• १३ साउन २०८१, आइतबार

जय नेपाल हलको कम्पाउण्ड भित्र टुकुचा खोला भेटियो

blog

जय नेपाल हलको कम्पाउण्ड भत्काउने क्रममा १५ फिट खन्दा भेटिएको टुकुचा खोला ।

काठमाडौं, भदौ ३० गते । जय नेपाल हलको कम्पाउण्डमा १५ फिट खन्ने बित्तिकै टुकुचा खोला भेटिएको छ। बिहीबार काठमाडौं महानगरपालिकाले जय नेपाल हलको कम्पाउण्ड भत्काउने क्रममा १५ फिट खन्दै गर्दा टुकुचा खोला फेला पारेको हो। 

महानगरपालिकाले नक्साअनुसार गरेको मार्किङका आधारमा उत्खनन गर्दा जय नेपाल हलको कम्पाउण्डमा टुकुचा खोला भेटिएको जनाएको छ। 

नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला यस क्षेत्रमा गायब रहेको थियो। विगत लामो समयदेखि स्थानीयले खोला अतिक्रमण गरेर संरचना निर्माण गरेको भन्दै उत्खननको  माग गर्दै आइरहेको थिए। 

टुकुचा खोला पत्ता लगाउन महानगरले डोजर लगाएर विभिन्न स्थानमा खनेको थियो। गत साउन १२ गते काठमाडौं महानगरपालिकाले टुकुचा खोला मिचेर बनाएका संरचना हटाउनु भन्दै सार्वजनिक सूचना जारी गरेको थियो। 

महानगरले उक्त सूचना जारी गरेको लामो समयसम्म पनि कसैले संरचना नहटाएपछि महानगर आफैँ टुकुचा खोलाको खोजीमा जुटेको थियो। महानगरले टुकुचा खोलाको नक्सा सङ्कलन गर्दै मार्किङ सुरु गर्दा काठमाडौंको जमलमै रहेको जय नेपाल सिनेमा हलले मिचेको देखेपछि बिहीबार महानगरको टोली डोजर लिएर पुगेको थियो।