केही वर्षअघिसम्म पनि दक्षिण एसियाली क्षेत्रमा भारतपछि श्रीलङ्काको अर्थव्यवस्थालाई निकै सुदृढ एवं सबल अर्थतन्त्रका रूपमा लिइने गरिन्थ्यो । विप्रेषण र पर्यटन क्षेत्र वैदेशिक मुद्राका दरिला स्रोत थिए । विश्व परिस्थितिमा देखिएको केही विषमता तथा कुशासनको चक्रसँगै क्रमिक रूपमा त्यस मुलुकको अर्थतन्त्र हाल निकै जर्जर अवस्थामा पुगेको छ ।
नेपाली पत्रकारिता क्षेत्रमा एउटा अध्याय रचिएको दिन हो– वैशाख २४ गते । विक्रम संवत् १९५८ वैशाख २४ गते ‘गोर्खापत्र’ प्रकाशित भएको थियो । गोरखापत्र त्यसयता निरन्तर प्रकाशित भइरहेको छ । भोलि गोरखापत्रले आफ्नो १२२औँ वार्षिकोत्सव मनाउँदै छ । गोरखापत्र प्रकाशन भएकै दिनलाई आधार मानेर भोलि सातौँ राष्ट्रिय पत्रकारिता दिवस मनाउन लागिएको हो । नेपाली पत्रकारिता जगत्को धरोहरका रूपमा रहेको गोरखापत्रले यस अवधिमा अनेकौँ आरोह–अवरोह पार गरेको छ । देशमा भएका सबैखाले परिवर्तनको जिउँँदोजाग्दो साक्षीका रूपमा गोरखापत्र सतीसाल जस्तो उभिएको छ ।
तरकारीको थोक बजारमा साढे चार सय रुपियाँ प्रतिकिलो बिकिरहेको कागती महँगो भयोभन्दा बिक्रेताको जबाफ यस्तो थियो, “अझैँ महँगो हुन्छ किनकि यो त मद्रासी कागती हो, अब केही दिनमा उताबाट आउन बन्द हुन्छ ।” त्यो मद्रासी कागती हेर्दै म विगतको आफ्नो गाउँ सम्झन्छु, जहाँ कागतीलगायत अमिलो जातका फल घरघरै लटरम्म फलेका हुन्थे । अहिले ती करेसाबारी र गराहरूमा तितेपाती र सिस्नो भरिएको छ । यति मात्र होइन, बजारमा खुसार्नीबारे सोध्दा जबाफ आउँछ, “बङ्गलादेशबाट आएको । लसुन चाइनाको, प्याजलगायतका हरियो तरकारी भारतको, धन्न आलुचाहिँ स्व
सामान्यतः सूचना कुनै पनि विषयको जानकारी हो । यो ज्ञानको स्रोत पनि हो । यस्तो सूचना सत्य र सही हुनुपर्छ । सूचना बेग्लाबेग्लै हुन्छन् । सही सूचनाबिना मानिसले आफ्नो अधिकार प्रयोग गर्न सक्दैनन् । सूचना सार्वजनिक, व्यक्तिगत र पेसा व्यवसायसँग सम्बन्धित हुन्छन् । सूचनाको हक आम नागरिकसँग हुन्छ । सूचनाको हकलाई नागरिकले अनिवार्य उपयोग गरे देशलाई भ्रष्टाचारबाट जोगाउन सकिन्छ । सरकारका हरेक निकाय पारदर्शी र स्वच्छ हुनेछन् । देशमा अमनचयन कायम हुनेछ । फलस्वरूप देशको विकास हुनेछ ।
‘बूढी लागी रमितामा स्यालले कुखुरो बोक्यो’ उखान चरितार्थ भएको छ नेपालको निर्यात वृद्धि र आयात नियन्त्रणमा । भन्नलाई अब निर्यात बढाउनुपर्छ भनिन्छ, वास्तवमा व्यापार सन्तुलनका लागि निर्यात बढाउनु नै निर्विकल्प उपाय हो, केही बढेको पनि छ । यो रमिताको पक्ष भयो तर आयात नियन्त्रणका लागि प्रतीतपत्रमा कडाइ, भन्सारदर वृद्धि र विलासिताका वस्तु प्रवेशमा नियन्त्रण जस्ता कुरा गरिन्छ तैपनि आयातको मात्रा निरन्तर उकालो लागिरहेको छ ।
नेपाली काँग्रेस नेत्री डा. आरजु राणा देउवाले विकास गर्ने भनेको अहिले स्थानीय सरकारले भएकाले स्थानीय तहमा काँग्रेसलाई जिताउन मतदाताहरुलाई आग्रह गर्नुभएको छ ।
गठबन्धनका तर्फबाट काठमाडौँ महानगरपालिकाको प्रमुखकी उम्मेदवार सिर्जना सिंहले काठमाडौँका सबै वडामा ‘सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र’ स्थापना गर्ने बताउनुभएको छ ।
उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको आर्थिक विकाससहितको समृद्धिका लागि राज्यका निकाय पारदर्शी र जनताप्रति जवाफदेही बन्नुपर्ने बताउनुभएको छ ।
विभागिय टोली नेपाल पुलिस क्लबले छैटौँ आरबीबी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग भलिबलमा अपराजित यात्रा कायम राखेको छ । त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा जारी प्रतियोगितामा पुलिसले बिहीबार महिलातर्फ न्यू डायमण्डलाई ३–० को सोझो सेटमा हरायो ।
कैलालीको धनगढीमा जेठ ५ गतेबाट क्लब स्तरीय क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ आयोजना हुने भएको छ ।
कैलालीको धनगढीमा जेठ ५ गतेबाट क्लब स्तरीय क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ आयोजना हुने भएको छ ।
सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका-५ चर्चरेमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
गृहमन्त्री बालकृष्ण खाणले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा भाग लिन अहिलेसम्म निर्वाचनमा भाग नलिएका राजनीतिक दल र सम्पूर्ण आम नागरिकलाई आग्रह गर्नुभएको छ।
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भएको बताउनुभएको छ।
माल्दिभ्सको मालेका वैशाख २५ देखि २९ गतेसम्म आयोजना हुने दक्षिण एसियाली जुनियर टेबलटेनिस च्याम्पियनसिपमा नेपालका १० जना खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।