सहकारी पीडितको समस्या सम्बोधन गर्ने ठोस प्रस्ताव ल्याउनुस् : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारीको समस्या सम्बोधन हुँदा लाखौँ निक्षेपकर्ताहरू प्रताडित भएकोमा जोड दिँदै उक्त समस्याको व्यवस्थित समाधानको प्रस्ताव ल्याउन अर्थ मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।
बागमतीमा सत्ता गठबन्धनबाट चार जनाको उम्मेदवारी
राष्ट्रिय सभा सदस्यको रिक्त हुने पदमा बागमती प्रदेशबाट सत्ता गठबन्धनमा रहेको तीन दलका चार जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । हेटौँडा ५ स्थित राष्ट्रिय सभा सदस्य निर्वाचन अधिकृतको कार्यालयमा सत्ता गठबन्धनका नेताहरूसहित पुगेर उम्मेदवारी दर्ता गराउनुभएको हो ।
बक्यौता उठ्ने र उद्योग पनि चल्ने विकल्पमा जानुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ट्रङ्क र डेडिकेटेड व्यवसायीले विद्युत प्राधिकरणलाई भुक्तानी गर्नुपर्ने बक्यौता पनि उठ्ने, उद्योग पनि चल्ने विकल्पमा जानुपर्ने बताउनुभएको छ ।
मातृभाषाको प्रयोग बढाउँदै लैजानुपर्छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानले नेपाललाई बहुभाषिक मुलुकको रूपमा स्थापित गर्दै सबै मातृभाषालाई राष्ट्रभाषाको मान्यता दिएकाले राज्यका हरेक निकायमा यसको प्रयोग बढाउँदै लैजानुपर्ने बताउनुभएको छ ।
कोशीमा गठबन्धन र एमालेसमेत चारजनाको उम्मेदवारी
आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशबाट चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय सभामा कोशीबाट अन्य र महिला समूहबाट रिक्त रहेको पदमा निर्वाचन हुँदैछ ।
आधुनिक ढङ्गबाट कृषि उत्पादन वृद्धि गर्न आवश्यक : सभामुख घिमिरे
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कृषिलाई आधुनिक ढङ्गबाट अघि बढाइ उत्पादन वृद्धि गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
दस हजार मेगावाट विद्युत भारत निर्यात गर्ने सम्झाैता
नेपालले आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत भारत निर्यात गर्ने कार्यले मूर्तरुप पाएको छ । त्यससम्बन्धी सम्झौतामा बिहीबार दुई देशका तर्फबाट हस्ताक्षर भएको छ ।
श्रीमानलाई विदेशबाट घर फर्काउने सरिताको ट्रिक बन्यो तरकारी खेती
‘‘गाउँघरमा विदेश जाने लहर चल्यो । मेरो श्रीमान् पनि साथीहरूको लहलहैमा लागेर विदेश जानुभयो । मैले एक्लै कृषि पेसालाई थामेँ । तरकारी खेतीबाट राम्रो आम्दानी हुन थाल्यो । मेरो कमाई देखेर श्रीमान् विदेशबाट गाउँ फर्किनुभयो, अहिले सँगै कृषिमा रमाएका छौँ ’’ कृषक सरिताकुमारी शर्माले भन्नुभयो । अहिले सरिता र उहाँको श्रीमान् टेकनारायण आचार्य गाउँकै उदाहरणीय कृषक हुनुहुन्छ ।
आफन्तले शव बुझेपछि सर्लाहीकाे अवस्था सामान्य
सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर मृत्यु भएका जयशङ्कर साहको शव प्रादेशिक अस्पताल मलङ्गवामा पोष्टमार्टम पश्चात परिवारले बुझेका छन् ।
पोखरामा वर्षभरिमा पाँच वटा अन्तर्राष्ट्रिय उडान
अर्बौं ऋण लगानीमा निर्माण भएर सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा एक वर्षमा पाँच वटा अन्तर्राष्ट्रिय चार्टर उडान भएका छन् । वार्षिक १० लाख हवाई यात्रुले सेवा लिन सक्ने गरी गत २०७९ पुस १७ गते सो विमानस्थल सञ्चालनमा आएको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन प्राधिकरण कार्यालय, पोखराले एक वर्षमा पाँच वटा अन्तर्राष्ट्रिय उडान भएको जानकारी दिएको छ । गत असार ६ गते चीनको छेन्दुबाट आएको सिचवान एयरलाइन्सले पोखरामा पहिलो अन्तर्राष्ट्रिय चार्टर उडान गरेको थियो । उक्त उडानमार्फत असार ८ र ९ गते पोखरामा आयोजना भएको नेपाल–चीन फ्रेन्डसिप ड्र्यागन बोट रेस फेस्टिभलमा सहभागी हुने खेलाडी, पर्यटक र चीन भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डलसमेत गरी ९६ जना पोखरा अवतरण गरेका थिए ।
‘आयोगले क्लष्टरमा कडाइ गर्छ’-प्रवक्ता, निर्वाचन आयोग
निर्वाचन आयोगले यस पटकको राष्ट्रिय सभा निर्वाचनमा क्लष्टर (समूह) मा फेरबदल नगर्ने र त्यसमा कडाइ गर्ने भनाइ सार्वजनिक गरेको छ ।
कान्ति बाल अस्पतालमा अब सिटी स्क्यान र एमआरआई सेवा
कान्ति बाल अस्पतालले अब बिरामीलाई सिटी स्क्यान र एमआरआई सेवा प्रदान गर्ने भएको छ । अस्पतालको ६२औँ वार्षिकोत्सव अवसरमा आइतबार सिटी स्क्यान मेसिन र एमआरआई मेसिनको स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गर्नुभयो । उक्त मेसिन अस्पताललाई जापान सरकारबाट सहयोग प्राप्त भएको हो ।
संवैधानिक परिषद् बैठकसम्बन्धी व्यवस्था गर्न सरकार सकारात्मक : सञ्चारमन्त्री
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संवैधानिक परिषद्को बैठकमा सदस्यहरूलाई अनिवार्य उपस्थिति हुनुपर्ने कानुनी व्यवस्था गर्न सरकार सकारात्मक रहेको बताउनुभएको छ ।
माओवादी केन्द्रले टुङ्ग्यायो राष्ट्रिय सभाको उम्मेदवार
नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको पार्टीको पदाधिकारी बैठकले उम्मेदवार टुङ्गो लगाएको हो ।
गठबन्धनमा सिट बाँडफाँट, १० कांग्रेस र ६ माओवादीलाई
राष्ट्रिय सभा सदस्य निर्वाचनको १९ सिटमा सत्ता गठबन्धनमा बाँडफाँट भएको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सिट बाँडफाँट टुङ्ग्याएको हो ।
घुर्ने समस्या : हेलचेक्राइँ गरे ज्यानै जान सक्छ : प्रा.डा. श्रेष्ठ
नेपालमा १८ देखि २० लाख मानिसमा कडा खालको घुर्ने समस्या हुनसक्ने अनुमान गरिएको छ ।
चिनी मिलमा उखु अभाव
सर्लाहीका चिनी मिलहरूमा उखुको अभाव भएको छ । बरहथवा भएको विवादका कारण प्रशासनले लगाएको निषेधाज्ञाले सवारीसाधन ठप्प भएपछि उखु अभाव भएको हो ।
सर्लाही घटना: मृतकको शव अझै घटनास्थलमा, प्रशासन र पीडित परिवारबिच वार्ता जारी
सर्लाहीको बरहथवामा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका शिवशङ्कर साहको शव तीन दिनदेखि घटनास्थलमै छ ।
टुँडिखेलमा साकेला नाच (फोटो फिचर)
प्रकृति पुजारी किराती समुदायको दोस्रो महत्त्वपूर्ण चाड उधौलीको अवसरमा साकेला तथा चण्डी नाँच नाँचेको छन्।
प्रतिफल आउने क्षेत्रमा राज्यले खर्च गर्छ : अर्थमन्त्री महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिफल आउने क्षेत्रमा मात्र राज्यले खर्च गर्ने बताउनुभएको छ । उद्योग वाणिज्य सङ्घ चितवनको ५७ औँ साधारण सभा तथा अधिवेशनको कार्यक्रममा शनिबार बोल्नुहुँदै उहाँले बताउनुभएको हो ।
राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनबिच सिट बाँडफाँट
राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनका दलहरू बिचमै सिट बाँडफाँट हुने भएको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) सँग कुरा नमिलेकाले सत्ता गठबन्धनबिचमै राष्ट्रिय सभा निर्वाचनमा सिट बाँडफाँट गर्ने निर्णय गरेको हो ।
‘योग र ध्यानको अभ्यासबाट सुशासनको अभियान सार्थक’
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले योग र ध्यानको नियमित अभ्यासबाट सुशासनको अभियानलाई सार्थक बनाउन महत्त्वपूर्ण सहयोग मिल्ने बताउनुभएको छ ।
बिस वर्ष पुराना सबै सवारीसाधन उपत्यकाबाट हटाउनुपर्छ: अध्यक्ष मल्ल
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले २० वर्ष पुरानो सवारीसाधन उपत्यकाबाट हटाउनुपर्ने बताउनुभएको छ ।
तिलाचौरको सिद्धनाथ मन्दिर (फोटो फिचर)
कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरमा अवस्थित प्रख्यात सिद्धनाथ मन्दिर । प्राकृतिक सम्पदाले भरिपूर्ण यस मन्दिरको क्षेत्रफल निकै नै फराकिलो रहेको छ भने मन्दिर परिसरमा गणेश भगवानको मन्दिर लगायत अन्य विभिन्न देवताहरूको साना मन्दिर रहेको छ । जसले गर्दा यसलाई धार्मिक स्थल पनि मानिएको छ।