पूर्वराजपरिवार संसदीय समितिमा
भूमिसुधार कार्यालयले रोक्का राखेको जग्गा फुकुवाका लागि निर्देशन माग गर्दै पूर्वराजपरिवारका सदस्यहरूले संसदीय समितिमा उजुरी दिएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहका भाइ धीरेन्द्रका तीन छोरीले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी दिएका हुन् ।
हाम्रो पर्यटकीय स्थललाई विश्वबजारमा प्रवर्द्धन गर्नुपर्छ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माणमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने भएकाले त्यसमा लगानी गर्न उद्यमी-व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ ।
जनताको अपेक्षा पूरा गर्न सरकार लागिपरेको छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार जनअपेक्षाअनुसार काम गरिरहेको बताउनुभएको छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको आयोजनामा आयोजित ‘स्थानीय सरकार र सरोकारवालासँग प्रधानमन्त्री’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
जनतालाई भ्रमित पार्न गणतन्त्र विरोधीले षडयन्त्र गरिरहेका छन् : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका विरोधी शक्तिहरू अहिले जनतालाई भ्रमित पार्न षड्यन्त्र गरिरहेको बताउनुभएको छ ।
चार करोड २० लाखभन्दा बढीको भ्रष्टाचार मुद्दा, सर्वोच्चमा पुनरावेदन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार करोड २० लाखभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दा सर्वोच्चमा पुनरावेदन गरेको छ ।
सडक दुर्घटनाको ग्राफ बढ्दो : महिनामा दुई हजारभन्दा बढी दुर्घटना
नेपाल प्रहरी प्रधान कार्यालय काठमाडौंका अनुसार यो वर्ष (२०८०/८१) को साउन महिनामा दुई हजार २३ वटा, भदौमा दुई हजार ३४, असोजमा दुई हजार ९८ र कात्तिक महिनामा दुई हजार ५३ सवारी दुर्घटना भएको तथ्याङ्क रहेको छ ।
राहदानी वितरण ६५ प्रतिशत जिल्लाबाटै
राहदानीका लागि हप्ता दिन लगाएर पालो कुर्दा राहदानी हातमा नपाई फर्किनुपर्ने अवस्थाको अहिले अन्त्य भएको छ । राहदानी प्राप्ति सहज बनेको छ । राहदानीका लागि फारम सङ्कलनलाई विस्तार गरेसँगै सेवाग्राहीको चाप पनि घटेको हो ।
मुक्त हालिया बालबालिकालाई प्राविधिक शिक्षा दिन माग
“पढाउने पैसा अभावमा हामीले बालबालिकारतलाई काम गर्न इन्डिया पठाउनु परेको छ । हाम्रा बालबालिकाहरूलाई प्राविधिक शिक्षा पढाउनका लागि सरकारले आर्थिक सहयोग गर्नु पर्यो ।” डोटीको सायल गाउँपालिकामा मुक्त हालियाका समस्या र भावी योजना लगायतका विषयमा आयोजना गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय मुक्त हालिया समुदायकी पुतली नेपालीले स्थानीय तहका प्रमुख र सरोकारवाल सामु राखेको माग राख्दै बोल्नु भएको कुरा हो यो ।
लयतिर अर्थतन्त्र
दुई वर्ष लामो उकुसमुकुसपछि मुलुकको अर्थतन्त्र सहज अवतरणको दिशातर्फ सोझिएको छ । अर्थतन्त्रका बृहत् सूचकहरूले देखाउँछन्, अप्ठ्यारो परिस्थिति मत्थर हुने क्रममा छ । अर्थतन्त्र विस्तार हुन अवरोध बनेका नीति र नियामकीय प्रावधानमा पछिल्ला समय भएका परिमार्जनले नतिजा देखाउन थाल्दा सुधारको सङ्केत सानै हिस्सामा भए पनि प्रतिविम्बित हुन थालेको छ । अर्थतन्त्र सुधारको अहिलेको गति धिमा छ तर उकालो लाग्ने क्रममा छ ।
पूर्वाधार विकासमा फड्को
सुशासन, समृद्वि र सामाजिक न्याय’ भन्ने मूल नारासहित एक वर्षअघि पुस १० गते नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा गठन भएको वर्तमान सरकारले भौतिक पूर्वाधार विकास तथा यातायात सुधारको क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको छ । गत वर्ष पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका उहाँले पुस ११ गते पद त
सूचना महामार्गसँगै दस आधुनिक सहर
मुलुकका मध्यपहाडी जिल्लालाई यातायात सञ्जालमा जोडी त्यस क्षेत्रको आर्थिक, पर्यटकीय र शैक्षिकलगायत समग्र क्षेत्रको सन्तुलित विकास गर्ने उद्देश्यले निर्माण सुरु गरिएको पुष्पलाल (मध्यपहाडी) राजमार्गको निर्माण तीव्र गतिमा हुँदै छ । यसैबिच सरकारले उक्त राजमार्गलाई द्रुत सञ्चारका लागि सूचना महामार्गका रूपमा पनि निर्माणमा तीव्रता दिएको छ । यसका साथै दस वटा आधुनिक सहर पनि यही राजमार्ग अन्तर्गत स्थापना हुँदै छन् ।
प्रचण्ड सरकारको एक वर्ष : प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब विश्वविद्यालयमा राजनीतिक भागबण्डा नहुने घोषणा गर्नुभएको छ।
छिमेकीको प्रगतिबाट नेपालले लाभ लिनुपर्छ : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले छिमेकी राष्ट्रको प्रगतिबाट नेपालले लाभ लिनसक्नुपर्ने बताउनुभएको छ।
तस्बिरमा २०औँ राष्ट्रिय ज्यापु दिवस
नेवार समुदायका ज्यापू समुदायले आज हर्षोल्लासका साथ २० औँ राष्ट्रिय ज्यापु दिवस मनाएका छन् । यःमरी पुन्हिका दिनमा मनाउने ज्यापु दिवस त्यगं त्वाःको संयोजकत्वमा टेगंल टोलबाट र्याली तथा परम्परागत झाँकीका साथ सुरु भएको थियो।
विदेश सम्बन्धमा नवीन आयाम
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तेस्रो पटक प्रधानमन्त्री भएको एक वर्ष पुगेको छ । यस अवधिमा प्रचण्ड नेतृत्वको सरकार दुई छिमेकी देश गणतन्त्र भारत र जनवादी गणतन्त्र चीनसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन सफल भयो।
युद्धस्तरमा भूकम्प प्रभावितको उद्धार
गत कात्तिक १७ गते शुक्रबार मध्यराति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा आसपास केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गयो । भूकम्पबाट जाजरकोट र रुकुमपश्चिम जिल्लाका एकसय ५७ जनाको मृत्यु भयो, हजारौँको सङ्ख्यामा घाइते भए ।
परम्परागत मौलिक संस्कृतिको जगेर्ना साझा दायित्व : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परम्परागत मौलिक संस्कृतिको जगेर्ना गर्नु सम्पूर्ण नेपालीहरूको साझा दायित्व भएको बताउनुभएको छ ।
सरकारको एक वर्ष : संविधान र सङ्घीयता कार्यान्वयनमा महत्त्वपूर्ण उपलब्धि
फरक गठबन्धन, फरक सङ्गत र फरक मान्यताका आधारमा ‘प्रचण्ड’ सरकार गठन भएको थियो । समय घर्किदै जाँदा ‘प्रचण्ड’ नेतृत्वको सरकारको गठबन्धन, स्वरुप र मान्यतामा परिवर्तन आएको थियो ।
युवालाई स्वदेशमै रोजगारी र सीपमूलक शिक्षा दिनुपर्छ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा र रोजगारीका लागि दैनिक हजारौँ सङ्ख्यामा बिदेसीरहेका नेपालीहरूलाई रोक्न स्वदेशमै रोजगारी र सीपमूलक शिक्षा दिनुपर्ने बताउनुभएको छ ।
पोखरामा प्याराग्लाइडिङ उडान ठप्प
पोखराको आकाशमा १३ दिनदेखि प्याराग्लाइडिङ देखिएका छैनन् । पछिल्लो क्रममा दैनिक सरदर डेढ सय उडान हुने गरेका थिए । प्याराग्लाइडिङ व्यवसायीबिच विवाद हुँदा उडान ठप्प भएको हो ।
‘सांसद भनेका विकासकर्मी हुन् भन्ने भाष्य अन्त्य हुनुपर्छ’ : सांसद छिरिङल्हामु
छिरिङल्हामु लामा (तामाङ) भाग्यमानी सांसद हुनुहुन्छ जो मुगाली समुदायबाट पहिलोपटक सांसद बन्न सफल हुनुभएको छ । उहाँ मुगाली समुदायबाट उपल्लो निकायमा पुग्ने पहिलो व्यक्ति हुनुहुन्छ ।
चितवनको सौराहामा आजदेखि हात्ती महोत्सव सुरु
चितवनको पर्यटकीय नगरी सौराहामा आजबाट चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु हुँदै छ । क्षेत्रीय होटेल सङ्घ चितवन सौराहाको आयोजनामा हुने सो महोत्सवको अर्थमन्त्री डा. प्रकासशरण महतले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
युरोपका आठ देशसँग श्रम सम्झौताको तयारी
सरकारले थप विभिन्न आठ देशसँग श्रम सम्झौताको तयारी थालेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालसम्म १२ देशसँग श्रम सम्झौता गरेको सरकारले सन् २०२४ भित्रमा थप आठ देशसँग श्रम सम्झौताको तयारी भएको जानकारी दिएको हो । नेपालले सन् २०२४ मा कुवेत, ओमान, साउदी अरेबिया, पोर्चुगल, पोल्यान्ड, युक्रेन, माल्टा र टर्कीसँग श्रम सम्झौता गर्न लागेको हो । त्यसका लागि मन्त्रालयबाट सम्झौताको मस्यौदा तयार पारी सम्बन्धित देशलाई पठाइएको छ । ती देशबाट मस्यौदाबारे धारणा आएपछि सम्झौताको प्रक्रिया अघि बढ्ने छ ।
शिक्षा क्षेत्रका दानवीर कृष्णबहादुर, जसले गरे एक करोड ३९ लाख सहयोग
लाहुरमा कमाएको धेरै रकम खर्चेर यहाँका समाजसेवी कृष्णबहादुर राईले जिल्लाको पूर्वी पौवादुङमा गाउँपालिकामा विद्यालयमा भवन निर्माण गरिदिनुभएको छ ।