काठमाडौं, वैशाख २५ गते । फिल्म 'ए मेरो हजुर ४'ले आज प्रदर्शनको २५औँ दिन पूरा गरेको छ । यस अवसरमा निर्देशक झरना थापाले दर्शक तथा शुभचिन्तकसामु खुसी प्रकट गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमा २५औँ दिनपछि पनि निरन्तर फिल्म प्रदर्शनमा रहिरहेकोमा आभार प्रकट गर्नुभएको हो ।'आजको दिनमा पनि हाम्रो चलचित्र उपत्यकाभित्र र उपत्यकाबाहिरका मल्टिप्लेक्स अनि सिङ्गल स्क्रिन थिएटरहरूमा पुनःप्रदर्शनमा आइरहेको खबर तपाईंहरूसँग साट्न पाउँदा हामीलाई अपार आनन्द अनुभूति भइरहेको छ,’ उहाँले लेख्नुभएको छ, 'यति धेरै साथ, माया अनि हौसलाका लागि सबैमा मनैदेखि नमन गर्दछौँ ।'निर्माता निर्देशक दक्षिण भारतीय फिल्मका कारण चिन्तित भए पनि 'ए मेरो हजुर ४' ले सुरुवाती हप्ताकै सन्तोषजनक व्यापार गरेको थियो । फिल्ममा अनमोल केसी र अभिनेत्री सुहाना थापा केन्द्रीय भूमिकामा हुनुहुन्छ।
पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन बजार तनावग्रस्त बनेको छ।
माला कर्णकल्याणपुर, वैशाख २५ गते । सप्तरीको बोदे बरसाइन नगरपालिका ७ मा आइतबार ट्याक्टर पल्टिदाँ एक युवकको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीयवासी १९ वर्षीय शिवकुमार पौदार रहेको प्रहरीले जनाएको छ।सोही ठाउँको (केराबारी) मा माटो लिएर फर्किँदै गरेको अवस्थामा प्रदेश २-०१-००१ त २००१ नम्बरको ट्याक्टर पल्टिएर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएका छन्।
भारतबाट अवैध रुपमा भन्सार छलेर नेपाल ल्याइदै गर्दा सशस्त्र प्रहरीले इलामको गोर्खेबाट विभिन्न ब्राण्डका मदिरा बरामद गरेको छ।
ताप्लेजुङमा निर्वाचन गराउन मतदान केन्द्रमा खट्ने कर्मचारीलाई दुई चरणमा अभिमुखीकरण गराइएको छ।
जिल्ला प्रशासन कार्यालय म्याग्दीले स्थानीय तह निर्वाचनमा कर्मचारी खटिनुपर्ने हुँदा आशिंक सेवा बन्द गरेको छ।
राजन रावतहुुम्ला, वैशाख २५ गते । जिल्ला अस्पताल हुम्लामा सेभियर प्रिक्लाम्पसिया भएकी एक गर्भवतीको जटिल शल्यक्रिया गरिएको छ । प्रेसर बढेका कारण जुम्ल्याहा शिशु गर्भमै उल्टो बसेपछि स्वास्थ्य अवस्था गम्भीर भएकी २६ वर्षीया सङ्गीता शाहीको सफलतापूर्वक शल्यक्रिया गरिएको हो ।कर्णाली प्रतिष्ठानका विशेषज्ञ चिकित्सक क्रिशान्त भण्डारीले उक्त जटिल शल्यक्रिया गर्नुभएको हो । शल्यक्रियापछि उहाँले आमा र शिशु दुवै स्वस्थ रहेको जानकारी दिनुुभयो । उहाँले शाहीको प्रेसर बढेको र गर्भमा रहेका दुई शिशुमध्ये एउटा उल्टो र अर्को सुल्टो अवस्थामा रहेको बताउनुुभयो । उहाँले चिकित्सकहरुले डेढ घण्टा लगाएर शल्यक्रिया गर्नुपरेको बताउनुुभयो । शल्यक्रिया सफल भएपछि आमा र शिशुु तिनै जनाको ज्यान सुुरक्षित भएको छ । उक्त शल्यक्रिया गर्ने कार्यमा चिकित्सकहरु रोशन खनाल, कैलाश लामा, देव गजमेर, सुनिल सिहं पुजारा, एनेस्थेसियामा फिरदोश महर्जन र नर्स निमा लामा सम्लग्न हुनुुहुुन्थ्यो । गर्भवती शाहीलाई आईसीयुमै राख्नुपर्ने जटिल केस भएको चिकित्सकले जानकारी दिनुभयो । यस्तो प्रकृतिको बिरामीको पहिलो पटक जिल्ला अस्पतालमा शल्यक्रिया गरिएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट गएको विशेषज्ञ चिकित्सकहरुको टोलीले यसअघि पनि हुम्ला अस्पतालमा अन्य किसिमका जटिल शल्यक्रिया गर्दै आएको छ । प्रतिष्ठानले तीन महिनाअघि हुम्ला जिल्ला अस्पतालमा विशेषज्ञ टोली पठाएको थियो ।
काठमाडौं, वैशाख २५ गते । सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचनको दिन कोरोना भाइरसविरुद्धको नियमित खोप अभियान संचालन नगर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सूचना जारी गर्दै स्वास्थ्यकर्मीहरुले पनि आफ्नो मतअधिकार प्रयोग गर्नुपर्ने भएकाले निवार्चनको दिन अतिरिक्त खोप केन्द्र तथा नियमित खोप अभियान संचालन नहुने जानकारी दिएको हो । निर्वाचन अघि र पछिका दिनहरुमा खोप केन्द्रहरुमा नियमित खोप अभियान संचालन हुने भएकाले सबैलाई सकेसम्म चाँडो खोप लगाउन मन्त्रालयले विज्ञप्तिमार्फत् जारी गरी आग्रह गरेको छ। छिमेकी मुलुकहरुमा पछिल्लो दिनहरुमा संक्रमण बढ्दै जाँदा नेपालमा पनि संक्रमण बढ्ने जोखिम भएकाले भिडभाडमा जाँदा सतर्क रहँदै जनस्वास्थ्यका मापदण्ड पालन गर्न मन्त्रालयले आग्रह गरेको छ।
सिन्धुली कमलामाई नगरपालिका–९ भीमानस्थित सार्वजनिक शौचालय नजिकबाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
बागलुङ, वैशाख २५ गते । बागलुङको ताराखोला गाउँपालिका माओवादी युद्धको आधारभूमि हो । बागलुङ जिल्लाको माओवादी आन्दोलनमा सशक्त उपस्थिति जनाएको ताराखोला गाउँपालिकालाई माओवादी केन्द्रले आफ्नो आधार इलाका मान्दै आएको छ । द्वन्द्वकालीन अवस्थामा ताराखोला क्षेत्रमा २१ जनाले ज्यान गुमाए । दुई जना बेपत्ता छन । कुटाई पिटाई र यातना नभोगेको परिवारका सदस्य भेटिन कठिन छ । द्वन्द्वकालीन अवस्थामा होस् या शान्ति प्रक्रियापछिको राजनीतिक गतिविधिमा ताराखोलाको माओवादी केन्द्रको शक्ति केन्द्रको रुपमा विकास भएको छ । पहिलो स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार भारी मतले विजयी हुनुभएको थियो । ताराखोला गाउँपालिकाको उपस्थिति शान्ति प्रक्रियापछिको ‘ब्यालेट’ आन्दोलन मात्र होइन तत्कालीन ‘बुलेट’ आन्दोलनमा पनि त्यस क्षेत्रका ऊर्जाशिल युवा परिवर्तनको आन्दोलनमा सहभागी भएका थिए । राज्य व्यवस्था र सामाजिक रुपान्तरणको आन्दोलनमा होमिएका कति व्यक्ति सहिद बने कति घाइते अपाङ्ग भएर जीवन बाँच्न बाध्य छन् । माओवादी आन्दोलनमा जीवन समर्पित गर्ने धेरै योद्धामध्ये एउटा नाम हो धनबहादुर विक ‘हिमाल’ । युद्धकालीन अवस्थामा लडाकु मोर्चा हुँदै राजनीतिक मोर्चाको जिम्मेवारी लिनुभएको धनबहादुर विकलाई एकीकृत माओवादी केन्द्रले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ताराखोला गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनाएको छ ।निर्वाचनको मिति नजिकिँदै गर्दा विक भेटघाटमा व्यस्त हुनुहुन्छ । शरीरमा गोली बोकेर जनताको घरघरमा पुग्ने मत माग्दै हुनुहुन्छ । वि।स २०६० वैशाख ७ गते म्याग्दीको बेनी आक्रमणको क्रममा विक घाईते हुनुभएको थियो । त्यस बेला बायाँ हातमा लागेको गोली उहाँको शरीरमै छ । तत्कालिन अवस्थामा स्वास्थ्य उपचारको अभावले शरीरमै गोली लिएर बाँच्नु परेको विकको भनाइ छ । शान्ति प्रक्रियापछि उपचार गर्दा डाक्टरले अप्रेशन गरेर गोली निकाल्दा शरीरमा थप क्षति हुने बताए पछि गोली बोकेर हिँड्न बाध्य हुनुपरेको हो । गोली निकाल्दा रक्तसञ्चार अवरुद्ध हुन सक्ने डाक्टरले सुझाएको विकले बताउनुभयो । ‘धेरै चिसो र धेरै गर्मीको बेला खपि नसक्ने दुःख’ विकले भन्नुभयो– ‘परिवर्तन लागि समर्पित हुँदा जीवनभरको लागि दुखाई भोग्न परेको छ ।’ बेनी आक्रमणको विहानपख नेपाली सेनाले हेलिकप्टरबाट प्रहार गरेको गोली लागेको थियो । आक्रमणको मोर्चामा विकले राजनीतिक तथा घाईते उद्धारको जिम्मेवारी पाउनुभएको थियो । घाइते साथीलाई उद्धार गर्दा गोली लागेको विकले बताउनुभयो । हेलीमार्फत प्रहार भएको गोली लागेर विकसँगै रहेका दश जना माओवादी कार्यकर्ताको घटनास्थलमै निधन भएको थियो । वि।स २०५५ सालमा म्याग्दी हुँदै बागलुङको पश्चिम क्षेत्रमा जाँदै गर्दा आफैले बोकेको बन्दुक पड्किँदा विकको दायाँ खुट्टामा गोलीको छर्रा लागेको थियो । जसको कारण अहिले पनि सामान्य अवस्थामा हिँड्डुल गर्न कठिन छ । उकालो ओरोलो गर्दा खैचकखैचक गर्नुपर्ने बाध्यता छ । आन्दोलनमा सहभागी हुँदा विकले व्यक्तिगत मात्र होईन पारिवारक क्षति पनि भोग्नु पर्यो । माओवादी आन्दोलनमा सहभागी विकको दाइकी छोरी लक्षिम विक ‘हिक्मता’ले दोहोरो भिड्न्तमा ज्यान गुमाउनुभयो । आन्दोलनमा सहभागी भएकै कारण तत्कालिन राज्य पक्षले विकको घरमा ‘बम प्लास्ट’ घर ध्वस्त बनाउनुका साथै परिवारका सदस्यलाई शारीरिक तथा मानसिक यातना भोग्नुपरेको थियो । जनमिलिसिया, राजनीतिक मोर्चा, निर्माण विभाग, दलित मोर्चा हुँदै राजनीतिक नेतृत्व गर्नुभएको विक हाल माओवादी केन्द्र गण्डकी प्रदेश कमिटी सदस्यको जिम्मेवारीमा हुनुहुन्छ । ताराखोला गाउँपालिकाको स्रोत साधनको उच्चतम प्रयोग गरी गाउँमै रोजगार सिर्जना गर्ने, कृषि उत्पादनलाई व्यवसायिक बनाउने, जलविद्युत, शिक्षा, स्वास्थ्य तथा सडक क्षेत्रको व्यापाक सुधार गर्ने उहाँले योजना सार्वजनिक गर्नुभएको छ । जनप्रतिनिधिले पाउने आर्थिक सुविधा नलिने घोषण गर्नुभएको छ । विकको प्रतिस्पर्धामा माओवादी केन्द्रका नेता प्रकाश घर्ती हुनुहुन्छ । घर्तीले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । पहिलो निर्वाचनमा घर्ती माओवादी केन्द्रबाट अध्यक्षमा निर्वाचित हुनुहुन्थ्यो । तत्कालीन अवस्थामा विक नै घर्तीको चुनावी ‘कमाण्ड’ सम्हाल्नुभएको थियो । पहिलो शक्ति माओवादी केन्द्र र दोस्रो शक्ति नेपाली काँग्रेस चुनावी एकतामा रहेको हुँदा निर्वाचन सहज आँकलन गरिएको थियो । आफ्नै पार्टी नेतृत्व सदस्य बागी उम्मेदवार उठेपछि निर्वाचन चुनौतीपूर्ण हुने आँकलन गरिएको छ । घर्तीले पार्टी विधान विपरित उम्मेदवारी दिएको हुँदा प्रदेश कमिटीले कारर्वाहीको लागि केन्द्रमा सिफारिस गरेको छ । माओवादीको आधिकारिक उम्मेदवारसँग राजनीतिक सुझबुझ, दरिलो जनसंगठन, र विकास र समृद्धिको स्पष्ट योजना भएको हुँदा आधिकारिक उम्मेदवारले निर्वाचन जित्ने माओवादी गाउँ कमिटी अध्यक्ष पदम खत्रीको दावी छ ।
१६औँ धर्मश्री शारिरिक सुगठन प्रतियोगिताको उपाधि झापाका उमेश राईले जित्नु भएको छ । प्रज्ञाभवन कमलादीमा शुक्रबार र शनिबार अवेरसम्म चलेको दुई दिने प्रतियोगितामा एनआरके फिटनेशका उमेशले झापाकै ग्यालेक्सी फिटनेशका ललित धिमाललाई पछि पार्दै उपाधी चुम्नु भएको हो ।
सिन्धुपाल्चोकका १२ स्थानीय तहमा स्वतन्त्र उम्मेदवारहरु मतदातासँग एजेण्डा प्रस्तुत गर्दे लोकप्रिय हुन थालेका छन् ।
बिन्दु थापातानसेन, वैशाख २५ गते । यतिबेला चुनावी गतिविधि देशभर भइरहेका छन् । पार्टी हाँक्ने सक्षम नेतृत्वको लागि भन्दै आ–आफ्नो धारणासहित सबैले आफूलाई अगाडि सारेका छन् । यही चुनावी माहौलले पाल्पा जिल्लाका महिला उम्मेदवारलाई पनि तताएको छ । सुनीता अधिकारी ः उम्मेदवार बग्नासकाली गाउँपालिका प्रमुख ःनेका“घर परिवार इष्टमित्र सबैलाई मिलाएर बाँकी रहेको समयमा मात्र राजनीति गर्ने हामी महिलाहरु हरेक आन्दोलन, गोष्ठी, पार्टीका काममा सहभागिता जनाएका छौँ तर सबै ठाउँमा महिलाहरुको योगदान र वलिदानलाई कदर गर्न सकेको छैन । कुरा तेत्तीस प्रतिशत भए पनि महिलालाई आरक्षण कोटामा मात्र सिमित मात्रै गरेको छ । लैङ्गिक विभेदले गर्दा अझै पनि निर्णायक तहमा महिलाहरुलाई आउन दिइएको छैन यसकारण मेरो प्रमुख पदका लागि उम्मेदवार छ । महिलाको नेतृत्वले महिलाको मात्रै मुद्दा उठाउँछ भन्ने गलत सोचाई चिरेर बग्गानसकालीलाई सुन्दर, शिक्षा, कृषिमा विकास गराउने उद्देश्य छ । आशा छ, मतदाताले सक्षम नेतृत्व रोज्न चुक्नु हुनेछैन । सरस्वती दर्लामी चिदी ः उम्मेदवार बग्नासकाली गाउँपालिका प्रमुख – एमालेपरिवार, धर्म, कानुन, राजनैतिक संरचना, पितृसत्तात्मक व्यवस्थाको खम्बाहरु हट्दै गएको भनिए पनि अझै पनि महिला नेतालाई पछाडि पार्न खोजिएको कारण संविधानले दिएका अधिकारहरुलाई समेत उपभोग गर्ने वातावरण सिर्जना हुनसकेको छैन । महिलाहरु अझै पनि सहायक भएर काम गरिरहनुपर्छ भन्ने मान्यताबाट उम्कन नसकेका कारण महिला नेतालाई सँधै ओझेलमा पारियो, महिलाले प्रमुख पदमा रहेर काम गर्न सक्दैनन् भन्ने आम मानिसहरुको बुझाइलाई चिर्न र विगत पाँच वर्षको अनुभवलाई सही तरिकाले कार्यान्वयन गर्न मेरो उम्मेदवारी रहेको छ । महिलाहरुमा आफैँमा आत्मनिर्भरता भयो भने पुरुषसरह नै काम गर्न सक्नेछन् । यी यस्ता विविध असमानताका खाडल हटाउन मात्र नभएर विकास निर्माणका अन्य थुप्रै काम गरेर देखाउन म प्रमुख नेतृत्वमा उम्मेदवारी दिएको छु । प्रचारमा पुरुष नेताहरुकै बढी नाम आइरहेको छ, चिदीले बताउनुभयो ।लक्ष्मी खनालः उपप्रमुख उम्मेदवार रिब्दीकोट गाउँपालिका – एमालेमहिलालाई विभिन्न बाहनामा पछाडि पार्न खोजिएको छ । महिलाहरु सक्षम भए पनि सामाजिक संरचनाले महिलाहरुलाई नेतृत्वमा आउन पछि पारेकाले यसलाई महिलाहरुले नै चिर्दै अगाडि बढ्न मेरो उम्मेदवारी हो । उहाँले गाउँपालिकाको प्रमुख हुने लायक भए पनि पार्टीका नीति नियम र विधानमा टेकेर अगाडि जानुपर्ने भएकाले महिलाहरुलाई गाह्रो भएको महसुस गरेको छु । सक्षम महिलाहरु कोटामा लडेर होइन, खुला रुपमा पार्टीको सहमतिमा अगाडी आउने र गाउँका महिला दिदीबहिनीहरुलाई कोटामा सुरक्षित गरी धेरै महिला सहभागिता गराउनुपर्ने थियो तर गठबन्धनका कारण धेरै महिलाहरु खुम्चिनुपर्यो । विगतका पाँच वर्षमा धेरै कामहरु गरेको छु, सबैमा सन्तुष्टि मिलेको छ । अब पनि महिलाको हक हित, विकास निर्माणका कामहरुमा मिहेनतका साथ काम गरेर महिलाको नेतृत्वलाई उत्कृष्ट बनाउनेछु ।गीता घिमिरे ः उम्मेदवार रैनादेवी छहरा गाउँपालिका उपप्रमुख –एमालेराजनीतिमा धेरै योगदान गरेका महिलाहरु पनि भएको तर यसलाई गठबन्धनका नाममा महिलाको बेवास्ता गरेको छ । हरेक लडाइँमा आन्दोलन र कार्यक्रममा महिलाहरुको उत्कृष्ट योगदान रहे पनि पितृसत्तात्मक सोचाइबाट माथि उठ्न सकेको छैन । लामो समयदेखि महिलाहरुको अधिकारको लागि आवाज उठाउँदै आएको छु । उपप्रमुख पद पनि अवसर हो मेरो लागि महिलाहरु पुरुषको तुलनामा धेरै पछाडि परेको हुँदा महिलाहरुलाई प्राथमिकता दिएर श्रोत तथा साधनहरु न्यायपूर्ण रुपले वितरण गर्ने अवसरहरु समान ढङ्गले दिने र अवसरलाई उपयोग गर्न सक्ने समान क्षमता, ज्ञान र विवेकको विकास गर्नको निम्ति मेरो उम्मेदवारी छ ।कान्ता अधिकारी ः उम्मेदवार रिब्दिकोट गाउपालिका उपप्रमुख काँग्रेस महिलाहरु कुनै पनि कामका लागि असक्षम छैनन् । महिलाहरुको हकहित, न्याय, समानताको लागि पहल गर्दै काम गरिरहे पनि सबै ठाउँमा तेत्तीस प्रतिशत महिलाको सहभागिता अझै कार्यान्वयन हुन नसक्नु महिलाहरुको नेतृत्वलाई सहजै रुपमा स्वीकार्न नसक्नु हो ।हरेक महिला हरेक क्षत्रमा सक्षम हुँदाहुँदै पनि अधिकांश महिलाहरु ढुक्कसँग राजनीतिमा आउन सक्ने वातावरण सिर्जना हुन सकेको छैन, यी यस्ता विधि परिवर्तन र रिब्दिकोटको समग्र विकासको लागि मेरो उम्मेदवारी छ ।
सरकारले निर्वाचनको सुरक्षामा खटिएको समयमा सुरक्षाकर्मीको मृत्यु भएमा निजको आश्रित परिवारलाई २० लाख रूपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।