सिन्धुली-२ को प्रदेशसभा (क) र (ख)मा गठबन्धनका उम्मेदवार विजयी
सिन्धुली जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा निर्वाचन (क) र (ख) मा सत्तारुढ गठबन्धनका उमेदवार विजयी बन्नुभएको छ ।
ओखलढुङ्गामा कांग्रेसका रामहरिको अग्रता कायम
ओखलढुङ्गा जिल्लाको प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडा तीन हजार ७५५ मतान्तरले अग्रस्थानमा हुनुहुन्छ ।
काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ विजयी
काठमाडौं–८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी हुनुभएको छ ।
बाँके २ मा राप्रपाका राणा विजयी
बाँके क्षेत्र नम्बर २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शमशेर राणा विजयी हुनुभएको छ । उहाँले जनता समाजवादी पार्टीका केन्द्रीय नेता तथा पुर्वमन्त्री मोहम्मद इश्तियाक राईलाई ६ हजार ५७ मतले पराजित गर्नुभयो ।
प्रतिनिधि सभातर्फ २२ वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक
प्रतिनिधि सभातर्फ १६५ निर्वाचन क्षेत्रमध्ये २२ वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ ।
काठमाडौं क्षेत्र नम्बर १० मा कांग्रेसका राजेन्द्र केसी विजयी
काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका राजेन्द्र कुमार केसी विजयी हुनुभएको छ । चालिसे २ हजार ६७२ मतान्तरले विजयी हुनुभएको छ ।
काठमाडौं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गौतम विजयी
प्रतिनिधि सभा सदस्यतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो जीत हासिल गरेको छ ।
साढे १२ हजार मतान्तरसहित प्रधानमन्त्री देउवा विजयी
प्रधामन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुराबाट सातौँ पटक संसदमा निर्वाचित हुनुभएको छ ।
पराजित चर्चित नेताहरू
आमनिर्वाचन २०७९ को मतपरिणाम आउने क्रम जारी रहँदा केही चर्चित उम्मेदवारले हारको सामना गर्नुपरेको छ। काठमाडौँको तीनवटा निर्वाचन क्षेत्रको परिणाम आउँदा रवीन्द्र मिश्र, डा. राजन भट्टराई, रमेश खरेल, मिलन पाण्डे र पुकार बमले हार बेहोरेका छन्। मिश्र, भट्टराई र पाण्डे आमनिर्वाचन २०७४ मा समेत चर्चित हुनुहुन्थ्यो। खरेल भने आफैँ दल दर्ता गरी पहिलो पटक निर्वाचनमा स्पर्धा गर्नुभएको थियो।
विवाहपञ्चमी महोत्सव आजदेखि
जनकपुरधाममा मनाइने सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव बुधबार प्रारम्भ हुँदै छ । त्यसका लागि जानकी मन्दिर सजाउने कार्य तीव्र रूपले अघि बढेको छ । प्रत्येक वर्षझैँ सप्ताहव्यापी रूपमा मनाइने विवाहपञ्चमी महोत्सव बुधबारदेखि विधिवत् प्रारम्भ हुने भएपछि मन्दिरलगायतका स्थान रङ्गीचङ्गी फूलले सजाउन थालिएको छ । महोत्सवका लागि आवश्यक सबै तयारी पूरा भएको जानकी मन्दिरका सहायक महन्थ रोशन दासले बताउनुभयो ।
लालबाबु राउत पुनः प्रदेशसभामा निर्वाचित
मधेश प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत पुनः प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
ललितपुर क्षेत्र नं. १ प्रदेशसभा (ख) मा कांग्रेसका मीनकृष्ण विजयी
ललितपर–१ प्रदेशसभा (२) मा नेपाली कांग्रेसका मीनकृष्ण महर्जन विजयी हुनुभएको छ ।
काठमाडौँ–७ प्रदेश (ख) मा एमालेका श्रेष्ठ विजयी
काठमाडौं, मङ्सिर ७ गते । काठमाडौं क्षेत्र नं ७ को प्रदेशसभा (ख) मा नेकपा (एमाले) का उम्मेदवार प्रकाश श्रेष्ठ विजयी हुनुभएको छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको केहीबेर अघि सम्पन्न प्रदेशसभा (२) को मतगणनामा एमालेका श्रेष्ठले पाँच हजार दुई सय १८ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत उषा श्रेष्ठले राससलाई जानकारी दिनुभयो । यस्तै, नेपाली कांग्रेसका उम्मेदवार सबिन तामाङले पाँच हजार एक सय ३७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार लालकुमार लामाले दुई हजार सात सय ९७ मत प्राप्त गर्नुभएको छ ।
दार्चुला प्रदेशसभा (ख) मा माओवादीका धामी विजयी
लोकेन्द्रप्रसाद जोशी दार्चुला, मङ्सिर ७ गते । दार्चुलाको प्रदेश सभा क्षेत्र नम्बर (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार मानबहादुर धामी विजयी हुनुभएको छ । नेकपा एमालेका उम्मेदवार रामदत्त जोशीलाई १ हजार ३१५ मतान्तरले पराजित गर्दै धामी विजयी हुनुभएको हो । सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीसमेत रहनुभएका माओवादी नेता धामीले कुल २६ हजार २७२ मतमध्ये १३ हजार १७१ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका जोशीले ११ हजार ८५६ मत प्राप्त गर्नुभयो । धामी २०७४ सालमा यसै क्षेत्रबाट प्रदेश सभामा निर्वाचित हुनुभएको थियो ।
दैलेख क्षेत्र १ (क) बाट कांग्रेसका खत्री विजयी
नेपाली काँग्रेसका उम्मेद्वार पूर्णबहादुर खत्री विजयी हुनुभएको छ ।
बागलुङ–२ (क) मा कांग्रेसका शेरचन विजयी
बागलुङ क्षेत्र नं. –२ (क) मा नेपाली कांग्रेसका जितबहादुर शेरचन विजयी हुनुभएको छ ।
ललितपुर–१ मा कांग्रेसका उदयशम्शेर विजयी
ललितपुर–१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार उदयशम्शेर राणाले जित हासिल गर्नुभएको छ ।
प्रदेशसभा सदस्यमा जसपाका सिघासन साह विजयी
पर्सा जिल्लामा प्रदेश सभा सदस्यमा जनता समाजवादी पार्टीका सिघासन साह कलवार दोस्राे पटक विजयी हुनुभएको छ ।
म्याग्दीको प्रदेश (ख) मा माओवादीका जुग्जाली विजयी
म्याग्दीको प्रदेश सभा निर्वाचन क्षेत्र (ख) मा सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादीका उम्मेदवार रेशम जुग्जाली (सुविन) १०१ मत अन्तरले विजयी हुनुभएको छ ।
उदयपुर २ मा एमालेका रायमाझी विजयी
उदयपुरको निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा (एमाले)का उम्मेदवार अम्बरबहादुर रायमाझी विजयी हुनुभएको छ। उहाँ १५ हजार २५१ मत ल्याएर विजयी हुनुभएको हो।
पर्सा ४ प्रदेशसभा (क)मा कांग्रेसका शङ्कर चौधरी विजयी
पर्सा जिल्लामा प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका शङ्कर चौधरी विजयी हुनुभएको छ।
ललितपुर २ (ख) मा कांग्रेसका चित्रकार विजयी
ललितपुर प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा सदस्य (ख) मा नेपाली कांग्रेसका रामकृष्ण चित्रकार विजयी हुनुभएको छ।
सुनसरी –४ मा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की अगाडि
सुनसरी निर्वाचन क्षेत्र नं. ४ प्रतिनिधि सभाको मतगणना जारी रहँदा नेपाली कांग्रेसका उम्मेदबार सञ्चार तथा सूचना प्रविधी एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले तीन हजार ४४१ मत प्राप्त गरी अग्रता लिनुभएको छ ।
डडेलधुरामा प्रधानमन्त्री देउवा ५४ सय मतले अगाडि
डडेलधुरा जिल्लाको प्रतिनिधि सभा सदस्यमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँच हजार ४४९ मतले आफ्नो प्रतिस्पर्धीभन्दा अगाडि हुनुहुन्छ ।