बन्दीपुरमा बाख्रा नश्ल सुधार कार्यक्रम
बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमले अगुवा कृषकको आयआर्जन बढाउन बाख्रामा नश्ल सुधारलाई प्राथामिकता दिएको छ ।
भारतले ९५ हजार टन गैर बासमती चामल नेपाललाई दिने
भारत सरकारले नेपाललाई ९५ हजार टन गैर बासमति वर्गको अरुवा चामल (नन् बासमति ह्वाइट राइस) दिने भएको छ । भारत सरकारले एक सूचना जारी गर्दै नेपालसहित सात देशलाई कोटा वितरण गरेको छ ।
दार्मा गाउँमा लटरम्मै फल्यो टिमुर
हिमाली जिल्ला हुम्लाको दक्षिणी क्षेत्रको एउटा गाउँमा टिमुर फलेको छ । तीन वर्ष अगाडि बझाङ जिल्लाबाट ल्याएर लगाएको टिमुरको बोट लटरम्मै फलेको हो ।
दुधको खपत बढाउन चाडपर्वमा उपभोक्तालाई छुट
दुधको खपत बढाउन दसैं, तिहारलगायतका पर्वमा उपभोक्तालाई दुधमा छुट बिक्री गरिएको छ । दुधको खपत बढाउन जिल्लाको बगनासकाली बहुउद्देश्यीय सहकारी लिमिटेडले दसैं, तिहारजस्ता पर्वका बेला दुधको खपत बढाउन प्रतिलिटर १० रुपियाँ छुट दिएर उपभोक्तालाई बिक्री गरिएको हो ।
पाकेको धानले माडीफाँट बन्यो पहेँलपुर
जिल्लााको विभिन्न स्थानमा धान पाकेर गह्रा तथा फाँटहरू फहेँलपुर बनेका छन् । गत असार र साउनमा किसानले रोपेका धान यतिबेला पाकेर फाँटहरू पहेँलपुर बनेका हुन् ।
दार्म जिउला धान पाकेर पहेँलै ( फोटो फिचर )
चङ्खेली गाउँपालिका– २ को दार्म जिउलामा दसैंको रमझमसँगै खेतहरुमा धान पाकेर पहेँलै देखिएका छन् । मार्सी धानका लागि जिउला निक्कै चर्चित रहेको छ ।
मासु उत्पादनमा आत्मनिर्भर बनाउन अनुदान
हुप्सेकोट गाउँपालिकाले पालिकालाई मासु उत्पादनमा आत्मनिर्भर बनाउने नीति लिएको छ । किसानलाई प्रोत्साहन गरी उत्पादनका आधारमा मासुमा प्रतिकिलो १० रुपियाँ अनुदान दिने भएको छ ।
कृषकका समस्या पहिचान अभियान सुरु
लुम्बिनी प्रदेशमा कृषिसँग सम्बन्धित विभिन्न प्रकारको अनुसन्धानको काम गर्दैआएको बाँकेको खजुरास्थित कृषि अनुसन्धान निर्देशनालयले कृषकका समस्या पहिचान गर्ने अभियान सुरु गरेको छ ।
खाद्य उत्पादनमा योगदान गरेका किसान पुरस्कृत
लुम्बिनी प्रदेश सरकारले प्रदेशमा उत्कृष्ट किसानलाई पुरस्कृत गरेको छ । विश्व खाद्य दिवस पारेर प्रदेश सरकार कृषि मन्त्रालयअन्तर्गत कृषि विकास निर्देशनालयले खाद्य वस्तुमा योगदान गरेका विभिन्न क्षेत्रका आठजना किसानलाई पुरस्कृत गरेको हो ।
धानको बाला झुल्यो फाँटैमा (फोटो फिचर)
म्याग्दीको मङ्गला गाउँपालिका–५, छिस्बाङ फाँटमा झुलेको धानको बाला । यहाँ किसानले गौरिया र गुडुरा, आँगा, ताकुमारे, जौधान लगायतका रैथाने धान खेती गरेका छन् ।
उत्पादन बढाउन कृषि क्षेत्रलाई पूर्ण यान्त्रिकरण गरिने : मन्त्री भुसाल
कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.बेदुराम भुसालले खेतीप्रणालीलाई पूर्ण यान्त्रिकरण गर्दै उत्पादन बढाउने योजना सरकारले बनाएको बताउनुभएको छ ।
हलगोरु पाल्ने किसानलाई पोषण अनुदान
तनहुँको म्याग्दे गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप पोषण अनुदान वितरण गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को ‘हलगोरु पोषण अनुदान कार्यक्रम’अन्तर्गत हल गोरु पाल्ने किसानलाई अनुदान वितरण गरेको हो ।
बेमौसमी सुन्तला फलाउँदै खड्का
सिगानामा दसैँ अगावै फलेका बेमौसमी सुन्तला टोपबहादुर खड्काले प्रतिकेजी एक सयका दरले बिक्री गर्नुभयो ।
गाईभैँसीलाई सुत्केरी पोषण भत्ता वितरण
पर्वतमा गाईभैँसीलाई सुत्केरी पोषण भत्ता वितरण गर्न थालिएको छ । जलजला गाउँपालिकाले गाईभैँसीलाई पोषण भत्ता वितरण गर्न थालेको हो ।
सुपारीको उचित मूल्य नपाएको किसानको गुनासो
कोशी प्रदेशका किसानले विदेशी सुपारीका कारण स्वदेशी सुपारीले उचित मूल्य नपाएको गुनासो गरेका छन् । झापा, इलाम, मोरङ, उदयपुर र सुनसारी जिल्लाका सुपारी किसानले सरकारले निर्यातलाई भन्दा आयातलाई प्राथमिकतामा राखेकाले स्वदेशी सुपारीले उचित मूल्य नपाएको आज पत्रकार सम्मेलनमार्फत जानकारी गराएका हुन् ।
ललितपुरका किसानलाई धान भित्र्याउने चटारो
ललितपुरका खेतीयोग्य जमिनमा धान पहेंलै भएको छ । गतवर्षको भन्दा यस वर्ष धान दसैँअघि नै भित्र्याउनुपर्ने भएकाले किसान खेतमा व्यस्त छन् । दसैँअघि नै धान भित्र्याउनु परेकाले किसानले कात्तिक सुरु हुनेबित्तिकै धान काट्न सुरु गरेका छन् ।
६१ प्रतिशत किसानलाई वर्षभरि खान पुग्दैन
कास्कीका ५३ हजार दुई सय २८ परिवारले १९ हजार एक सय ६४ हेक्टर जग्गामा खेतीपाती गर्ने गरेका छन् । तीमध्ये ३९ प्रतिशतलाई मात्र कृषिबाट भएको आम्दानीले खान पुग्छ ।
बिना अनुमति अनुदानको मल बढी मूल्यमा बिक्री
पोखरामा नेपाल सरकारले अनुदानमा उपलब्ध गराएको मल बढी मूल्यमा बिक्रीवितरण गरेको फेला परेको छ । सरकारले किसानलाई अनुदानमा उपलब्ध गराएको मल झण्डै दोब्बर मूल्यमा बिक्री गरेको फेला परेको हो ।
सहकारी मार्फत खसीबोका बेच्दै किसान
सरुमारानी गाउँपालिका–३ की निमा कुमारी रखालले बाख्रापालन व्यवसाय गर्नुहुन्छ । उहाँले पालेको खसीबोका गाउँकै शान्तिकुञ्ज सहकारी मार्फत विगत पाँच वर्षदेखि बेच्दै आउनुभएको छ ।
बाँदरले पाकेको धान सकायो
कालीकोटको रास्कोट नगरपालिका भित्रका खेतमा बाँदरले पाकेको धान खाएर सकाएका छन् । किसानले लगाएको धान भित्र्याउन नपाउँदै बाँदरले धान खाएपछि किसान चिन्तित बनेका छन् ।
पर्वतमा वर्षा र हावाहुरीले धानबालीमा क्षति
मनसुन बाहिरिने बेला परेको वर्षासँगैको असिना र हावाहुरीका कारण पर्वतमा धानबालीमा क्षति पुगेको छ । सोमबार र मङ्गलबारको वर्षा तथा हावाहुरीले जिल्लाका विभिन्न स्थानमा लगाइएको धानबालीमा क्षति पुगेको हो ।
प्रभावकारी बन्दै मेयर बाख्रा पकेट कार्यक्रम
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कृषक प्रोत्साहनका कार्यक्रमलाई महानगरपालिकाले प्राथमिकता दिइने बताउनुभएको छ । पोखरा २८ सौर्य बजारमा आयोजित तेस्रो खसी बोका मेला प्रदर्शनी कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
बेमौसमी वर्षाका कारण धानबालीमा क्षति
बेमौसमी वर्षाका कारण धानबालीमा क्षति भएको छ । कृषकहरुले लगाएको धानबालीमा सोमबार राति आएको हावाहुरीसहित असिना पानीले क्षति पुर्याएको हो ।
हिमपात हुँदा किसान खुसी
सोमबार माथिल्लो मनाङमा हिमपात भएको छ । हिमपात भएपछि बालीनाली सप्रिने भएकाले यहाँका कृषक खुसी भएका छन् ।