वैशाख ३० सम्पन्न स्थानीय तह निर्वाचनमा महानगरपालिकाको प्रमुख पदमा आँक्ने केही उम्मेदवार भने आफैँ भोट हाल्न गएनन् । प्रमुखका १६१ उम्मेदवारमध्ये सात जनाले आफैँलाई भोट नहालेको पाइएको छ । उनीहरूको मत शून्य छ । निर्वाचन आयोगका अनुसार प्रदेश १ को विराटनगर, मधेश प्रदेशको वीरगञ्ज, बागमतीको काठमाडौँ, ललितपुर र भरतपुर तथा गण्डकीको पोखरा महानगरपालिका गरी छ महानगरमा १६१ जना उम्मेदवारले मनोनयन दर्ता गराएका थिए ।
काठमाडौँ महानगरपालिकाका उपप्रमुख पदका उम्मेदवार रामेश्वर श्रेष्ठले मतगणना निर्देशिकामा संशोधन हुनुपर्ने माग गर्दै निवेदन दर्ता गराउनुभएको छ । नेकपा (एकीकृत समाजवादी)बाट उम्मेदवार हुनुभएका उहाँ स्थानीय तह निर्वाचनमा पाँचदलीय गठबन्धनका साझा उम्मेदवार हुनुहुन्छ।
सङ्घीय राजधानी काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारले दलीय प्रतिद्वन्दीसँग मतान्तर फराकिलो पार्दा अरू दस पालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार निर्वाचित भइसकेका छन् ।धरान उपमहानगरपालिकामा हर्क साम्पाङ राई र धनगढी उपमहानगरपालिकामा गोपाल हमाल स्वतन्त्र उम्मेदवारकै रूपमा निर्वाचित हुनुभएको छ । जनकपुरधाम उपमहानगरपालिकामा मनोजकुमार साहले अग्रतालाई फराकिलो बनाउँदै जानुभएको छ ।
स्थानीय तहको दोस्रो कार्यकालका लागि निर्वाचित जनप्रतिनिधिले शपथग्रहण गरी पदभार सह्मालेका छन् । त्यसलगत्तै कतिपय स्थानीय तहका नेतृत्वले विभिन्न निर्णय पनि गरेका छन् । यससँगै उहाँहरूले गर्नुपर्ने सम्पत्ति विवरण पेस वा सार्वजनिक गर्नुपर्ने कार्य भने थोरैले मात्र गरेका छन् ।
स्थानीय तह निर्वाचनमा मतदान रद्द भएको मतदान केन्द्रको सङ्ख्या शनिबार साँझसम्ममा ७९ पुगेको छ । निर्वाचन आयोगले ती केन्द्रमा मतदान रद्द भएको जानकारी दिएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले इलाम, तनहुँलगायतका जिल्लाका
सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछिको स्थानीय तहको दोस्रो आवधिक निर्वाचन उत्साहजनक रूपमा शुक्रबार हुँदैछ । निर्वाचन हुने कि नहुने भन्ने राजनीतिक मत विभाजनलाई पार लगाउँदै प्रतीक्षित निर्वाचन आज हुन लागेको हो ।
स्थानीय निर्वाचन २०७९ को पूर्वसन्ध्यामा मतदान केन्द्र निर्माण भइरहेका छन् तर केन्द्र निर्माणमा केही कठिनाइ देखिएको छ । निर्वाचन आयोगले २०७४ को चुनावका आधारमा मतदान केन्द्र निर्धारण गर्दा ‘बुथ’ निर्माणमा कठिनाइ उत्पन्न भएको छ ।
स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि देशभरका ७५३ पालिकाका सबै मतदान केन्द्रमा मतदान सामग्री पुगेको छ । निर्वाचन कार्यक्रमबमोजिम वैशाख ३० गते हुने मतदानभन्दा तीन दिनअघि पुग्नुपर्ने भएकाले ७५३ पालिकाका १० हजार ७५६ मतदान स्थलमा मतदान अधिकृतसहितको सामग्री पुगेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आचारसंहिता २०७८ ले जुलुस, आमसभा, कोणसभा, बैठक एवं भेला गर्दा १८ वर्ष पूरा नभएका बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने स्पष्ट व्यवस्था गरेको छ । तर, आचारसंहिताको उक्त व्यवस्थालाई बेवास्ता गर्दै सबै प्रमुख राजनीतिक दलले आफ्नो भेला तथा -यालीमा बालबालिकाको निर्बाध रूपमा प्रयोग गरेको पाइएको छ ।
स्थानीय तह निर्वाचन २०७९ मा मतदाता परिचयपत्र नहुने मतदाताले मतदान गर्न पाउने नपाउने विषयमा अन्योल कायम छ । निर्वाचन आयोगले मतदाता परिचयपत्र नभएका मतदाताको हकमा मतदानको पूर्वसन्ध्यामा मात्रै मतदानको वैकल्पिक व्यवस्थाबारे निर्णय गर्दै आएको छ ।
स्थानीय तह निर्वाचन २०७९ मा ४३ पालिकाका लागि करिब १३ लाख मतपत्र दोहो¥याएर छापिएको छ । आयोगले अनुमानका आधारमा छापेको मतपत्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि कामै नलाग्ने भएपछि दोहो¥याएर छाप्नुपरेको हो ।
प्रमुख राजनीतिक दलहरूले नै निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेको पाइएको छ । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन प्रकरणमा मागेको जवाफमा प्रमुख राजनीतिक दलकै सङ्ख्या बढी छ । आयोगले जवाफ मागेकामा नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी छन् । आयोगले राजनीतिक दललाई पटक पटक आचारसंहिताको पूर्ण पालनाका लागि आग्रह गर्दै विशेष निर्देशनसमेत जारी गर्दै आएको छ । तथापि आचारसंहिता उल्लङ्घनका घटनामा प्रमुख राजनीतिक
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचन ‘मनी’ र ‘मसल’ले प्रभावित हुने हो कि भन्ने डर आफूलाई लागेको टिप्पणी गर्नुभएको छ । उहाँले मिथ्या सूचनाको प्रवाहले यस्तो हुनसक्ने बताउँदै मतदातालाई बहकाउमा पारेर आफ्नो पक्षमा ल्याउन खोज्ने तìव हाबी हुन सक्नेप्रति सचेत गराउनुभयो ।
यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदै छ । त्यसका लागि आयोगले मतपत्र छपाइको काम लगभग सकेको छ । विगतको तुलनामा यस पटकको मतपत्र निकै ठूलो आकारको हुने भएको छ । के हो मतपत्र ? नागरिकले स्वतन्त्र रूपमा आफ्नो प्रतिनिधि छान्न पाउने अधिकारको प्रयोग गर्ने माध्यम निर्वाचन हो । त्यसका लागि व्यक्तिले मत जाहेर गर्छ । मतदान गर्न मतपत्र प्रयोग गरिन्छ । आफ्नो रोजाइको प्रतिनिधि चयन गर्न साङ्केतिक रूपमा उम्मेदवारको चिह्न अङ्कित कागज मतपत्र हो ।
स्थानीय तह निर्वाचन, २०७९ मा हालसम्म ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । आयोगले सोमबार दिउँसोसम्म प्राप्त सूचनाका आधारमा ३५३ जना निर्वाचित भएको जनाएको हो ।स्थानीय निर्वाचनको तयारीबारे जानकारी गराउन आयोजना गरिएको नियमित पत्रकार भेटघाट कार्यक्रममा आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले हालसम्म ३५३ उम्मेदवार निर्विरोध निर्वाचित भएका र यो सङ्ख्या अझै बढ्ने बताउनुभयो । स्थानीय निर्वाचन २०७४ मा भने ४१२ उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए ।