दलले जनतालाई निरासा बाँड्नु हुँदैन : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनतामा निरासा बाँड्नेहरू राष्ट्रवादी हुन नसक्ने बताउनुभएको छ। नेपाली कांग्रेसले आयोजना गरेको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो।
लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र : सभापति देउवा
नेपाली कांग्रेसका सभापति सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रको विकल्प अझै राम्रो लोकतन्त्र भएको बताउनुभएको छ ।
म कांग्रेसभित्र कुनै तरङ्ग ल्याउने पक्षमा छैनः अध्यक्ष ओली
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ कांग्रेसभित्र आफूले चलखेल गर्न नचाहेको बताउनुभएको छ ।
मृतकका परिवारलाई थप आर्थिक सहायता दिँदैछौंः उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटनामा ज्यान गुमाएका परिवारलाई थप आर्थिक सहायता उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।
सोह्रौं योजनाको शैली फेरिएको छ : उपाध्यक्ष डा. श्रेष्ठ
विकासका परम्परागत प्रवृत्ति र ढर्रालाई परिवर्तन गरेर हामी नयाँ शैली र प्रवृत्ति अपनाउने गरी सोह्राैं योजना तयार हुँदैछ ।
बालकुमारी घटनाका दोषी जो कोहीलाई कारबाही हुने
ललितपुर बालकुमारी घटनामा दोषी देखिएमा जोकोहीलाई कारबाही हुने भएको छ ।
मन्त्रिपरिषद् बैठकको खाजा कटौती, वार्षिक ६० लाख जोगिने
राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा ससाना विषयबाट सुधारको थालनी गर्नुपर्ने भन्दै बैठकको खाजा कटौती गरिएको जानकारी गराउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
‘बालकुमारी घटनामा कमजोरी देखिएको प्रारम्भिक निष्कर्ष’
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले गत शुक्रबार ललितपुरको बालकुमारीमा मानवीय तथा भौतिक क्षति हुने गरी भएको घटनामा कमजोरी भएको बताउनुभएको छ ।
तीन दशकमा भित्रियो डेढ खर्ब विदेशी लगानी
मुलुकमा तीन दशकको अवधिमा डेढ खर्बभन्दा बढी रकम बराबरको प्रत्यक्ष विदेशी लगानी (एफडिआई) भित्रिएको छ । लगानी गर्ने भनेर प्रतिबद्धता गरेको रकममध्ये एक चौथाइ रकम भित्रिएको तथ्याङ्कले देखाएको छ । सरकारले खुला अर्थनीति अवलम्बन गरेसँगै मुलुकमा हालसम्म एक खर्ब ५८ अर्ब ६० करोड रुपियाँ बराबरको प्रतित्यक्ष विदेशी लगानी भित्रिएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । सुरुदेखि हालसम्म चार खर्ब ७० अर्ब ५७ करोड ९४ लाख ९९ हजार रुपियाँ बराबरको प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता आएकामा डेढ खर्ब रुपियाँभन्दा बढी विदेशी लगानी भित्रिएको हो ।
आएन हिउँदे वर्षा भित्र्याउने प्रणाली
हिउँद यामको एक महिना बित्यो तर वर्षा फाटफुटबाहेक अहिलेसम्म हुन सकेको छैन । यो वर्ष हिउँदमा बागमतीदेखि पश्चिमसम्मको भूभागमा औसतभन्दा बढी वर्षा हुने आँकलन गरिएको थियो । एक महिनाको अवधिमा भुइँ भिज्ने गरी वर्षा नहुँदा हिउँदे बाली लगाएका किसान समुदायमा पनि चिन्ता थपिएको छ ।
घरभन्दा शौचालय राम्रो
आमनेसामने दुई भिन्न संरचना छन्, एउटा मान्द्रो (चित्रो) ले बेरेको र मान्द्राले नै छाएको छाप्रो र अर्को चाहिँ ढुङ्गाको गारोको र जस्ताले छाएको । झट्ट हेर्दा यी दुई बेग्लाबेग्लै परिवारका संरचना जस्तो लाग्छ तर यी एकै परिवारका संरचना हुन्– एउटा घर र एउटा शौचालय । यी ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका–३ का छत्र दर्जीका संरचना हुन् । मान्द्रो परिवार बस्ने घर हो र सुविधासम्पन्न जस्ताले छाएको शौचालय । शौचालयको छानो जस्ताको छ भने मान्छे बस्ने घर मान्द्रोले बारिएको छाप्रो छ ।
सन् २०२३ : विश्व परिदृश्यमा कठिन वर्ष
अव्यवस्थाका शक्तिहरू बलियो हुँदै जाँदा यो वर्ष विश्व परिदृश्यमा एक कठिन वर्ष भएको छ ।
२०२३ लाई फर्केर हेर्दा (फोटो फिचर)
आजदेखि सन् २०२३ बिदा भएको छ । एक वर्षमा विश्वभर राजनीतिक परिवर्तनका साथै विभिन्न हिंसात्मक द्वन्द्व भए । जसका कारण धेरै मानवीय तथा भौतिक संरचनाको क्षति हुन पुग्यो ।
तमु ल्होसारको सुन्दरता (फोटो फिचर)
गुरुङ समुदायले आइतबार ‘तमु ल्होसार’ पर्व भनाएका छन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ।
समुदायको पहिचानमा नै देशको समृद्धि निर्भर हुन्छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रियताको संवर्द्धन र समुदायको पहिचानमा नै देशको एकता, स्वाधीनता र समृद्धि निर्भर हुने बताउनुभएको छ।
विदेशबाट फर्केर नाम र दाम कमाउँदै युवा कृषक
नवलपुरको बुलिङटार गाउँपालिका–४ देउरालीका ३४ वर्षीय लक्ष्य आले मलेसियामा चार वर्ष, कतारमा तीन वर्ष ९ महिना गरी ७ वर्ष ९ महिना विदेशी भूमिमा पसिना बगाउनुभयो ।
टुँडिखेलमा तमु ल्होसार (फोटो फिचर)
गुरुङ समुदायले आज (आइतबार) ‘तमु ल्होसार’ पर्व मनाइरहेका छन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ ।
न्याय प्रशासनको एक वर्ष : शीघ्र मुद्दा फर्छ्योटको लयमा न्यायालय
सर्वोच्च अदालतले पाँच वर्ष नाघेका मुद्दालाई चालु आर्थिक वर्षको अन्त्यसम्ममा शून्यमा पुर्याउने लक्ष्यका साथ मुद्दा फर्छ्योटलाई तीव्रता दिएको छ ।
कांग्रेसले कुनै अवसर नपाएकालाई अवसर दिने
सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा हालसम्म कुनै अवसर नपाएका योग्य तथा लोकप्रिय व्यक्तिलाई उम्मेदवार बनाउने कुरालाई प्राथमिकता दिने भएको छ ।
जीवन भोगाइ नै प्रेरणाको स्रोत बन्यो : प्रतिमा गुरुङ
काठमाडौँस्थित पद्मा कन्या बहुमुखी क्याम्पसमा करिब २० वर्षदेखि उपप्राध्यापन गर्दै आउनुभएको प्रतिमा गुरुङ मानव अधिकार र अपाङ्गता भएका व्यक्तिको अधिकारका सवालमा उत्तिकै सक्रिय हुनुहुन्छ ।
वनभोज खान हिँडेको बस दुर्घटना २० जना घाइते
बर्दियाबाट दाङ दंगीशरण गाउँपालिकाको चखौरा वनभोजका लागि आएको गाडी दुर्घटना भएको छ ।
पाठ्यपुस्तक छपाइ अझै अन्योल
नयाँ शैक्षिक सत्र सुरु हुन साढे तीन महिना बाँकी हुँदा पनि स्कुले पाठ्यपुस्तक छपाइको टुङ्गो लागेको छैन । छपाइको जिम्मेवारी दिन ढिलाइ गर्ने र नभ्याउने भन्दै निजी प्रकाशकलाई छाप्ने जिम्मेवारी दिने प्रवृत्ति निकै पुरानो हो । यसरी निजी प्रकाशकलाई प्रकाशनको जिम्मा दिँदा आर्थिक चलखेल हुने गरेको आरोप लाग्दै आएको छ ।
कुषाणकालीन इनारको उत्खनन
वर्षौंदेखि बाढीसँगै बगिरहेको निपनियाको पुरातात्त्विक महत्त्वको सम्पदालाई आकस्मिक उद्धार उत्खनन (रेस्क्यु एस्काभेसन) गर्न थालिएको छ । लुम्बिनी विकास कोषले पुरातत्त्व विभागसँगको सहकार्यमा कुषाणकालीन माटोद्वारा निर्मित इनारको आकस्मिक उद्धार उत्खनन गर्न थालेको हो ।
बालकुमारी घटना : मृतकका परिवारलाई १० लाख राहत दिने सरकारको निर्णय
सरकारले बालकुमारी घटनामा ज्यान गुमाएका परिवारलाई जनही १०/१० लाखका दरले राहत उपलब्ध गराउने भएको छ।