‘दलसम्बन्धी ऐन–२०७३ लाई संशोधन गर्न बनेको विधेयक’ सङ्घीय संसदमा पेस गर्न स्वीकृति प्रदान
सरकारले ‘राजनीतिक दलसम्बन्धी ऐन–२०७३ लाई संशोधन गर्न बनेको विधेयक’ सङ्घीय संसदमा पेस गर्न स्वीकृति प्रदान गरेको छ ।
खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेर अघि बढ्न जरुरी : उपप्रधानमन्त्री खड्का
उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारले खेलकुदको भौतिक पूर्वाधारहरू तीव्र गतिमा अघि बढाउन नसकेको बताउनुभएको छ ।
भिजिट भिसामा विदेश जानेको गुनासो सम्बोधन गर्नुहोस् : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा र श्रम स्वीकृति लिएर विदेश जाने नेपालीलाई विमानस्थलमा सास्ती दिइने गरेको गुनासो आएको भन्दै त्यस्ता कार्य तत्काल बन्द गर्न निर्देशन दिनुभएको छ ।
समयमै परीक्षा र नतिजा नपाएपछि विद्यार्थीले विदेश रोज्दै : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले त्रिभुवन विश्वविद्यालयले समयमै परीक्षा र नतिजा प्रकाशन नगर्दा विद्यार्थीले विदेश रोज्न थालेको बताउनुभएको छ ।
सहकारीसम्बन्धी समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारीसम्बन्धी समस्या तत्काल समाधान गर्न सम्बन्धित मन्त्रालयसहितका निकायलाई निर्देशन दिनुभएको छ ।
सरकारको निर्देशनलाई आयोजना प्रमुखहरूले टेरेनन्
सबै ठेक्कामा म्याद थप्ने सरकारको निर्णय गरेको छ । तत्काल म्याद थप गरी आयोजना कार्यान्वयन गर्न प्रमुखहरूलाई सरकारले निर्देशन दिए पनि अटेर गरेर अझै पनि म्याद थप गरेका छैनन् ।
सुध्रियो गुणस्तर, रोकिएन दुर्घटना
गुणस्तर सुधार भए पनि नारायणगढ–मुग्लिङ सडक खण्डमा दुर्घटना नियन्त्रण हुन सकेको छैन । तीन ठुला राजमार्गसँग जोडिएको चितवनमा साढे चार वर्षको अवधिमा एक हजार ७०४ वटा सडक दुर्घटना भएका छन् । दुर्घटनाका कारण ५०४ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार यस अवधिमा दुर्घटनाकै कारण तीन हजार ७६ जना घाइते भएका छन् ।
लोप हुँदै दरबारमा खाइने लेउ
लेउमा लागे लडिन्छ, छेउ लागे अडिन्छ । लेउबारेको सामान्य बुुझाइ यस्तै छ । तर लेउको स्वादिलो परिकार पनि बन्छ र त्यो दरबारमा राजा महाराजाको खान्की बन्छ भन्ने कमैलाई थाहा होला ।
कालिन्चोकसहित उच्च हिमाली क्षेत्रमा हिमपात
दोलखाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय कालिन्चोकसहित उच्च हिमाली क्षेत्रमा मंगलबार दिउँसोबाट हिमपात सुरु भएको छ। मौसममा आएको परिवर्तनसँगै चिसो बढेपछि कालिन्चोक क्षेत्रमा हिमपात सुरु भएको हो।
अझै टेकाकै भरमा सम्पदाहरू
२०७२ वैशाख १२ गते बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पले भत्काएका धेरै भवन र सम्पदाको पुनर्निर्माण पूरा भएका छन् । आठ वर्ष बित्नै लाग्दा पनि केही भवन र महत्त्वपूर्ण सम्पदाको पुनर्निर्माण भने अझै हुन सकेको छैन ।
मौलिक खाना विश्वमाझ प्रवर्द्धन गर्न आवश्यक : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले जनसङ्ख्याको ठुलो हिस्सा निर्भर रहेको कृषि क्षेत्रमा उत्पादन भएका अन्नबाली तथा अर्ग्यानिक खाद्य वस्तुहरू सिधै तारे होटलहरूमा आपूर्ति गरेर ‘फार्म टु प्लेट’को अवधारणा अघि बढाउन आग्रह गर्नुभएको छ ।
यस्ता छन् बिमाको सह–भुक्तानी सेवा लागू हुने स्थान
स्वास्थ्य बिमा बोर्डले माघ १ बाट १० प्रतिशत उपचार रकम बिमित आफैले तिर्नुपर्ने सह-भुक्तानी (को पेमेन्ट) प्रणाली लागु गरेको छ । बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाका अनुसार पुस २७ गतेको बोर्डको निर्णयअनुसार सह-भुक्तानी कार्यक्रम माघ १ देखि लागु हुने भएको हो ।
‘एक रुपियाँ पुरस्कार पाउँदा संसार जितेझैँ लाग्यो’
राजधानीले काली–कर्णालीलाई अशिक्षित, हलिया प्रथा, छाउपडी प्रथा भएको, विकास नपुगेको यस्तै अनकन्टार क्षेत्रको रुपमा चिन्छ । मैले बुझेको काली–कर्णाली भौगोलिक रुपमा विकट, आर्थिक रुपमा विपन्न छ । तर सांस्कृतिक रुपमा भाषा, लोकसाहित्यमा काली–कर्णाली जति धनी नेपालमा अरु कुनै क्षेत्र छैन ।
सुर्खेतको थारू बस्तीमा माघी पर्वको रौनक (फोटो फिचर)
विशेषगरी पहाडमा जनजाति समुदाय र तराईमा थारु समुदायको ठूलो पर्वका रुपमा मनाइने पर्व हो माघे संक्रान्ति । तराईका थारु समुदायले समुदायले माघीलाई नयाँ वर्षमा रुपमा मनाउने गर्दछन् ।
भूकम्प प्रतिरोधी संरचना निर्माण इच्छा नभएर दायित्व होः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्प प्रतिरोधी संरचना निर्माण इच्छा नभएर दायित्व भएको बताउनुभएको छ ।
स्वयंसेवकलाई राष्ट्रिय प्रणालीमा आबद्ध गर्ने प्रक्रिया सुरु : गृहमन्त्री
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् व्यवस्थापन स्वयंसेवकलाई राष्ट्रिय प्रणालीमा आबद्ध गर्ने प्रक्रिया सुरु भएको बताउनुभएको छ ।
नुन बोक्ने बाटो ऐतिहासिक मार्ग बन्दै
यातायातको सुविधा नहुँदा पूर्वी पहाडी जिल्ला धनकुटाका अधिकांश स्थानीयवासीले नुन बोक्न प्रयोग गर्ने बाटोलाई प्रवर्धन गर्न सुरु गरिएको छ । करिब ५० वर्ष अघिसम्म यो बाटो भएर धरानबाट नुन बोकेर ल्याउने गरिन्थ्यो ।
९० साल पछिको ९० वर्ष
वि.सं. १९९० सालमा गएको ठुलो भूकम्पले ठुलो मात्रामा धनजनको क्षति पुर्याएको थियो । हामीले त्यो समयदेखि बारम्बार भूकम्पबाट क्षती सहँदै आएको छ । ९० वर्ष बित्दा समेत अझै भूकम्प प्रतिरोधी भौतिक संरचना निर्माण देखि अन्य सुरक्षाका उपायहरू अवलम्बन गर्ने कार्य प्रभावकारी रूपमा हुन सकेको छैन ।
‘भेप’को प्रयोग बढ्दा राजस्वमा धक्का
‘इलेक्ट्रोनिक भेप’ को प्रयोग बढ्न थालेपछि त्यसले देशको राजस्व सङ्कलनको लक्ष्यमै असर पारेको पाइएको छ । भेपको प्रयोग बढ्दा मुलुकभित्र चुरोटको प्रयोग घटेको र त्यसले राजस्वको मुख्य आधारमध्येको अन्तःशुल्क सङ्कलनमा धक्का पुगेको अर्थ मन्त्रालयको प्रारम्भिक ठहर छ ।
चलिरहेछन् बिस वर्ष पुराना गाडी
कर्णाली प्रदेशका पहाडी र उच्च हिमाली जिल्लामा ‘कबाडीमा परिणत भइसकेका’ पुराना गाडी गुड्छन् । उच्च पहाडी क्षेत्रका रेखाङ्कन मात्रै गरिएका कच्ची सडकमा गुड्ने सार्वजनिक यातायात सञ्चालन भइरहँदा नागरिक जीवन जोखिममै पारेर यात्रा गर्न बाध्य छन् ।
भव्य बन्यो केशरमहल
पुनर्निर्माण सम्पन्न भएपछि केशरमहल सम्भवतः नेपालकै सबैभन्दा भव्य पुस्तकालय भवन हुने छ ।
प्राप्त अधिकार रक्षा र सुदृढ गरेर अगाडि बढौँ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको संविधानले पहिचान र अधिकारका क्षेत्रमा धेरै अधिकारहरू संस्थागत गरेकाले प्राप्त अधिकारको रक्षा गर्दै थप अधिकारका निम्ति रचनात्मक भूमिका खेल्नुपर्ने बताउनुभएको छ।
लखन थापालाई राष्ट्रिय विभूति बनाउने मागप्रति सहमत छु : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रथम सहिद लखन थापालाई राष्ट्रिय विभूति बनाउने मागप्रति आफू सहमत रहेको बताउनुभएको छ । नेपाल मगर सङ्घले आइतबार माघी पर्वको अवसर पारेर काठमाडौँको टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
लाङटाङ-भोटेकोशी आयोजनामा भित्रियो बिस अर्ब लगानी
रसुवामा निर्माणाधीन लाङटाङ–भोटेकोशी जलविद्युत् आयोजनाले रु बिस अर्ब बराबरको वैदेशिक लगानी भित्र्याएको छ ।