सन् २०२३ को अक्टोबर महिनामा हालसम्मकै सर्वाधिक पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हवाई मार्गबाट अक्टोबरमा एक लाख १७ हजार ३०६ पर्यटक नेपाल भित्रिएका हुन् । एक महिनामा नेपाल भित्रिएको पर्यटकको उक्त सङ्ख्या इतिहासकै सर्वाधिक रहेको बोर्डले जनाएको छ । यसअघि सन् २०१९ को अक्टोबरमा एक लाख १३ हजार ८१६ पर्यटक नेपाल आएका थिए । त्यस्तै सन् २०२० को अक्टोबरमा एक हजार ८३१, सन् २०२१ को अक्टोबरमा १५ हजार ७१५ र सन् २०२२ को सोही अवधिमा ५२ हजार १२१ पर्यटक नेपाल आएको बोर्डको तथ्याङ्कले देखाएको छ ।
वर्षभरकै सबैभन्दा धेरै सार्वजनिक बिदा हुने समय हो दसैँ । दसैँको परम्परागत शैली अनुसार टीका जमरा लगाउनेबाहेक यही बिदाको मेसोमा नयाँ ठाउँ र नौलो परिवेशको घुमघाम गर्ने चलन एकदमै बढ्दो छ । दसैँको अवसरमा सबै परिवारजनको भेटघाट हुने हुँदा पारिवारिक घुमघाम संस्कृति पनि फस्टाएको छ । दसैँ आसपासको मौसम नेपाल घुम्ने सबैभन्दा उत्तम मौसम पनि हो । यो नेपालमा सबैभन्दा धेरै पर्यटक भित्रिने समयमा पर्छ । यसरी नेपाल घुम्न आउने पर्यटकबाटै नेपालीमा पनि विस्तारै घुम्ने संस्कृति विकास
सरकारले कोरियन एयरको नेपाल उडान नरोक्ने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले कोरियन एयरले दुई देशबिचको हवाई सेवा सम्झौताको प्रावधानविपरीत महँगो टिकट शुल्क लिएर एकलौटी उडान गर्दै आएको र नेपाल वायुसेवा निगमको नियमित उडानलाई प्रभावित पार्दै आएको जनाउँदै अक्टोबर २९ तारिखदेखि सुरु हुने विन्टर सेड्युलका टिकट बिक्री नगर्न निर्देशन दिएको थियो।
हिमालय एयरलाइन्सको जहाज बिग्रिँदा १६२ जना यात्रुले दुबईमा ३० घण्टा सास्ती भोग्नु परेको छ । उडान नम्बर एच–९–५६८ मार्फत मध्याह्न १२ बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थल पुगेका नेपाल आउने यात्रु शुक्रबार साँझसम्म उडान नभएपछि विमानस्थलमै अलपत्र परेका हुन् । हिमालय एयरलाइन्सको ब्रान्ड एन्ड सर्भिस इम्प्रुभमेन्ट विभाग प्रमुख उज्ज्वला दलीले बिहीबार जहाजमा आएको समस्या समाधान गर्दा समय लागेको बताउँदै उडान दलमा सहभागीहरूको उडान समय (फ्लाइट ड्युटी आवर) सकिएपछि जहाज नेपाल फर्किन समय लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपालमा उडानपूर्व गरिएको जहाजको निरीक्षणका क्रममा प्राविधिक समस्या देखिएपछि जहाज उतै रोकिएको हो ।
अमेरिकाको टेक्सास राज्यका सांसद सलमान भोजनीले नेपाली संस्कृति र पर्यटन प्रवर्धनको विशेष चासो देखाउनुभएको छ। मिसन इन्टरटेनमेन्टले निर्माण गरेको नेपाली पर्यटनसम्बन्धी बालगीतको एनिमेटेड भिडियो ‘नेपाल हेर्न जाऔँ’ लोकार्पण कार्यक्रममा उहाँले नेपाल र नेपालीको मौलिक संस्कृति, कला, साहित्यप्रति आफ्नो अगाध माया र स्नेह रहेको जनाउनुभयो। उहाँले नेपाली कला, संस्कृत र साहित्य मात्रै नभई नेपालीको परम्परा, सङ्गीत र महोत्सवसँग समेत परिचित भएकाले नेपालको पर्यटन प्रवर्धन र नेपाली समुदायको सहयोगका लागि आफू सदैव सक्रियतासाथ लाग्ने बताउनुभयो।
सन् २०२३ को पहिलो छ महिनामा विगतका वर्षको तुलनामा विदेशी पर्यटकको आगमन बढे पनि पर्यटकको नेपाल बसाइ र औसत खर्च घटेको छ । पर्यटन बोर्डका कार्यकारी निर्देशक धनञ्जय रेग्मीले पछिल्लो समय भारतीय पर्यटकको सङ्ख्या बढ्दै गएको र पर्यटकले नगद कारोबार गर्दा सरकारी तथ्याङ्कमा औसत खर्च घटेको देखिएको बताउनुभयो । “एकातिर महामारीपछि नेपाल आउने विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको देखिएको छ । अर्काेतर्फ पर्यटकको बसाइ र उनीहरूले गर्ने खर्चमा कम देखिनुमा होटल, यातायात क्षेत्रमा नगदै कारोबार भएका कारण हुन सक्छ,” उहाँले भन्नुभयो । महामारीअघि नेपालमा पर्यटकले दैनिक ४८ र महामारीको समयमा ६० डलर खर्च गर्ने गरेको भए प
पर्यटक आगमनको गति बढे पनि सोही क्षेत्रको प्रवर्धनका लागि निर्मित पूर्वाधारको समुचित उपयोग हुन नसक्दा पर्यटन उद्यमकै दिगोपनामा असर गर्ने देखिएको छ । सन् २०२३ को छ महिनामा पौने पाँच लाख विदेशी पर्यटक नेपाल भ्रमणमा गरेका छन् । अध्यामन विभागले उपलब्ध गराएको तथ्याङ्क अनुसार सन् २०२३ को जनवरीदेखि जुनसम्म चार लाख ७६ हजार ४८१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।
नेपाल वायु सेवा निगमले चीनबाट ल्याएका पाँच वटा जहाजको बिक्री प्रक्रिया अघि बढाएको छ। तीन वर्षदेखि ती जहाज भूमिस्थ (ग्राउन्डेड) छन्। निगमका प्रवक्ता रमेश पौडेलले भन्नुभयो, “बिक्री प्रक्रिया सुरु भएका पाँच वटा चिनियाँ जहाजमध्ये एमआई–६० र वाई–१२–ई जहाज चीन सरकारले अनुदानमा दिएको थियो। बाँकी चार वटा जहाज जिटुजी–मोडेल (सरकारद्वारा सरकारसँग खरिद प्रणाली) अन्तर्गत चीनको एक्जिम बैङ्कको सहुलियतपूर्ण ऋणमा सरकार जमानी बसेर खरिद गरिएको थियो।”
असार पहिलो सातादेखि सुरु गर्ने गरी काठमाडौँ–सिड्नी उडान तयारी अन्तिम चरणमा पुगेको छ । सन् २०१९ मा भएको नेपाल र अस्ट्रेलियाबिचको हवाई सम्झौता अनुसार हाललाई साताको दुई उडान तयारी अन्तिम चरणमा पुगेको निगमले जनाएको छ । नेपाल वायुसेवा निगमका सहायक प्रवक्ता गणेश घिमिरेका अनुसार सिङ्गापुरमा टेक्निकल ट्रान्जिट (हवाई इन्धन भर्ने) गरी सिड्नीस्थित किङ्सफोर्ड अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण अनुमति पाएसँगै असार पहिलो सातादेखि उडान नियमित हुने छ ।
हिम्मत नहार्ने हो भने असफलताले घुँडा टेक्छ भन्ने भनाइलाई रोल्पाको थवाङ गाउँपालिकाका ३८ वर्षीय हरि बुढामगरले प्रमाणित गरिदिनुभएको छ । विकटता र गरिबीलाई भोग्दै आफ्नो अदम्य साहस र बहादुरी प्रमाणित गरेर अद्वितीय प्रतिष्ठा आर्जन गर्ने बाबुको सपना पूरा गर्न साबिकको प्रवीणता प्रमाणपत्र तह पूरा गरेर बेलायती सेनामा भर्ती हुनुभएका बुढामाथि सन् २०१० ताका एउटा सोच्दै नसोचेको बज्रपात आइप¥यो । जागिरे जीवनको १५ वर्षपछि अफगानिस्तानको हेलमान प्रान्तमा तालिबान आव्रmमणकारीले थापेको एम्बुसमा परी उहाँले दुवै खुट्टा गुमाउनुप¥यो ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई नियामक निकाय र सेवा प्रदायक संस्थाका रूपमा विभाजन गर्ने दुई विधेयकको मस्यौदा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पुगेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार प्राधिकरणलाई नियामक र सेवा प्रदायक संस्थाका रूपमा टुक्रयाउने गरी तयार पारेको विधेयकको मस्यौदा अध्ययन र स्वीकृतिका लागि कानुन मन्त्रालयमा पठाइएको हो।
सरकारले सन् २०८० को दशकलाई नेपाल भ्रमण दशकको रुपमा मनाउने नीति सार्वजनिक गरेको छ। शुक्रबार सार्वजनिक नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको हो। राष्ट्रपतिद्वारा सदनमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा सार्वजनिक र निजी क्षेत्रको लागत साझेदारीमा संयुक्त प्रवर्धनात्मक कार्यक्रम सञ्चालन गरेर २०८० सालको दशकलाई नेपाल भ्रमण दशक र सन् २०२५ लाई विशेष पर्यटन वर्षका रूपमा मनाउने उल्लेख छ। पर्यटन आवागमन बढाउन र विदेशी मुद्रा आर्जनका लागि सरकारले नयाँ हिमाल आरोहणका लागि खुला गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ। त्यसका लागि आरोही तथा पदयात्री पर्यटकको सुरक्षा र आकस्मिक उद्धारको भरपर्दो व्यवस्था गर्ने जनाइएको छ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वित्तीय सूचकमा सुधार देखिएको छ । पछिल्लो एक वर्षमा निगमले वित्तीय सुधार गरी थप जहाज खरिदको तयारी थालेको जनाएको छ ।
निर्माण सम्पन्न भएका दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगमा आउन सकेका छैनन् तर सांसदहरू भने चौथो अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक भएको भन्दै लबिङमा लागेका छन्। मङ्गलबार बसेको संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बाराको निजगढस्थित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सांसदले सरकारको ध्यानाकर्षण गराएका छन्।
सगरमाथा आरोहण खुलेको पहिलो दिन पाँच शेर्पासहित १० जना आरोही सगरमाथाको चुचुरोमा पुगेका छन्। इमेजिन नेपाल ट्रेक्स एन्ड एक्सपिडिसनबाट आरोहणमा गएका १० जनाले आइतबार बिहान सगरमाथाको सफल आरोहण गरेका हुन्। विदेशी आरोहीमध्ये यस सिजनमा पहिलो आरोहण पाकिस्तानकी नैला कैनीले गरेको इमेजिन नेपालले जनाएको छ। कम्पनीका कार्यकारी निर्देशक दावाग्याल्जे शेर्पाले आरोहण खुलेसँगै आरोहीहरू सगरमाथाको हिलारी स्टेप, साउथकोल आसपास पुगिसकेकाले सोमबार बिहानसम्म थप आरोही चुचुरोमा पुग्ने बताउनुभयो। उहाँले भन्नुभयो, “इमेजिन नेपालबाट आरोहणमा गएका पाँच आरोही र पाँच जना शेर्पाले आइतबार आरोहण पुरा गरेका छन्। अन्य कम्पनीमार्फत आरोहणमा गएका आरोहीसमेत चुचुरोतर्फको यात्रामा छन्।”