कोरोनाको नयाँ भेरियन्ट ४० देशमा फैलियो
नेपालमा कोरोना भाइरसको नयाँ सब-भेरियन्ट जेएन डट वान पुष्टि भएको छ । चिकित्सकका अनुसार जेएन डट वान ओमिक्रोन भेरियन्टको नयाँ स्वरूप हो।
जलविद्युत आयोजनाले गाउँको स्वरूप बिग्रने खतरा
म्याग्दीको रघुगंगा गाउँपालिका-७ चिमखोलावासीहरुले गाउँको स्वरूप नै बिग्रने गरी जलविद्युत आयोजना नबनाउन माग गरेका छन् । चिमखोला गाउँ भएर बग्ने बगर खोलामा मोना हाइड्रोपावर कम्पनीले साढे पाँच मेगावाट क्षमताको बगर खोला जलविद्युत आयोजना निर्माणको तयारी थालेपछि स्थानीयहरूले विरोध जनाएका हुन ।
युवालाई गाउँ फर्काउने सूत्र
दशकअघिसम्म गाउँ खाली भए पनि सहर भरिएको हुन्थ्यो । मान्छे देशमै छन्, सहरमै छन्, गाउँमा केही अप्ठ्यारो परिहाले आज नभए भोलिसम्म पुगिहाल्छन् भन्ने स्थिति थियो । जिल्ला जिल्लाका सदरमुकामदेखि मुख्य मुख्य सहर पोखरा, विराटनगर, जनकपुर, राजविराज, धनगढीसहित राजधानी काठमाडौँ हुँदै ललितपुर भक्तपुरसम्म क्रमश: मान्छे घटिरहेका छन्, देश बाहिर युवा छन् । देश क्रमश: रित्तिंँदै छ ।
नागमती बाँध निर्माण प्रक्रिया सुरु
काठमाडौँको गोकर्णेश्वर नगरपालिका मूलखर्कमा प्रस्तावित नागमती बाँधको निर्माण प्रक्रिया अगाडि बढेको छ । बाँध निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृतिको अन्तिम चरणमा छ ।
टोखाको चाकु (फोटो फिचर)
माघे सङ्क्रान्तिमा चाकु खाने प्रचलनसँगै टोखा नगरपालिका वडा नम्बर २ र ३ मा सञ्चालित १४ उद्योगलाई चाकु बनाउन भ्याइनभ्याइ भएको हो।
राष्ट्रपतिद्वारा समसामयिक विषयमा शीर्ष नेतृत्वको ध्यानाकर्षण
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकका जल्दाबल्दा समस्या समाधान गरेर लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउन सबै मिलेर अघि बढ्न प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूको ध्यानाकर्षण गराउनुभएको छ ।
कर्णाली कोरिडोरमा सडक बने सुदूरपश्चिम र कर्णालीमा समृद्धि : उपप्रधानमन्त्री खड्का
उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली कोरिडोरमा दुई लाइनको डेडिकेडेट सडक भए सुदूरपश्चिम र कर्णालीमा विकास समृद्धि आउने बताउनु भएको छ ।
माघ तेस्रो साताबाट हिउँदे अधिवेशन बोलाउने सरकारको तयारी
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले हिउँदे अधिवेशन माघको तेस्रो साता बोलाउने तयारी गरेको खुलासा गर्नुभएको छ ।
खेल क्षेत्रको पछिल्लो प्रगति ऐतिहासिक छः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालमा खेल क्षेत्रलाई उच्च प्राथमिकता दिएर काम गरेका कारण खेल क्षेत्रको विकासमा ऐतिहासिक प्रगति हुँदै गएको बताउनुभएको छ ।
राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण (फोटो/भिडियो)
राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीजयन्तीको उपलक्ष्यमा सिंहदरबार मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्नु भएको छ ।
पृथ्वीनारायणकालीन इतिहास बोध
इतिहास बोधका लागि इतिहासप्रति सचेत हुनु आवश्यक हुन्छ । विश्वास तटस्थतामा होइन, पक्षधरताका आधारमा बन्छन् र भत्कन्छन् । दृष्टिले नायक र खलनायक किटान हुन्छन् । इतिहास र पृथ्वीनारायण शाह पनि यस्तै विषय बने । आजको आवेगमय नजरिया र पक्षधरताले त्यस बखतको साँगापश्चिम र चन्द्रागिरि पूर्वको राजनीतिक भूगोलमा समेटिएको नेपालको कल्पना गर्नै सकिँदैन । इतिहासले समयसँगै ऊर्जा, सपना, इच्छाशक्ति दिन्छ र इतिहासका चिहानहरू खोतलिन्छन् ।
पाँच महिनामा छ खर्बभन्दा बढी रेमिट्यान्स
चालु आर्थिक वर्षको पाँच महिनामा छ खर्ब १३ अर्ब २५ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कद्वारा प्रकाशित आर्थिक वर्ष २०८०÷८१ को पाँच महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह २७.६ प्रतिशतले बढेको हो ।
लगानी सम्मेलनमा सम्झौताको तयारी
मुक्तिनाथ जानका लागि लगानी बोर्डसमक्ष प्रस्तावित केबलकारको अद्यावधिक विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) प्रस्तुत गरिएको छ । उक्त केबलकारको निर्माता मुक्तिनाथ दर्शन प्रालिले बुधबार वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआइए) सँगै अद्यावधिक गरिएको डिपिआर बुझाएपछि बोर्ड र मुक्तिनाथ दर्शनबिच आयोजना लगानी सम्झौता (पिआइए) गर्न बाटो खुलेको जनाएको छ ।
नेपाली सेनाको पदयात्रा टोली हनुमान ढोकामा
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भ पारेर गोरखा–काठमाडौं एकीकरण मार्गमा नेपाली सेनाले सुरु गरेको पदयात्रा आज हनुमान ढोका आइपुगेको छ ।
संवैधानिक परिषद् सम्बन्धी संशोधन विधेयक आत्तिएर ल्याएको होइन : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक सरकारले आत्तिएर नल्याएको बताउनुभएको छ ।
कोरोना बिमा बापतको भुक्तानी अनिश्चित
कोरोना बिमा बापतको दाबी भुक्तानी प्रक्रिया अनिश्चित भएको छ । सरकारले कोरोना बापतको रकम निकासा नगर्दा कोरोना बिमा बापतको दाबी भुक्तानी अनिश्चित भएको हो ।
वीरको सेवा गुणस्तरीय र सुलभ हुनुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वीर अस्पताल स्वास्थ्य क्षेत्रको आधारस्तम्भ भएकाले उपचारका क्रममा बिरामीले गुनासो गर्ने अवस्था नआउने गरी काम गर्न निर्देशन दिनुभएको छ ।
अभियुक्त बम्जनविरुद्ध सुनुवाइ सुरु
हत्या र यौन हिंसाका अभियुक्त रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीसमक्ष प्रस्तुत गरिएको छ ।
महलका मालिक पनि सडकमा
हिउँदको कठ्याङ्ग्रिदो जाडोयाममा खुला आकाशमुनि रात बिताउने यी मानवका दृश्य हेर्दै दुःखदायी छन् । दिनमा तातो खाना छैन न त, रातमा छाना नै छ ।
रामबहादुर बमजनलाई आजै सर्लाही अदालतमा पेस गरिँदै
रामबहादुर बमजन भन्ने रामलाल बमजनलाई प्रहरीले सर्लाही ल्याएको छ । बमजनलाई आज नै सर्लाही जिल्ला अदालतमा पेस गरिने प्रहरीले जनाएकाे हाे ।
बाजुरामा भुवो पर्वको रौनक
बाजुरामा कौरव र पाण्डवको कथामा आधारित सांस्कृतिक पर्व भुवो सुरु भएको छ । बाजुराका जिल्लाका हरेक गाउँ बस्ती बस्तीमा यती बेला दमाहा बाजाका साथ स्थानीय युवाले हातमा ढाल तरबार समातेर भुवो सुरु गरेका छन् ।
विपत् व्यवस्थापन कोषमा दुई अर्ब उपलब्ध गराइने
सरकारले प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा मौज्दात रहेको रकममध्येबाट विपत् व्यवस्थापन कोषमा दुई अर्ब रुपियाँ उपलब्ध गराउने भएको छ । मङ्गलबारको मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विपत् कोषमा जम्मा गरेको रकम भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माण खर्च गरिने पनि बताउनुभयो ।
‘एकपक्षीय कार्यान्वयन हुँदैन’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकपक्षीय रूपमा आयोजना छनोट र कार्यान्वयन हुने गरी भारतीय दूतावासले २० करोड रुपियाँसम्मका आयोजनामा खर्चसम्बन्धी सम्झौता नभएको बताउनुभएको छ । भारतसँगको सम्झौताका विषयमा प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिलाई बुधबार जानकारी दिँदै उहाँले आयोजनाको आवधिक समीक्षा र अनुगमन पनि नेपाल सरकारकै संयन्त्रबाट हुने बताउनुभयो ।
टेलिकमको अप्टिकल फाइबर ७४ जिल्लामा पुग्यो
नेपाल टेलिकमको फाइबर टु द होम (एफटिटिएच) सेवा ७४ जिल्लामा विस्तार भएको छ । बुधबारदेखि रुकुमपूर्वमा सञ्चालनमा आएसँगै एफटिटिएच ७४ जिल्लामा पुगेको हो ।