• १६ भदौ २०८१, आइतबार

चार देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस

blog

राष्ट्रपति रामचन्द्र पौडेल समक्ष बिहीबार ओहोदाको प्रमाणपत्र पेश गर्दै नेपालका लागि मंगोलियाका गैरआवासीय राजदूत ग्यान्बोल्ड डाम्बाजेभले । तस्बिर : राष्ट्रपति कार्यालय

काठमाडौँ, चैत १ गते। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि  थाइल्याण्डका आवासीय राजदूत तथा पोर्चुगल, भेनेजुएला र मङ्गोलियाका गैर आवासीय राजदूतहरुले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ। 

राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा थाइल्यान्डका राजदूत सुवापोङ सिरिसोर्न, पोर्चुगलका जोआओ म्यानुएल मेन्डेस रिबेरो डे अल्मेडा, भेनेजुएलाका कापाया रोडरिजगुज गोन्जालेज र मङ्गोलियाका गैरआवासीय राजदूत गानबोल्ड डम्बजाभले राष्ट्रपति पौडेलसमक्ष आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको हो। 

उक्त समारोहमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलगायत सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति  थियो।