• ३० असार २०८२, सोमबार

सवारी दुर्घटनामा चार जना घाइते

blog

राममणि दाहाल
मकवानपुर, असार ३० गते ।
मकवानपुरमा गएराति भएको छुट्टाछुट्टै दुर्घटनामा चार जना घाइते भएका छन् । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका १ स्थित क्रेसरडाँडा सडकखण्डमा फाखेलबाट पालुङतर्फ आउँदै गरेको बा ८८ प ५१३३ नं.मोटरसाइकलले र विपरीत दिशा पालुङबाट वज्रबारहीतर्फ जाँदै गरेको प्र ३–०३–००१ ह १४५ न.को अटो एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा गए राति दुई जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।

घाइते हुनेमा मोटरसाइकलका चालक मकवानपुर इन्द्रसरोबर गाउँपालिका–५ फाखेलका वर्ष ३२ का भीमबहादुर लामा र मोटरसाइकल पछाडि सवार सोही स्थानका वर्ष ५६ निरुमाया थोकर रहनुभएको छ ।

दुवै सवारी साधन र अटो चालक थाहा नगरपालिका १ कुन्छालका वर्ष ४० का रविन्द्र गोपाली प्रहरीको नियन्त्रणमा रहेका छन् ।  घाइतेहरुकको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचार भएको छ ।

यस्तै हेटौँडा उपमहानगरपालिका १० सोलिड्यारिटी स्कुल नजिक भित्री सडक खण्डमा हेटौँडा बजारबाट विद्युत प्राधिकरणतर्फ जाँदै गरेको ना.१ज २६५६ नं.को म्याजिकले राम मन्दिर बस्ने वर्ष ७३ का पदम खत्रीलाई सडक पार गर्ने क्रममा ठक्कर दिँदा टाउको र शरीरको विभिन्न भागमा चोट लागेर घाइते हुनुभएको छ । उहाँको उपचार हेटौँडा अस्पतालमा भएको छ । म्याजिक र म्याजिक चालक हेटौँडा १३ पदमपोखरीका वर्ष ४० का कालीसिंह घिसिङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यसैगरी, गए राति नै पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका-९ भलादमीचोकमा हेटौँडाबाट मनहरीतर्फ आउँदै गरेको प्रदेश १–०१–०१६ प ७४४७ नं. को मोटरसाइकले सोही दिशा तर्फ आउँदै गरेको साइकलयात्री मनहरी गाउँपालिका ९ का वर्ष १९ का सुजन कार्कीलाई ठक्कर दिँदा घाइते हुनुभएको छ ।

घाइतेको मनहरी अस्पताल मकवानपुरमा उपचारपछि थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाइएको छ । मोटरसाइकल र चालक  ताप्लेजुङ पातङ गाउँपालिका ५ का वर्ष ४० का श्याङ्बो शेर्पालाई नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।