सार्वजनिक यातायातमा विद्युतीय सवारीसाधनको सङ्ख्या र सेवा बढे पनि उपभोक्ताले भाडा भने पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधन सरह नै तिर्नुपरेको छ । विद्युतीय सार्वजनिक सवारीको भाडाका सम्बन्धमा नियमनकारी निकायले नहेर्दा यो समस्या बढ्दो छ । पेट्रोल तथा डिजेलबाट चल्ने सार्वजनिक सवारीसाधनका हकमा सङ्घीय सरकारले हरेक वर्ष विज्ञ समूहसँगको परामर्शमा भाडादर निर्धारण गर्ने गरे पनि विद्युतीय सार्वजनिक सवारीसाधन चल्न थालेको धेरै हुँदा पनि नियमनकारी निकायले वास्ता गरेको छैन । जसका कारण सञ्चालन खर्च निकै नै कम लाग्ने त्यस्ता विद्युतीय सवारीसाधनले पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधन सरहकै भाडा असुलिरहेका छन् ।
काठमाडौँबाट पूर्व एक नम्बरका काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र दोलखासम्मका गाउँमा बनेका घिउ, नौनी, पनिर र छुर्पी विगतमा काठमाडौँ उपत्यकामा सहजै पाइन्थ्यो । अझ चाडपर्वमा दूध–दही छेलोखेलो हुन्थ्यो। एकाध परिवारको मात्र विशेष कारणले दूध–दही हुँदैनथ्यो । अहिले गाउँमा अवस्था उल्टिएको छ । एकाध परिवारमा मात्र दूध–दही भेटिन्छ । जसको घरमा पाखुरा दह्रो भएको मान्छे सहर र विदेश पसेको छैन उसका घरमा मात्रै दूध–दही दिने गाई–भैँसी देखिन्छन् ।
कागजमा सार्वजनिक यातायातको सिन्डिकेट हटाइएको छ तर व्यवहारमा भने गाडीलाई इन्धनसमेत भर्न नदिने गरी पत्राचार र त्यसै अनुसार कार्यान्वयन पनि भएको छ । आफ्ना कम्पनीका गाडीलाई निःशुल्क एक सय लिटर डिजेल दिने तर अरूलाई भने तेल भर्न नदिने निर्णय भएको छ । सिन्डिकेट हटाइएको छ वर्ष नबित्दै सात सयभन्दा धेरै बस सञ्चालन गर्ने पूर्व अरनिको यातायात सेवा प्रालिले सिन्डिकेटकै झल्को दिने गरी आफ्ना गाडीलाई विभिन्न पम्पमा डिजेल नहाल्ने सूचना जारी गरेको हो ।
यमपञ्चक अन्तर्गत दोस्रो दिन कुकुरको पूजा गरिँदै छ । कुकुरलाई मानव सुरक्षाको महìवपूर्ण र बफादार सहयोगीका रूपमा परम्परागत रूपमा नै लिने गरिएको छ । धार्मिक मान्यता अनुसार यमराजको दूतका रूपमा कुकुरलाई पूजा गरिन्छ । आधुनिक युगमा कुकुरलाई सुरक्षाका साथै अपराध अनुसन्धानमा पनि लगाइन्छ । नेपाल प्रहरीले सामान्य अनुसन्धानबाट नसुल्झिने जटिल घटनाको अनुसन्धानमा कुकुरलाई लगाइरहेको छ । त्यसरी अपराध अनुसन्धानमा कुकुरको स्वभाव अनुसार खटाउने गरिएको छ । ठुला, चुलबुले र चकचके प्रवृत्तिका कुकुरलाई लागुऔषधको अपराध अनुसन्धानमा खटाइने गरिएको छ । शान्त स्वभावका कुकुरलाई भागेका मान्छे ‘ट्र्याक’ गर्ने जिम्मेवारी दिइन्छ ।
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले विद्यार्थीलाई मासिक ३० हजार रुपियाँसम्मको छात्रवृत्तिसहित स्नातकोत्तर र विद्यावारिधिको शैक्षिक कार्यक्रम सुरु गरेको छ । मकवानपुरको थाहा नगरपालिका–९, चित्लाङमा यही वर्षबाट स्नातकोत्तर तहका विद्यार्थीलाई मासिक २५ हजार र विद्यावारिधिमा अध्ययन गर्ने विद्यार्थीलाई मासिक ३० हजार रुपियाँको छात्रवृत्तिसहितको भर्ना कार्यक्रम सुरु गरेको छ । यो वर्ष विश्वविद्यालयले ३२ जना विद्यार्थीलाई अध्ययनका लागि भर्ना आह्वान गरेको हो । चित्लाङमा बिहीबार आयोजित कार्यक्रममा दिइएको जानकारी अनुसार विश्वका राम्रा विश्वविद्यालयसँग प्रतिस्पर्धा गराउन र अनुसन्धानमा आधारित अध्ययनलाई अघि बढाउने उद्देश्यले चार वटा विषयमा भर्ना सुरु गरिएको हो ।
दसैँमा सडक दुर्घटना बढाउने सम्भावनाका कारण रोकिएका टिप्परको आवागमन खुला गरेकै दिन टिप्परको अनियमितताको हद नाघेको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ११ दिनसम्म टिप्पर सञ्चालनमा लगाएको रोक खुल्नेबित्तिकै मङ्गलबार राति बालुवा र गिट्टीको चुली बनाएका (ओभरलोड) टिप्पर सडकमा गुडेका थिए । तीमध्ये केहीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले कारबाही गरेको छ तर प्रहरीको आँखा छलेर उत्तिकै टिप्पर पार भएका छन् ।
काभ्रेमा विगत सात वर्षमा ८४९ वटा सहकारी बेपत्ता छन् । तत्कालीन डिभिजन सहकारी कार्यालय काभ्रेमा दर्ता भएका एक हजार ४९५ सहकारीमध्ये ६४६ वटा मात्र फेला परेका छन् । जिल्ला सहकारी सङ्घले गरेको अध्ययनबाट ती सहकारी बेपत्ता भएको तथ्य सार्वजनिक भएको हो । सङ्घीयता कार्यान्वयनपछि डिभिजन सहकारी कार्यालयले १३ वटा स्थानीय निकायलाई दर्ता भएका सहकारीका कागजात बुझाएको थियो । त्यसपछिका अवधिमा सहकारीका बारेमा चासो र खोजी भएन । सङ्घले गणक खटाएर एक महिनासम्म अध्ययन गरेको थियो ।
मुलुकका ७७ जिल्लाका १५ लाख १९ हजार ७७९ पशुमा लम्पी स्किनको सङ्क्रमणकै कारण किसानले ७४ अर्ब ६७ करोड रुपियाँबराबरको आर्थिक क्षति बेहोरेका छन् । पशु चिकित्सा परिषद्को अध्ययन अनुुसार एउटा स्वस्थ पशुमा लम्पीको सङ्क्रमण भएमा ४९ हजार १३५ रुपियाँको आर्थिक क्षति हुन्छ।
काभ्रेपलाञ्चोकका सडकमा बालुवा, गिटी र ढु्ङ्गा ओभरलोड बोक्ने टिप्परलाई प्रहरी प्रशासनले कारबाही गर्न थालेको छ । अनियन्त्रित रूपमा बालुवा र गिट्टी भरेर गुड्ने टिप्परले सडक ध्वस्त पारेको समाचार गोरखापत्रमा प्रकाशित भएसँगै ‘ओभरलोड’ विरुद्ध प्रहरी आक्रामक रूपमा लागेको छ ।
टिप्परले ढाला थपेर क्षमताभन्दा बढी बालुवा र गिट्टी ढुवानी गर्नुपर्ने अवस्थाका लागि आमउपभोक्ता नभएर त्यसको बिचौलिया वर्गमा पर्ने डिपोहरू कारक रहेका छन् । डालाभरि सामान ल्याउन नसके बिक्री नै नहुने भएकाले ओभरलोड बोक्नु बाध्यता रहेको टिप्परचालक बताउँछन् । सधैँभरि सिधै उपभोक्ताले सामान नलिने हुँदा उनीहरूले डिपोमा लगेर बेच्नै पर्ने बाध्यता हुन्छ । डिपोले सरकारले तोकेसरह सामान लिएर जाँदा नउठाउने भएपछि बाध्य भएर ओभरलोड बोकेको स्वयम् टिप्परचालक बताउँछन् ।
टिप्परले ओभर लोड बोक्ने, राजमार्गमा पानी चुहाउँदै प्रेसर हर्न बजाएर हैरानी पार्ने क्रम देशव्यापी भएको छ । त्यति मात्रै होइन, रातको समयमा फोकस लाइट बालेर साना सवारीसाधनको दुर्घटनाको जोखिम बढिरहँदा प्रहरी प्रशासन भने मौन छ । यो समस्या सङ्घीय राजधानी काठमाडौँदेखि प्रदेशका राजधानी तथा हरेक जिल्लाका मुख्य सहरको हो ।
आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा बजेट शून्य पारिएका कृषि तथा पशुपन्छी विकास मन्त्रालयमातहतका निकायले बजेट पाएका छन्। बजेट नहुँदा काम रोकेका ती निकायले काम पनि सुरु गरेका छन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालयमातहत १० निकायका १३६ वटा कार्यालयमा शून्य बजेट भएपछि त्यसको चौतर्फी विरोध गरिएको थियो। उक्त समस्या समाधानका लागि कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले पहल गरेपछि अर्थ मन्त्रालयले चार अर्ब ४५ करोड रुपियाँ विनियोजन गरेको हो ।
सहकर्मीको मृत्युपछि बाल सुधारगृह तोडेर भागेका बालबन्दी सुधारगृहमा फर्किए पनि बाल सुधारगृह पूर्ववत् सञ्चालन हुन सकेको छैन । सुधारगृहमै खाने, बस्ने, खेल्ने, पढ्नेलगायतका सुविधा सरकारले उलब्ध गराउँदै आएको भए पनि भदौ ४ गतेको घटनामा डेक्सबेन्च पूर्ण रूपमा क्षति भएकाले बालगृह सञ्चालन हुन नसकेको हो । सुधारगृहमा रहेका एक जना सहकर्मीको मृत्यु लापरबाहीका कारण भएको भन्दै सुधारगृहमा रहेका बालबालिकाले सानो ठिमीमा रहेको सुधारगृह तोडफोड गरेका थिए । उक्त घटनामा २११ जना सुधारगृहबाट भागेका थिए ।
काभ्रेपलाञ्चोक जिल्लाको बनेपाको भोलाखा टोलमा नौ हजार कन्याको पूजा गरिएको छ । यो १२१ वर्षअघिको निरन्तरता हो । विक्रम संवत् १९५९ भदौ ५ गते सुरु गर्दा भने नौ जना कन्यालाई नवकन्याको प्रतीक मानी बुइँगलमा पूजा गरिएको थियो ।
सिमसार र जङ्गलमा खेती गरिने अलैँचीमा डढुवा रोग लागेपछि धेरैजसो बगान नै सखाप भएका छन् । अलैँचीमा एकातिर डढुवा रोगको समस्या छ भने अर्कातिर भँवरा र मौरीको सङ्ख्या घट्दा परागसेचन प्रक्रियामा समस्या हुँदा उत्पादन निरन्तर घट्दो छ ।