नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले २०७४ को निर्वाचनमा नेकपा (एमाले)ले धेरै स्थानीय तहमा जित हासिल गरे पनि जनभावना अनुरूप काम नगरेको आरोप लगाउनुभएको छ।
पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ४५० जनाको पीसीआर परीक्षण गर्दा १५ जनामा सङ्क्रमण देखिएको हो ।
काठमाडौं, वैशाख २३ गते । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठलाई समस्याग्रस्त सहकारी संस्थासम्बन्धी प्रतिवेदन बुझाएको छ । समितिले मन्त्रालयबाट समस्याग्रस्त घोषणा गरी समितिमा रहेका सहकारी संस्थाहरुमध्ये ओरेण्टल को–अपरेटिभ लिमिटेड, सोसाइटल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सम्बन्धमा प्रतिवेदन बुझाएको हो ।प्रतिवेदन बुझ्दै मन्त्री श्रेष्ठले सहकारीको आधारभूत मूल्य, मान्यता र सिद्धान्तको पालना गराउने र निश्चित सिद्धान्त र मापदण्डका आधारमा मागदाबी कर्ताहरुलाई रकम उपलब्ध गराउने व्यवस्था गर्ने गरी काम गर्न आग्रह गर्नुभयो । मन्त्री श्रेष्ठ सहकारीहरुमा समस्या आउनै नदिने गरी काम गर्न कार्ययोजना बनाएर लागि पर्नुपर्नेमा जोड दिँदै आवश्यक कानुनी तथा नीतिगत व्यवस्था गर्न मन्त्रालय तयार रहेको बताउनुभयो । सहकारी संस्थाहरुले सहकारीको मूल्य, मान्यता र सिद्धान्तले स्व–उत्तरदायी, इमान्दारी, पारस्परिक सहयोग जस्ता अवधारणलाई आत्मसात् गरी सहकारीमा सुशासन प्रवर्धन गर्ने कानुनी जिम्मेवारी विपरीत हुने गरी कार्य गरेको कारण सहकारी संस्थाहरु समस्या ग्रस्त बनेको निष्कर्ष समितिको छ । समितिले निक्षेपकर्ताको बचत रकम सहकारीको उद्देश्य र सिद्धान्त विपरीत कानुनको प्रत्यक्ष बर्खिलाप हुने गरी दुरुपयोग गरेको, ऋण दिँदा जमानत वा सुरक्षण नराखी वा धितोको अस्वाभाविक बढी मूल्य कायम गरी ऋण प्रवाह गर्ने गरेको, कृत्रिम व्यवसाय खडा गरी ऋण दिने गरेका कारण समस्या उत्पन्न भएको प्रतिवेदनले देखाएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले सिद्धान्त र मापदण्ड बनाएर समस्याग्रस्त सहकारीको समस्या समाधान गर्ने गरी समितिले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
निर्वाचन आयोगले ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदान दिनको सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९’ स्वीकृत गरेको छ।
वासुदेव शर्माजाजरकोट, वैशाख २३ गते । जाजरकोटमा प्रहरीले सुत्केरी महिलाको उद्धार गरेको छ । कुशे गाउँपालिका ८ औलिजाकी दूर्गा रोकायलाई प्रहरीले उद्धार गरेको हो । स्थानीय निर्वाचन नजिकिएसँगै चुनाबको रौनक छाएपछि स्वास्थ्य चौकीसम्म लैजाने स्थानीय नागरिक काेही नभएका कारण प्रहरीले स्वास्थ्य चौकी लिएको थियो । कुशे ८ औलिजा बस्ने २८ वर्षीय दूर्गा रोकाय लामो समय सुत्केरी व्यथाले छट्पटाई रहुनभएको थियो । प्रहरी चौकी पैकबाट प्रहरी सहायक निरीक्षक गंगाबहादुर चन्दको नेतृत्वमा खटिएको प्रहरी टोलीले उहाँलाई स्वास्थ्य चौकीसम्म उद्धार गरेको थियो ।
मिडवाइफ (दक्ष प्रसूतिकर्मी)को सहायताले प्रसूती गराइएका देशहरुमा मातृ मृत्युदर कम भएको तथ्यांकले देखाएको छ । विश्वमा हरेक वर्ष करिब दुई लाख ९० हजार महिला र ३० लाख नवजात शिशुहरुको मृत्यु गर्भवती, प्रसव तथा सुत्केरी अवस्थामा आउने जटिलताका कारणले हुने गर्दछ ।
कागेश्वरी मनोहरामा काँग्रेस र माओवादीको गठबन्धनसँगै नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र नेकपा एमालेबीच प्रतिस्पर्धा हुँदैछ । कागेश्वरी मनोहरा नगरपालिका प्रमुखमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उपेन्द्र कार्की र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का भोला चापागाईं हुनुहुन्छ ।
महाकाली नदीमा तुइन विस्थापन गर्न सरकारले बनाएका दुई झोलुङ्गे पुलको निर्माण सम्पन्न भइसक्दा पनि सञ्चालनमा आउन सकेका छैन ।
सिराज खाननेपालगञ्ज, वैशाख २३ गते । निर्वाचन आचारसंहिता कार्यान्वयनमा बाँकेको नरैनापुर गाउँपालिका जिल्ला भरिकै पालिकाहरुका लागि उदाहरणीय बनेको छ ।दलहरुसँग गरिएको सामान्य आग्रहकै भरमा सो गाउँपालिकामा पूर्ण रुपमा निर्वाचन आचारसंहिता कार्यान्वयन भइरहेको नरैनापुरका निर्वाचन अधिकृत रेशम आचार्यले बताउनुभयो ।पालिकामा आचारसंहिता पूर्ण रुपमा पालना गराउन दल र उम्मेदवारहरु नै निकै गम्भीर भएर लागिपरेको उहाँले जनाउनुभयो । बाँकेका अन्य पालिकाबाट आचार संहिता उल्लङ्घन भएको सुनिए पनि नरैनापुरमा पूर्ण पालना भैरहेकोमा खुशी लागेको समेत आचार्यको भनाइ छ ।‘हामीले दल तथा उम्मेदवारले गरिरहेका निर्वाचन लक्षित गतिविधिमा देखिएका सामान्य त्रुटिलाई मौखिकरुपमै औंल्याइदिन्छौं । उहाँहरु निर्वाचन आचारसंहिता कार्यान्वयनमा सचेत हुनुहुन्छ । सबैको सहयोगले निकै सजिलो भएको छ,’ निर्वाचन अधिकृत आचार्यले भन्नुभयो ।जिल्लाकै सबैभन्दा दुर्गम र पिछडिएको मानिने सो गाउँपालिकामा सुरुमा खटिँदा काम गर्न गाह्रो हुन्छ कि भन्ने लागेकोमा अहिले त निकै सजिलो र सहज भएको उहाँले बताउनुभयो ।नरैनापुरमा दलहरुले आचारसंहिताको पालना गर्न सक्रिय सहयोग गरिरहेका छन् भने प्रहरीले पनि निकै सक्रियता देखाएको छ । अध्यक्ष पदका उम्मेदवार इश्तियाक अहमद शाहले आचारसंहिता पालना गर्न सबै कार्यकर्ता र समर्थकलाई गम्भीर रुपमा निर्देशन दिइएको बताउनुभयो ।उहाँले अन्य दलका उम्मेदवारहरुले पनि सो कार्यमा राम्रो सहयोग गरिरहेको पाइएको बताउनुभयो ।यस्तै, अध्यक्ष पदका अर्का उम्मेदवार रामचन्द्र मौर्यले पनि आचारसंहिता पालना र शान्तिपूर्ण प्रतिस्पर्धा गर्न सबै नेता कार्यकर्तालाई कडा निर्देशन दिइएकाले राम्रो परिणाम आएको बताउनुभयो ।उता, इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक बीरबहादुर सुनारले आचारसंहिता कायान्वयनमा कडाई गरिएको जनाउँदे आफ्नो क्षेत्रमा आचारसंहिता विपरीतका कुनै पनि गतिविधि हुन नदिएको बताउनुभयो ।वैशाख ३० गते हुने निर्वाचनलाई शान्तिपूर्ण सम्पन्न गर्न सबै दल र उम्मेदवारहरु प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।
लमही नगरपालिका-३ मझगाउँस्थित प्रतीक्षालयबाट प्रहरीले एक थान कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।
एमालेका अध्यक्ष केपी ओलीले गतवर्ष चैत्त १५ गते उक्त भ्यूटावरको तामझामका साथ उद्घाटन गर्नुभएको थियो । टावरको माथिल्लो भागमा पुगेर ओलीले दुर्विनबाट वरिपरिको दृष्य नियालेपछि यसको चासो सर्वत्र बढेको थियो । एमाले नेतृत्वको सरकारले जनताका आधारभूत कुरामा ध्यान नदिएर भ्यूटावरमा राज्यको पैसा खन्याएको भन्दै त्यो बेला सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुमा व्यापक आलोचना पनि भएको थियो ।
प्राधिकरणले देशभित्र खपत गरी जगेडा भएकमो विद्युत पाँच महिना अर्थात १७ असारदेखि २९ कात्तिक २०७९ सम्म बिक्री गर्ने जनाएको छ । भारतको केन्द्रीय विद्युत नियमन आयोगमार्फत विद्युत व्यापारका लागि अनुमति प्राप्त ट्रेडिङ कम्पनीहरु, विद्युत वितरण कम्पनीहरुलगायतले बिद्युत खरिदका लागि प्रतिश्पर्धामा सहभागी हुन पाउने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो ।
नेपाली चलचित्र क्षेत्रमा दर्जनौँ हाँस्यकलाकारको जन्म भयो । कुनै समय यस्तो आयो टेलिशृङ्खलामा कलाकारपिच्छे थेगो बन्न थाले । कलाकारको परिचयलाई थेगोले झनै जीवन्त बनायो । यही थेगोलाई आम दर्शकले रुचाउन थाले पात्रलाई स्थापित हुन बल पुग्थ्यो । थेगोको आकर्षक प्रयोग र बोलीचालीमा सहज लाग्ने थेगोले कलाकार र दर्शकलाई नजिक बनायो । जसले समयअनुकूल उपनाम अथवा थेगोले आफूलाई परिचित बनाएपछि त्यही नै उनीहरूको ब्रान्ड बन्न पुग्यो, नेपाली कला क्षेत्रमा त्यस्ता केही हस्ती छन् जो दशकौँसम्म थेगोकै कारण चर्चामा रहे । थेगोको प्रयोगका क्रममा रमाइला किस्सा पनि छन् ।
सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीमा यतिबेला चुनावी तापमान बढ्दै गएको छ । प्रदेशको अस्थायी राजधानीसमेत भएकाले सबैको ध्यान धनगढीमा केन्द्रित छ । यस उपमहानगरपालिकामा प्रमुखका लागि सत्तारूढ गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका नृपबहादुर वड, नेपाल कम्युनिस्ट पार्टी (एमाले)का रणबहादुर चन्द, राष्ट्रिय जनता पार्टीका कविन्द्र ऐर, लोकतान्त्रिक समाजवादी पार्टीका वसन्त विश्वकर्मा चुनावी मैदानमा हुनुहुन्छ । यस्तै, नागरिक उन्मुक्ति पार्टीका निमकुमार चौधरी, सचेत नेपाली पार्टीका भारती थापासहित स्वतन्त्रबाट गोपाल हमाल, मदनकृष्ण भट्ट र उद्धवराज पन्त चुनावी मैदानमा उत्रिनुभएको छ ।
नेपाली काँग्रेसलाई भोट माग्न नपाउने भन्दै बलेफी गाउँपालिका–५ बिज्याल आपँबोटेमा नेकपा (माओबादी केन्द्र) कार्यकर्ताले कांग्रेसका कार्यकर्तालाई निर्घात कुटपिट गरेका छन् ।