शान्ति, सुरक्षा र सुशासनमा प्रगति
शान्ति सुरक्षा र अपराध अनुसन्धान एवं नियन्त्रणका कारण सुशासनतर्फ पछिल्लो एक वर्षमा उल्लेख्य प्रगति भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणको सफल अनुसन्धानसँगै ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरण, सुन तस्करीविरुद्धको विशेष अपरेसन, विद्युतीय सट्टेबाजी, सहकारी ठगी, मिटरब्याजविरुद्ध राज्यको कठोर कदम, सुन तस्करी प्रकरणमा गृह प्रशासनको सफल अनुसन्धानले सरकार सुशासनको
सामाजिक सुरक्षा योजना विस्तार
आन्तरिक मात्र होइन वैदेशिक रोजगारमा रहेकालाई पनि योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने नीतिले सफलता पाउन थालेको छ । वर्तमान सरकारले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेलाई सामाजिक सुरक्षा योजनामा आबद्धता अनिवार्य गरेकाले नौ महिनामै साढे पाँच लाख आबद्ध भएका छन् । सामाजिक सुरक्षा कोषका अनुसार २०७९ चैत ८ देखि २०८० पुस ५ सम्म पाँच लाख ३२ हजार ७३ जना कोषको योजनामा आबद्ध भएका छन् ।
शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन शीर्ष नेताहरु सकारात्मक
शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन शीर्ष नेताहरु सकारात्मक भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ बसेको प्रमुख दलको शीर्ष बैठकमा नेताहरु सो विषयमा सकारात्मक हुनुभएको हो ।
यस्तो छ स्वास्थ्य क्षेत्रमा भएको प्रगति
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार बनेको एक वर्ष पुगेको छ । सरकार गठन भएको एक वर्षको उपलक्ष्यमा सबै मन्त्रालयले आफ्नो मन्त्रालय अन्तर्गतको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।
मुग्लिन–नारायणगढ सडक दैनिक चार घण्टा बन्द
नारायणगढ–मुग्लिन सडक खण्डमा रहेको तुइन खोलामा पुल निर्माण गर्न गत शनिबारदेखि दैनिक चार घण्टा सडक बन्द गर्न सुरु गरिएको छ ।
टिकट वितरणमा पूर्ण रूपमा न्याय हुन्छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले टिकट वितरणमा पूर्ण रूपमा न्याय गर्ने बताउनुभएको छ । नेपाली कांग्रेस तनहुँले निर्माण गरेको बिपी स्मृति भवनको आज उद्घाटन तथा कांग्रेसको जिल्ला अधिवेशनको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
तस्बिरमा ऐतिहासिक तपोभूमि गाम्फाधुरी
अग्लो पहाडको टुप्पो, तल वरिपरि घना जङ्गल छ । आँखैअघि लस्करै हिमाल छन् । सुन्दर ग्रामीण बस्तीका दृश्यहरू तल देखिन्छन् । यी अनुपम प्राकृतिक सुन्दरताभित्र रहेको गाम्फाधुरी १००८ स्वामी परमानन्द महाराजले तपस्या गर्नुभएको ऐतिहासिकस्थल हो ।
लाइसेन्सका लागि पालो कुर्नुपर्ने अवस्थाको अन्त्य : प्रवक्ता पनेरु
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार बनेको एक वर्ष पुग्दैछ । यो सरकारले आफ्नो जिम्मेवारी सम्हालेसँगै सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रक्रियामा देखिएका समस्या समाधान हुँदै गएको छ ।
सरकारको एक वर्ष : ऊर्जा क्षेत्रमा रणनीतिक उपलब्धि
आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा रहेको ऊर्जा क्षेत्रलाई थप व्यवस्थित गर्ने लक्ष्यका साथ वर्तमान सरकारले देखिने गरी केही महत्त्वपूर्ण कामलाई अगाडि बढाएको छ ।
‘जलवायु असरको क्षतिपूर्ति प्राप्त गर्न आन्तरिक तयारी आवश्यक’
विश्वको कूल हरित गृह ग्यासको उत्सर्जनमा नेपालको भूमिका नगन्य (०.०५ प्रतिशतभन्दा कम) रहेको छ । तर नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेका विश्वका १० राष्ट्रमा पर्दछ ।
सरकारको एक वर्ष : रासायनिक मल सर्वसुलभ
प्रत्येक वर्ष किसानले समयमा रासायनिक मल नपाएर हैरानी खेप्दै आएकामा गएको एक वर्षयता भने त्यो असहजता अन्त्य भएको छ ।
एक लाख त्रिचालिस हजारभन्दा बढीको आवेदन
दक्षिण कोरियामा सन् २०२४ का लागि उत्पादनतर्फको कोरियन भाषा परीक्षा (इपिएस) मा अहिलेसम्मकै धेरैले आवेदन दिएका छन् । वैदेशिक रोजगार विभागका इपिएस शाखाका अनुसार पुस २ देखि ६ सम्म आवेदन माग गरेकामा अहिलेसम्मकै धेरै एक लाख ४३ हजार ८१२ जना युवाले आवेदन दिएका हुन् ।
महसुल नतिर्ने उद्योगमा धमाधम बिजुली काटिँदै
डेडिकेटेड र ट्रङ्क लाइनबापतको महसुल भुक्तान नगरेका उद्योगको विद्युत् काट्ने कामलाई नेपाल विद्युत् प्राधिकरणले तीव्रता दिएको छ । मन्त्रीपरिष्दले पारित गरेको प्रतिवेदन कार्यान्वयनमा विद्युत् नियमन आयोगले आवश्यक निर्णय गर्न ढिलाइ गरेपछि नेपाल विद्युत् प्राधिकरणले मन्त्रीपरिषद, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको पत्राचार तथा अदालतका आदेशलाई आधार मान्दै लाइन काट्ने कार्यलाई तीव्रता दिएको हो ।
बढ्यो विदेशी लगानी
एक वर्षको अवधिमा प्रत्यक्ष विदेशी लगानी (एफडिआई) को प्रतिबद्धता र लगानी दुवै बढेको छ । अर्थतन्त्र लयमा आउन थालेसँगै विदेशी लगानीमा सुधार आएको हो । लगानीका लागि अनुकूल वातावरणसँगै नीतिगत सुधार पनि भएका कारण वैदेशिक लगानी बढ्दै गएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को चार महिना (साउन–कात्तिक) मा खुद प्रत्यक्ष वैदेशिक लगानी तीन अर्ब ६४ करोड रुपियाँ भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी ४२ करोड ९२ लाख रुपियाँमा सीमित थियो ।
प्रविधिको विकासबाट विदेशी मुद्रा आर्जन गर्न सकिन्छ : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको विकासलाई विदेशी मुद्रा आर्जनको माध्यम बनाउन सकिने बताउनुभएको छ।
जनतामा आशा जगाउने काम गरेका छौँ : अध्यक्ष ओली
नेकपा (एमाले) ले १८ दिने आफ्नो सङ्कल्प यात्रामा जनतामा आशा जगाउने काम गरेको जनाएको छ । झुलाघाट–चिवाभञ्ज्याङ ः समृद्धिका लागि सङ्कल्प यात्राबारे पत्रकारसँग आज गरिएको संवाद तथा पत्रकार सम्मेलनमा एमालेले सो कुरा जनाएको हो ।
गणतन्त्रलाई कमजोर पार्ने काम भइरहेको छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रलाई कमजोर पार्ने काम भइरहेको बताउनुभएको छ।
सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई टुङ्ग्याउन शीर्ष नेताको छलफल
सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई टुङ्ग्याउने सन्दर्भमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूले छलफल गरेका छन्।
यसपटकको जहाज खरिदमा कुनै त्रुटि र विवाद नहोस् : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले यसपटकको जहाज खरिद प्रक्रियामा कुनै पनि प्रकारको त्रुटि र विवाद हुने काम नगर्न र पारदर्शी ढङ्गले अगाडी बढ्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।
सरकारको एक वर्ष : कूटनीतिक सक्रियता, लाभको प्रतीक्षा
नेपालले करिब डेढ दशकअघिदेखि उठाउँदै आएको हिमालको मुद्दा यसपटक स्वीकृत भएको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) मा यो मुद्दालाई महत्वका साथ समावेश गरिएको छ ।
सरकारी सञ्चारमाध्यमले जनताको आवाज बोल्नुपर्छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी सञ्चारमाध्यमले जनताको आवाज बोल्नुपर्ने बताउनुभएको छ ।
बालुवाटारमा शीर्ष नेताबिच छलफल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्नुभएको छ ।
जनक शिक्षा सामग्री केन्द्र, पाठ्यपुस्तकको पहुँच सहज
वर्तमान सरकारले सत्ता सञ्चालनको नेतृत्व गरेसँगै विद्यालय तहको पाठ्यपुस्तक छपाइ तथा वितरणमा उल्लेख्य सुधार देखिएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निरन्तर अनुगमन र जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको आन्तरिक व्यवस्थापनमा देखिएको सुधारले यो अवस्था आएको हो । यससँगै सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड लगातार तीन वर्षदेखि मुनाफामा गएको छ ।
तीन सय किलो हात्तीका दाँत बरामद
विश्वमै दुर्लभ मानिएका वनस्पति, जडीबुटी र वन्यजन्तुको अवैध ओसारपसार तथा तस्करीका घटनामा ६० प्रतिशतभन्दा बढी अन्तर्राष्ट्रिय सङ्गठित आपराधिक समूहको संलग्नता देखिएको छ । ती समूहले अवैध ओसारपसार र कारोबार गर्दा दैनिकजसो कानुन कार्यान्वयन गर्ने निकायको आँखा छल्दै नयाँ प्रविधि र फरक बाटो प्रयोग गर्ने गरेको तथ्य पनि सार्वजनिक भएको छ ।