सहुलियत ऋणको प्रतिबद्धता
कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले डेरी उद्योगीसँग मौज्दात रहेको दुग्ध पदार्थका आधारमा सहुलियत ऋण उपलब्ध गराउन पहल गर्ने बताउनुभएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डमा सोमबार दुधसँग सम्बन्धित सरोकारवालासँग छलफल गर्दै सो कुरा बताउनुभएको हो । डेरी उद्योगीले दुग्ध पदार्थ अत्यधिक मौज्दात रहेका कारण किसानलाई भुक्तानी दिन नसकेकाले सहुलियतपूर्ण ऋण उपलब्ध गराउन माग गर्दै आएका थिए ।
तिहार नजिकिएसँगै किसान धान काट्नमा व्यस्त
दसैँ मनाएलगत्तै तिहार नजिकिन थालेपछि ताप्लेजुङका किसान धान काट्नमा व्यस्त भएका छन् । गत असार र साउन महिनामा लगाएको धानबाली थन्क्याउने बेला भएसँगै किसानहरू धान काट्न व्यस्त भएका हुन् ।
बजारभन्दा महँगो सरकारी आलुको बीउ
बजारमा पाइनेभन्दा महङ्गो भएपछि सरकारले उत्पादन गरेको आलुको बीउ लक्ष्यअनुसार बिक्री हुन सकेको छैन । बजारमा प्रतिकिलो ४० देखि ५० रुपियाँमा खरिदबिक्री भइरहेको आलुको बीउको मुल्य सरकारलेचाहिँ प्रतिकिलो ८० रुपियाँ तोकेको छ ।
पाल्पामा धान उत्पादन घट्यो
पाल्पामा यो वर्ष धान उत्पादन घटेको छ । गत वर्षको तुलनामा यो वर्ष पाल्पामा धान उत्पादन घटेको हो । धान खेती गर्ने क्षेत्रफल घटेका कारण यो वर्ष उत्पादनमा समेत असर गरेको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ ।
सयपत्री फूलको व्यावसायिक खेतीबाट आम्दानी
लहरै रोपिएका सयपत्री फूलका बिरुवा । कुनैमा हाँगा हालेर झपक्क परेका, कुनै हलल बढेर ढल्न आँटेका बिरुवाको स्याहारमा व्यस्त देखिनुहुन्छ फूल व्यवसायी रामप्रवोध पण्डित ।
किसानलाई अलैँची भित्र्याउन चटारो
ताप्लेजुङका किसानलाई अलैँची घर भित्र्याउन भ्याइनभ्याइ भएको छ । दसैँ सकिएसँगै किसान अलैँची टिप्न, छोडाउन र सुकाउनमा व्यस्त छन् । ताप्लेजुङमा असोज–मङ्सिर महिना अलैँची थक्याउने मुख्य समय हो ।
सामूहिक सयपत्री फूलखेती फस्टाउँदै
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ स्थित बारीचौरमा सयपत्री फूलको सामूहिक खेती फस्टाउँदै गएको छ । तीन वर्ष पहिले लालीगुराँस घरवास (होमस्टे)लाई फूलैफूलको होमस्टे बनाउने उद्देश्यले १५ स्थानीय मिलेर लगाएको सयपत्रीको फूलखेती चार रोपनी जमिनमा फैलिएको छ ।
स्थानीय आवश्यकता धान्ने सयपत्री फूल उत्पादन
चितवन जिल्ला तिहारका लागि फूलको माला पुर्याउन सक्ने गरी आत्मनिर्भर बनेको छ । हरेक वर्ष भारत तथा अन्य जिल्लाबाट फूल आयात गर्नुपर्ने अवस्थाको अन्त्य यस वर्ष हुने पुष्प व्यवसायीले जानकारी दिएका छन् । फ्लोरिकल्चर एसोसिएसन नेपाल, जिल्ला समिति चितवनका सचिव सुलभ श्रेष्ठले जिल्लाको मागलाई यहाँको उत्पादनले पुग्ने बताउनुभयो ।
खाद्यले समयमै धान खरिद गरेपछि किसान खुसी
खाद्यव्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले बुधबारदेखि किसानका धान खरिद सुरु गरेको छ । यस वर्ष खाद्यले समयमै धान खरिद सुरु गरेपछि किसान उत्साहित बनेका छन् ।
मूल्य घटेपछि च्याउ उत्पादक किसान मर्कामा
च्याउ उत्पादन वृद्धिसँगै मूल्यमा आएको भारी गिरावटका कारण कास्कीमा व्यावसायिक च्याउखेती गर्ने किसान मर्कामा परेका हुन् । डेढ महिनाअघि प्रतिकिलो रु दुई सय बजार मूल्य रहेको कन्य च्याउको मूल्य यतिबेला घटेर प्रतिनकिलो रु ६० पुगेको छ ।
फूल खेतीमा रमाउँदै किसान
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–१ का लक्ष्मी चालिसेले पाँच कट्ठा जमिनमा लगाएको सयपत्री फूल ढकमक्क फुलेको छ । बिहान–बेलुका उहाँले यिनै फूलको गोडमेलमा समय बिताउनुहुन्छ ।
आधुनिक कृषि औजारको प्रयोगले सहजता
पूर्वी नवलपरासीका किसानहरु यतिबेला धान काट्न र थन्काउनमा व्यस्त छन् । पछिल्लो समय कृषि क्षेत्रमा विभिन्न मेसिनरी उपकरणहरु भित्रिए पछि काम गर्न सहज हुँदै गएको छ ।
तनहुँकी गौली शिक्षण पेसा छोडेर ‘ड्रागन खेती’मा
व्यास नगरपालिका-२ कालिका मार्ग निवासी कल्पना गौली १६ वर्ष शिक्षण पेसामा लाग्नुभयो । उहाँसँग प्राविदेखि मावि तहसम्म अंग्रेजी विषयमा अध्यापन गराएको अनुभव छ ।
सप्तरीका किसानलाई धान भित्र्याउने चटारो
दसैं सकेलगतै सप्तरीका किसानलाई धान भित्र्याउने चटारो भएको छ । दीपावली आउनुपूर्व नै धान भित्र्याउन सक्यो भने तेस्रो बाली लगाउन खेत खाली हुने र उचित समयमा आलु तेलहन दलहन र अन्य तरकारी बाली लगाउन सकिनेअग्निसाइर कृष्णासवरन ५ का कृषक शम्भु मेहताको भनाइ छ ।
सुनसरीमा तीन हजार हेक्टर क्षेत्रफलमा आलु खेती
सुनसरीका कृषक आलु खेती लगाउनतर्फ व्यस्त भएका छन् । जिल्ला सदरमुकाम इनरुवासहित भोक्राहा नरसिंह, कोशी, हरिनगर, देवानगञ्ज, गढी, बराहक्षेत्र, दुहबी धरानलगायत स्थानमा बसोबास गर्ने किसान दसँै सकिएसँगै आलु खेती गर्नेतर्फ व्यस्त भएका हुन् ।
जुम्लामा दुई हजारभन्दा बढी हेक्टरमा मार्सीधानको खेती
हिमाली जिल्ला जुम्लामा उत्पादन हुने मार्सीधानको चामल स्वदेश तथा विदेशमा माग बढ्न थालेपछि यहाँका किसान स्थानीय जातको धानभन्दा मार्सीधान खेतीमा आकर्षण हुन थालेका छन् । अति लोकप्रिया मानिएको मार्सीधानको चामलको माग बढ्न थालेपछि किसान खेतीतर्फ आकर्षित भएका हुन् ।
अन्नखेती छाडेर किवीतिर लागे लालबहादुर
बेनी नगरपालिका ३ भकिम्ली सिमका कृषक लालबहादुर पुनले १२ रोपनी क्षेत्रफलमा व्यावसायिक किवी खेती गर्नुभएको छ । मकै र कोदो खेती गर्न छाडेर पुनले ६ वर्ष पहिला देखि व्यावसायिक किवी खेती सुरु गर्नुभएको हो । उहाँको बारीमा किवीका दुई सय पचास बोट छन् । वार्षिक रूपमा दश क्विन्टल किवी उत्पादन हुने गरेको छ । पुन सबै भन्दा धेरै किवी उत्पादन गर्ने कृषकमा पर्नुहुन्छ ।
भृकुटीमण्डपमा तिहार फ्लोरा एक्स्पो (फोटो फिचर)
आउँदैगरेको तिहारलाई लक्षित गरेर तिहार फ्लोरा एक्सपो २०८० काठमाडौंको भृकटीमण्डपमा सञ्चालन भइरहेको छ। ‘तिहारको महोत्सव फूलको उत्सव’ भन्ने नारासाथ १४ गतेबाट सुरु भएको मेला कात्तिक १८ गते सम्म चल्नेछ।
राष्ट्रपतिद्वारा नेपालको कृषिमा आधुनिकीकरणका लागि आग्रह
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको कृषि क्षेत्रलाई आम्दानी र रोजगारीमूलक पेसाकै रूपमा विकास गर्न कृषिको यान्त्रिकीकरण र आधुनिकीकरणका लागि कोरियाली सरकारलाई आग्रह गर्नुभएको छ ।
किसानलाई धान काट्न भ्याइनभ्याई, उत्पादन बढने अनुमान
नवलपरासी (बर्दघाट सुस्तापूर्व)का किसान धान काट्न र थन्क्याउन व्यस्त हुन थालेका छन् । किसानहरु खेतमा धान थन्काउनमा व्यस्त देखिन्छन् ।
‘गत वर्ष ६ लाख आम्दानी, यसपाली कागती बोटमै’
स्याङ्जामा किसानले उत्पादन गरेको कागतीले यस वर्ष उचित बजार पाउन सकेको छैन । वालिङ नगरपालिका–१४ अमलडाँडाका यामप्रसाद पौडेलले गत वर्ष कागती बिक्री गरेर रु ६ लाख आम्दानी गर्नुभएको थियो ।
सयपत्री फूलको आयातमा कडाइ
नेपाली फूलको प्रवर्धनका लागि सरकारले भारतबाट आयात हुने फूलमा प्रतिबन्ध लगाएको छ । बागमती प्रदेश सरकार अन्तर्गत रहेको पुष्प विकास केन्द्रले कात्तिक १ देखि लागु हुने गरी आयातमा रोक लगाएको जानकारी गराएको छ । फूल तथा फूलको बोट, बिरुवा, बिउबिजनसम्बन्धी कार्यलाई सङ्घीय सरकारका तर्फबाट पनि पुष्प विकास केन्द्रले हेर्ने भएकाले देशव्यापी रूपमा नै प्रतिबन्ध लगाएको कृषि विभागका महानिर्देशक डा. हरिबहादुर केसीले बताउनुभयो ।
फूल खेतीमा रमाउँदै चर्तीमगर
नेपालगन्ज उपमहानगरपालिका–२० की महिला उद्यमी बिन्दु चर्तीमगरले व्यावसायिक रूपमा फूल खेती गर्न थालेको पाँच वर्ष पुग्यो । विगत पाँच वर्षदेखि चर्तीमगर फूल खेतीमा रमाइरहनुभएको छ । अरूले भन्दा फरक केही काम गर्नु पर्छ भन्ने मान्यताका साथ आफू फूल खेतीमा लागेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मेरो सानैदेखिको रहर थियो, फूल खेतीतर्फ मेरो ध्यान गयो र आकर्षण बढ्यो । फूल खेतीका बारेमा सामान्य कुरा बुझेँ र जिल्लामा फूलको माग पनि रहेछ ।” फूल व्यवसाय सुरु गर्दा कम लगानीले पनि पुग्ने र बजार पनि निकै राम्रो भएकाले फूल व्यवसाय सुरु गरेको उहाँले बताउनुभयो । फूल खेतीबाट आम्दानी पनि राम्रै भएकाले आफू निरन्तर फूल खेतीमा लागेको उहाँको भनाइ छ ।
७० दिनमै सयपत्री फूल तयार
तनहुँको आँबुखैरेनी गाउँपालिकामा रोपेको ७० दिनमै सयपत्री फूल बिक्रीका लागि तयार भएको छ । यहाँका दुई महिला समूहले लगाएको सयपत्री फूल बिक्रीका लागि तयार भएको हो ।