यो वर्ष रासायनिक मल अभाव हुँदैन : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न बिक्री डिपोमा ७१ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको बताउनुभएको छ ।
सिजन पूर्वनै खाद्यान्नको समर्थन मूल्य तोक्ने व्यवस्था गरिएको छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि उपजमा उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने अवस्थाको अन्त्य गर्न समर्थन मूल्य तोक्ने व्यवस्था गरिएको बताउनुभएको छ ।
‘बोर्ड र समिति खारेजको प्रस्ताव कृषि मन्त्रालयको होइन’
कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले राष्ट्रिय दुग्ध विकास बोर्ड र कपास समिति खारेजीको प्रस्ताव आफ्नो मन्त्रालयले नगरेको स्पष्ट पार्नुभएको छ । प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बिहीबार बसेको बैठकमा उहाँले अर्थ मन्त्रालयले बोर्ड र समितिलाई खारेज गरेको प्रस्ताव कृषि मन्त्रालयले गरेको थिएन तर बजेट मन्तव्यमार्फत नै खारेज भएको बताउनुभयो ।
कृषि कार्यक्रममा बजेट अभावले अन्योल
अर्थ मन्त्रालयले कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतका केही निकायका बजेट शून्य बनाएपछि मन्त्रालयका अधिकारीहरू चिन्तित बनेका छन् । कृषि मन्त्रालयका लागि बजेट विनियोजन भए पनि सो अन्तर्गत रहेका केही निकायका कार्यक्रममा अर्थ मन्त्रालयले रकम नहालेपछि थप कार्यक्रम अगाडि बढाउन कृषि मन्त्रालय अन्योलमा परेको छ । यस विषयमा कृषिमन्त्री डा. वेदुराम भुसालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखि अर्थमन्त्री डा. प्रकाशशरण महतसँग छलफल गरिरहनुभएको छ ।
मालिकामा कृषि खेतीलाई प्राथमिकता दिने नीति
म्याग्दीको मालिका गाउँपालिकाले कृषि खेतीलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको छ ।
चियाको गुणस्तर बढाउन प्राविधिक पक्ष सुधार गरिने
प्रेम अधिकारीपशुपतिनगर, असार ६ गते । चियाको बजार प्रर्वद्धनका लागि गुणस्तरीय उत्पादन मुख्य सर्त हो । त्यसका लागि चियाको बोटदेखि ओठसम्मका प्रक्रिया सुधार हुन आवश्यक छ। पछिल्लो समय भारतीय बजारको विकल्पमा पश्चिमा देशमा बजार खोज्दै गर्दा यहाँको अर्थोडक्स चियाको गुणस्तर सुधारको विकल्प नभएकोमा सरोकारवालाहरु बताउनुहुन्छ। परम्पगरागत तवरले नै उत्पादन हुँदै आएको चियाकोे समग्र क्षेत्रको सुधारका लागि राष्ट्रिय चिया तथा कफि विकास बोर्डले सञ्चालन गरिरहेको परियोजनामार्फत् भने कृषकले प्राविधिक रुपमा नै सक्षम हुने अवसर पाएको छ । अन्तराष्ट्रिय बजारमा नेपाली चियालाई विश्वासिलो बनाउन ट्रेडमार्क कर्यान्वयनमा ल्याएको बोर्डले ट्रेसाविलिटि सिस्टम कार्यान्वयन गरेको छ । यो सिस्टम लागु भएपछि विश्वका जुनसुुकै स्थानमा रहेको नेपाली चिया किन्न चाहने ग्राहकले मोवाइलमार्फत् चियाको प्याकेटमा रहेको क्यूआर कोड स्क्यान गरेर चिया उत्पादन क्षेत्र र त्यस सम्बन्धी विविध जानकारी प्राप्त गर्न सकिन्छ । बोर्डले चियाको गुणस्तर सुधारका लागि इलामका १५ वटा चिया कारखानामा सफ्टवेयर जडान गरेको छ । जुन सफ्टवेयरले चिया उत्पादकदेखि प्रयोगकर्तासम्मका सबै विवरण हेर्न सकिन्छ । तर, यसका लागि पनि गुणस्तरीय उत्पादन हुन आवश्यक छ । रासायनिक विषादीको प्रयोग बन्द गर्नुसँगै आवश्यक प्राविधिक पक्षलाई पनि उत्तिकै ध्यान दिइनु पर्छ । इलामका १५ हजार धेरै कृषकले चियामा खेपेको सबैभन्दा ठूूलो चुनौती भनेको चिया कटिङ हो । चैतदेखि कात्तिकसम्म चिया टिपाई भएपछि सबै वगानमा आवश्यक्ता अनुसारको कटाई गर्नुपर्छ । तर कृषकसँग चिया काँटछाँटका लागि आवश्यक ज्ञान छैन । अढाई वर्षअघि चिया तथा कफि विकास बोर्डले सुरु गरेको परियोजनाले भने काँटछाँटका लागि छुुट्टै अभियान चलाएको छ । लगातार दुई सिजन वोर्डले वगानसम्म नै पुुगेर कृषकलाई चिया कटिङका लागि दक्ष बनाउँदै छ । चिया रोप्नेदेखि काँटछाँट गर्ने र प्रशोधनका लागि दक्ष प्राविधिकको अभाव हुँदा कृषकले भने अनुसारको गुणस्तर कायम गर्न सक्दैनन् भने उत्पादनमा पनि समस्या आउने गरेको छ । यहाँका ठूला चिया कारखानामा भारतीय प्राविधिक ल्याएर प्रशोधनको काम गराइने गरिएको छ । तर, साना र मझौला कारखानामा स्थानीयले नै काम चलाउने गरेका छन् । प्राविधिक ज्ञानको अभावमा जिल्लाभरका कृषकले समस्या भोग्नुपरेको हो ।“दिगो वजारिकरणका लागि गुणस्तर सुधार गर्नका लागि कृषकलाई प्रविधि मैत्री बनाउन प्रयासरत छौं,” राष्ट्रिय चिया तथा कफि विकास वोर्डका कार्यकारी निर्देशक डाक्टर विष्णु भट्टराईले भन्नुभयोे, “यसकै लागि अहिले सञ्चालित नेपाल इन्किृज सस्टेनेभल टि एक्सपोर्ट परियोजनामार्फत् काम भइरहेको छ ।” उहाँले काँटछाँटसहित अर्गानिक मल उत्पादन गरेर चियालाई विषादी रहित बनाउन भकारो सुधारको कार्यक्रमसम्म सञ्चालनका क्रममा रहेको बताउनुभयो । चालु आर्थिक वर्षमा एक हजार तीन सय निवेदन परेकोमा सात सय किसानलाई भकारो सुधारमा सहयोग गरिएको छ । बाँकी किसानलाई आगामी आर्थिक वर्षमा समावेश गराइने बोर्डले जनाएको छ। निर्देशक डा. भट्टराईले भन्नुभयो, “इमान्दारीपुर्वक केहि शर्त पालना गर्न सके नेपाली चियाको बजारमा कुनै समस्या नै छैन ।”यसअघि कृषकको पक्षमा काम गर्न नसकेको आरोप खेप्दै आएको टि वोर्डले अहिले भने कृषकका समस्या हल गर्न र अन्तराष्ट्रिय बजार प्रर्वधनका लागि निरन्तर काम गरिरहेको दाबी गरेको छ । चिया रोप्नेदेखि प्रशोधन र प्याकेजिङसम्ममा अझै धेरै सुधारको आवश्यक्ता देखिन्छ । विश्व बजारमा गुणस्तरीय र विभिन्न भेराइटीमा चियाको माग छ । तर त्यसका लागि चाहिने आवश्यक जनशक्ति सहित प्राविधिक उपकरणको प्रयोग उत्तिकै महत्वपुर्ण विषय रहेको अर्गानिक चिया उत्पादन गर्दै आएको गोर्खा टि स्टेट इलामका सञ्चालक उदय चापाँगाईंले बताउनुभयो । उहाँले परियोजनाले किसान र उद्योगीलाई जोड्न सक्नुपर्ने बताउनुभयो । “समुह वा सहकारी मार्फत किसानलाई समाबेस गराउनु पर्छ”, चापाँगाईंले भन्नुभयो ।यस्तै, माटो परिक्षणदेखि प्रशोधन, टेष्टिङ र प्याकेजिङसम्म प्राविधिक सिपको विकासका लागि काम भइरहेको निर्देशक डा.भट्टराईको भनाइ छ । आवश्यक पर्ने प्राविधिक ज्ञान र सामग्रीको पहु“च कृषकस्तरसम्म पुुग्नसके आम्दानी बढाउन सहज हुने सूर्योदय १० का किसान कमल घिमिरेले बताउनुभयो । “कुन उचाईमा कुन प्रजातिको चिया रोप्ने, त्यसलाई चाहिने आवश्यक मलखाद, का“टछा“टको व्यवस्थापन जस्ता विषय कृषकले पत्तो नै पाएका छैनन्,” घिमिरेले थप्नुभयो, “परम्परागतरुपमा नै भइरहेकाले यसका लागि सुधारको प्रयास हुनु हाम्रा लागि खुशीको विषय हो ।”दश रोपनीदेखि सयौं रोपनीसम्म चिया रोपण गर्ने कृषकले चाहेजस्तो प्रविधि प्रयोग नगर्दा त्यसको प्रत्यक्ष असर गुणस्तरमा परेको छ । अहिले उत्पादन हुँदै आएको वार्षिक करिव ६० लाख किलो तयारी अर्थोडक्स चियामध्ये सबैभन्दा ठूलो बजार भारत नै हो । आन्तरिक खपत १० प्रतिशत र पश्चिमा बजारमा निर्यात हुने दश प्रतिशतबाहेक बा“की चिया भारतमा नै जान्छ । अहिले चिया टिप्नेदेखि काँटछाँट गर्नेसम्मका मेसिन भित्रिएका छन् । तर तीनको उपयोगमा कृषकको अनुभवबाहेक अन्य सहयोग हुन सकेको छैन । होट्पा, हिमटेक्स, व्यवसायिक कृषि तथा बजार आयोजना सिए, उन्नती समावेशी वृद्धि कार्यक्रमलगायत विभिन्न संघसंस्थाले चियाको प्रविधि विकासमा लगानी नगरेका भने होइनन् । विभिन्न भेराइटीमा उत्पादन हुने अर्थोडक्स चियालाई फरक दक्षता र मेशनरी सामग्रीको आवश्यकता पर्छ । बजारको माग अनुसार भेराइटी निकाल्नु पर्ने कारखानाका लागि प्रविधि र प्राविधकको व्यवस्था गर्नु चुनौती बन्दै छ । बोर्डले परियोजना रहुन्जेलसम्म मात्र नभएर निरन्तर प्रविधिमैत्री ढङ्गले चियाको गुणस्तर सुधारका लागि पहल गर्ने हो भने अहिले वार्षिक चार अर्ब हाराहारी विदेशी मुद्रा भित्रिदै आएको अवस्थामा ठूलो सुधार गर्न सकिनेमा आशावादी बन्न सकिने सरोकारवालाहरु बताउँछन् ।
उखु किसानको बक्यौता रकम भुक्तानी
महोत्तरीको रामनगरस्थित एभरेष्ट चिनी मिलले यो वर्ष खरिद गरेका उखुको वृद्धि रकम भुक्तानी गरेको छ । मिलले प्रति क्विन्टल वृद्धि रकम २० रुपियाँको दरले पाँच करोड २६ लाख १४ हजार नौ सय ४० रुपियाँ किसानको खातामा जम्मा गरेको एभरेष्ट चिनी मिलका वित्तीय महाप्रबन्धक विमलचन्द्र ठाकुरले जानकारी दिनुभयो ।
चिया बिक्री नहुँदा किसान मर्कामा
धनकुटा पाख्रीबासका चिया कृषक गोविन्द थापाले चिया खेती सुरु गरेको करिब २५ वर्ष भएको छ । २०५५ सालबाट सुरु गरेको चिया खेती २०७० सालसम्म विस्तार गर्दै बित्यो । त्यो बेला चियामा राम्रो भविष्य देखेर सुरु गरेको चिया खेती उहाँलाई निल्नु न ओकल्नु बनेको छ । अहिले उहाँको चिया बिक्री नहुँदा समस्या भएको हो । चिया बारीभरि छ तर टिप्ने जनशक्ति छैन, नटिपे चिया बिक्दैन । त्यसैले त उहाँलाई चिया बेच्न निकै मुस्किल भएको छ । “चियाको प्लटिङ गर्ने, छाँटकाँट गर्ने कार्य बन्द हुँदा चिया झाडीमा परिणत हुँदै गएको छ,” थापा भन्नुहुन्छ ।
कृषकलाई अनुदानमा कृषि औजार वितरण
कृषि उपजको उत्पादन वृद्धि र लागत घटाउने उद्देश्यले दाङको घोराही उपमहानगरपालिकाले कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको छ ।
कोटा प्रणालीमा रासायनिक मल वितरण
इलामका आठ स्थानीय पालिकालाई अनुदानमा प्राप्त रासायनिक मलको कोटा निर्धारण गरिएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड बिर्तामोडले इलामका लागि गत जेठ २१ गते दुई हजार तीन सय बोरा रासायनिक (युरिया) मल छुट्याएको हो ।
कृषि एम्बुलेन्स सञ्चालनमा
बाजुराको बडिमालिका नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । बाजुरामा यसअघि यातायातको सुविधा नहुँदा अधिकांश कृषकले उत्पादन गरेको तरकारी उनीहरूकै बारीमै सड्ने गर्थ्यो ।
मल पक्राउ गर्नेक्रममा किसान र प्रहरीबीच विवाद
भारतबाट ल्याउँदै गरेको रासायनिक मल पक्राउ गर्नेक्रममा कैलालीमा किसान र सशस्त्र प्रहरीबीच विवाद भएको छ । सोमबार किसानले ल्याउँदै गरेको मल सशस्त्र प्रहरीले पक्राउ गरेपछि भजनी नगरपालिका –५ पगियापसारमा विवाद भएको हो ।
ट्राउट माछा पालनतर्फ कृषकको आकर्षण
गुल्मीको पूर्वी भागमा पर्ने कालीगण्डकी गाउँपालिकाका कृषकहरूमा अहिले रेन्बो ट्राउट माछा पालनतर्फ आकर्षण बढेको छ । कालीगण्डकी गाउँपालिका –५ मा रहेको लुङ्गखोलाको सदुपयोग गर्दै त्यहाँका स्थानीयले ट्राउट माछा पालन सुरु गरेका छन् ।
गोलभेँडा सडकमा फालिएको विषयमा छानबिन गर्न समितिको निर्देशन
राष्ट्रियसभा अन्तर्गतको दीगो विकास तथा सुशासन समितिले कालीमाटी तरकारी बजारमा आइतबार सडकमा गोलभेँडा फालेको घटना छानविन गरी प्रतिवेदन दिन सरकारलाई निर्देशन दिएको छ ।
कृषि बस्तुको न्यूनतम मूल्य र बजारको आवश्यक व्यवस्था तत्काल मिलाउन माग
नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले कृषि बस्तुको न्यूनतम मूल्य र बजारको आवश्यक व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गर्नु भएको छ ।
हावाहुरीले केरा खेतीमा दुई लाख बढीको क्षति
दाङमा हावाले केराका बोटहरू ढलाउँदा करिब दुई लाख बढीको क्षति भएको छ । दाङको गढवा गाउँपालिका वडा नं. ३ खैरेनीमा हावाहुरीका कारण तीन दिनको अवधिमा डेढ सय बढी केराका बोट ढल्दा दुई लाख बढीको क्षति भएको हो ।
नार्कका कार्यकारी निर्देशकले तय गरे दस प्राथमिकता
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराईले आफ्नो कार्यकालभर काम गर्ने १० वटा प्राथमिकता तय गर्नुभएको छ । कार्यकारी निर्देशकमा हालै नियुक्त हुनुभएका डा. भट्टराईले कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसाललाई आफूले गर्ने प्राथमिकताका १० बुँदे सूची बुझाउनुभएको छ ।
कुखुरा र हाँसपालनलाई गाउँपालिकाको प्रोत्साहन
कपिलवस्तुको विजयनगर गाउँपालिकाले पन्छीपालक कृषकलाई प्रोत्साहन गरेको छ । पालिकाले नवप्रवर्तन साझेदारी कोषमार्फत कृषकलाई चल्ला, दाना र भाँडा वितरण गरिएको छ ।
गोलभेंडाको उचित मूल्य व्यवस्था गर्न सचेतक बर्तौलाको आग्रह
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले किसानले उत्पादन गरेका गोलभेंडा लगायतका कृषि उत्पादनको उचित मूल्यको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ । आइतबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै उहाँले सो माग गर्नुभएको हो ।
गुल्मीमा कफी खेतीबारे छलफल
गुल्मीमा कफी खेतीसम्बन्धी समस्या र उत्पादन बढाउने उद्देश्यले कृषकसँग छलफल गरिएको छ ।
बाँकेमा डिएपी मल अभाव
बाँकेका किसानहरुले रोपाइँका लागि वर्षात्को प्रतीक्षा गरिरहँदा डिएपी मलको अभाव देखिएको छ ।
राजनीतिज्ञको व्यावसायिक जीवन, थाल्नुभन्दा टिक्नु महत्त्वपूर्ण
पूर्वमन्त्री एवं तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का प्रभावशाली नेता लोकेन्द्र विष्ट मगर अचेल कृषि कर्ममा हुनुहुन्छ। दाङमा सुरु गरेको सिउँडी फल (ड्र्यागन फ्रुट) खेतीले उहाँलाई नाम र दाम दुवै दिएको छ। अर्का वामपन्थी चिन्तक विश्वभक्त दुलाल (आहुती) पनि कृषि उत्पादनमा सक्रिय हुनुहुन्छ।
अत्यधिक गर्मीले धानको बीउ सुक्यो, किसान चिन्तित
दैनिक बढिरहेको गर्मीले धानको बीउ सुक्न थालेपछि यहाँका किसान चिन्तित भएका छन् । आकाशे पानीको भर परेका किसान अत्यधिक गर्मीका कारण धानको बीउ सुक्दै गएपछि मर्कामा परेका हुन् । असार लागिसक्दा पनि पानी नपरेपछि यस वर्ष धान उत्पादनमा कमी आउने किसानले आङ्कलन गरेका छन् ।
लोभलाग्दो फल
गर्मीमा गर्मी हुँदैन, मन भरिने फल मिल्यो भने ! लिची यही गर्मीयाममा फल्ने गुलियो मिठो स्वादको लोकप्रिय फल हो । कार्बोहाइड्रेड, क्याल्सियम, भिटामिन सी, पोटासियम, फस्फोरस र फलाम जस्ता स्वास्थ्यवर्धक गुणले भरिपूर्ण हुन्छ यो फल । पाँच/छ दिनअघिसम्म गर्मी उकालो लाग्दै थियो, युद्धको सिपाही जस्तै आक्रामक बनेर । सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार नाम्चे बजारमा उच्च तापक्रमले नयाँ रेकर्ड बनायो । त्यस्तै अन्य हिमाली क्षेत्रमा समेत अस्वाभाविक गर्मीले जनजीवन कष्टकर बन्यो ।