ललितपुर, वैशाख २ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठकमा पार्टीको आन्तरिक जीवन र समसामयिक राजनीतिक परस्थितिको विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार केन्द्रीय कार्यालय, ललितपुरको च्यासलमा बसेको सचिवालय बैठकले पार्टीको आगामी कार्यक्रमबारे निर्णय र पछिल्लो राजनीतिक परिघटनाको समीक्षा गरेको हो । बैठकमा अध्यक्ष ओलीले वर्तमान समसामयिक राजनीतिक घटनाव्रmमबारे जानकारी गराउनुभएको थियो । सो विषयमा बैठकमा गम्भीरतापूर्वक छलफल भएको हो ।
बैठकले तीनकुने घटना, समसामयिक राष्ट्रिय राजनीति र आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिबारे पनि समीक्षा गरिएको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । सचिवालय बैठकले पूर्वराजाको अभिव्यक्तिबारे आपत्ति जनाएको छ । सचिवालय बैठकले पूर्वराजाले आइतबार जारी गरेको भिडियो सन्देशप्रति समीक्षा गर्दै आपत्ति जनाएको हो ।
पूर्वराजा ज्ञानेन्द्रका पछिल्ला गतिविधिबारे समेत समीक्षा भएको उपमहासचिव ज्ञवालीले उल्लेख गर्नुभयो । उहाँले ज्ञानेन्द्रमा अझै पनि प्राप्त उपलब्धि उल्ट्याउन सकिन्छ कि भन्ने सोच जीवितै रहेको सचिवालय बैठकले निष्कर्ष निकालेको बताउनुभयो ।
“पूर्वराजाको अभिव्यक्ति हेर्दा अझै पनि उहाँको मनमा राजतन्त्र फर्काउन सकिन्छ कि, मुलुकका अहिलेका उपलब्धिलाई पछाडि फर्काउन सकिन्छ कि भन्ने आशा र त्यससम्बन्धी सव्रिmयता जीवितै रहेको हामीले पायौँ, जुन गलत कुरा हो,” उपमहासचिव ज्ञवालीले भन्नुभयो । त्यस्तै पूर्वराजाले चैत १५ गतेको आपराधिक घटनालाई जागरणका रूपमा लिएको भन्दै एमालेले आपत्ति जनाएको छ । “तीनकुनेमा चैत १५ गते आपराधिक घटना भयो, त्यसलाई उहाँले जनतामा आएको जागरणका रूपमा व्यक्त गर्नुभयो । त्यसैलाई जागरण भन्ने हो भने सर्वसाधारणका घरमा लुटपाट, सम्पत्ति तोडफोड, सरकारी कार्यालयमाथि विध्वंस, राजनीतिक पार्टी कार्यालयमाथि विध्वंस, उहाँले खोजेको जागरण त्यस्तै हो भने त्यो त धेरै आपत्तिजनक कुरा हो,” उपमहासचिव ज्ञवालीले भन्नुभयो ।
एमालेले कांग्रेसका नेताहरूले सरकारको गति नपुगेको भन्दै बाहिर जनाइरहेको असन्तुष्टिलाई सरकार सञ्चालनको संयन्त्रमा रहेकाले संयन्त्रमै छलफल गर्नु उपयुक्त हुने पनि उहाँले बताउनुभयो ।
उहाँले सरकार प्रभावकारी होस्, गति बढाओस् भनेर आउने टिकाटिप्पणीलाई हामीले सकारात्मक रूपमै लिएको प्रतिव्रिmया दिनुभयो । त्यसलाई अन्यथा नलिएको उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “हामीले अनेकौँ तहमा संयन्त्र बनाएका छौँ । त्यो असल मनसायसाथ भनेको होला भन्ने बुझेका छौँ ।”
उहाँले कांग्रेस नेताहरूको असन्तुष्टिमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले खेल्न खोजेको आरोप लगाउनुभयो । शान्ति सम्झौतापछि सबैभन्दा धेरै माओवादी नै सरकारमा बसेको भन्दै अरूलाई औँला उठाएर मात्रै नहुने र जिम्मेवारी पनि लिन सक्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
२०६३ साल मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौता भइसकेपछि यो १८ वर्षमा सबैभन्दा बढी सरकारमा कोही बसेको छ भने त्यो माओवादी नै भएको उहाँले स्पष्ट पार्नुभयो । सबैभन्दा कम सरकारमा बसेको एमाले र योभन्दा बढी नेपाली कांग्रेस भएको उहाँले उल्लेख गर्नुभयो ।
अधिकांश समय आफैँ सरकारमा बस्ने, अनि सरकारले काम गरेन भनेर अरूलाई औँला मात्रै ठडाएर हुन्छ भन्दै उहाँले आफूले चाहिँ जवाफदेहिता लिनु नपर्ने भनेर प्रश्न गर्नुभयो ।
योद्धालाई सम्मान गरिने
एमालेले कम्युनिस्ट आन्दोलनमा योगदान गर्नेलाई सम्मान गर्ने भएको छ । वैशाख ९ गते पार्टी स्थापनाको ७६ औँ वर्षगाँठ भव्य रूपले मनाउने सचिवालय बैठकले निर्णय गरेको छ । नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ दिशा, ऊर्जा र सङ्कल्पसाथ अगाडि बढाउने योजना अनुसार सम्मान गर्न लागिएको ज्ञवालीले उल्लेख गर्नुभयो ।
यस वर्ष पनि विगतका वर्षहरूमा जस्तै हामीले कम्युनिस्ट आन्दोलनमा महŒवपूर्ण योगदान गर्नुहुने विशिष्ट योद्धालाई कम्युनिस्ट योद्धाको हिसाबले सम्मान गर्न लागेका हौँ ।
सम्मानित हुनेमा लालबहादुर विश्वकर्मा (कञ्चनपुर), स्वर्गीय रत्न शर्मा न्यौपाने (जाजरकोट), शोभारम बस्नेत (दाङ), वाचस्पति देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौँ), सत्यनारायण मण्डल (सप्तरी) र हरिचरण सिवाकोटी (झापा) हुनुहुन्छ । जाजरकोटका न्यौपानेको भने मृत्यु भइसकेकाले मरणोपरान्त सम्मान गर्न लागिएको हो ।
यसैव्रmममा पार्टी केन्द्रबाट प्रकाशित सेल्टर नामक पुस्तक पनि सोही दिन विमोचन गरिने छ । लोकतन्त्र स्थापना भएको दिन अर्थात् वैशाख ११ गतेलाई युथ सेलिब्रेसनका रूपमा मनाउने निर्णय पनि गरिएको छ ।