कान्ति बाल अस्पतालमा अङ्कोलोजी विभागको इमर्जेन्सी कोठाको दायाँतर्फ रहेको शय्यामा एक जना दस वर्षे बालक मोबाइल फोनमा रमाउँदै भिडियो हेर्दै गरेको देख्दा लाग्छ, उनलाई खासै गम्भीर समस्या छैन । नजिकै कुर्सीमा बसेका १६ वर्षीय युकेश राई एक टक लगाएर बालकलाई नियालिरहेका छन् । इच्छाबहादुरको कुरुवा हुन् दाइ युकेश ।गएको वैशाखमा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएपछि नै युकेश भाइको रेखदेखमा जुटेका छन्, यसको कारण अरू केही होइन उनको भाइलाई एक खालको रक्त क्यान्सर भएको छ ।करिब पाँच महिना अगाडि खाना खान मन नलाग्ने भएपछि एक दिन इच्छाबहादुरको नाकबाट अचानक रगत बग्न थाल्यो, परिवारजन चिन्तित भए । ओखलढुङ्गाका अस्पताल हुँदै काठमाडौँ आइपुगेको उनको परिवारजनले रोगको पहिचान हुँदासम्म दुई लाखभन्दा बढी रुपियाँ खर्चिसकेको थियो । कान्ति बाल अस्पताल आइपुगेपछि इच्छाबहादुरलाई क्यान्सर भएको पत्ता लाग्यो । अङ्कोलोजी डिपार्टमेन्टकी वरिष्ठ नर्सिङ निरीक्षक निलकुमारी थापाका अनुसार इच्छाबहादुरलाई अक्युट लिम्फोब्लास्टिक ल्युकेमिया (एएलएल) भएको छ । ‘एएलएल’ भनेको रक्त क्यान्सरको प्रकार हो । रगत र ‘बोन म्यारो’मा ह्वाइट ब्लड सेल (डब्ल्यूबीसी) अर्थात् सेतो रक्तकोषको मात्रा अस्वाभाविक घटीबढी भएको अवस्थासँग यो रोग सम्बन्धित छ । अस्पतालको सामाजिक सुरक्षा एकाइका अनुसार गएको दस महिनामा क्यान्सरका २६७ नयाँ बिरामी औषधि उपचार कार्यक्रमबाट लाभान्वित भएका छन् । मानेभन्ज्याङका इच्छाबहादुरको उपचारमा हालसम्म करिब दस लाख रुपियाँ खर्च भइसकेको परिवारजनको भनाइ छ । ‘केमोथेरापी’को तेस्रो चक्रका लागि उनी हाल अस्पतालमा भर्ना छन् । कान्ति अस्पतालको सो डिपार्टमेन्टमा उपचारका लागि हाल १५ बालबालिका भर्ना छन् । जसमध्ये चार जना रक्त क्यान्सरबाट पीडित छन् र अधिकांशलाई ‘केमोथेरापी’ गरिएको छ । दिवा सेवामा उपचार गराएर घर फर्किनेको छुट्टै एकाइ भुईंतल्लामा छ । त्यस डिपार्टमेन्टमा १४ वर्ष उमेरसम्मका क्यान्सर पीडित बालबालिकाको उपचार गरिन्छ । उपचारको क्रममा शय्या, ल्याब, एक्स रे, सिटी स्क्यानलगायतको सुविधा अस्पतालले निःशुल्क गरेको छ । अस्पतालको सामाजिक सुरक्षा एकाइका अनुसार गएको दस महिनामा क्यान्सरका २६७ नयाँ बिरामी औषधि उपचार कार्यक्रमबाट लाभान्वित भएका छन् । उक्त सङ्ख्या आर्थिक वर्ष २०७७/०७८ मा २६० थियो । सरकारले क्यान्सर बिरामीलाई ‘विपन्न नागरिक औषधि उपचार कार्यक्रम’बाट उपचार खर्चमा सहयोग गर्दै आएको छ । एकाइका सहजकर्ता सन्तोष घिमिरेले वैशाख महिनासम्म सिफारिसका आधारमा राज्यकोषबाट २६७ जना बिरामीलाई ४४ लाख १९ हजार बराबरको सहयोग उपलब्ध गराइएको छ ।रक्त क्यान्सरका कति बिरामी ?एक अध्ययनअनुसार नेपालमा वार्षिक लगभग सात सय ल्युकिमिया, दुई सय लिम्फोमा र ७० मल्टिपल माइलोमाका नयाँ बिरामी थपिँदै आएका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को तथ्याङ्कले के देखाउँछ भने सन् २०१९ मा नेपालको नौ जिल्लामा मात्रै रक्त क्यान्सरका ४५७ नयाँ बिरामी फेला परेका थिए । एक वर्षअघि ४३८ जना रक्त क्यान्सरका नयाँ बिरामीको पुष्टि भएको थियो । परिषद्ले जनसङ्ख्यामा आधारित क्यान्सर रजिस्टी« (पीबीसीआर) कार्यक्रम सञ्चालन गर्दै आएको छ । काठमाडौँ उपत्यकाका तीन जिल्ला, मधेश प्रदेशको आठमध्ये सप्तरी, सिरहा, धनुषा र महोत्तरी तथा पूर्वी र पश्चिमी रुकुममा पीबीसीआर अध्ययन भइरहेको छ । कार्यक्रमकी अनुसन्धान अधिकृत उमा काफ्लेले माथिका नौ जिल्लामा सन् २०१९ मा क्यान्सरका जम्मा तीन हजार दुई सय ९५ र सन् २०१८ मा तीन हजार तीन सय ४९ नयाँ बिरामीको पुष्टि भएको जानकारी दिएकी छन् । पहिलो पटक सन् २०१८ मा उक्त अनुसन्धान सुरु गरिएको थियो । अधिकृत काफ्ले भन्छिन्, “सन् २०१९ पछि कोभिड–१९ को प्रकोपले बिरामीको यथार्थ चित्रण आउन नसकेको हो कि जस्तो लाग्छ तर अघिल्लोे वर्षको तुलनामा सन् २०१९ को चित्र बढी वस्तुपरक छ ।”तथ्याङ्कको विश्लेषण गर्दा सन् २०१९ मा नौ जिल्लामा पुष्टि भएका क्यान्सरका नयाँ बिरामीमध्ये करिब १४ प्रतिशत रक्त क्यान्सरका बिरामी हुन् । एक वर्षअघि रक्त क्यान्सरका बिरामी करिब १३ प्रतिशत थिए । काठमाडौँस्थित निजामती कर्मचारी अस्पताल नेपालमा रगतको क्यान्सरको विशिष्टिकृत उपचार थलो हो । अस्पताल प्रशासनका अनुसार हाल रक्त क्यान्सरका ३० बिरामी अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् । वार्षिक करिब चार सय रक्त क्यान्सरका रोगीको पहिचानपछि निजामती अस्पतालमा उपचार गरिँदै आएको छ । रगतको रोग के हो ?रगतमा दुई प्रकारका पदार्थ हुन्छन्, कोष र प्लाज्मा । कोष र प्लाज्मामध्ये कुनैमा गडबडी भयो भने रगतसम्बन्धी रोग लाग्छ । कोषमा रातो रक्तकोष(आरबीसी), सेतो रक्तकोष (डब्ल्यूबीसी) र प्लेटलेट्स हुन्छ । आरबीसी कम हुनु पनि रोग हो, बढी हुनु पनि रोग हो । रगतमा हेमोग्लोबिन पनि हुन्छ ।फलाम तìवकोे कमी हुनु, रक्तअल्पता, भिटामिन बी१२ को कमी हुनु, कलेजो, मिर्गौला वा मुटुको रोगले हेमोग्लोबिन कम हुन सक्छ । हेमोग्लोबिनको कमी भएमा रगतको क्यान्सर पनि हुन सक्छ । धेरैजसो रगतको क्यान्सर हेमोग्लोबिनको कमीले गर्दा हुन्छ । हेमोग्लोबिन बढी हुनु पनि रोग हो । कसैको हेमोग्लोबिन २० वा २२ हुन्छ । केटा मान्छेमा हेमोग्लोबिन अधिकतम १६.५ भन्दा बढी हुनुहँुदैन भन्छौँ हामी । केटी मान्छेमा हेमोग्लोबिन १६ भन्दामाथि हुनुहुन्न । मुटु, छाती वा कलेजोको रोगले पनि हेमोग्लोबिन घटबढ हुन सक्छ । रगतको क्यान्सरले पनि हेमोग्लोबिन बढी हुन सक्छ । यी सबै रातो रगतको कुराहरू भए ।सेतो रक्तकोष कम हुनु पनि रोग हो, बढी हुनु पनि रोग हो । रगतका साधारण रोगले पनि सेतो रक्तकोष कम हुन्छ । जस्तै– रुघाखोकीको बेला कुनै औषधि खाँदा सेतो रक्तकोष कम हुन सक्छ । फियो सुन्निएको छ भने सेतो रक्तकोष देखिन्छ । रगतको क्यान्सरले समेत सेतो रक्तकोष कम गर्दछ । रगतको क्यान्सरहरू मुख्य रूपमा ५६ प्रकारका हुन्छन् । कोषको कम हुनु पनि रोग हो, बढी हुनु पनि रोग हो । कोष कम हुनु वा बढी हुनु रगतको क्यान्सर हुन सक्छ तर रगतको अन्य रोगमा पनि कोष कम वा बढी हुन सक्छ । प्लेटलेट्समा पनि त्यस्तै हो । यो कम हुनु पनि रोग हो, बढी हुनु पनि रोग हो । रगतको साधारण रोगमा पनि प्लेटलेट्स कम वा बढी हुनसक्छ । शरीरमा फलाम तìवको मात्रा कम भएमा प्लेटलेट्स बढी देखिन्छ र क्यान्सरमा पनि बढी हुन्छ । तसर्थ हेमोग्लोबिनको मात्रा मात्रै हेरेर रगतको क्यान्सर हो भन्न सकिन्न । किनभने रगतका साधारण रोगमा समेत यी मात्रा कम वा बढी हुन सक्छ । रगतका साधारण रोग वा रगतको क्यान्सरको रिपोर्ट हेर्दा रगतका यी अवयवको मात्रा बढी वा कम उस्ताउस्तै हुन्छ । साधारण रिपोर्टकै आधारमा कसैलाई रगतको क्यान्सर भएको हो कि हैन भन्ने निचोडमा पुग्न सकिन्न । त्यसका लागि अझै बढी र विशिष्ट जाँचहरू गर्नुपर्ने हुन्छ । यसैगरी प्लाज्मामा रगत जमाउने तìवहरू हुन्छन् । जसलाई हामी ‘फ्याक्टर’ भन्छौँ । फ्याक्टर एकदेखि १३ सम्म हुन्छ । फ्याक्टर कम भयो भने पनि शरीरमा रक्तस्राव बढी हुन्छ जस्तै हिमोफिलिया । हिमोफिलियामा फ्याक्टर ८ र ९ एकदमै कम हुन्छ । जसले गर्दा बिरामीलाई बढी रक्तस्राव हुने गर्छ । ती फ्याक्टर बढी बन्यो भने रगत जम्छ । जसले गर्दा खुट्टामा, दिमागमा वा मुटुमा रगत जम्ने हुनसक्छ । यसैका कारणले ५० वर्ष नपुग्दै पक्षघात हुन सक्छ । फेला पर्ने रक्त क्यान्सर के के हुन् ?रगतका क्यान्सरलाई रेशा रेशामा छुट्याउँदा एक सयभन्दा बढी प्रकारका भेटिन्छन् । नेपालमा रगतका क्यान्सरमा अक्युट ल्युकेमिया, लिम्फोमा र मल्टिपल माइलोमा बढीजसोमा देखिएको छ । लिम्फोमा मात्रै ६० प्रकारका हुन्छ । नेपालीमा देखिने रगतका गम्भीर समस्यानेपालमा देखिने रगतका गम्भीर समस्यामध्ये एउटा त रगतको क्यान्सर नै हो । जसलाई हामी ल्युकिमिया, लिम्फोमा र मल्टिपल माइलोमा भन्छौँ । क्यान्सरबाहेकका रगतको रोगमा हाम्रा लागि ठूलो चुनौती भनेको अप्लास्टिक एनिमिया हो । बोन म्यारो सुक्ने रोग हो यो, क्यान्सरचाहिँ होइन तर बोन म्यारो सुकेर जान्छ । बोन म्यारोबाट रगतको कुनै पनि कोष बन्दैन । यो एकदमै विकराल अवस्थामा छ । यसका बिरामीमा बोन म्यारोमा रगत नै बन्दैन । शरीरमा रातो र सेतो रक्तकोष तथा प्लेटलेट्स घटेर जान्छ । रक्तअल्पता र आईटीपी (इम्युन थ्रम्बोसाइटोपेनिया परपुरा)अर्थात् रगतमा प्लेटलेट्स घटेर जाने समस्या धेरैजसोमा देखिन्छ । क्यान्सर भए/नभएको कसरी बुझ्ने ?शरीरमा रातो रगतको कमी भयो भने स्याँस्याँ हुने, एकदमै थकान लाग्ने, कान बज्ने, अलिकता सिँढी चढ्यो कि सास फुल्ने हुन्छ । सेतो रक्त कोष कम भयो भने शरीरमा सङ्क्रमण हुन्छ । निमोनिया हुने, कान पाक्ने, मुखमा घाउ आइरहने, गुद्द्वारमा घाउ भइरहने, छालामा घाउ भएर पिप निस्कने र निको नहुने हुन्छ । प्लेटलेट्स कम भएमा रक्तस्राव अधिक हुन्छ । प्लेटलेट्स कम भएको अवस्थामा मुखमा रगत जमेको देखिने, नाक, गिजाबाट रगत आउने, शरीरको विभिन्न भागबाट अस्वाभाविक रक्तस्राव हुने गर्छ । क्यान्सरले गर्दा हुने सेतो रक्तकोष कम भयो भने सङ्क्रमण नै हुने हो, क्यान्सरले गर्दा प्लेटलेट्स कम भयो भने रक्तस्राव नै हुने भयो । त्यही भएर बिरामीको लक्षण हेरेर क्यान्सर भएको छ यसै भन्न सकिन्न । उपचार कसरी र किन भयावह ?रगतको क्यान्सरलाई समयमै उपचार गरिए निको पार्न सकिन्छ तर औषधिले छुनुप-यो । रगतको क्यान्सरको उपचार दुईथरीले गरिन्छ । किमोथेरापी–औषधि सेवन गरेर । अर्को बोन म्यारो प्रत्यारोपण गरेर । यी दुवै विधि नेपालमा सम्भव छ । दुवै उपचार प्रक्रिया, काठमाडौँको निजामती अस्पतालमा सन् २०११ देखि निरन्तर उपलब्ध छन् । किमोले निको हुने बिरामीलाई किमो दिइने र किमोले निको नहुने बिरामीलाई बोन म्यारो प्रत्यारोपण गरिन्छ । लिम्फोमा भएको छ भने पहिले किमोथेरापी दिने हो, निको भएन भने बोन म्यारो प्रत्यारोपण गर्ने हो । ल्युकिमियालाई पनि पहिले किमोथेरापी दिने दिएर हेरिन्छ तर किमोथेरापी दिएपछि पनि फर्केर आउने वा किमोथेरापीबाट निको नहुने भएमा बिरामीमा बोन म्यारो प्रत्यारोपण विधिबाट उपचार गरिन्छ । जन्मजात शरीरमा रोगसँग लड्ने क्षमता नभएका बिरामीलाई बोन म्यारो प्रत्यारोपण गर्छौं हामीले । साधारण रोगको उपचार हुन्छ र हुन्थ्यो, निको भएर जान्छ । रगतको क्यान्सरको उपचार नेपालमा थिएन, उपचार अभावमा बिरामी मर्थे । त्यसो हुनाले रगतको क्यान्सरलाई भयावह रोग भनिन्थ्यो । पहिला त रगतको क्यान्सर भएको छुट्याउनुप-यो । रगतको क्यान्सर भएको किटान गर्न रगतको र बोन म्यारोको जाँच हुनुप¥यो । त्यसैगरी शरीरमा पलाएका गाँठागुँठीको जाँच गरेर रगतको साधारण रोग हो वा क्यान्सर हो छुट्याउन सकिन्छ । रगतको क्यान्सर हुने कारणवंशाणुगत, विकिरण, भाइरल इन्फेक्सन वा ब्याक्टेरियल इन्फेक्सनले रगतको क्यान्सर हुने पुष्टि भइसकेको छ । चुरोट सेवन गरेर फोक्सोको क्यान्सर हुन्छ, रक्सी खाँदा कलेजोको क्यान्सर हुन्छ भने जसरी फलानो वस्तु खाएमा रगतको क्यान्सर हुन्छ भन्ने छैन । खाएरै हुने भए नवजात शिशुमा समेत रक्त क्यान्सर किन हुन्थ्यो त ?किमोथेरापी गरिसकेपछि पनि रोग फर्केर आउने सम्भावना कतिको हुन्छ ?ल्युकिमिया तीन प्रकारका हुन्छन् । क्यान्सरको प्रकृतिअनुसार ३० देखि ७० प्रतिशतसम्म यो रोग फर्केर आउने सम्भावना हुन्छ । कुनै रोग ३० प्रतिशत मात्रै फर्किने सम्भावना हुन्छ भने कुनै रोगमा उक्त सम्भावना ७० प्रतिशतसम्म रहन्छ । यो सम्भावना ल्युकिमियामा बढी हुन्छ । कार्यस्थल वा वंशाणुगत कारणले रगतको क्यान्सर हुने सम्भावना कति हुन्छ ?नयाँ शोधहरूले रगतका क्यान्सर पनि वंशाणुगत हुन्छ भनेर पुष्टि गरिसकेका छन् । माइलो डिस्प्लास्टिक सिन्ड्र«ोम बाह्य कारणले हुने एक प्रकारको क्यान्सर हो । ल्युकिमिया, लिम्फोमा र मल्टिपल माइलोमा पनि वंशाणुगत हुनसक्छ भनेर पुष्टि भइसकेको छ । त्यसैले परिवारमा कसैलाई रगतको क्यान्सर भएको छ भने अर्को व्यक्तिलाई पनि रगतको क्यान्सर हुने सम्भावना बढी हुन्छ । बेन्जिन भने रसायनको सम्पर्कमा लामो समयसम्म रह्योे भने रगतको क्यान्सर हुने जोखिम बढी हुन्छ । खाडी राष्ट्रहरू, मलेसियालगायतका राष्ट्र«मा काम गरेर फर्किने नेपालीमा अप्लास्टिक एनिमिया वा रगतको क्यान्सर देखिने गरेको छ । रगतको क्यान्सर बढी हुने उमेर समूह कुन हो ?ल्युकिमिया भने रगतको क्यान्सर बालबालिकामा बढी देखिन्छ । लिम्फोमा भने रगतको क्यान्सर वयस्कहरूमा बढी देखिएको छ । मल्टिपल माइलोमा उमेर पुगेका व्यक्तिमा बढी भेटिन्छ । यसो भन्दैमा ल्युकिमिया बुढेसकालमा देखिने हैन भनेको होइन, देखिन सक्छ । अप्लास्टिक एनिमिया भने बालबालिका र युवामा बढी देखिन्छ । ‘आईटीपी’ युवतीमा बढी देखिने गरेको छ । बिरामीको चाप र उपचारको अवस्थारगतको क्यान्सरको अवस्था आजको दिनमा समेत भयावह नै छ । भोलिको दिनमा के हुन्छ भन्न सकिन्न । उपचार पद्धति पनि महँगै छ, सबैले बेहोर्न नसक्लान् तर भोलिको दिनमा उपचारलाई लिएर भन्नुपर्दा सरकारले ध्यान दिने हो र रगतको रोगका लागि भिन्नै अस्पताल चाहिन्छ भन्ने महसुस गरेर निर्माण ग¥यो भने रगतको क्यान्सरले त्यत्ति भयावह रूप नलेला । तर रगतको रोगप्रति हेलचेक्र्याइँ गर्ने हो भने थाल्सेमिया (एक प्रकारको रगतको रोग)को जस्तो भयावह रूप लिन सक्छ । बोन म्यारो प्रत्यारोपण गरेर विदेशमा ९० प्रतिशत थाल्सेमिया बिरामी निको भएका छन् तर नेपालमा ३५ वर्ष उमेरभन्दा माथि कोही बाँच्दैनन् । पश्चिमी नेपालको धनगढी क्षेत्रलगायत थारू समुदायमा देखिने सिकलसेल एनिमिया पनि यस्तै हो । यस रोगले गर्दा धेरैले अकालमै ज्यान गुमाएका छन् । यसको अवस्था विकराल छ । अप्लास्टिक एनिमियामा बोन म्यारो प्रत्यारोपण गर्नुपर्छ तर उपचार खर्च जुटाउन नसकेर हामीले एक वर्षमा सय बिरामीमध्ये ७५ जनाको मृत्यु भएको देखेका छौँ । सरकारले आजको दिनमा रगतको रोगका बिरामीलाई बचाउने हो भने सेवा विस्तार गर्नलाई छुट्टै अस्पताल नखोलेर हुँदैहुँदैन । यी सबै कुरा सरकारले गर्न सकेन र निजी क्षेत्रको हातमा गयो भने उपचार खर्च जुटाउन नसकेर धेरै बिरामी बाँच्न सक्ने छैनन् । उपचार खर्च कति लाग्छ ?दक्षिण एसियामा तुलना गर्दा नेपालमा क्यान्सरको उपचार सस्तो छ । निजामती कर्मचारी अस्पताल सरकारी भएर हो अन्य अस्पतालभन्दा उपचार सस्तो नै छ । हामीले गर्ने बोन म्यारो प्रत्यारोपण संसारमै सबैभन्दा सस्तो हो । हामीले गर्ने बोन म्यारो प्रत्यारोपणको नतिजा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशन गरिसकेका छौँ । यहाँको प्रत्यारोपणको नतिजा अमेरिका, युरोपलगायत विदेशमा हुने प्रत्यारोपणसँग मिल्दोजुल्दो छ । तर जतिसुकै सस्तो भए पनि दस लाख रुपियाँ निकाल्न गाह्रो हुन्छ नि । सरकारले त्यस सम्बन्धमा विचार पु-याउनुपर्ने हो । विस्तारै सुधार हुँदै गएको छ । काठमाडौँमा मुख्यतया निजामती कर्मचारी अस्पतालमै रगतको क्यान्सरको उपचार हुने हो । काठमाडौँ बाहिर नेपालगञ्जमा, भरतपुरमा क्यान्सरको उपचार गरिन्छ । á
मतदाता नामावली दर्ताका लागि अब घरबाटै विवरण भर्न सकिनेछ । अनलाइनबाट यस्तो सुविधा प्राप्त गर्न केही दिनको प्रतीक्षा भने गर्नैपर्छ । निर्वाचन आयोगले यस्तो सुविधा उपलब्ध गराएपछि मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा पुग्नुपर्ने बाध्यता अन्त्य हुनेछ ।
महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी र सदस्यले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने राजनीतिक दलसम्बन्धी ऐन कार्यान्वयनमा निर्वाचन आयोगले प्रभावकारी भूमिका निर्वाह गर्न सकेको छैन ।
मधेश प्रदेशअन्तर्गत धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा नं. ७ कुम्हरौडाका जैवीर झाको निधन भएको छ वर्ष भइसकेको छ । तर निर्वाचन आयोगले स्थानीय तह निर्वाचन–२०७९ का लागि जारी गरेको मतदाता नामावलीमा उहाँको नाम यथावत् छ । झाकी श्रीमती उषा देवीको पनि मृत्यु भएको करिब दुई वर्ष भयो । उहाँको नाम पनि गत वै
काठमाडौँ, जेठ २७ गते । बाजुराको बूढीगङ्गा नगरपालिकाको पुनः मतदान अझै निश्चित भएको छैन । गत वैशाख ३० गते भएको मतदानमा धाँधली हुँदा निर्वाचन आयोगको जेठ १२ गतेको पदाधिकारी बैठकले बूढीगङ्गा नगरपालिकामा पुनः मतदान गर्ने निर्णय गरेको थियो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले पुनः मतदानका लागि सहमति जुटाउन पटक-पटक सर्वपक्षीय बैठक भए पनि हालसम्म मतदानको मिति तय भइनसकेको बताउनुभयो । सर्वसम्मतले पुनः मतदानको मिति तोक्न निर्वाचन अधिकृतको कार्यालयले एक साताभित्र चार पटक बैठक बोलाएको छ तर नेकपा एमाले पक्षको अडानले अझै सहमति हुन सकेको छैन । सर्वदलीय बैठकमा नेकपा एमालेका प्रतिनिधि उपस्थितसमेत हुने गरेका छैनन् । निर्वाचन अधिकृत लक्ष्मणबहादुर कठायतले जेठ २७ गते शुक्रबारका लागि बोलाइएको बैठकमा सहमति हुने विश्वास लिएको बताउनुभयो । तर नेकपा (एमाले)का जिल्ला अध्यक्ष कालीबहादुर शाहीले आफूहरू मतगणना नै हुनुपर्ने अडानमा यथावत् रहेको बताउनुभयो । उहाँले निर्वाचन आयोगको पुनः मतदान गर्नुपर्ने निर्णयविरुद्ध मुद्दा दायर गरेको जानकारी दिँदै उक्त मुद्दाबारे अदालतले केही नबोलेसम्म चुनाव हुन नदिने दाबी गर्नुभयो । निर्वाचन अधिकृत कठायतले भन्नुभयो, “लामो समयसम्म पर्खिने कुरा हुन्न, अडान राखेको पक्षले अदालतमा अग्राधिकार प्राप्त गर्न रिट दायर गरेको जानकारी गराएको हुनाले केही समय पर्खेका हौँ, तर सधैँ कुरेर बस्न सकिन्न ।” स्थानीय तह निर्वाचन ऐन २०७३ ले मतदान केन्द्र अनधिकृत कब्जा भएको अवस्थामा निर्वाचन आयोगले सम्बन्धित मतदान केन्द्रको मतदान रद्द गर्न पाउने व्यवस्था गरेको छ । वैशाख ३० गते सम्पन्न निर्वाचनमा बूढीगङ्गा नगरपालिकाका छवटा मतदान केन्द्र कब्जा गरिएपछि मतदान स्थलबाट सुरक्षाकर्मी हिँडेका थिए । उक्त घटनापछि निर्वाचन आयोगले तत्कालीन प्रमुख जिल्ला अधिकारीसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखलाई विभागीय कारबाहीका लागि गृह मन्त्रालयलाई निर्देशन दिएको थियो । मन्त्रालयले तीनै जना सुरक्षा प्रमुखलाई हटाइसकेको छ । निर्वाचन आयोगले भने चुनाव सुरु हुनुभन्दा अघिदेखि हालसम्म चार पटक उक्त पालिकाको निर्वाचन अधिकृत फेरिसकेको छ । बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जुनसुकै दिन मतदानको मिति तोकिए जिल्ला सुरक्षा समिति चुनाव गराउन पूर्ण तयारी अवस्थामा रहेको बताउनुभयो । पुनः मतदानका लागि बूढीगङ्गा नगरपालिकाको १० मतदान स्थलको १९ केन्द्रका लागि करिब १७ हजार मतपत्र प्राप्त भएको निर्वाचन अधिकृत कठायतले जानकारी दिनुभयो । स्थानीय निर्वाचन २०७९ मा ७५२ पालिकाको मतदान भएर मतपरिणाम आइसकेको छ । २८ पालिकाको ८५ मतदान केन्द्रमा निष्पक्ष र भयरहित वातावरणमा चुनाव नभएकोेमा बूढीगङ्गाका १९ केन्द्रबाहेक सबैमा पुनः मतदान भई मतपरिणाम समेत सार्वजनिक भइसकेको छ ।
दलका केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिकसम्बन्धी प्रावधान दलहरूकै जिम्मेवारीभित्र पर्ने निर्वाचन आयोगले प्रस्ट पारेको छ । आयोगलाई जानकारी गराउनुपर्ने वा सम्पत्ति विवरण बुझाए/नबुझाएको सम्बन्धमा ताकेता गर्नुपर्ने सम्बन्धमा ऐनमा केही उल्लेख नभएको आयोगले जनाएको छ ।
निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको आन्तरिक कसरतमा जुटेको जनाएको छ । संवैधानिक व्यवस्था बमोजिम आगामी मङ्सिर २२ गते अगावै प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचन भइसक्नुपर्नेछ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले एकै चरणमा चुनाव गर्नुपर्ने भए कात्तिक अन्तिममा सक्ने र दुई चरणमा गर्ने भए मङ्सिर १० गतेभित्र सक्नुपर्ने गरी आयोग आन्तरिक तयारीमा जुटेको जानकारी दिनुभयो ।
स्थानीय तह निर्वाचन २०७९ परिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ । ७५३ मध्ये ७५१ तहको परिणाम सार्वजनिक भइसकेको छ । प्रदेश १ को उदयपुरको त्रियुगा नगरपालिकाको गणना जारी छ भने सुदूरपश्चिमको बाजुरा जिल्लाको बूढीगङ्गा नगरपालिकाको पुनः मतदान निश्चित भइसकेको छैन ।
वैशाख ३० सम्पन्न स्थानीय तह निर्वाचनमा महानगरपालिकाको प्रमुख पदमा आँक्ने केही उम्मेदवार भने आफैँ भोट हाल्न गएनन् । प्रमुखका १६१ उम्मेदवारमध्ये सात जनाले आफैँलाई भोट नहालेको पाइएको छ । उनीहरूको मत शून्य छ । निर्वाचन आयोगका अनुसार प्रदेश १ को विराटनगर, मधेश प्रदेशको वीरगञ्ज, बागमतीको काठमाडौँ, ललितपुर र भरतपुर तथा गण्डकीको पोखरा महानगरपालिका गरी छ महानगरमा १६१ जना उम्मेदवारले मनोनयन दर्ता गराएका थिए ।
काठमाडौँ महानगरपालिकाका उपप्रमुख पदका उम्मेदवार रामेश्वर श्रेष्ठले मतगणना निर्देशिकामा संशोधन हुनुपर्ने माग गर्दै निवेदन दर्ता गराउनुभएको छ । नेकपा (एकीकृत समाजवादी)बाट उम्मेदवार हुनुभएका उहाँ स्थानीय तह निर्वाचनमा पाँचदलीय गठबन्धनका साझा उम्मेदवार हुनुहुन्छ।
सङ्घीय राजधानी काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारले दलीय प्रतिद्वन्दीसँग मतान्तर फराकिलो पार्दा अरू दस पालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार निर्वाचित भइसकेका छन् ।धरान उपमहानगरपालिकामा हर्क साम्पाङ राई र धनगढी उपमहानगरपालिकामा गोपाल हमाल स्वतन्त्र उम्मेदवारकै रूपमा निर्वाचित हुनुभएको छ । जनकपुरधाम उपमहानगरपालिकामा मनोजकुमार साहले अग्रतालाई फराकिलो बनाउँदै जानुभएको छ ।
स्थानीय तहको दोस्रो कार्यकालका लागि निर्वाचित जनप्रतिनिधिले शपथग्रहण गरी पदभार सह्मालेका छन् । त्यसलगत्तै कतिपय स्थानीय तहका नेतृत्वले विभिन्न निर्णय पनि गरेका छन् । यससँगै उहाँहरूले गर्नुपर्ने सम्पत्ति विवरण पेस वा सार्वजनिक गर्नुपर्ने कार्य भने थोरैले मात्र गरेका छन् ।
स्थानीय तह निर्वाचनमा मतदान रद्द भएको मतदान केन्द्रको सङ्ख्या शनिबार साँझसम्ममा ७९ पुगेको छ । निर्वाचन आयोगले ती केन्द्रमा मतदान रद्द भएको जानकारी दिएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले इलाम, तनहुँलगायतका जिल्लाका
सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछिको स्थानीय तहको दोस्रो आवधिक निर्वाचन उत्साहजनक रूपमा शुक्रबार हुँदैछ । निर्वाचन हुने कि नहुने भन्ने राजनीतिक मत विभाजनलाई पार लगाउँदै प्रतीक्षित निर्वाचन आज हुन लागेको हो ।
स्थानीय निर्वाचन २०७९ को पूर्वसन्ध्यामा मतदान केन्द्र निर्माण भइरहेका छन् तर केन्द्र निर्माणमा केही कठिनाइ देखिएको छ । निर्वाचन आयोगले २०७४ को चुनावका आधारमा मतदान केन्द्र निर्धारण गर्दा ‘बुथ’ निर्माणमा कठिनाइ उत्पन्न भएको छ ।