यती एयरलाइन्सको माघ १ गते पोखरामा भएको दुर्घटनाको छानबिनका क्रममा दुर्घटना हुनु केही समयअघि विमान उडानको मुख्य नेतृत्व चालकबाट सहचालकले लिएको पाइएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमण गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट हुनुपर्ने पर्यटन सम्बद्ध विज्ञ तथा व्यवसायीको धारणा छ । प्रधानमन्त्री प्रचण्डले निकट भविष्यमा गर्नुहुने भारत भ्रमणबारे सोमबार भारतका विदेश सचिव विनयमोहन क्वात्रासँग अनुकूल समयबारे छलफल भएको थियो ।
माघ १ गते पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको ९एन–एएनसी एटीआर विमान दुर्घटनाको प्रारम्भिक कारणमा पखेटामा समस्या आएको देखिएको छ । दुर्घटना भएको विमानको ब्ल्याक बक्समा रहेको उडान तथ्याङ्क (फ्लाइट डाटा) विश्लेषणको प्रारम्भिक नतिजाअनुसार दुवै इन्जिनका पखेटामा समस्या आएको पाइएको हो तर यो मानवीय वा प्राविधिक के कारणले हो भन्ने निष्कर्ष भने अझै पत्ता लागेको छैन ।
नेपाल भूपरिवेष्टित राष्ट्र भएकोले जल यातायातबाट वञ्चित छ । उच्च हिमाली तथा पहाडी भू–बनोटको कारण सडक यातायात पनि कठिन नै छ । यस्तो अवस्थामा खाद्यान्न, औषधि आदि ओसारपसार गर्न, खोज तथा उद्धार एवं व्यापारिक प्रयोजनका लागि एक मात्र विकल्प हवाई यातायात बन्दै आएको छ । प्राकृतिक सौन्दर्यको दृश्यावलोकन र साहसिक पर्यटनमा पनि हवाई यातायातको स्थान महìवपूर्ण छ । तर यही माघ १ गते आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थ
दुई दशकपछि यस वर्षको हिउँदे सिजनमा मनासलुमा पहिलो आरोहण भएको छ । उच्च हिमाल आरोहण गर्न चुनौतीपूर्ण मानिने यस सिजनमा एक जना स्पेनिस नागरिकसहित छ जना शेर्पा आरोहीको समूहले सन् १९९८ पछि पहिलो पटक मनासलु आरोहण गरेका हुन् ।