सामाजिक सञ्जालमा अहिले एउटा दर्दनाक भिडियो निकै चर्चामा छ । भिडियोमा विद्यार्थीलाई लस्करै घोप्टो पारेर हातखुट्टा टेक्न लगाइएको छ र एक व्यक्तिले फलामको पाताजस्तो देखिने वस्तुले पिठ्युँमा पालैपालो तीन पटक पिटेको देखिन्छ ।
प्रश्नपत्र निर्माणमा खेलाँची गर्ने प्राध्यापकलाई त्रिभुवन विश्वविद्यालयले तीन वर्षसम्म आङ्गिक क्याम्पसमा पढाउन प्रतिबन्ध लगाउने निर्णय गरेको छ । त्यस्ता व्यक्तिलाई तीन वर्षसम्म विश्वविद्यालयको परीक्षासम्बन्धी कुनै पनि गतिविधिमा संलग्न हुन नदिने निर्णय पनि विश्वविद्यालय कार्यकारी परिषद्ले गरेको छ ।
सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिकाका शिक्षा प्रमुख हिरेन्द्र शर्मा लम्सालले मङ्गलबार फेसबुकमा लेख्नुभयो, “शैक्षिक सत्र सुरु भएको तीन महिना बितिसक्दा पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पु-याउन नसक्नु दुःखद हो । सुर्खेत जिल्लाका अधिकांश विद्यालयका कक्षा छ र आठका विद्यार्थीसमक्ष पुस्तक नपुगेको पाइयो । साउन दोस्रो साताभित्र विद्यार्थीको हातमा पुस्तक पु-याउन सबै लाग्नुपर्ने देखिन्छ ।”
विश्वविद्यालयहरूमा दलीय भागबन्डामा पदाधिकारी नियुक्ति गर्ने परम्पराको अन्त्य गर्दै सरकारले कुलपति, सहकुलपति तथा उपकुलपति नहुने गरी मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय (एमबीयू) स्थापना गर्न लागेको छ । विश्वविद्यालय स्थापनासम्बन्धी विधेयक सोमबार सङ्घीय संसद्को प्रतिनिधि सभाबाट पारित भएको छ । अब राष्ट्रिय सभाबाट पारित भएर राष्ट्रपति कार्यालयले प्रमाणित गरेपछि विधेयकले कानुनी मान्यता प्राप्त गर्नेछ ।
वैदेशिक शिक्षामा नेपाली विद्यार्थीका लागि सबैभन्दा आकर्षक गन्तव्य मानिएको अस्ट्रेलियामा पछिल्लो समय प्रवेशाज्ञा (भिसा) दिन निकै कडाइ गरिएको छ । अस्ट्रेलिया सरकारको कडाइसँगै भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशतमात्र सफल भएका छन् । तीन महिनाअघिसम्म निवेदन दिएकामध्ये ९६ प्रतिशतसम्म विद्यार्थीले भिसा पाउने गरेका थिए ।
वसन्तपुरस्थित हनुमानढोका संरक्षण कार्यक्रमको मुख्य काम त्यस वरपरका ऐतिहासिक सम्पदाको संरक्षण, सरसफाइ तथा त्यस क्षेत्रमा आउने पर्यटकको हेरचाह गर्नु हो तर यो कार्यालय अचेल आफैँ संरक्षणको पर्खाइमा रहेको छ । कार्यालयको मूलढोका नै छेक्ने गरी असरल्ल तार झुन्डिरहेका छन् । कार्यालय छिर्दा तार पन्छ्याएर निहुरिँदै भित्र जानुपर्छ । झुन्डिएका तारका कारण आफूहरू असुरक्षित रहेको भन्दै कर्मचारीले एक सातादेखि सरोकारवाला कार्यालयमा हारगुहार गरिरहेका छन् । तर उनीहरूको गुनासो सुनुवाइ भएको छैन ।
काठमाडौँको त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरको अग्रभागमा सबैखाले यात्रुको ध्यान खिच्ने गरी राखिएको विद्युतीय विज्ञापन पाटी (डिजिटल एड्भर्टिजमेन्ट बोर्ड)मा सन्देश देखापर्छ ‘वृद्धावस्था र जोखिममा रहेकाको संरक्षण गरौँ ।’ तर उक्त विज्ञापन सकिन नपाउँदै परिवर्तन हुने अर्को विज्ञापनले आँखा तिर्मिराउने गरी अर्को जोखिममा धकेल्छ । त्यसमाथि व्यस्त सडकमा अत्यधि
लोकसेवा आयोगले कर्मचारी छनोट गर्दा पेसागत आचरणसमेत परीक्षण गर्नुपर्ने समय आएको विज्ञहरूको सुझाव छ । पछिल्ला समय थुप्रै कर्मचारीमा पेसागत नैतिकता, इमानदारिता र कर्तव्यनिष्ठमा ह्रास आउन थालेप्रति उहाँहरू चिन्तित हुनुभएको छ । परीक्षामा अङ्क ल्याउनेलाई सबैभन्दा योग्य कर्मचारी ठह¥याउन नसकिने बताउँदै उहाँहरूले भन्नुभयो, “प्रतिस्पर्धीहरूको आचरण र निष्ठा परीक्षण गर्ने परीक्षा प्रणालीको विकास जरुरी छ ।” निजामतीलगायत थुप्रै सेवाको विभिन्न पदमा कर्मचारी छनोट तथा नियुक्तिका लागि सि
पढाइ सुरु भएको महिना दिन बित्न लाग्दा पनि सामुदायिक विद्यालयमा पुस्तक अभावको समस्या सल्टेको छैन । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले ८० प्रतिशत पुस्तक छपाइ सकिएको दाबी गरेको छ । तर राजधानीकै विद्यालयमा समेत पुस्तक अभाव छ ।
त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको कार्यकक्षमा ताला लगाउने र फोड्नेबीच होडबाजी चलेको छ । एउटा पक्षले ताला लगाउने र अर्कोले फुटाउने क्रम चल्दा दुई पक्षबीच झडप हुन सक्ने भन्दै कर्मचारी चिन्तित बनेका छन् । विश्वविद्यालयका उपकु
मुलुकभर सामुदायिक विद्यालयमा पाठ्यपुस्तक अभाव भइरहेका बेला दृष्टिविहीन विद्यार्थीका हातमा भने पाठ्यपुस्तक पुगिसकेको छ । विगतमा भने ब्रेल पाठ्यपुस्तकको अभावमा दृष्टिविहीनको पढाइ अवरुद्ध हुने गरेको थियो । शैक्षिक सत्र सु
मुलुकमा १५औँ गणतन्त्र दिवस मनाइरहँदा यसका उपलब्धि र कमजोरीका विषयमा पनि राष्ट्रिय विमर्श भइरहेका छन् । हरेक वर्ष गणतन्त्र दिवसको आसपासमा सरकारी, गैरसरकारी र निजी क्षेत्रबाट समेत यस व्यवस्थाका सकारात्मक र नकारात्मक पाटालाई केलाउने प्रयत्न गरिन्छ ।
जनताको आन्दोलनको जगमा स्थापना भएको गणतन्त्रपछि मुलुकले सामाजिक, सांस्कृतिक तथा राजनीतिक रूपमा फड्को मारेको विज्ञहरूले बताउनुभएको छ । उहाँहरूले गणतन्त्रबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्ने
सरकारले आधारभूतदेखि उच्च तहसम्मको पाठ्यक्रम, शिक्षण विधि, परीक्षण प्रणाली र भौतिक पूर्वाधार सुधारका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलबार संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै पेस गर्नुभएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यस्तो उल्लेख छ । समाज र राष्ट्रको विकासमा योगदान पु¥याउने तथा समाज र राष्ट्रप्रति जिम्मेवार नागरिक उत्पादन गर्ने शिक्षा प्रणालीको विकास गरिने सरकारको लक्ष्य छ ।
नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु भए पनि विद्यार्थीका हातमा कहिलेसम्म पाठ्यपुस्तक पुग्छ भन्ने अझै निश्चित छैन । स्कुल गएको पहिलो दिन नै पुस्तक पाइसक्नुपर्नेमा अहिलेसम्म विद्यार्थी पुस्तकविहीन छन् । सरकारी र निजी दुवैतर्फबाट उहिल्यै छापिनुपर्ने पाठ्यपुस्तक अझै छापिएका छैनन् ।