रामग्रामलाई पर्यटकीय क्षेत्र बनाइने
नवलपरासीपश्चिमको सदरमुकाम परासीदेखि तीन किलोमिटर दक्षिणमा रहेको रामग्राम क्षेत्रलाई ऐतिहासिक, पुरातात्त्विक तथा धार्मिक स्थलका रूपमा विकास गर्ने तयारी थालिएको छ । त्यसका लागि लुम्बिनी विकास कोषको नेतृत्वमा रामग्राम नगरपालिका, थाई विहार र द प्रोमिस ल्यान्डले बृहत् योजना अघि सारेका छन् । बृहत् लुम्बिनी क्षेत्रको परिकल्पनाबमोजिम तिलौराकोट, मायादेवी मन्दिर, अनोमाघाट, देवदह, रामग्रामलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।
गठबन्धन सरकार सफल छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, सामाजिक न्याय, विकास निर्माणको क्षेत्रमा भएका कामले सरकारको एक वर्षे अवधि सफल रहेको बताउनुभएको छ।
मन्त्रिपरिषद् बैठक : राष्ट्रिय बालबालिका नीति स्वीकृत
सरकारले सामाजिक समितिबाट पेस भएको राष्ट्रिय बालबालिका नीति, २०७९ स्वीकृत गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त नीति स्वीकृत गर्ने निर्णय गरेको हो।
राष्ट्रपतिको उपस्थितिमा सर्वोच्चका नवनियुक्त न्यायाधीशको शपथ
राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सर्वोच्च अदालतका ६ जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।
प्रधानमन्त्रीको निर्देशन : झोलामा खोलाको स्थिति अन्त्य गर्नुस्
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलविद्युत् आयोजनाको लाइसेन्स होल्ड गरेर बस्ने तर आयोजनाको काम नगर्ने लाइसेन्स खारेज गर्न ऊर्जा मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।
अख्तियारद्वारा १४ करोड ८१ लाखभन्दा बढीको मुद्दा सर्वोच्चमा पुनरावेदन
अख्यितार दुरुपयोग अनुसन्धान आयोगले १४ करोड ८१ लाखभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
राष्ट्रिय सभा निर्वाचन : सात मतदान स्थल र १४ मतदान केन्द्र तोकियो
निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि सात मतदान स्थल र १४ मतदान केन्द्र तोकेको छ ।
योजनाबद्ध सहरको विकास गर्नुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योजनाबद्ध सहरको विकास गर्नेतर्फ जोड दिएर स्मार्टसिटीहरूको निर्माण गर्नुपर्ने बताउनुभएको छ ।
मौसमी फ्लुलाई हेलचेक्राइँ नगर्न चिकित्सकको सुझाव
जाडो मौसममा विभिन्न स्वास्थ्य समस्या देखिने गर्दछन् । जाडोमा श्वासप्रश्वाससम्बन्धी र भाइरल जन्य समस्याले निकै दुःख दिने सरुवारोग विशेषज्ञ बताउँछन् ।
डिग्री होल्डर अधिकारी व्यावसायिक नमुना किसान
पढेलेखेका युवा के गर्लान् ? त्यो सहजै भन्न सकिन्छ कि जागिर खोज्छन्, कि त विदेश ताक्छन् । तनहुँ भानु नगरपालिका–१२ घले छापका कुशल चन्द्र अधिकारी भने कृषि पेसा रोज्नु भएको छ । त्रिभुवन विश्वविद्यालयबाट कला सङ्कायमा समाजशास्त्र विषयमा स्नातकोत्तर पुरा गरी सोमबार दीक्षित हुनु भएका अधिकारीले पाँच वर्ष अघि देखि नै व्यावसायिक कृषि पेसा अङ्गाल्नु भएको छ ।
द्रुतमार्ग निर्माण समयमै सक्न निर्देशन
प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले समयसीमाभित्रै काठमाडौँ–तराई/मधेश द्रुतमार्ग निर्माण सक्न नेपाली सेनालाई निर्देशन दिएको छ । सिंहदरबारस्थित समितिको कार्यकक्षमा बुधबार बसेको बैठकले सो निर्देशन दिएको हो । समितिका सभापति रामहरि खतिवडालले द्रुतमार्गको काठमाडौँतिरबाट शून्य बिन्दु ललितपुरको खोकनादेखि बाराको निजगढसम्म निर्धारित समयमा नै काम सम्पन्न गर्न निर्देशन दिने निर्णय गरेको जानकारी दिनुभयो ।
सार्वजनिक संस्थानलाई अख्तियारको ४८ बुँदे सुझाव
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल सरकारका नियामक निकाय तथा सार्वजनिक संस्थानलाई विभिन्न ४८ बुँदामा सुझाव दिएको छ।
सामाजिक सञ्जालसम्बन्धी कानुनको मुख्य आधार सामाजिक मूल्य मान्यता : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालमा सामाजिक सञ्जाल प्रयोगको न्यूनतम आधार नेपाली समाजले अङ्गाल्दै आएको सामाजिक मूल्य मान्यता हुनुपर्ने बताउनुभएको छ ।
राष्ट्रपतिद्वारा सर्वोच्चमा छजना न्यायाधीश नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले न्यायपरिषद्को सिफारिसमा सर्वोच्च अदालतमा छजना न्यायाधीश नियुक्त गर्नु भएको छ ।
गाउँमै अदुवाले राम्रो मूल्य पाएपछि किसान मक्ख
नवलपुरको पहाडी क्षेत्रका किसानका लागि नगदेबालीको रूपमा रहेको अदुवा आम्दानीको मुख्य स्रोत भएको छ। विगतका वर्षमा भन्दा यो पटक अदुवाले गाउँमै राम्रो भाउ पाएपछि किसान पनि मक्ख परेका छन्।
उदयपुर सिमेन्ट कारखाना पूर्णरूपमा सञ्चालन गर्न सामूहिक सुधारको खाँचो छ : मन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले उदयपुर सिमेन्ट कारखाना देशकै लागि महत्त्वपूर्ण भएको बताउनुभएको छ । उद्योग र उद्योगले प्रयोगमा ल्याएका खानीको आज उदयपुरमा निरीक्षण गर्दै उहाँले यस उद्योगका समस्या सबै मिलेर समाधान गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रिय सभा निर्वाचन : दुई हजार ४७ जना मतदाता
निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली स्वीकृत गरेको छ । आयोग बुधबार प्रेस विज्ञप्ति जारी गर्दै दुई हजार ४७ जना मतदाताको नामावली स्वीकृत भएको जनाएको हो ।
राष्ट्रपतिले उद्घाटन गरेको ढुङ्गेधाराको कन्तबिजोग
करिब तीन वर्ष अघि २०७७ चैत २० गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले यस धाराको औपचारिक शुभारम्भ गर्नुभयो । मेलम्चीको दैनिक १७ करोड लिटर पानी वितरण हुने भएपछि काठमाडौंवासीमा खुसी त छाएको थियो नै, यससँगै भृकुटीमण्डप क्षेत्रमा हिँड्डुल गर्ने यात्रुसमेत यसबाट लाभान्वित हुनेमा आशावादी थिए ।
शीतलहर प्रभावित जिल्लालाई २५ लाख
नेपाल प्राकृतिक प्रकोपका दृष्टिले बहुजोखिमयुक्त क्षेत्र हो । नेपालमा बर्सेनि आगलागी, बाढीपहिरो, चट्याङ, भूकम्प, हावाहुरी, असिना, शीतलहर, हिमपहिरो लगायतका १२ प्रकारका प्राकृतिक प्रकोपले विपद् निम्त्याउने गरेको छ ।
नयाँ कक्षमा मन्त्रिपरिषद् बैठक सुरु
मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नयाँ हलमा बुधबार मध्याह्नबाट बैठक सुरु भएको हो ।
तीन कक्षासम्म पढाइ तीन जना विद्यार्थी
म्याग्दीको धवलागिरी गाउँपालिका–४,नाउरा स्थित रनजनज्योति आधारभूत विद्यालयमा तीन कक्षा सम्म पढाई हुँदै आएको छ । भौगोलिक रुपमा दुर्गम त्यसमाथि छरिएको सानो नाउरा गाउँका बालबालिका यहीँ विद्यालयमा अध्ययन गर्दै आइरहेका छन् ।
२८ दिनभित्र काठमाडौँमा पानी ल्याउने गरी समझदारीपत्रमा हस्ताक्षर
अबको २८ दिनभित्र काठमाडौँ उपत्यकामा पानी वितरण गर्ने गरी मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माणका लागि खानेपानी मन्त्रालय र चिनियाँ निर्माण कम्पनी सिनोहाईडाङबिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारीसँगै करिब आठ महिनादेखि बन्द रहेको मेलम्चीको पानी वितरणको बाटो खुलेको छ ।
एक करोड ६२ लाख रुपियाँ खर्चेको सिँचाइ योजना १५ वर्षदेखि अलपत्र
दोलखाको सैलुङ गाउँपालिका–८ मा करिब डेढ दशक अघि करोडौँको लगानीमा निर्माण सुरु भएको झोर खोला सिँचाइ योजना कागजी रूपमा सम्पन्न भनिए पनि सामान्य वादविवाद र प्राविधिक कमजोरीले सञ्चालनमा आउन सकेको छैन ।
श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम
पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा विप्रेषण नबढेको अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले सार्वजनिक गरेको प्रतिवेदन अनुसार वैदेशिक रोजगारीमा जाने श्रमिकको अनुपातमा विप्रेषण आएको छैन ।