बनेपा नगरपालिका–३, नालामा मानिसको मृत्यु भएपछि शङ्ख बजाउँदै घाट लिएर जाने चलन हटेको पाँच सय वर्ष भइसकेको छ । शङ्ख नबजाउने मात्रै होइन, मलामीले अघि अघि छर्दै हिँड्ने लाजा र पैसा (टिलो)समेत बाटोमा छरिँदैन । स्थानीय हुमनाथ बजगाईंले विसं १५८५ मा तत्कालीन राजा त्रैलोक्य मल्लले कुश बिर्ता दिएको सो गाउँमा मानिसको मृत्यु भएपछि शङ्ख बजाउन नहुने विश्वासकै कारण स्थानीयको मृत्युपछि शङ्ख नबजाउने गरेको जानकारी दिनुभयो ।
बढी भार बोकेका सवारी साधनले राजमार्गमा गर्ने क्षति रोक्न काभ्रेपलाञ्चोकमा बिहीबारदेखि सवारी साधनको तौल जोखिने भएको छ । तर राज्यका संयन्त्रले नियमित अनुगमन तथा कारबाही नगर्दा डाला थपेर बढी भार बोक्ने टिप्परको बिगबिगी रोकिएको छैन । डाला थपेर निर्धक्क निर्माण सामग्री बोक्दा पनि प्रहरी प्रशासन, यातायात व्यवस्था कार्यालयले त्यस्तो कार्य नदोहोरिने सुनिश्चित गर्न सकेको छैन । नियामक निकायले सामान्य मात्रै कारबाही गर्दा टिप्पर सञ्चालक हौसिएको सर्वसाधारणको गुनासो छ ।
पछिल्लो समय रातो नम्बर प्लेटका सवारीसाधनमा यात्रु बोक्ने क्रम बढेको छ । यस्ता रातो नम्बर प्लेटका सवारीसाधनले टिकट बुकिङ काउन्टर नै खोलेर टिकट काट्ने गरेका छन् । यात्रुलाई भने रातो र कालो नम्बर प्लेटको
ललितपुर महानगरपालिका–१, बखुन्डोलमा जग खन्दा आसपासको टोल नै भासिएको समिट होटल र अपार्टमेन्ट निर्माणका लागि नक्सा पास नै नभएको खुलेको छ । साबिकको समिट होटल भत्काई त्यस ठाउँमा समिट होटल र अपार्टमेन्ट बनाउन जग खन्दा शुक्रबारदेखि अचानक आसपासका घर भासिएका थिए । उक्त घटनापछि स्थानीय डेरा खोजेर अन्त सर्न थालेका छन् । प्रहरीले उनीहरूलाई डेरा खोज्न सहजीकरण गरिरहेको छ । यसै विषयलाई लिएर ललितपुर महानगरपालिकामा पीडित, होटल तथा अपार्टमेन्टका सञ्चालक र महानगरपालिकाबीच आइतबार बैठक भएको छ ।
काभ्रेपलाञ्चोकका आलुले भण्डारका लागि ३३२ किलोमिटर दूरी तय गर्ने गरेका छन्। जिल्लामा आलु भण्डारण गर्ने उचित शीतभण्डार (कोल्ड स्टोर) अभावमा किसानले कपिलवस्तुको जितपुरमा रहेको कोल्ड स्टोरमा आलु भण्डारण गर्न थालेका हुन्। किसान आफूले उब्जनी गरेको आलु भण्डारण गर्न ३३२ किलोमिटर टाढाको कोल्ड स्टोरको शरणमा जानुपर्ने बाध्यतामा छन्।
सरकारले दिएको अनुदानको दुरुपयोग कसरी भइरहेको छ भन्ने उदाहरण काभ्रेको एउटा कृषि कार्यक्रम बनेको छ। ‘आलु सुपरजोन’का लागि अनुदान लिएर चक्लाबन्दी गरिएको जमिनमा पहिलो पटक आलु रोपियो पनि तर अहिले भने त्यही जमिनमा इँटा बनाउन थालिएको छ।
प्रक्षेपणको अन्तिम तयारीमा रहेको नेपालको आफ्नै भूउपग्रह ‘मुनाल’को निर्माण सामुदायिक विद्यालयका माध्यमिक तहका विद्यार्थीले गरिरहेका छन् । निर्माण कार्य राजधानी काठमाडौँमा नभएर मोफसलमै भइरहेको छ । काभ्रेपलाञ्चोकको पनौतीमा रहेको काठमाडौँ विश्वविद्यालय हाइस्कुलको प्रयोगशालामा मुनाल निर्माण भइरहेको छ । काभ्रेका तीनवटा सामुदायिक विद्यालय र काठमाडौँ विश्वविद्यालय हाइस्कुलका विद्यार्थी निर्माण कार्यमा जुटिरहेका छन् ।
राजनीतिकर्मीका लागि अवसरका अनेकौँ ढोका खुला रहेका हुन्छन्। शिक्षक हुँदै मधेशको राजनीतिबाट उदाउनुभएका सादगी नेता रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएसँगै यसको थप पुष्टि भएको छ। वि.सं. २०२७ साउन ९ गते बाराको बसबरियामा जन्मिनुभएका यादवले भारतको सीतामढीबाट विज्ञान विषयमा स्नातकोत्तर तहको अध्ययन गर्नुभएको छ। त्यसपछि यादव शिक्षण पेसामा आबद्ध हुनुभएको थियो। शिक्षण पेसा छोडेर पूर्णकालीन राजनीतिमा होमिएपछि उहाँलाई घरखर्च चलाउन अप्ठ्यारो प-यो। त्यसपछि उहाँकी श्रीमती चम्पादेवी यादवले पशुपालन गरेर आर्थिक जोहो गर्दै उहाँको राजनीतिक जीवनलाई सहज बनाइदिन प्रयास थाल्नुभएको थियो।
सहरका बालबालिका गाडीमा चढेर विद्यालय जानुहुन्छ । बुवाआमाले टन्न टिफिन खर्च दिनुहुन्छ । विद्यालयमा पनि निकै सुविधा पाउनुहुन्छ तर अझै पनि पढाइ खर्चको अभावमा ग्रामीण क्षेत्रका बालबालिकाले बीचमै पढाइ छोड्नु पर्ने बाध्यता छ । ग्रामीण क्षेत्रका धेरै बालबालिका खर्च अभावमा नियमित विद्यालय जान नसके पनि सरकारले त्यस्ता बालबालिकालाई लक्षित गरेर पढ्दै कमाउँदै योजना ल्याएको छ । जसका कारणले आर्थिक अभावले बीचमै पढाइ छोड्न बाध्य हुने बालबालिकालाई भने निक्कै राहत मिलेको छ । पढ्दै कमाउँदै योजना विद्यालयमा आएपछि विद्यार्थी मात्रै नभएर अभिभावक पनि यसबाट प्रभावित बन्नुभएको छ ।
राज्यले आर्थिक सहयोग रोक्का गरेपछि ब्रह्मायणी मन्दिरमा २५० वर्षदेखि सञ्चालन हुँदै आएको फागुजात्रा समस्यामा परेको छ। काभ्रेको मण्डनदेउपुर नगरपालिकास्थित यस मन्दिरमा बर्सेनि फागुजात्रा सञ्चालन गर्न पञ्चायतकालदेखि राज्यले आर्थिक सहयोग उपलब्ध गराउन थालेको हो। पालिकाले रकम उपलब्ध गराउन नमिल्ने भन्दै एक्कासि सञ्चालन खर्च रोक्का गर्ने निर्णय गरेको छ। पञ्चायतकालमा २० हजार रुपियाँ जात्रा खर्च उपलब्ध गराउने गरिएकोमा वृद्धि हुँदै गत वर्ष ९७ हजार रुपियाँ उपलब्ध गराइएको थियो।
जलवायु परिवर्तनका कारण पशुपन्छी तथा कीराफट्याङ्ग्रा एउटा तापक्रम भएको स्थानबाट अर्काे तापक्रम भएको स्थानमा बसाइँ सर्ने गरेको पाइएको छ । कतिपय कीराफट्याङ्ग्रा यात्रु ओहोरदोहोर गर्दा सुटकेसबाट अर्को ठाउँ जाने गरेका छन् तर मानिसका कारण वा आफैँ पनि पशुपन्छी स्थानान्तरण हुने गरेका छन् । सुरक्षाका लागि वा जलवायु परिवर्तनका कारण पशुपन्छीले बसाइँ सर्ने गरेका छन्
काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–२ ले एसईईमा उच्च अङ्क (जीपीए) हासिल गर्ने विद्यार्थीलाई एक लाख रुपियाँको पुरस्कार दिने घोषणा गरेको छ । विद्यार्थीलाई मेहनत गर्न प्रोत्साहित गर्ने उद्देश्यले वडा कार्यालयले ५० हजारदेखि एक लाख रुपियाँको पुरस्कार दिने निर्णय गरेको छ । वडा अध्यक्ष देवराज लामाले विद्यार्थीलाई उच्च शिक्षामा सहयोग पुगोस् भनेर पनि पुरस्कार प्रदान गर्न लागिएको बताउनुभयो ।
बेथानचोक गाउँपालिका वडा नं.–४ काभ्रेपलाञ्चोकका वीरबहादुर श्रेष्ठले ३० वर्षमा चार हजार पाँच सय जनालाई निःशुल्क लौरो वितरण गरिसक्नुभएको छ । आफ्नी आमा ढोडको लौरो टेक्दै मामाघर गएको देखेपछि उहाँले आमाका लागि लौरो बनाउन सुरु गर्नुभएको थियो । उहाँले वृद्धा आमाले पनौती (माइत)सम्म जाँदा ढोडको लौरो टेकेको देखेर लौरो बनाउन थालेको सुनाउँदै भन्नुभयो, “आमाले लौरो उपहार दिनु जस्तो ठूलो उपकार केही नहुने भन्नुभएपछि अरूका लागि पनि लौरो बनाउन थालेँ ।”
ढाला थपेर माटो तथा निर्माण सामग्री बोकेका टिप्परलाई प्रहरीले नियन्त्रणमा लिन थालेको छ । केही समयअघि प्रहरीले कारबाही गर्न थालेपछि टिप्परले अधिक भार (लोभरलोड) बोक्न छाडेका थिए तर अहिले पुनः टिप्परले ढाला थपेर क्षमताभन्दा बढी सामग्री बोक्न थालेका छन् ।
भनिन्छ १२ वर्षमा खोला पनि फर्कन्छ तर काभ्रेपलाञ्चोक जिल्लाको विकट डाँडापारिमा खोला फर्कन ५२ वर्ष कुर्नुप-यो ।