• १६ भदौ २०८१, आइतबार

हाम्रो संघीयता मौलिक छ, मिलेर संस्थागत गर्नुपर्छ : प्रधानमन्त्री

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।

दिवाकर पोख्रेल

देउखुरी, फागुन १९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीयता पूर्ण कार्यान्वयन गर्न सबैको साझा सहमति आवश्यक पर्ने बताउनुभएको छ । 

शनिबार लुम्बिनी प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको संघीयता विश्वकै नमुना भएको भन्दै यस्को विरोधभन्दा पूर्ण कार्यान्वयनको आवश्यकता रहेको औंल्याउनभयो । 

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “संघीयता कार्यान्वयनको सवालमा सबै परिवर्तनगामी शक्ति मिल्नुको बिकल्प छैन, ठूलो त्याग र बलिदानबाट प्राप्त उपलव्धिलाई संस्थागत गर्न आवश्यक छ ।” 

सरकारले महत्वपूर्ण काम गरेको सभामा स्मरण गराउँदै प्रधानमन्त्रीले दाहालले प्रदेशसभालाई लुम्बिनीको महत्वसँग जोडेर लुम्बिनीको ब्रान्डिङ गर्दै पर्यटन भित्र्याउने गरी प्रदेशसभाले नीति बनाउन आवश्यक रहेको बताउनुभयो । 

लुम्बिनी प्रदेश क्रान्तिको थलो रहेको सम्मरण गराउँदै प्रधानमन्त्री दाहालले लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्यले प्रदेशसभाको गाम्भीर्यतालाई महत्वका साथ लिएर जनमुखी काममा लाग्न आवश्यक रहेको औल्याउनुभयो । प्रधानमन्त्रीले प्रदेशसभाको सम्बोधनको धेरै समय संघीयताको कार्यान्वयन सवालमा प्रस्तुत हुनुभएको थियो । 

यसैविच प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले आफ्नो नेतृत्वको वर्तमान सरकार समाजवादको आधार तयार पार्न क्रियाशील रहेको बताउनुभयो ।  


शनिबार दिउँसो दाङको भालुवाङमा आयोजित अगुवा पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै सो कुरा बताउनुभयो । प्रशिक्षणमा प्रधानमन्त्री प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धिको जगमा समाजवादको आधार तयार पार्ने कुरामा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “मैले सरकारको नेतृत्व गतेदेखि नै समाजवादको आधार तयार पार्न सुशासन, समाजिक न्याय र समृद्धिमा जोड दिएको छु । प्रतिकूल परिस्थितिका बाबजूद पनि सरकारले समाजवादको आधार तयार पार्न प्रयास गरिरहेको छ । यस पटकको नीति तथा कार्यक्रम र बजेट उत्पादन र रोजगारीमा केन्द्रित गरिने छ । त्यसले देशमा नयाँ वातावरण बनाउनेछ ।