कोकिला ढकाल
इलाम, कात्तिक १७ गते । आकाश धुुम्मिएर पानी छिट्याउनासाथ पूूर्वी पहाडका सर्वसाधारणको मन माईखोलामाथिको मेची राजमार्गमा पुुग्छ । गत वर्ष कात्तिकमा परेको पानीले यस स्थानमा पहिरो गएर सडक अवरुद्ध बनेपछि इलाम, पाँचथर र ताप्लेजुुङवासीका लागि यो सडकखण्ड चिन्ताको विषय बनेको छ ।
यो स्थान फेरि अवरुद्ध भयो भने पूूर्वी पहाडमा नुन, तेल नै बन्द हुने अवस्था रहन्छ । सर्वसाधारण बिरामी पर्दा जिल्लामा उपचार सम्भव नभएपछि थप उपचारका लागि अन्यत्र लानुुपर्दाको समस्या अर्को छ । जीवनमरणको दोसाँधमा पुुग्नुुपर्ने अवस्थामा पनि यही खण्डको भर पर्नु पर्दा पूूर्वी पहाडका लागि मेची राजमार्गलाई ‘लाइफलाइन’ भन्ने गरिएको छ तर बिहीबार बिहानदेखि सुुरु भएको वर्षाले यो खण्ड अवरुद्ध हुँदा समस्या बल्झिएला भन्ने चिन्ता बढेको छ ।
गत असोज १८ गते रातिको वर्षाका कारण पहिरो गएर यो खण्ड अवरुद्ध भएको ११ दिनपछि बल्ल सडक सुचारु भएको यो स्थानमा शुुव्रmबार धाँजा फाटेर पुनः अवरुद्ध भएको छ । अवरुद्ध सडकलाई सडक डिभिजन कार्यालय इलामले खुलाउने प्रयास जारी राखेको डिभिजन प्रमुख पवन भट्टराईले बताउनुुभयो । भट्टराईले भन्नुुभयो, “शनिबार इलाममा लोक सेवाको परीक्षा थियो । त्यहाँ आउने परीक्षार्थीलाई सहज गराउन तत्काल साना सवारी एकतर्फी खुलाएका छौँ । साँझ परेपछि सबै सवारी बन्द हुन्छन् । अत्यन्तै जोखिम छ, राति काम गर्न सक्ने अवस्था छैन । कुुनै सवारी फसे भने निकाल्ने उपाय छैन, माथिबाट जमिन बगिरहेकै देख्न सकिन्छ तर पनि अस्थायी रूपमा सडक सञ्चालनको प्रयास गरिरहेकै छौँ ।” शनिबार भने दबिँदै गरेको सडकलाई नेपाली सेनाले समेत मर्मत गरेर दिउँसोका लागि सञ्चालनमा आएको भए पनि भोलिका लागि स्थायित्व हुुँदैन ।
यता इलाम–झापा जोड्ने अर्को वैकल्पिक सडक केचना–कञ्चनजङ्घा सडक पनि अहिले बन्द रहेको छ । यो सडकबिचमा रहेको माईखोलाको बेलासे पक्की पुल असोज १८ को वर्षाले बिचमा भासिएको छ । यही सडकबिचमा पर्ने पुवाखोलाको बेलिब्रिज पनि असोज १८ को बाढीले बगाएको थियो । अर्को विकल्पमा रहेको सिमल–गोलाई–तिल्केनी सडक पनि अवरुद्ध भएपछि पुनः शनिबार डाइभर्सन पनि अस्थायी रूपमा सञ्चालनमा ल्याइएको छ तर बाढी अझै नघट्दा यो सडकले पनि स्थायित्व पाउने अवस्था छैन ।
विगत केही वर्षयता मेची राजमार्गको राजदुवाली–भन्ज्याङ सडकखण्ड (अहिले पहिरो गएको स्थान) को विकल्पमा नयाँ सडक बनाउनुु पर्छ भन्ने नागरिकले आवाज उठाइरहेका थिए । करोडाँै रुपियाँ खर्चंदा पनि धसिएको जमिनमा सडक सञ्चालनमा कठिनाइ हुुने निश्चित भए पनि सरकारले त्यसको दीर्घकालीन विकल्पमा ध्यान नदिएको पुर्बेली जिप तथा ट्याक्सी व्यवसायी सङ्घ इलामका अध्यक्ष ग्रीष्म सुुब्बा बताउनुुहुुन्छ । “यहाँ पहिरो नजाँदै पनि जमिन धसिएकै थियो । करोडौँ रुपियाँ मर्मतमा खर्च भयो तर उपलब्धि भएन । वास्तवमा सर्वसाधारण नागरिक, जनप्रतिनिधि, जिसस र पालिका कसैको पनि कुरा नसुुन्दा अहिलेको अवस्था आएको हो,” अध्यक्ष सुुब्बाले भन्नुुभयो, “राजमार्ग सञ्चालनको बागडोर केन्द्र सरकारकै हातमा हुुन्छ, कम्तीमा पनि यहाँको वस्तुुस्थिति र अवस्था केन्द्र सरकारले बुुझ्नुु पथ्र्यो ।”
सडक अवरुद्ध हुँदा त्यसको प्रत्यक्ष असर सर्वसाधारणदेखि स्थानीय तह र सरकारी, निजी क्षेत्र सबैलाई पर्ने इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण पौड्यालको भनाइ छ । अब पनि दैनिक उपभोग्य वस्तुु ल्याउन र तीन जिल्लामा उत्पादन भएको कृषि उपज निर्यात गर्न अत्यन्तै कठिन अवस्था छ । वैकल्पिक मार्गलाई चाँडो निर्माण गर्नुुको विकल्प पनि छैन । सरकारले यो विषयमा चाँडो ध्यान दिनुु पर्छ ।
गत असोज १८ को बाढीपहिरोपछिको विपत्सँगै इलामलाई सरकारले तीन महिनाका लागि विपत् सङ्कटग्रस्त जिल्ला घोषणा गरेको थियो । असोज १८ को विपत्मा परी इलाममा ३९ जनाले ज्यान गुमाउनुु परेको थियो भने अझै एक जनाको अवस्था बेपत्ता छ । उक्त समयमा जिल्लामा धेरै परिवारले घरजग्गा गुमाउनुु परेको छ । अझै धेरै परिवारको पुनस्र्थापना हुुन सकेको छैन । अहिले परेको पानीले पनि अघिल्लो पटक धाँजा फाटेको जमिन र सडकमा पहिरो जान थालेको बताइएको छ । असोज १८ मा इलामका खोलामा रहेका पक्की पुल, बेलिब्रिज, यहाँ सञ्चालित जलविद्युत् आयोजना र भवन तहसनहस भएका थिए ।