यस वर्षको वसन्त ऋतुमा शनिबारदेखि सगरमाथा आरोहण सुरु भएको छ । आरोहणका लागि डोरी टाँग्ने काममा खटिएका एक जना फोटोग्राफर र नौ जना शेर्पा दक्ष कामदार (आइसफल डाक्टर) ले शनिबार दिउँसो १ बजेर ५२ मिनेटमा सगरमाथाको चुचुरोसम्म पुग्ने बाटो बनाएर आरोहण सुरु गरेका हुन् ।
हवाई यातायात नेपाललाई विश्वका मुलुकसँग जोड्ने एक भरपर्दाे र प्रभावकारी माध्यम हो । विश्वसँग मात्र होइन, आन्तरिक सम्पर्कमा पनि यसको महत्व धेरै छ । सर्वसाधारणको पहुँच पनि यो यातायातमा बढ्दै छ । पर्यटन उद्योग तथा अर्थ व्यवस्थाको विकास र विस्तारमा पनि यसले महìवपूर्ण योगदान दिँदै आएको छ ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काण्डमा उच्चपदस्थ अधिकारी कसरी पक्राउ परे भन्नेबारे विभिन्न अनुमान गरिएको छ । सत्ता र शक्तिको भरपुर उपयोग गरेका व्यक्तिहरू अनुसन्धानमा तानिएको र पक्राउ परेको रहस्य एक डायरीसँग जोडिएको छ ।
विमानस्थलबाट उडान भर्नेबित्तिकै ठूलो आवाजसहित आगोको मुस्लो देखिएको फ्लाई दुबई प्रकरण थप कौतूहलको विषय बनेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विमानका चालकको हवाला दिएर गरिएको विमानस्थलमा चरा ठोक्किएको दाबी सत्य नभएको बरु प्राविधिक समस्या रहेको बताउनुभएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि जहाजमा चरा ठोक्किएको पुष्टि गर्न फ्लाई दुबईलाई चुनौती दिएको छ ।
त्रिभुवन विमास्थलबाट दुबईका लागि उडान भरेको फ्लाई दुबईको कलसाइन एफजेड ५७६ जहाज ठूलो दुर्घटनाबाट जोगिएको छ। सात जना चालक दलका सदस्यसहित १७५ जना यात्रु बोकेर सोमबार राति ९:२० मा त्रिभुवन विमानस्थलबाट उडान भरेको केहीबेरमै पाइलटले जहाजको दायाँ इन्जिनमा समस्या आएको विमानस्थल टावरलाई जानकारी गराएका थिए। सामाजिक सञ्जालमा जहाजको इन्जिनमा आगो लागेको तस्बिरसहित काठमाडौँ र ललितपुरका केही ठाउँमा ठूलो आवाजमा पड्केकोलगायतका खबर छाएपछि काठमाडौँमा त्रासपूर्ण वातावरण सिर्जना भएको थियो। विमानस्थल कार्यालयका अनुसार सुरुमा पाइलटले इन्जिनमा समस्या आएको जानकारी गराएपछि आपत्कालीन अवतरणका लागि विमानस्थल खाली गराइएको थियो। विमानस्थलमा एम्बुलेन्स र दमकलसहितका सुरक्षादस्ता तयारी अवस्थामा राखिएको थियो। उक्त समयमा विभिन्न गन्तव्यबाट आएका एयर अरेबिया, मलेसियन एयर, सिङ्गापुर एयर, बुद्ध एयरलगायत सातवटा जहाजलाई सिमराको आकाशमै होल्ड गराइएको थियो। आधा घण्टा काठमाडौँको आकाशमा फन्को मारेको उक्त जहाज पछि सबै प्यारामिटर नर्मल रहेको भन्दै गन्तव्यतर्फ लागेपछि ९:५० बजे विमानस्थल पुनः सञ्चालनमा ल्याएर अन्य जहाजलाई अवतरण गराइएको थियो। घटनालगत्तै फ्लाई दुबईको आधिकारिक ट्विटरमा ट्विट गर्दै फ्लाई दुबईका प्रवक्ताले जहाजमा चरा ठोक्किएको बताउनुभएको छ। उहाँले जहाजमा लाटोकोसेरो ठोक्किएको अनुमान गर्दै एक इन्जिनको सहायताले गन्तव्यतर्फ उडान भरेको उल्लेख गर्नुभएको छ। “काठमाडौँबाट दुबईका लागि उडेको फ्लाई दुबईको एफजेट ५७६ उडान भरेको केही समयमै चरा ठोक्कियो। विशेष मापदण्ड अपनाएपछि उडान सामान्य रूपमा गन्तव्यतर्फ आइरहेको छ,” सार्वजनिक ट्विटमा फ्लाई दुबईका प्रवक्ताले उल्लेख गर्नुभएको छ।
आरोहणको ऋतु सुरु भएसँगै लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थल व्यस्त भएको छ। आरोहण तथा ट्रेकिङमा जाने आन्तरिक र बाह्य पर्यटकको आवागमन बढेसँगै लुक्लामा अहिले काठमाडौँ तथा रामेछापको मन्थली विमानस्थलबाट दैनिक दर्जनौँ उडान भइरहेका छन्। लुक्ला विमानस्थलका अनुसार रामेछापलाई आधार बनाएर उड्ने जहाज, काठमाडौँबाट हुने सिधा उडान र हेलिकोप्टरमार्फत पर्यटक धमाधम लुक्ला भित्रिने गरेका छन्।
राष्ट्रिय परिचयपत्रलाई सरकारले बहुउपयोगी आधिकारिक दस्तावेज बनाउने भनी लगत सङ्कलनको काम गरिरहेको छ। सङ्कलित विवरणबाट केहीलाई परिचयपत्र वितरण पनि गरेको छ। तर उक्त परिचयपत्रलाई नचिन्दा एक जना सांसद तथा पूर्वमन्त्री नै समस्यामा पर्नुभएको छ।
यस पटकको वसन्तयाममा सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सुरु भएको छ। हरेक वर्ष आरोहण सुरु हुनुपूर्व दोस्रो शिविर (क्याम्प टु)सम्मको कठिन बाटो बनाउनुपर्ने हुन्छ। यसरी बाटो बनाउने कार्य निकै कठिन बन्दै आएको छ। बाटो बनाउने काम सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)ले गर्दै आएको छ। एसपीसीसीले २०५४ सालदेखि पर्यटन विभागको पर्वतारोहण महाशाखासँग सहकार्य गरेर क्याम्प टुसम्म बाटो बनाउने र मानव मलमूत्रको व्यवस्थापनको जिम्मा लिँदै आएको छ।
कृत्रिम खुट्टाको भरमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने लक्ष्यसाथ भूतपूर्व गोरखा सैनिक हरि बुढामगर लुक्ला पुग्नुभएको छ । शारीरिक रूपमा अशक्त बुढामगर बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै लुक्ला पुग्नुभएको हो । घुडामुनिको खुट्टा नभएका उहाँ कृत्रिम (प्रोस्थेटिक) खुट्टाको सहायतामा पहिले मीरा पिक आरोहण गरेर आउँदो वैशाखको मध्यसम्ममा आरोहणका लागि सगरमाथा बेस क्याम्प पुग्ने कार्यतालिका छ । उहाँले कृत्रिम खुट्टाको सहायतामा यसअघि सगरमाथाको आधार शिविर पुगेर ‘स्काई ड्राइभिङ’ गरिसक्नुभएको छ ।
सन् २०२३ को मार्चमा ९९ हजार ४२६ जना पर्यटक नेपाल आएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मार्चमा सन् २०२० मा सुरु भएको कोरोना महामारीयताकै सर्वाधिक पर्यटक नेपाल भित्रिएका हुन्। सन् २०२२ को यही महिनामा ४२ हजार छ जना पर्यटक आएका थिए भने सन् २०२१ को मार्चमा १५ हजार २५४ जना पर्यटक नेपाल भित्रिएका थिए। त्यस्तै सन् २०२० को मार्चमा ४२ हजार ७७६ र सन् २०१९ को सोही अवधिमा एक लाख २७ हजार ३५१ जना विदेशी पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका थिए।
नेपाल वायुसेवा निगमले पाँचवटा चिनियाँ जहाज बिक्रीको तयारी सुरु गरेको छ। तीन वर्षयता भूमिस्थ गरिएका (ग्राउन्डेड) चिनियाँ जहाज बिक्री मूल्याङ्कन गर्न आइतबार अमेरिकाको एभियन एसेट म्यानेजमेन्ट कम्पनीका दुई जना प्रतिनिधि काठमाडौँ आइपुगेका छन्। निगमका प्रवक्ता अर्चना खड्काले प्रतिनिधिले सोमबारदेखि काम सुरु गरेर एक महिनाभित्रै मूल्याङ्कन गरिसक्ने बताउनुभयो। कम्पनीका प्रतिनिधिले सोमबारदेखि काम सुरु गर्ने र मूल्याङ्कनसँगै बिक्री प्रक्रिया अगाडि बढ्ने उहाँको भनाइ छ।
आन्तरिक र अन्तर्राष्ट्रियतर्फ हवाई सेवा दिँदै आएका हवाई कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौता झन्डै ९८ करोडको हाराहारीमा छ । प्राधिकरणले बक्यौता रकम बुझाउन बाँकी हवाई कम्पनीलाई फागुन ११ गते परिपत्र गर्दै फागुन १६ गतेभित्र बक्यौता रकम बुझाउन निर्देशन दिएको थियो । तिनको बक्यौता आन्तरिकतर्फ ४८ करोड ८५ लाख ८५ हजार ८२० र अन्तर्राष्ट्रियतर्फ ३९ करोड ९५ लाख ७४ हजार ३६४ रुपियाँ छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई मात्रै १६ वटा हवाई कम्पनीले आठ करोड ६९ लाख पाँच हजार ४०१ रुपियाँ बक्यौता रकम बुझाउन बाँकी छ ।
नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले गर्ने औसत खर्चबारे अध्ययन सुरु गरेको छ। बोर्डका निर्देशक मणिराज लामिछानेले राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान कति रहेको छ भन्ने पत्ता लगाउन विदेशी पर्यटकले नेपालमा गर्ने दैनिक औसत खर्चको विवरण लिन सुरु गरिएको बताउनुभयो।
गत जेठ १ गतेदेखि सञ्चालनमा रहेको भैरहवास्थित गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्दा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भैरहवा विमानस्थल काठमाडौँ विमानस्थलको विकल्प भएको बताउनुभएको थियो । कारणवश काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेका जहाज भैरहवामा अवतरण हुने उहाँको भनाइ थियो ।
गत पुस १७ गतेदेखि सञ्चालनमा आएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबारदेखि प्रविधिमा आधारित उडान–अवतरण (इन्स्ट्रुमेन्टल फ्लाइट रुल, आईएफआर) उडान सुरु हुने भएको छ । क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा निर्माण भए पनि हालसम्म यो विमानस्थलमा आँखाले हेरेको आधारमा गरिने उडान (भिजबल फ्लाइट रुल, भीएफआर) हुँदै आएको छ । आईएफआर प्रणाली सुरु भएसँगै अन्तर्राष्ट्रिय उडानको पनि बाटो खुलेको छ ।