जिल्ला प्रशासन कार्यालय गुल्मीले स्थानीय तहको निर्वाचनमा कर्मचारीहरु खटिनु पर्ने भएकाले नागरिकता लगायतका कार्यहरु बन्द रहने जनाएको छ ।
यो हप्ता हलहरूमा ‘षट्कोण’, ‘लक्का जवान’ र ‘डक्टर स्ट्रेन्ज–२’ गरी तीन नयाँ चलचित्र प्रदर्शनमा आएका छन् । ‘षट्कोण’ र ‘लक्का जवान’ नेपाली चलचित्र हो भने ‘डक्टर स्ट्रेन्ज–२’ हलिउड चलचित्र हो । ‘डक्टर स्ट्रेन्ज–२’ हरर शैलीको चलचित्र हो ।
नेपालमा प्रधान न्यायालय ऐन लागू भएको ७० वर्ष भएको छ । त्यसैलाई सन्दर्भ पारेर सोमबार नेपालमा कानुन दिवस मनाइँदैछ । वि.सं. २००९ वैशाख २६ गतेदेखि प्रधान न्यायालय ऐन लागू भएको मितिलाई कानुन दिवस मनाउने प्रचलन छ ।
स्थानीय तह निर्वाचनका लागि तुलनात्मक रूपमा बढी मतदाता भएका र सुरक्षालगायतका दृष्टिले संवेदनशील मानिएका विभिन्न जिल्लाका लागि निर्वाचन आयोगले केन्द्रीय अनुगमन टोली खटाएको छ । आयोगले नेपाल सरकारका विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिवको नेतृत्वमा विभिन्न १७ जिल्लामा टोली खटाइएको जनाएको छ । टोलीले उम्मेदवारको खर्चको सीमा, आचारसंहिताको पालना, मौन अवधिमा आचारसंहिताको पालना, निर्वाचनको विश्वसनीयता र स्वच्छता आदि विषयमा अनुगमनको जिम्मेवारी पाएको छ । खटाइएका टोलीका लागि आयोगमा आयोजित अभिमुखीकरण कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको व्यवस्थापकीय तयारी भइसकेकाले समग्र पक्ष र आचारसंहिताको कार्यान्वयनको अनुगमन गरी कुनै निर्णय वा कारबाही गर्नुपरेमा त्यस्तो निर्णय वा कारबाही गर्न सक्ने अख्तियारी टोलीलाई दिइएको बताउनुभयो ।
लुम्बिनी विकास कोषले २५६६औँ बुद्धजयन्ती भव्यतासाथ मनाउने भएको छ । आइतबार लुम्बिनीमा कोषले आयोजना गरेको पत्रकार अन्तत्र्रिmया कार्यक्रममा बुद्धको जन्म, बोधिज्ञान प्राप्ति र महापरिनिर्वाणको त्रियोग परेको दिन अर्थात् वैशाख पूर्णिमाको दिन बुद्धजयन्ती र लुम्बिनी दिवस भव्य रूपमा मनाउने जनाएको छ ।
युरोपका विभिन्न मुलुकमा रोजगारीका लागि पठाइदिने भन्दै झन्डै तीन करोड रुपियाँ ठगी गरेको आरोपमा वैदेशिक रोजगार विभागले एक कन्सल्टेन्सीका सञ्चालकविरुद्ध मुद्दा दायर गरेको छ । विभागले ठगी गरेको आरोपमा जेन्युन एजुकेसन एन्ड कन्सल्टेन्सी प्रालिका सञ्चालक सुजन भट्टराईविरुद्व न्यायाधीकरण मुद्दा दायर गरेको हो । विभागले कन्सल्टेन्सीका सञ्चालक भट्टराईसहित मेखबहादुर गुरुङ र सुनील ल
सुर्खेतका तीनवटा स्थानीय तहमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । युवा संस्था सञ्जाल (आयोन)द्वारा स्थानीय तहमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो ।
स्थानीय तहको निर्वाचनको तयारीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडाले तीव्र पारेको छ । १० वटा स्थानीय तह रहेको मकवानपुरमा निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीलाई प्रशिक्षण, मतदानका लागि आवश्यक सामग्रीको व्यवस्थापन, सुरक्षाकर्मीको परिचालनलगायतलाई तीव्रता दिइएको हो ।
आसन्न स्थानीय निर्वाचनमा उम्मेदवारले आर्थिक मुद्दालाई प्राथमिकता दिएका छन् । उम्मेदवारले जारी गरेका प्रतिबद्धतापत्रमा आर्थिक सुशासन, करमा छुट, सीप विकास, उद्योग व्यापार तथा पर्यटन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेका छन्
जिल्ला प्रशासन कार्यालय मकवानपुरले स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा जिल्लाभर राति ८ बजेपछि मदिरा बिक्रीमा रोक लगाएको छ। निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गराउन र स्थानीय तह निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न भन्दै शनिबार रातिबाट अर्को सूचना नभएसम्म जिप्रकाले मदिराजन्य पदार्थ बिक्री–वितरणमा रोक लगाएको हो।
स्थानीय तहको निर्वाचन नजिकै आउँदा पनि अछाममा मतदाता शिक्षा सञ्चालन नहुँदा मतदाता अन्योलमा परेका छन् । मतदाता शिक्षाबिना मत बदर हुने डर मतदातामा रहेको छ । आफूलाई मतदानका लागि घर–घरमा पुगेका उम्मेदवारहरूले पनि मत सदर हुने गरेर कसरी मतदान गर्ने भन्नेमा नबताउने गरेको भनाइ छ ।
स्थानीय निर्वाचनको अवसरमा नेपाल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा निर्वाचन अफर उपलब्ध गराउने भएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनको सन्दर्भमा नेपाल टेलिकमले भ्वाइस, एसएमएस र डाटा अफर दिएको हो ।
झन्डै दुई हप्तादेखि राजधानीका सडकमा थुपारिएका फोहोरका थुप्रो शनिबार बिहानदेखि उठाउन थालिएको छ । विडम्बना नै मान्नुपर्छ यसरी फोहोर उठ्दा राजधानीवासीले ठूलो हर्ष मान्नुपर्ने अवस्था सिर्जना भएको छ । कुनै पनि मुलुकको राजधानी सहरमा यस प्रकारको परिस्थिति निर्माण हुनु वास्तवमै विडम्बनापूर्ण हो । राजधानी सहर भनेको समग्रमा मुलुकको परिचय एवं मुहार चित्र हो । यसका विविध पक्षले मुलुकका बारेमा बोलिरहेको हुन्छ । अन्तर्राष्ट्रिय नाम र प्रतिष्ठा राजधानीलाई हेरेरै बन्ने गर्छ ।
राजनीतिक दलहरू आसन्न स्थानीय तह निर्वाचनको अन्तिम तयारीमा जुटेका छन् ।
बीमा क्षेत्रमा अहिले नयाँ तरङ्ग आएको छ । यसलाई चुक्ता पुँजीको तरङ्ग भन्न मिल्छ । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले आउँदो चैतभित्र चुक्ता पुँजी जीवन बीमाका लागि पाँच अर्ब र निर्जीवन बीमा कम्पनीका लागि दुई अर्ब पु-याउन सम्बद्ध बी