माघ ५ गते प्रधानमन्त्री प्रचण्ड युगाण्डा जानुहुने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माघ ५ गते युगाण्डा जानुहुने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को निर्णय बुधबार सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता रेखा शर्माले यसबारेमा जानकारी गराउनुभएको हो ।
जलवायु परिवर्तनको असर कम गर्न सार्कलाई क्रियाशील बनाउनुपर्छ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलसँग दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का नवनियुक्त महासचिव मोहम्मद गोलाम सरवारले शिष्टाचार भेट गर्नुभएको छ।
टेलिकम सेवाको मर्मत सम्भारलाई चुस्त बनाउनुपर्छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिकमबाट वितरण भएका सेवाहरूको मर्मत सम्भारलाई चुस्त दुरुस्त बनाउन आवश्यक रहेको बताउनुभएको छ ।
तपस्वी बम्जनबाट तीन करोडभन्दा बढी नगद बरामद
प्रहरीले तपस्वी रामबहादुर बम्जन भन्ने राम लाल बम्जनलाई पक्राउ गरेको घरबाट तीन करोड तीन लाखभन्दा बढी नेपाली रुपियाँ बरामद गरेको छ ।
भारतले २० करोड खर्च गर्न पाउने सम्झौतामा तनाव लिनुपर्दैन : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतसँग भएको भारतीय दूतवासले सिधै २० करोड रुपियाँ नेपालमा खर्च गर्न पाउने सम्झौतामा धेरै तनाव लिनुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।
‘सार्वजनिक यातायातको उपयुक्त विकल्प पोडवे’
खोला किनार, घना जङ्गल तथा आवासीय क्षेत्रमाथि विद्युतको तारमा सरर गुडाउन सकिने आधुनिक यातायातको माध्यम हो पोडवे । झट्ट हेर्दा केबुलकार जस्तो देखिने यो सेवा निर्माणमा केबुलकार भन्दा निकै सस्तो पर्दछ । दुई पोलबिचको दुरी दुई किलोमिटर रहने, विद्युतको सहायताले सञ्चालन हुने यो सेवा वातावरणीय हिसाबले पनि निकै प्रभावकारी रहेको छ ।
गेउरिया पुल नौ वर्षदेखि अलपत्र : ठेकेदारलाई कारवाही भएन
मोरङको कानेपोखरी गाउँपालिका र रङ्गेली जगरको सिमानामा पर्ने गेउरिया खोलाको पुल निर्माण सातौँ पटक रोकिएको छ । गत असारमा पुल ढलान गरेर सम्पर्कविहीन भएको निर्माण कम्पनी त्यसयता काममा फर्किएको छैन ।
धौवादीको फलाम आयात प्रतिस्थापन गर्ने लक्ष्य
मुलुकमा छरिएर रहेका फलाम खानी उत्खनन गरी मुलुकभित्र फलामको माग पूरा गर्दै बढ्दो आयातलाई प्रतिस्थापन गर्ने सरकारी नीतिलाई साथ दिन धौवादी फलाम कम्पनीले प्रव्रिmया अघि बढाएको छ ।
४० हजार ऋणको ११ लाख ब्याज असुल्दै
नवलपुरको एक सरकारी विद्यालयले ब्याजमा पैसा लगाएर मोटो रकम असुलिरहेको पाइएको छ।
सहिदहरूको विवरण सच्याउने मन्त्री परिषद्को निर्णय
नेपाल सरकार मन्त्री परिषदबाट विभिन्न मितिमा सहिद घोषणा भई विवरण फरक परेका सहिदहरुको विवरण सच्याइने भएको छ ।
सत्य निरुपण विधेयक परिमार्जन गर्छाैं : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सरकार र विद्रोही दुवैतर्फबाट मारिएका परिवारलाई समान व्यवहार गरेको र भविष्यमा समेत कुनै प्रकारको भेदभाव नहुने स्पष्ट पार्दै टिआरसी विधेयकमा सम्भव विषयहरू राखेर परिमार्जन गर्ने बताउनुभयो ।
स्थानीय तहबाटै पुनः श्रमस्वीकृति दिने व्यवस्था मिलाउनुस् : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ७५३ वटै स्थानीय तहबाट पुनः श्रम स्वीकृतिको व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ ।
ज्योतिष विद्यालाई नयाँ प्रविधिसँग आबद्ध गरी विश्वभर प्रचारप्रसार आवश्यक : उपप्रधानमन्त्री खड्का
उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले परम्परागत शास्त्रीय ज्योतिष विद्यालाई अब नयाँ प्रविधि र पद्धतिसँग आबद्ध गरी विश्वभर यसको प्रचारप्रसारमा अघि बढ्न आवश्यक रहेको बताउनुभएको छ ।
२१ मिटर सडक क्षेत्रफलका संरचना हटाउन १५ दिने म्याद
नेपालगन्ज उपमहानगरपालिकाले नेपालगन्जको गणेशमान चोकदेखि कारकाँदो चोकसम्म २१ मिटर क्षेत्रफल सडक खाली गर्न सर्वसाधारणलाई १५ दिनको म्याद दिएको छ ।
लाइसेन्स लिएर सिन्को नभाँच्चे अवस्थाको अन्त्य गर्छौं : ऊर्जा मन्त्री
नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनीमार्फत कास्कीको अन्नपूर्ण गाउँपालिकामा निर्माण गर्न लागिएको ४२ मेगावाटको माथिल्लो मोदी ए जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन भएको छ ।
महिनौँदेखि आठ विद्यालयका विद्यार्थीले दिवा खाजा खान पाएनन्
पञ्चदेवल विनायक नगरपालिका ८ बारलामा आठ विद्यालयका विद्यार्थी दिवा खाजाबाट वञ्चित भएका छन् । नगरपालिकाका आठ वटै विद्यालयमा खाजा खुवाउन छनौट भएको सुप्रिम सहकारीसँगको सम्झौता नहुँदा विद्यार्थीहरू पाँच महिनादेखि खाजा खान नपाएका हुन् ।
सँगैका साथी पढाउँछन् जगन्नाथ
बालबालिकामा लोकगीत देउडा गीतप्रतिको आकर्षण हराउँदै गइरहेको छ । आजभोलि धेरै बच्चा मोबाइलमै रमाउन थालेका छन् । स्कुल समयभन्दा अन्य समय बच्चाको मोबाइल हेरेरै बित्ने गरेको छ । गीत गाउनु, देउडा गाउनु त बच्चाको सोचमा नै आउँदैन तर धनगढी उपमहानगरपालिकाको शारदा विद्या निकेतनमा कक्षा ८ मा अध्ययन गर्ने
विश्वमै अति दुर्लभ बैकाल गैरी चरा भेटियो
विश्वमै अति दुर्लभ मानिएको बैकाल गैरी चरा नवलपुरको कावासोतीमा रहेको नमुना मध्यवर्ती सामुदायिक वन क्षेत्रमा पर्ने स्वर्गद्वारी घाट नजिकै नारायणी नदीमा फेला परेको छ ।
ओझेलमा बाह्र सय पल्टन डाँडा
दोलखाको बिगु गाउँपालिका स्थितको १२ सय पल्टन डाँडा (तामाङ भाषामा थोबा भनिने ) ओझेलमा परेको छ । ऐतिहासिक मात्र नभएर पर्यटकीय महत्वको यस डाँडालाई प्रवर्द्धन गर्नु पर्ने माग स्थानीयबासी गरेका छन् ।
गाउँमा छैनन् कोल घुमाउने युवा
गुडका लागि प्रसिद्ध मानिने बैतडीमा पछिल्लो समय उखु पेल्ने युवा नहुँदा परम्परागत कोल थन्किने अवस्थामा पुगेका छन् भने गुड पकाउने खुदेउडा सुनसान बनेका छन् । गाउँका युवा रोजगारीका लागि बिदेसिएपछि महिलाहरूले परम्परागत कोलमा उखु पेल्न गोरु लगाएर गुड बनाउने परम्परा धानेका छन् ।
एक्काइसौँ शताब्दीको जनवाद नयाँ ढङ्गले लागू गर्दैछु : प्रधानमन्त्री
प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति निर्माणमा जनताको नियमन, निगरानी र हस्तक्षेप आवश्यक रहेकोमा जोड दिँदै आफूले एक्काइसौँ शताब्दीको जनवादलाई फरक ढङ्गले लागू गरिरहेको बताउनुभएको छ ।
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ५२ जनाको उम्मेदवारी
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि रिक्त १९ पदका लागि ५२ जनाको उम्मेदवारी परेको छ ।
लगानीको सम्भाव्य चार क्षेत्र उत्कृष्ट : अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानीका सम्भाव्य चार क्षेत्र रहेको बताउनुभएको छ । सोमबार आयोजित नेपाल–भारत संयुक्त बिजनेस फोरमलाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री डा. महतले नेपालमा लगानीका सम्भाव्य चार क्षेत्र उत्कृष्ट रहेको बताउनुभएको हो ।
सोनाहा जातिको पुर्ख्यौली पेसा सङ्कटमा
बर्दियास्थित कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा सुन चालेर र माछा मारेर जीविका चलाउँदै आएका सोनाहा जातिको पुर्ख्यौली पेसा सङ्कटमा छ ।