शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञान तथा प्रविधि ऐन–२०८२ को विधेयक तयार पारेको छ । अर्थ मन्त्रालयमा आवश्यक राय सुझावका लागि पठाइएको विधेयकमा हाल कायम रहेको विज्ञान तथा प्रविधि मन्त्रालय खारेज हुने प्रस्ताव गरिएको छ ।
विभिन्न माग राखेर दुई महिनादेखि आन्दोलन गरिरहेका विद्यार्थीका कारण त्रिभुवन विश्वविद्यालयको समग्र गतिविधि प्रभावित भएको छ । एक महिनाअघि मात्रै नियुक्त हुनुभएका विश्वविद्यालयका उपकुलपतिले समेत आन्दोलनका कारण सहज रूपमा कार्यालयमा बसेर काम गर्न पाउनुभएको छैन ।
गरिब तथा जेहेनदार विद्यार्थीलाई निजी तथा संस्थागत विद्यालयले उपलब्ध गराउनुपर्ने छात्रवृत्तिका विषयमा कुरा नमिल्दा विद्यालय शिक्षा ऐन फेरि गिजोलिने देखिएको छ । संसद्को शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहेको विद्यालय शिक्षा ऐनको विषयमा धेरै जसो बुँदामा सांसदबिच सहमति भइसकेको छ ।
संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलमा रहेको विद्यालय शिक्षासम्बन्धी विधेयकको धेरै विषयमा सांसदबिच सहमति जुटेको छ । बिहीबारको बैठकमा भएको सहमति अनुसार सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको तीन तरिकाबाट बढुवा हुने भएको छ ।
अन्तिम चरणमा पुगेको विद्यालय शिक्षा विधेयकमा शिक्षकको बढुवाको विषयमा सहमति जुट्न नसक्दा दुई सातादेखि छलफल रोकिएको छ । यही विवादका कारण प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहेको उक्त विधेयक अनुसार तत्काल शिक्षा ऐन नै नआउने हो कि भन्ने शङ्का बढेको छ ।
अध्ययनका लागि हरेक वर्ष लाखौँ नेपाली बिदेसिने गरे पनि विदेशबाट अध्ययनका लागि नेपाल आउनेहरू भने नगन्य मात्रामा छन् । मुलुकलाई शैक्षिक गन्तव्यस्थल (हब) बनाउन सकिने विषयमा सरकारी तथा गैरसरकारी संस्थाले समेत बारम्बार बताउने गरेको भए पनि व्यवहारमा देखिएको छैन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेलविरुद्ध पाँचौँ मुद्दा दायर गरेको छ । यसअघिको मुद्दाको किनारा लाग्न नपाउँदै पौडलविरुद्ध एकपछि अर्को भ्रष्टाचार मुद्दा खापिँदै गएको छ ।
हालै नतिजा सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा चार जिपिए ल्याएर उत्तीर्ण भएकी निश्चला आचार्य कक्षा ११ मा उत्कृष्ट पढाइ हुने विद्यालयको खोजीमा हुनुहुन्छ ।
विद्यालय शिक्षा विधेयकमा सांसदबिच मतभिन्नता रहेका विषय क्रमशः साँघुरिँदै गएका छन् ।
प्राध्यापक तथा विद्यार्थी आन्दोलनका कारण त्रिभुवन विश्वविद्यालयको मुख्य आर्थिक, शैक्षिक तथा प्रशासनिक गतिविधि दुई सातादेखि ठप्प छ ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा गत वर्षको तुलनामा राम्रो सुधार भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार सार्वजनिक गरेको नतिजा अनुसार २०८१ सालको परीक्षामा ६१.८१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।
घरमै बसेर विदेशी विश्वविद्यालयमा भर्ना हुने तर नपढी विद्यावारिधि (पिएचडी) को उपाधि लिने प्रवृत्ति बढेको छ ।
नमुना संयुक्त राष्ट्रसङ्घ (मुन) सम्मेलनमा सहभागिताका लागि छनोट भएपछि कानुन विषयमा स्नातक छात्रा सम्पदा आचार्यलाई अब के गर्ने ? भन्ने समस्या आइलाग्यो । सम्मेलनमा आचार्यले युगान्डाको प्रतिनिधिको भूमिका निर्वाह गरेर सोही मुलुकको एजेन्डा सम्मेलनमा प्रस्तुत गर्नुपर्ने परिस्थिति बन्यो ।
वीरगन्ज महानगरपालिका–४ मा रहेको त्रिजुद्ध माध्यमिक विद्यालयले २० लाख रुपियाँ बिजुलीको शुल्क नेपाल विद्युत् प्राधिकरणलाई बुझाउन बाँकी छ ।
शिक्षामा सङ्घीय सरकारले बजेटमार्फत महत्वसाथ उठाएका विषयलाई प्रदेश सरकारले पनि प्राथमिकतामा राखेका छन् । सङ्घीय सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि गत जेठ १५ गते प्रस्तुत गरेको बजेटमा सामुदायिक विद्यालयको शिक्षक व्यवस्थापन, सिकाइमा सूचना प्रविधि प्रयोग, शिक्षकका दरबन्दी पुनरवलोकन, नमुना विद्यालय स्थापना, विद्यालय मर्ज तथा बिग विद्यालय स्थापनाको अवधारणालाई प्राथमिकता दिएको थियो ।