काठमाडौं, वैशाख २४ गते । सूर्य एन श्रेष्ठको निर्देशनमा बनेको नयाँ नेपाली फिल्म 'लाइफ इन एलए' को गीत 'उदाएर आयौ तिमी' सार्वजनिक गरिएको छ । गीतमा फिल्मका मुख्य कलाकार ब्यास बिस्शु र अकेशा विष्टलाई देख्न सकिन्छ ।गायिका प्रविशा अधिकारी तथा गायक प्रताप दासको स्वर रहेको गीतमा प्रतीक पौडेलको संगीत छ । त्रिकोणात्मक प्रेमकथा आधारित यो फिल्ममा ब्यास बिस्सु, आकेशा बिस्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, निलम चन्द, लोकेन्द्र लेखकका साथै अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको पनि अभिनय छ ।ब्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मलाई ब्यास बिस्सुले निर्माण गर्नुभएको हो । यस्तै, फिल्मका कार्यकारी निर्माता संसार सुवेदी र अमेरिकाको लागि राजेन्द्र ठकुराथी निर्माताको रुपमा हुनुहुन्छ । यही जेठ ६ गतेदेखि प्रदर्शनमा आउने यो फिल्ममा भूपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन र कविराज गहतराजसँगै सुरज श्रेष्ठको करियोग्राफी छ ।
बेलायतमा सम्पन्न स्थानीय निर्वाचनको परिणाममा पाँच नेपाली मूलका उम्मेद्वारहरुले विजयी हासिल गर्नुभएको छ । निर्वाचित हुने पाँचमध्ये तीनजना काउन्सिलरमा पुनःनिर्वाचित भएका छन् भने दुई जना पहिलोपटक काउन्सिलर निर्वाचित भएका हुन् ।
काठमाडौंको राष्ट्रिय सभा गृहमा शनिबार नमुना मतदान कार्यक्रम गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय बाहिर नमुना मतदान गरिएको हो ।
‘‘प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार प्रेस र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा दृढताका साथ उभिन्छ, अभिव्यक्ति स्वतन्त्रतालाई दक्षिण एसियाकै उदाहरणीय रुपमा अगाडि बढाउँछ।’’
छैटौँ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिता अन्तर्गत महिलातर्फको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।
जिम्बावेविरुद्धको दोस्रो एकदिवसीय क्रिकेट खेलमा नेपालले सानदार जित निकालेको छ । कीर्तिपुर स्थित त्रिवि मैदानमा शनिबार भएको दोस्रो खेलमा नेपालले पाहुना टोली जिम्बावे ‘ए’ लाई नौ विकेटले हरायो ।
काठमाडौं, वैशाख २४ गते। पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १४ सय २० जनाको पीसीआर परीक्षण गर्दा ११ जनामा सङ्क्रमण पुष्टि भएको हो। त्यसैगरी १२ सय ९६ जनाको एन्टीजेन परीक्षण गर्दा तीन जनामा सङ्क्रमण पुष्टि भएको छ। २४ घण्टामा २१ जना डिस्चार्ज भएका छन् भने मृत्युदर शून्य छ। २४ घण्टामा ६९ हजार ६५६ जनाले खोप लगाएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या २०५ जना छ ।
च्यारिटी गल्फ प्रतियोगिताको उपाधि माधव सिंखडाले जित्नुभएको छ । पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा शनिबार भएको प्रतियोगितामा माधवले ४१ अंक बनाउनुभयो ।
कपिल ज्ञवालीसिद्धार्थनगर, वैशाख २४ गते। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमालेले संसद विघटन गरेर अस्थिरता ल्याएकाले उसलाई स्थानीय तहको चुनावबाटै रोक्नुपर्ने बताउनुभएको छ।नेता पौडेलले एमाले अध्यक्ष केपी ओली राजनीतिक स्थिरता खलबल्याउने निम्ति नायक भएको आरोप लगाउनुभयो। उहाँले ओली र उनका अनुयायीलाई स्थानीय, प्रदेश र संघ गरेर तीनै तहका चुनावमा पराजित गर्नुपर्ने बताउनुभयो।‘‘एमालेलाई स्थानीय तहको चुनावमै रोकेर तालिम दिनुपर्छ’’, पौडेलले भन्नुभयो। ओलीकै कारण संसद, अदालत, संवैधानिक निकायमा अस्थिरता निम्तिएको उहाँको भनाइ छ।ओलीले तत्कालीन राजा महेन्द्र र ज्ञानेन्द्रले जस्तै राष्ट्रवादको नाममा प्रतिगमन गरेर ठगेको पौडेलको आरोप छ। ‘‘दिउँसो चुच्चे नक्सा देखाउने राति भारतीय खुफिया एजेन्सीका प्रमुख सामन्त गोयलसँग लम्पसार पर्ने’’ पौडेलले ओलीतर्फ लक्षित गर्दै भन्नुभयो। नेता पौडेलले जनताको घर घरमा पुग्ने, अस्पतालको बेड बेडमा पुग्ने सबैको अगाडि सजिलै उपलब्ध हुने गठबन्धनका उम्मेदवार खेलराज पाण्डे जस्तै मेयर चाहिएको बताउनुभयो ।कांग्रेस प्रवक्ता प्रकाशशरण महतले गफ भन्दा कामका पछि लाग्न आग्रह गर्दै गठबन्धनलाई जिताउनुपर्ने बताउनुभयो। सो अवसरमा गृहमन्त्री बालकृष्ण खाणले गठबन्धन नै अहिलेको आवश्यकता रहेको बताउनुभयो। कार्यक्रममा समाजवादी नेतृ रामकुमारी झांक्री, राजमोका कार्यकारी अध्यक्ष रश्मीराज नेपाली, माओवादीका स्थायी कमिटी सदस्य चक्रपाणि खनाल बलदेब, जसपाका नेता नवराज सुवेदी, मेयरका उम्मेदवार खेलराज पाण्डे, उपमेयरका उम्मेदवार चीनबहादुर गुरुङ, माओवादी रुपन्देही प्रमुख निर्मल जिसी, कांग्रेस नेता युवराज गिरीलगायतले धारणा राख्नुभयो।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका कारण नागरिकताको समस्या समाधान हुन नसकेको बताउनुभएको छ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी सङ्ख्यामा मधेस प्रदेशमा उम्मेदवारी परेको छ। निर्वाचन आयोगका अनुसार मधेस प्रदेशमा सबैभन्दा बढी ४० हजार ९२४ उम्मेदवारी परेको जनाएको छ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँच दलीय गठबन्धनलाई अझै बलियो बनाउन गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभएको छ।
निर्वाचनको बेलामा गरिएका प्रतिबद्धता पूरा गराउन मतदाताले उम्मेदवारहरुसँग लिखित करारनामा गराउन थालिएका छन् ।
तिलोत्तमाको प्रमुख पदका उम्मेदवार रामकृष्ण खाँणले निर्वाचनमा नयाँ मतादाता तथा ज्येष्ठ नागरिकले आफुले चाहेको निर्वाचन चिह्नमा कसरी मतदान गर्दा बदर हुँदैन भनेर सिकाउन जनताकै घरदैलोमा पुगेको बताउनुभयो ।
संविधानले स्थानीय तहलाई अधिकारसम्पन्न बनाएको छ । सङ्घीयता कार्यान्वयनको आधारभूमिका रूपमा स्थानीय तहलाई लिइएको छ । संविधानले तीन तहलाई नै सरकारको हैसियत दिएको छ । संविधानको अनुसूची ८ मा स्थानीय तहका २२ प्रकारका एकल अधिकार हुने उल्लेख छ । अनुसूची ९ मा १५ वटा साझा अधिकार छन् ।