बाढीपहिरो जस्ता प्राकृतिक विपत्तिका बेला मानिस आफ्नो ज्यान जोगाउन व्यस्त हुँदा घरपालुवा पशुपन्छी बेवारिसे बन्ने समस्या नेपाली समाजमा लामो समयदेखि देखिँदै आएको छ । यस्ता सङ्कटका घडीमा पशुपन्छीको सुरक्षा, संरक्षण र व्यवस्थापन प्रायः ओझेलमा पर्ने गरेको यथार्थ नयाँ होइन । तर पछिल्लो समय काठमाडौँ उपत्यकाभित्रका खोला किनारमा अतिक्रमण गरी बसेका सुकुमवासी बस्ती हटाउने क्रममा राज्यले मानवीय पक्षसँगै पशुपन्छी व्यवस्थापनलाई पनि प्राथमिकतामा राखेको छ । विपत् तथा बस्ती स्थानान्तरण सन्दर्भमा पशु कल्याणप्रति सरकारी दृष्टिकोणमा क्रमशः सुधार हुँदै गएको सङ्केत गरेको छ ।
यातायात व्यवस्था विभागले मालवाहक सवारीसाधनको भारवहनसम्बन्धी व्यवस्थामा कडाइ गर्ने सूचना जारी गरेको छ । सडक विभागले प्रत्येक वर्ष सडकको आयु र सुरक्षासँग मालवाहक सवारीसाधनले बोक्ने भारवहनले मुख्य भूमिका निर्वाह गर्ने भन्दै सूचना जारी गर्छ । हरेक वर्ष कडाइका साथ सूचना जारी हुने र त्यसको परिपत्र सम्बन्धित निकायमा पठाउने भए पनि कार्यान्वयनको पक्ष भने निकै कमजोर हुँदै आएको छ । यातायात व्यवस्था विभागले बिहीबार सूचना जारी गर्दै प्रचलित कानुन अनुसार तोकिएको क्षमताभन्दा बढी भार बोक्ने सवारीसाधनमाथि कारबाही गरिने स्पष्ट पारेको छ ।
नेपाल कम्युनिस्ट पार्टीको ७७ औँ स्थापना दिवसका अवसरमा देशभरका कम्युनिस्ट पार्टीले बुधबार विविध कार्यक्रम आयोजना गर्दै छन् । विभिन्न उतारचढाव पार गर्दै आएको नेपालको कम्युनिस्ट आन्दोलनले पछिल्लो आमनिर्वाचनपछि ठुलो धक्का खाएको छ । कम्युनिस्ट पार्टीहरूले संसदीय राजनीतिमा हासिल गरेका उपलब्धिलाई संस्थागत गर्न नसक्दा तथा नेतृत्वको उच्च महत्वाकाङ्क्षाका कारण अहिलेको अवस्था आएको पुराना कम्युनिस्ट अगुवा रामप्रसाद अधिकारीले बताउनुभयो । “‘नेताभित्रको अह्मता र गल्ती गरेपछि माफी माग्नु पर्दैन भन्ने अतिवादी चिन्तनले कम्युनिस्ट पार्टी पछिल्लो नतिजा स्विकार्न बाध्य भएको हो,” उहाँले थप्नुभयो, “सच्चिने वा सक्किने भन्ने अवस्थामा कम्युनिस्ट आन्दोलन पुगेको छ ।”
नेपाल पशु चिकित्सा परिषद्का अनुसार नेपालमा कम्तीमा ३४ लाख परिवार पशुपालन तथा कृषिमा आबद्ध छन् । किसान परिवारका लागि एकीकृत सेवा प्रणालीको प्रभावकारी व्यवस्थापन गर्न नसक्दा यी परिवारले दैनिक हैरानी खेपिरहेको त्यस क्षेत्रका विज्ञहरू बताउँछन् । परिषद्का उपाध्यक्ष डा. मनोजकुमार शाहीले कृषि तथा पशुपालनमा आबद्ध परिवारले फरक फरक समस्या सामना गरिरहेको बताउनुभयो ।
च्याउ बन्द कोठाभित्र निश्चित तापक्रममा फलाउने तरकारी भनेर धेरैले बुझेका छन् तर खुला आकाशमै आलु खेती जस्तै माटोको ड्याङ (रिज) बनाएर उत्पादन गर्न सकिने ‘वाइन कप’ च्याउको नेपालमा सफल परीक्षण भएसँगै सम्भावनाको नयाँ ढोका खुलेको यस क्षेत्रका विज्ञले उल्लेख गरेका छन् । कृषि अनुसन्धान परिषद् (नार्क) का वरिष्ठ कीट विशेषज्ञ आरपी मैनालीले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले परीक्षण गरेको यो
तीन साताअघि मोरङको सुन्दरहरैँचा–४ र उर्लाबारी–८ बाट फैलिएको बर्डफ्लु (एच–फाइभ एन–वान) यतिबेला चार जिल्लाका २३ वटा व्यावसायिक फार्ममा फैलिएको पशुसेवा विभागले जनाएको छ ।
सरकारले पशु स्वास्थ्य, खाद्य सुरक्षा र जनस्वास्थ्यलाई सुदृढ बनाउने उद्देश्यले सङ्घीय संरचनादेखि स्थानीय तहसम्म भेटेरिनरी निरीक्षक परिचालन गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत पशु स्वास्थ्य महाशाखाले २०८२ पुस ३० गतेको मन्त्रीस्तरीय निर्णय अनुसार सङ्घीय संरचना र प्रदेशमा भेटेरिनरी निरीक्षक परिचालन गर्ने निर्णयको परिपत्र गरेको हो ।
‘स्वास्थ्य बाली फलाउन स्वास्थ्य माटो चाहिन्छ’ प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको पहिलो मन्त्रीपरिषद् बैठकले किसानको माटोको स्वस्थपन जाँचेर तीन महिनाभित्र ‘स्वाइल हेल्थ कार्ड’ उपलब्ध गराउने निर्णयले किसानमा खुसी थपिएको छ ।
बिउको पनि अडिट अर्थात् परीक्षण हुने भएको छ । सरकारले किसानसम्म गुणस्तरीय बिउ पु¥याउने र बिउ उत्पादकलाई जिम्मेवार बनाउने उद्देश्यले बिउको अडिट गर्ने प्रावधान कार्यान्वयनमा ल्याउने भएको हो । बिउको गुणस्तरका कारणले हरेक वर्ष नेपाली किसानले ठुलो क्षति बेहोरेपछि यस्तो परीक्षण सुरु गर्न लागिएको हो ।
नेपालमा पछिल्लो समय विराटनगर, चितवन तथा काठमाडौँका केही पोल्ट्री फार्ममा लो फ्याथोजेनिक एभियन इन्फ्लुएन्जाको सङ्क्रमण देखिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको पशुसेवा विभागले आइतबार सूचना जारी गर्दै विराटनगर, चितवन तथा काठमाडौँका पोल्ट्री फार्मका कुखुरामा लो फ्याथोजेनिक एभियन इन्फ्लुएन्जाको सङ्क्रमण पुष्टि भएको उल्लेख गरेको छ ।
४५ वर्षदेखि भएका निर्वाचनमा निरन्तर जित हारको निर्णयक बनेको छ मतपत्रमा लगाउने ‘स्वस्तिक’ छाप । त्यही छापले उम्मेदवारलाई राष्ट्रपति, प्रधानमन्त्री, सांसद, मेयर, वडाअध्यक्ष बनाएको छ ।
नेपालका अधिकांश स्थानमा पाइने प्रमुख वनस्पति तितेपाती बहुगुणीय औषधी मात्रै होइन, यो आर्थिक समृद्धिको पनि जडी बन्न सक्छ । पूजाआजा र श्राद्धमा प्रयोग हुने तितेपाती पशुलाई सोत्तरदेखि मानव स्वास्थ्य रक्षकसँगै सौन्दर्य प्रशाधन– अत्तरका रूपमा प्रयोग गरेर आर्थिक समृद्धिको जडी बनाउन सकिने जानकारहरू बताउँछन् ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन २०८२ का सन्दर्भमा प्रजातन्त्र दिवसको अवसर पारेर बिहीबार काठमाडौँमा विशेष समारोहबिच घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा तत्काल गर्ने ११ काम, पाँच आधारभूत घोषणा र समृद्धिका २५ स्तम्भलाई नीतिगत प्राथमिकतामा राखिएको छ ।
सडक विभागले हरेक वर्ष सडकको आयु र सुरक्षासँग मालवाहक सवारीसाधनले बोक्ने भारवहनले मुख्य भूमिका निर्वाह हुने भन्दै परिपत्र जारी गर्छ । हरेक वर्ष कडाइसाथ परिपत्र हुने भए पनि कार्यान्वयन भने निकै फितलो हुन्छ ।
काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकाका कृषक सीता दनुवारलाई प्रतिनिधि सभाको निर्वाचनअगावै आलु खनेर सक्ने र त्यसमा तरकारी रोप्ने चिन्ता छ । आफ्नो खेतसम्म उम्मेदवार कहिले आउलान् र आफूले फलाएको आलुले उचित मूल्य किन नपाएको भनेर जिज्ञासा राखौँला भन्ने उहाँलाई लागेको छ । समयमा रासायनिक मल उपलब्ध नहुँदा किसानले समस्या झेले । त्यसपछि आलुको बिउ राखेको शीतभण्डारले पनि दुःख दियो । अहिले आलुको लगत मूल्य पनि नउठ्ने गरी आलुको भाउमा गिरावट आएपछि उहाँ उम्मेदवारलाई किसानको पक्षमा के गर्नुहुन्छ भनेर प्रश्न सोध्न उम्मेदवार कुरेर बस्नुभएको छ ।