दोलखा जिल्लाको तीन स्थानीय तहको प्रमुख पदमा तीन महिला प्रतिस्पर्धामा छन् । दुई नगरपालिका र सात गाउँपालिका रहेको दोलखामा स्वतन्त्रबाट दुई र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक गरी तीन महिलाले प्रमुख पदमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।
हेटौँडा उपमहानगरपालिकाको निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न सत्तारूढ गठबन्धन र नेपाल कम्युनिस्ट पार्टी (एमाले) योजनाबद्ध रूपमा चुनावी मैदानमा छन् । गठबन्धन र नेकपा (एमाले)ले प्रदेश राजधानीसमेत रहेको उपमहानगरपालिकाको जितलाई प्रतिष्ठा बनाइरहेका छन् । गठबन्धन र नेकपा (एमाले)का उम्मेदवार, नेता र कार्यकर्ता कोण सभा, घरदैलो र व्यक्तिगत भेटघाटमा व्यस्त छन् ।
गोरखापत्र दैनिकको १२२औँ वार्षिकोत्सव एवं गोरखापत्र संस्थानको ६०औँ वार्षिकोत्सवका अवसरमा संस्थानमा कार्यरत कर्मचारी एवं पत्रकारहरूलाई विभिन्न पुरस्कार प्रदान गरिने भएको छ । संस्थानले प्रदान गर्दै आएको उत्कृष्ट कर्मचारी पुरस्कार सूचना प्रविधि विभागअन्तर्गत कम्प्युटर÷सीटीपी शाखामा कार्यरत नरेन्द्रबहादुर श्रेष्ठलाई प्रदान गरिने भएको छ ।
गोरखापत्र ऐतिहासिक धरोहर हो, पत्रकारिताको पाठशाला पनि । यसले नेपाली पत्रकारिताको विरासत बोकेको छ । संसारमा सवा सय वर्ष पुराना धेरै अखबार छन् । एसियामा सवा सय वर्षअघि पत्रिका निस्कनुलाई आश्चर्यजनक उपलब्धि मानिन्थ्यो । यो धरोहरको संरक्षण र संवद्र्धन गर्नु हामी सबैको कर्तव्य हो ।
गोरखापत्र संस्थानका महाप्रबन्धक मित्रलाल ऐरीले वैशाख २२ गते फोनमा भन्नुभयो–वैशाख २४ गते पत्रिकाको वार्षिकोत्सव हो । भोलि भित्रमा एउटा लेख पठाई दिनसक्नु हुन्छ । ऐरीजीलाई हुन्छ भने तर समय कम छ, के विषयमा लेख्ने ? अलमल भइरह्यो । सोच्दै गर्दा झट्ट सन् २०१९ मा सुशील कोइराला मेमोरियल फाउन्डेसनका सदस्यसचिव अतुल कोइरालाका साथ अमेरिका जाँदाको घटना स्मरणमा आयो । युनिभर्सिटी अफ क्यालिफोर्निया वर्कले (युसी वर्कले) र फाउन्डेसनको बीचमा नेपालको प्रजातान्त्रिक आन्दोलनका विषयमा अध्ययन, अनुसन्धान र अभिलेख गर्ने सहमति भएबमोजिम विश्वविद्यालयकै निमन्त्रणमा हामी त्यहाँ पुगेका थियौँ ।
गएको पुस १४ गतेका नेपाली मिडिया हेर्ने हो भने चन्द्रागिरि डाँडामा मात्रै हिउँ प¥यो । नेपाली मिडियाको रिपोर्टिङलाई आधार मान्ने हो भने हिउँ परेको देख्ने चन्द्रागिरि हिल्सका अधिकारीहरू मात्रै थिए । अघिल्लो रातिदेखि परेको हिउँका बारेको समाचार भोलिपल्टका काठमाडौँकेन्द्रित माध्यम र त्यसपछिको कपिपेस्टकारिताअन्तर्गत देशैभरका माध्यमको समाचार स्रोत एउटै देखियो ।
२०७२ असोज ३ गते नेपालको संविधान जारी भएपछि कार्यान्वयनको एक चरण पूरा हुन लाग्दैछ । सङ्घीय शासन प्रणालीअनुसार तीन तहका सरकारहरूमध्ये स्थानीय तहको पहिलो निर्वाचन २०७४ मा भई उक्त अवधिको कार्यकाल पूरा हुन लागेको हो ।
नेपाली भाषामा नेपालबाटै प्रकाशित भएको पहिलो साहित्यिक पत्रिका सुधा सागरलाई आधार मान्दा नेपाली पत्रकारिताको इतिहास यतिखेर एघार दशक नाघिसकेको छ । वि.सं. १९५५ को साउनमा प्रकाशित यो पत्रिकाको तीन वर्षपछि अर्थात् १९५८ वैशाख २४ गते गोरखापत्र प्रकाशन भएको हो । गोरखापत्रले नेपालमा अखबारी पत्रकारिताको सुरुवात गराएर मुलुकमा पत्रकारिताको जगको ढुङ्गो बसालेको हो । त्यो जगबाट सुरु भएको इतिहासले आज बाह्र दशक पार गरेको छ । गोरखापत्रले आफ्नो उमेर १२० वर्ष पूरा गरिरहँदा नेपालमा पत्रकारिताको इतिहासले पनि यही उमेर पछ्याएको छ । यस हिसाबले हेर्दा हाम्रो देशमा पत्रकारिताको इतिहासलाई एक समृद्ध एवं सम्पन्न मान्नुपर्छ किनभने दक्षिण एसियाकै इतिहासलाई हेर्ने हो भने पनि यस क्षेत्रबाट प्रकाशित हुने सय वर्ष पुराना दसवटा दैनिक पत्रिकाभित्रै नेपालको गोरखापत्र पनि पर्छ । कुनै एउटा पत्रिका सय वर्षभन्दा बढी समयसम्म निरन्तर प्रकाशित हुनुलाई त्यस देशको पत्रकारिता अध्ययनको सम्पन्न पाठशालाका रूपमा नै लिन सकिन्छ । नेपाली पत्रकारिता क्षेत्रको यो एउटा सम्पन्न र सकारात्मक पाटो हो ।
डिजिटल पत्रकारिताका बारेमा एउटा खुसीको खबर छ भने अर्को दुःखद खबर । खुसीको खबर के छ भने इन्टरनेटमा जोकोही आफूलाई पत्रकार दाबी गर्न सक्छ । एउटा वेबसाइट बनाउनुहोस्, नाम चलेका अनलाइनबाट समाचार सामग्री तानतुन पार्नुहोस्, गुगलमा फोटोहरू खोजेर डाउनलोड गर्नुहोस् र वेबसाइटमा पोस्ट गर्नुहोस् । फेसबुक, ट्विटरसहितका सोसल मिडियामा समाचार सेयर गर्नुहोस् । युट्युबमा एउटा च्यानल पनि चलाउनुहोस्, भिडियोहरू अपलोड गर्न थाल्नुहोस् । बस, तपाईं पत्रकार भइहाल्नुभयो तर दुःखद खबर के छ भने इन्टरनेटमा राम्रो पत्रकार बन्न र राम्रो पत्रकारिता गर्न सजिलो छैन । पाठकका विविध रुचि, छिनछिनमा भइरहने घटना र दिनानुदिन बदलिँदो सूचना तथा सञ्चार प्रविधिका कारण अनलाइन पत्रकारिता अप्ठ्यारो छ । मिडिया अध्ययनका विद्वान् सूचना तथा सञ्चार प्रविधिको विकाससँगै पत्रपत्रिका, टेलिभिजन, रेडियो र अनलाइनको भेद
विभागिय टोली त्रिभुवन आर्मी क्लब छैटौं आरबीबी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगको पुरुषतर्फ शीर्षस्थानमा छ । आमीले लगातार पाँच खेल जित्दै शीर्षस्थान कब्जा गरेको हो ।
चीनमा कोरोना संक्रमण दर बढ्न थालेपछि हाङझावमा भदौ २५ देखि असोज ९ गतेसम्मका लागि तय भएको १९औँ एसियाली खेलकुद (एसियाड) स्थगित गरिएको छ ।
चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदका लागि तेक्वान्दो खेलाडीको प्रारम्भिक छनोट प्रतियोगिताअन्तर्गत पहिलो दिन शुक्रबार २४ खेलाडी छनोट भएका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा पारा राष्ट्रिय खेलकुदको शुक्रबार सम्पन्न भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको एक दिने प्रतियोगितामा विभिन्न ४० स्पर्धामा दुई सय ९० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
आयोजक पब्लिक युथ क्याम्पसले लगातार तेस्रो पटक टियु बिबिए कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
जिम्बाबे ‘ए’ विरुद्धको पहिलो एकदिवसीय खेलमा नेपाल पराजित भएको छ । कीर्तिपुर स्थित त्रिवि मैदानमा शुक्रबार भएको खेलमा नेपाल जिम्बावेसँग तीन विकेटले पराजित भयो ।