सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आँच आउन दिनेछैन् : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन नदिने प्रतिबद्धता जनाउनुभएको छ । नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिले विराटनगरमा शनिबार गरेको प्रजातन्त्र सेनानी सम्मान तथा उद्योगीको भेलालाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो प्रतिबद्धता जनाउनुभएको हो ।
डेढ वर्षभित्र सिङ्गो नेपाल उज्यालो बनाउँछौँ : प्रधानमन्त्री
प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो दोस्रो कार्यकालमा काठमाडौँ उपत्यकामा लोडसेडिङको अन्त्य भएको भन्दै तेस्रो कार्यकालमा सिङ्गो देश उज्यालो बनाउने गरी योजना बनेको बताउनुभएको छ ।
पर्यटकको पर्खाइमा गुप्तेश्वर गुफा (फोटो फिचर)
मकवानपुरको कैलाश गाउँपालिकामा रहेको गुप्तेश्वर गुफा ओझेलमा परेको छ । भौगोलिक विकटतासँगै प्रचार प्रसारको अभावमा प्राकृतिक गुफा ओझेलमा परेको हो ।
मुलुकको तीव्र विकासका लागि डिजिटल पूर्वाधारमा लगानी बढाउनुपर्छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको तीब्र विकासका लागि डिजिटल पूर्वाधारमा लगानी बढाउनुपर्ने बताउनुभएको छ ।
तनहुँ जलविद्युत् आयोजना : मुख्य सुरुङ खन्ने काम अन्तिम चरणमा
तनहुँ जलविद्युत् आयोजनाको सुरुङ खन्ने काम अन्तिम चरणमा पुगेको छ ।
स्वास्थ्य क्षेत्रको विकास सरकारको उच्च प्राथमिकतामा छ : उपप्रधानमन्त्री खड्का
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाल सरकारले स्वास्थ्य क्षेत्रको विकासलाई उच्च प्राथमिकता राखेको बताउनुभएको छ ।
सरकारको एक वर्ष : सकारात्मक लयमा अर्थतन्त्र
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार बनेको एक वर्ष पुग्दैछ । यो सरकारले आफ्नो जिम्मेवारी सम्हाल्दै गर्दा मुलुकको आर्थिक अवस्था सही लयमा थिएन ।
बुडडी झडुलामाई मन्दिर (फोटो फिचर)
कपिलवस्तु, पुस ७ गते । कपिलवस्तुको प्रख्यात शक्तिपिठ झडुलामाईको मन्दिर । यो मन्दिर कपिलवस्तु जिल्लाको बुद्धभूमि ४ बुडडीमा अवस्थित रहेको छ । काठमाडौँबाट पूर्व पश्चिम राजमार्ग हुँदै पश्चिम जाँदा तीन सय २४ किलोमिटरको दुरीमा राजमार्गको दाहिने किनारमा निकै नै फराकिलो जङ्गलको क्षेत्रफलमा रहेको छ। यस मन्दिर परिसरमा झडुलामाई मन्दिर लगायत समयमाई, दुर्गा, हनुमान, गणेश, बुद्धबाबा, नाग देवता, फुलनदेवी, फुलमती देवी, बागेश्वरी, बर्मा, पश्चिमेली काली, सुपा देउराली, जल बराह, नरसिंह औतार, शीतला माता देवीका मन्दिरहरू रहेका छन् जसले गर्दा यस स्थललाई धार्मिक स्थल एवं नेपाल सरकारबाट मान्यता प्राप्त झडुलामाई आध्यात्मिक प्रतिष्ठान समेत रहेको छ।मन्दिरको गर्भ गृहको मध्य भागमा निकै नै पुरानो एवम् निकै नै कलात्मक शैलीको कालो प्रस्तरको झडुलामाईको मूर्ति रहेको छ भने उक्त मूर्तिको दायाँ र बायाँ अन्य देव देवताहरू प्नि रहेका छन्। यस मन्दिरका १३ औँ एवम् विगत २२ वर्षदेखि पुजारी रहेका कुलबहादुर खडकाका अनुसार पूर्व पश्चिम राजमार्ग निर्माण हुँदा यस झडुलामाईको मूर्ति राजमार्गको उत्तरतर्फ जङ्गलमा वि.स. १९१९ मा फेला परेको थियो। पहिला सामान्य मन्दिरको रूपमा रहेको यो देवीको मन्दिर स्थानीयवासीहरु, समाजसेवीहरू, विभिन्न सङ्घ संस्थाहरूको सहयोगमा वि.स. २०५४ सालमा मन्दिर स्थापना भएको बताउनुभयो।यस मन्दिरमा दैनिक बिहान र बेलुका नित्य पूजा अर्चना हुने गर्दछ र विशेष गरी यस देवीको मन्दिरमा हिन्दुहरूको महान् पर्व विजया दशमी, चैते दशमीमा स्थानीय भक्तजनहरूको अत्यधिक भिड हुने गर्दछ। भक्तजनहरूले आफ्ना विभिन्न भाकलका लागि यस देवीको मन्दिरमा बलिको प्रथा समेत रहेको छ।मन्दिर परिसरमा स्थानीयवासीहरुले विवाह, व्रतबन्ध लगायत विभिन्न धार्मिक कार्यक्रम समेत गर्ने गर्दछन्। जङ्गलको हरियाली र मनोरम स्थल भएकोले स्थानीयवासीहरु र स्कुलका विद्यार्थीहरू यहाँ मनोरञ्जनका लागि पिकनिक समेत खेल्न आउने गरेको पुजारी बताउनुहुन्छ।
विकास पहुँचले होइन सन्तुलनका आधारमा हुनुपर्छ : सांसद आचार्य
नेकपा (एमाले) का नेता नारायणप्रसाद आचार्य विधायक भए पनि कानुन निर्माणमा मात्र सीमित नभई जनताका विविध सरोकार, क्रियाकलाप र गतिविधिमा संलग्न हुनु पर्ने बाध्यता रहेको बताउनुहुन्छ ।
अंगदानका निम्ति सबैले प्रोत्साहित गरौँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अङ्ग प्रत्यारोपणबारे सकारात्मक दृष्टिकोण बनाई आ–आफ्नो ठाउँबाट योगदान गर्न सम्पूर्ण नेपालीहरूमा अपिल गर्नुभएको छ।
सत्तरी लाखमा बिक्यो कर्णनिर्मित मोबाइल एप
नेपालगन्ज टेक्निकल कलेजमा कम्प्युटर इन्जिनियरिङमा डिप्लोमा गरेका बर्दियाका विद्यार्थी कर्णबहादुर बुढाक्षेत्रीले बनाएको मोबाइल एप ७० लाख रुपियाँमा बिक्री भएको छ ।
१६८ मुरी धान फलाएका किसान जोडीलाई ५० हजार पुरस्कार सहित सम्मान
पाँचवटा खेतमा फलेको एक सय ६८ मुरी धान जोख्ने काम सकिएपछि पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ लाक्सिबुङका मकरबहादुर बम्जनको घरमा बुधबार स्थानीयवासी, जनप्रतिनिधि र कर्मचारीको घुइँचो थियो । गलामा माला लगाएका मकरबहादुर अतिथिको सत्कारमै व्यस्त हुनुहुन्थ्यो ।
प्रहरीको सुरक्षामा प्रसारण लाइनको काम सुरु
सर्लाहीको लामबन्दी नगरपालिका–१२, जियाजोरमा सात वर्षदेखि रोकिएको हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाको काम प्रहरीको सुरक्षामा अघि बढाइएको छ ।
एआई सङ्कट कि अवसर ?
विश्व फुटबल खेलाडी लियोनेल मेसी सिन्धुलीमा जुनार खाइरहेको तस्बिर सामाजिक सञ्जालमा एकाएक भाइरल बन्यो । फेसबुक पेज ‘सिन्धुली’बाट पोस्ट भएको सो तस्बिरमा केही दिनमै एक लाख लाइक, चार सयभन्दा बढी कमेन्ट र करिब चार सय सेयर भएको थियो ।
युएई पहिलो श्रम गन्तव्य
पछिल्लो महिना नेपालीको पहिलो श्रम गन्तव्य संयुक्त अरब इमिरेट्स (युएई) बनेको छ । वैदेशिक रोजगार विभागका अनुसार सबैभन्दा धेरै मङ्सिर महिनामा १८ हजार ४९३ जनाले श्रम स्वीकृति लिएका हुन् । अघिल्लो वर्ष मङ्सिर महिनामा तेस्रो श्रम गन्तव्य देश रहेको युएई यो वर्ष भने सुरुदेखि नै पहिलो श्रम गन्तव्य बन्न सफल भएको छ ।
बबरमहलको प्रबलीकरण सकियो
विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त बबरमहल भवनको प्रबलीकरण सकिएको छ । दुई वर्षभित्र प्रबलीकरण सम्पन्न गर्ने गरी निर्माण सम्झौता भए पनि चार वर्षमा काम सम्पन्न भएको हो । यसका लागि करिब एक अर्ब रुपियाँ लागेको छ । प्रबलीकरण गरिएको बबरमहल अब आठ रेक्टर स्केलसम्मको भूकम्प थेग्ने क्षमताको भएको सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) का प्रमुख कोषनाथ अधिकारीले बताउनुभयो ।
नेपालको यात्रा उज्यालोतर्फ उन्मुख छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको यात्रा उज्यालोतर्फ उन्मुख भइरहेको बताउनुभएको छ ।
‘विज्ञापन बजारलाई पारदर्शी बनाउने प्रक्रिया सुरु भएको छ’
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्वस्थ्य प्रतिष्पर्धामा आधारित पारदर्शी विज्ञापन बजारले मात्र विज्ञापन व्यवसायलाई प्रवर्धन गर्ने बताउनुभएको छ । नेपाल बिज्ञापन सङ्घ (आन) को २४ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले पारदर्शी बिज्ञापन बजारले बिज्ञापनदाता, मिडिया र व्यवसायीको हित गर्ने बताउनुभयो ।
सुशासन र सामाजिक न्यायका लागि काम गरिरहेको छु : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू सुशासन र सामाजिक न्यायको पक्षमा काम गरिरहेको बताउनुभएको छ । मोरङको मिक्लाजुङ–५ खोलिटारमा आयोजित जनतासँग माओवादी विशेष रुपान्तरण अभियानलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
आर्थिक रुपान्तरणका लागि डिजिटल रुपान्तरण आवश्यक छ : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको आर्थिक रुपान्तरणका लागि डिजिटल रुपान्तरण र डिजिटल इकोसिष्टम निर्माण आवश्यक रहेको बताउनुभएको छ। त्यसका लागि सरकार आवश्यक नीतिगत, कानुनी र संरचनागत व्यवस्था गर्नतिर लागेको बताउनुभयो।
मन्त्री फेरेर भए पनि सरकारको कामलाई गति दिन्छु : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्री फेरेर भए पनि सरकारको कामलाई गति दिने बताउनुभएको छ । जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत आज नेकपा (माओवादी केन्द्र) मिक्लाजुङ –५ ले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण विद्युतीकरण घोषणाको तयारी : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रुपमा विद्युतीकरण घोषणा गर्ने गरी सम्पूर्ण तयारी भइसकेको बताउनुभएको छ ।
६० प्रतिशतभन्दा बढी अन्तर्राष्ट्रिय सङ्गठित अपराध समूह संलग्न
विश्वमै दुर्लभ मानिएका वनस्पति, जडीबुटी र वन्यजन्तुको अवैध ओसारपसार तथा तस्करीका घटनाहरुमा ६० प्रतिशतभन्दा बढी अन्तर्राष्ट्रिय सङ्गठित अपराध समूहको संलग्नता देखिएको छ ।
विद्युत सबस्टेसनको उद्घाटन गर्न प्रधानमन्त्री सुनसरी आउँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सुनसरी आउँदै हुनुहुन्छ । नेपाल विद्युत प्राधिकरण इनरुवा सुनसरीको विद्युत सबस्टेसनको समुद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड सुनसरी आउन लाग्नुभएको हो ।