यसअघिका बाढीपहिरो जस्ता विपत्का घटनामा मानवीय उद्धार र उपचार पहिलो प्राथमिकतामा परे पनि यस पटक भने मानवसँगै पशुको पनि उद्धार र उपचार गरिएको छ । असोजको तेस्रो साताको बाढीपहिरोमा सरकारका तिनै तहको समन्वयमा इलाममा मानवसँगै पशुको पनि उद्धार र उपचार गरिएको हो ।
बिरामी पर्दा सिधै एम्बुलेन्सबाट बनेपा र काठमाडौँसम्म आउने काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिका र खानीखोला गाउँपालिकाका स्थानीय पुनः स्टे«चरमै बिरामी बोक्न बाध्य बनेका छन् ।
गोलभेँडाको मूल्यमा बारम्बार उतारचढाव भइरहन्छ । साउनको अन्त्यतिर पनि यस्तै भयो । प्रतिक्रेट दुई हजार रुपियाँमा बेचेको गोलभेँडा प्रतिक्रेट पाँच सय रुपियाँमा पनि बिक्न गाह्रो भएपछि प्लास्टिक घरभित्र गोलभेँडा खेती गरेका अग्रणी किसानको समूहले दक्षिण एसियामा तरकारीको बजारबारे अध्ययन ग¥यो । अध्ययनले बङ्गलादेशमा गोलभेँडा बेच्न सकिने देखायो ।
तलतिर रोशीको उर्लंदो भेल माथिपट्टि ठाडो भिर, सिधा सडक सम्पर्क टुटेको काभ्रेपलाञ्चोकका नमोबुद्ध नगरपालिका, रोशी गाउँपालिका, तेमाल गाउँपालिका, महाभारत गाउँपालिका, खानीखोला गाउँपालिका र सिन्धुलीको सुनकोशी गाउँपालिका र घ्याङलेक गाउँपालिकाका स्थानीय हातगोडा टेकेर कष्टकर यात्रा गर्न बाध्य छन् ।
मानिसले आफ्नो स्वास्थ्यको नियमित जाँच गरे जस्तै आफूले दैनिक रूपमा उपभोग गर्ने खाद्यान्न, तरकारी बाली उमार्ने माटोको स्वास्थ्यमा पनि ध्यान दिन त्यस क्षेत्रका अगुवाले अनुरोध गरेका छन् ।
अविरल वर्षापछि कृषिमा हुन सक्ने जोखिमलाई ध्यानमा राखेर जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा नेपाल कृषि अनुसन्धान परिषद् र राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले कृषि मौसम सल्लाह सार्वजनिक गरेको छ ।
पशुलाई समयमै खान नदिने र नाम्ले तथा जुकाको औषधी नदिने आमकिसानको बानीले पशुमा थारोपन (बाँझोपन) को समस्या बढिरहेको छ । फेरि पशुलाई खान दिनु भनेको पनि टन्न हुने गरी खुवाउनु पनि होइन । शरीरलाई आवश्यक पर्ने प्रोटिन, चिल्लो र खनिज पदार्थ, भिटामिन, कार्बाेहाइड्रेट मिलाएर खुवाउनु पर्छ । यसको तालमेल नमिल्दा बाँझोपनको समस्या बढ्दो छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तेस्रो पटक अध्यक्ष हुने वैधानिक बाटो खोलेको छ ।
ललितपुरको गोदावरीमा जारी नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशनमा प्रस्तुत दस्ताबेजमाथि १० वटा समूहबिचको विमर्श सकिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीमा शुक्रबार सुरु भएको छ । महाधिवेशनमा विधान संशोधन प्रस्तावका साथै पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपाली विशेषताको समाजवादको व्याख्यासहितको राजनीतिक प्रस्ताव प्रस्तुत गर्नुभएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन आज (शुक्रबार) बाट सुरु हुँदै छ । महाधिवेशन लम्बिने गरेपछि पहिला विधानसम्बन्धी विषय टुङ्ग्याएर पछाडि वैचारिक बहस गर्ने महाधिवेशनको अभ्यास थालनी गरिएको हो । यो दोस्रो विधान अधिवेशन हो । दुई हजार ३४१ प्रतिनिधि सहभागी हुने यो महाधिवेशनको स्वागतका लागि सम्पूर्ण तयारी पूरा गरिएको छ ।
पशुपन्छीको नस्ल सुधारका लागि नेपालमा करिब डेढ दशकदेखि प्रयास भए पनि अपेक्षित उपलब्धि भने न्यून रहेको छ ।
अघिल्लो सालको बर्सातमा दिनभर खेतबारीमा काम गरेपछि रातभरि सिमसिम पानी परे मिठो निद्रा लाग्थ्यो, पनौती–१२, रोसी भूमिडाँडाका शेर्पा लामालाई । अहिले ठ्याक्कै उल्टो भएको छ, रातको समयमा पानी नपरोस् भन्ने कामना उहाँ गर्नुहुन्छ ।
गाईभैँसीमा लाग्ने ‘लम्पी स्किन’ को सङ्क्रमण छ प्रदेशका २५ जिल्लामा फैलिएको छ । २६ हजार ६३२ पशुमा ‘लम्पी स्किन’ को सङ्क्रमण देखिएको र ८१६ पशुको मृत्यु भएको पशुसेवा विभागले उल्लेख गरेको छ ।
छुर्पी निर्यात हालसम्मकै उच्च रहेको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा चार अर्ब ५१ करोड रुपियाँ बराबरको २६ लाख एक हजार किलो छुर्पी निर्यात भएको छ । यो निर्यातले आव २०७९/८० को १७ लाख ८६ हजार किलोको रेकर्ड तोडेको हो । आव २०८०/८१ मा तीन अर्ब १८ करोड रुपियाँ बराबरको १६ लाख ४७ हजार किलो छुर्पी निर्यात भएको थियो ।