाका आजदेखि खुला
कोभिड–१९ सङ्क्रमण फैलिएसँगै बन्द रहेको रसुवागढी–केरुङ नाका बिहीबारदेखि खुला भएको छ। चीनको केरुङबाट सामान बोकेका १४ वटा कन्टेनर बिहीबार रसुवागढी नाका आइपुग्नेछन्। जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दयाराम पौडेलले चिनियाँ पक्षबाट बिहीबारदेखि व्यापारिक नाका खुला हुने मोबाइल सन्देश प्राप्त भएको जानकारी दिनुभयो।
हत्या कसुर विवादले रोकियो विधेयक
हत्या मुद्दालाई मानव अधिकारको गम्भीर उल्लङ्घन सूचीमा राख्ने वा नराख्ने विषयमा दलीय सहमति नभएपछि बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयक अघि नबढ्ने निश्चित भएको छ। सङ्घीय संसद्को कार्यकालको अन्तिम समयमा सरकारले ल्याएको विधेयक विवादका कारण अघि नबढ्ने निश्चित भएको हो।