पाल्पामा उम्मेदवार तथा दलका कार्यकर्ता मतदाता शिक्षासहित घरदैलो अभियानमा व्यस्त बनेका छन् । निर्वाचन आयोगले यस पटक मतदाता शिक्षा सचेतना सञ्चालन नगरेपछि मत बदर हुने आशङ्काले विभिन्न दलका उम्मेदवार तथा कार्यकर्ता मतदाता शिक्षासहित भोट माग्न व्यस्त बनेका हुन् ।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा धरान उपमहानगरपालिकामा स्थानीय नेता तथा कार्यकर्ताले प्रचारप्रसारलाई तीव्रता दिएका छन् । अहिले धरानका विभिन्न वडामा मेयर र उपमेयरको उम्मेदवारसहित वडाध्यक्षको उम्मेदवार र सदस्य घरदैलोमा व्यस्त छन् ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट मुड्केचुला गाउँपालिकाको उपाध्यक्ष पदका उम्मेदवार सविता रोकाया कोक्रोमा दूधेबालक बोकेर घरदैलोमा हुनुहुन्छ । २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाटै गाउँपालिका उपाध्यक्षमा विजयी हुनुभएको थियो ।
वीरगञ्ज महानगरपालिकाको नगरप्रमुख पदमा ३० जनाको उम्मेदवारी परे पनि मुख्य तीन जनाबीच प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । सत्ता साझेदार पाँचदलीय गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका जनता समाजवादी पार्टीका राजेशमान सिंह, नेकपा एमालेका तर्फबाट उम्मेदवार बन्नुभएका निवर्तमान नगरप्रमुख विजयकुमार सरावगी र पत्रकार गिरीश गिरीबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले तत्कालीन एमाले नेतृत्व सरकारमा भएका उत्कृष्ट कार्यको अपनत्व आफूले पाउनुपर्ने बताउनुभएको छ ।
म्याग्दीको रघुगङ्गा गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाट अध्यक्ष पदका उम्मेदवार २७ वर्षीय मीना विश्वकर्मा दूधेबच्चा पिठ्युँमा बोकेर घरदैलोमा हुनुहुन्छ ।गरिब तथा विपन्न परिवारकी मीनालाई चुनाव लड्न आर्थिक र पारिवारिक रूपमा सहज थिएन । उ
दाङमा तीन वर्षको अवधिमा सङ्घीय सरकारको बजेटमा ४८ किलोमिटर सडक निर्माण भएको छ । जिल्लामा सघन सहरी तथा भवन निर्माण आयोजनाले तीन वर्षको अवधिमा ४८ किलोमिटर सडक कालोपत्रे गरेको हो । आयोजना सुरु भएदेखि हालसम्म ठूला आयोजनामार्फत सडक निर्माण गरेको र साना काम पनि भइराखेको आयोजनाले जनाएको छ । यसमध्ये ४२ किलोमिटर सम्पन्न भइसकेको छ भने छ किलोमिटर अन्तिम तयारीमा रहेको सघन सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख खड्गबहादुर चौधरीले जानकारी दिनुभएको छ ।
कुवेतको जजिरा एयरवेजले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठ २ गतेदेखि उडान गर्ने भएको छ । विमानस्थल व्यावसायिक रूपमा सञ्चालनमा आउने पहिलो दिनदेखि नै जजिराले उडान गर्न लागेको हो । जजिराको उक्त उडान भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा हुने पहिलो अन्तर्राष्ट्रिय उडान हुनेछ ।
हरेक चुनावमा प्रचार र मतदानका शैली फेरिने गरेका छन् । २०२५ साल ताका हात उठाएर मतदान गरी वडा अध्यक्ष चुनिएर पटक–पटक गरी ३६ वर्ष जनप्रतिनिधि रहेका आसबहादुर लामा त्यही फेरिएको चुनावी शैलीप्रति गुनासो गर्नुहुन्छ ।
सङ्खुवासभा जिल्लाको विभिन्न क्षेत्रमा फौजी कीराको प्रकोप बढेको छ । फौजी कीराले मकै र आलुको पात र मुना खाएर नष्ट गरेपछि कृषक चिन्तित बनेका छन् ।यहाँको चिचिला, सिलिचोङ, मकालु र सभापोखरी गाउँपालिकामा लगाइएको आलु र मकैमा अमेरिकी फौजी कीराले क्षति पु-याएको हो । हुर्किसकेको मकैको बिरुवा र फल्न लागेको आलुको सबै पात खाइदिएपछि कृषक चिन्तित बनेका हुन् ।
नेपाली काँग्रेसले स्वतन्त्र उम्मेदवारी दिएका पार्टीका नेताहरूलाई निष्कासन गरेको छ । उम्मेदवारका प्रस्ता
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको दुई दिन अगाडिदेखि नै अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्न सरकारलाई पत्राचार गरेको छ । आयोगले गरेको पत्राचारमा वैशाख २७ गते मङ्गलबार मध्यरातिदेखि मतदान सम्पन्न नभएसम्मका लागि सीमा नाका भएर आवतजावत बन्द गर्न उल्लेख गरिएको छ ।
केही वर्षअघिसम्म पनि दक्षिण एसियाली क्षेत्रमा भारतपछि श्रीलङ्काको अर्थव्यवस्थालाई निकै सुदृढ एवं सबल अर्थतन्त्रका रूपमा लिइने गरिन्थ्यो । विप्रेषण र पर्यटन क्षेत्र वैदेशिक मुद्राका दरिला स्रोत थिए । विश्व परिस्थितिमा देखिएको केही विषमता तथा कुशासनको चक्रसँगै क्रमिक रूपमा त्यस मुलुकको अर्थतन्त्र हाल निकै जर्जर अवस्थामा पुगेको छ ।
नेपाली पत्रकारिता क्षेत्रमा एउटा अध्याय रचिएको दिन हो– वैशाख २४ गते । विक्रम संवत् १९५८ वैशाख २४ गते ‘गोर्खापत्र’ प्रकाशित भएको थियो । गोरखापत्र त्यसयता निरन्तर प्रकाशित भइरहेको छ । भोलि गोरखापत्रले आफ्नो १२२औँ वार्षिकोत्सव मनाउँदै छ । गोरखापत्र प्रकाशन भएकै दिनलाई आधार मानेर भोलि सातौँ राष्ट्रिय पत्रकारिता दिवस मनाउन लागिएको हो । नेपाली पत्रकारिता जगत्को धरोहरका रूपमा रहेको गोरखापत्रले यस अवधिमा अनेकौँ आरोह–अवरोह पार गरेको छ । देशमा भएका सबैखाले परिवर्तनको जिउँँदोजाग्दो साक्षीका रूपमा गोरखापत्र सतीसाल जस्तो उभिएको छ ।