• १५ वैशाख २०८१, शनिबार

बेलायतमा पाँच नेपाली मूलका उम्मेदवार विजयी

blog

अशोक अधिकारी 

काठमाडौं, वैशाख २४ गते । बेलायतमा सम्पन्न स्थानीय निर्वाचनको परिणाममा पाँच नेपाली मूलका उम्मेद्वारहरुले विजयी हासिल गर्नुभएको छ । निर्वाचित हुने पाँचमध्ये तीनजना काउन्सिलरमा पुनःनिर्वाचित भएका छन् भने दुई जना पहिलोपटक काउन्सिलर निर्वाचित भएका हुन् । 

गैर आवासीय नेपाली सङ्घका अध्यक्ष कुल आचार्यका अनुसार, निर्वाचनमा बेलायतभरमा विभिन्न स्थानीय काउन्सिलबाट १० जना नेपाली मूलका उम्मेदवार बनेका थिए । यसमध्ये लक्ष्मण गुरुङ, विष्णुबहादुर गुरुङ, जित रानाभाट, कमल गुरुङ र डाक्टर जगन्नाथ शर्मा निर्वाचित भएका छन् । निर्वाचितमध्ये तीनजना लेबर पार्टीका उम्मेदवार हुन् भने अरु दुई सत्तारुढ कञ्जरभेटिभ पार्टीका उम्मेदवार हुन् । 

लण्डनको हन्सलो बरोबाट पूर्वमेयर विष्णुबहादुर गुरुङ तेस्रो पटक काउन्सिलर निर्वाचित हुनुभएको छ । लेबर पार्टीबाट उम्मेदवार बनेका गुरुङले एक हजार ३७ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो । सन् २०१४ मा हन्सलोको हानवर्थ वडाबाट पहिलो पटक काउन्सिलर निर्वाचित भूतपूर्व गोर्खा गुरुङ सन् २०१८ मा दोस्रोपटक निर्वाचित हुनुभएको थियो । उहाँले डेपुटी मेयर र मेयरका रूपमा समेत एक÷एक कार्यकाल काम गरिसक्नुभएको छ । 

यसैगरी, लण्डनको बार्नेट काउन्सिलका पूर्वउपमेयर लक्ष्यबहादुर गुरुङ पुनः काउन्सिलरमा निर्वाचित हुनुभएको छ । बेलायतको रोयल बरोबाट पहिलो पटक नेपाली मूलका उम्मेदवार काउन्सिलरमा निर्वाचित भएका छन् । रोयल बरो अफ ग्रीनबीचको प्लमस्टिड एन्ड ग्लिन्डन वडामा लेबर पार्टीबाट उम्मेदवार बनेका रानाभाट विजयी हुनुभएको हो । 

इंग्ल्यान्डस्थित नर्थ योर्कसायर काउन्टी काउन्सिलमा नेपालीमूलबाट पहिलो पटक उठेका डा. जगन्नाथ शर्मा झिनो मतले पराजित हुनुभएको छ । कोलबर्न टाउनका पूर्वमेयर एवम् काउन्सिलर शर्मा दुईतिहाइ मत पाएर कोलबर्न एन्ड हिप्सवेल काउन्सिलर निर्वाचित हुनुभयो । लन्डनकै बार्नेट काउन्सिलको बन्र्टओक वडाबाट पूर्वगोर्खा कमलबहादुर गुरुङ पहिलोपटक काउन्सिलर निर्वाचित हुनुभएको छ ।