नेपाली काँग्रेसका भ्रातृ सङ्गठन र शुभेच्छुक सङ्स्थाहरूको पूर्वनिर्धारित अधिवेशन र महाधिवेशन स्थगित गरिएको छ । काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई दृष्टिगत गरी पार्टीका भ्रातृ सङ्गठन र शुभेच्छुक सङ्स्थाहरूको पूर्वनिर्धारित अधिवेशन र महाधिवेशन स्थगित गरिएको हो । उहाँले पार्टीका भ्रातृ सङ्घ र शुभेच्छुक संस्थाहरू स्थानीय तह निर्वाचन परिचालन, प्रचारप्रसारलगायतका काममा क्रियाशील रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “त्यसैले केही भ्रातृ सङ्घ र शुभेच्छुक संस्थाहरूको पूर्वनिर्धारित अधिवेशन–महाधिवेशन निर्वाचन आसपास गर्न सान्दर्भिक र सम्भव देखिएन ।”
पश्चिम नवलपरासीको सुनवल गौरीघाटदेखि रुपन्देहीको केरवानी जोड्ने गरी कचरार खोलामा बन्न लागेको पुलको निर्माण कार्य छ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । नवलपरासीको वडा नम्बर ७ को सुनवल गौरीघाटलाई रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ४ को केरवानीसँग जोड्ने गरी दुई जिल्लाको सिमानाका रूपमा रहेको कजरार खोलामा पाँच वर्ष पहिला सडक डिभिजन कार्यालयको रेखदेखमा पुल निर्माण सुरु गरिएको थियो । पुलको दुईतर्फका पिल्लर मात्र बनेको छ भने निर्माण सामग्री यत्रतत्र फालिएको अवस्थामा रहेको सुनवल नगरपालिका–७ का स्थानीयवासी दीपक सुनारले बताउनुभएको छ ।
ललितपुर महानगरपालिकाको प्रमुख पदका उम्मेदवार चिरिबाबु महर्जन र हरिकृष्ण व्यञ्जनकारले ललितपुर महानगरपालिकालाई सम्पदा सहरका रूपमा संरक्षण एवं विकास गर्ने चुनावी एजेन्डा सार्वजनिक गर्नुभएको छ । पाँच वर्षपछि पुनः प्रतिस्पर्धामा उत्रिनुभएका नेपाली काँग्रेसका महर्जन र नेकपा एमालेका उम्मेदवार व्यञ्जकारको चुनावी एजेन्डामा महानगरपालिकाको विकास, समृद्धि, सम्पदा संरक्षण, संवद्र्धन र पुनः निर्माण केन्द्रित रहेका छन् ।
स्पेनिस क्लब रियल म्याड्रिड सानदार पूनरागमन जित निकाल्दै च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा बुधबार राति भएको सेमिफाइनल खेलको दोस्रो लेगमा रियलले इङ्लिस क्लब म्यानचेस्टर सिटीलाई ३–१ गोलले हरायो ।
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय आवश्यकताका आधारमा स्थानीय तह निर्वाचन केन्द्रित गठबन्धन गरिएको बताउनुभएको छ । नेपाली काँग्रेस मोरङले विराटनगरमा आयोजना गरेको स्थानीय तह निर्वाचन केन्द्रित आमसभालाई बुधबार सम्बोधन गर्दै सभापति देउवाले लोकतन्त्रलाई संस्थागत गर्न गठबन्धन गरिएको बताउनुभएको हो ।
हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव छ । उक्त मौसमी प्रणालीले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यताया सफा रहेने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भू–भागमा आंशिक बदली रहने छ । पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
बाजुरा, वैशाख २२ गते । बदरमत कम गर्ने लक्ष्य र मतदातालाई सहजताका लागि बाजुरामा नमुना मतदान कार्य सम्पन्न भएको छ । आगामी हुने वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्ने गरी जिल्लाको मालिका माविमा बुधबार नमुना मतदान कार्य गरिएको हो ।धेरै मतदातले मतदान गर्दा मत वदर गर्ने सम्भावनालाई कम गर्न नुमना मतदान कार्य सुरु गरेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ । बडिमालिका नगरपालिकाको मालिका माविमा नमुना मतदान केन्द्र स्थान गरेर परिक्षण गर्दा त्यहाँका अधिकाश मतदाताहरुले सहज रुपमा मतदान गरेको जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले बताउनुभयो ।बडिमालिका नगरपालिका ९ का स्थानीयबासी दले रावलले भन्नुभयो, “वैशाख ३० गते मतदान कसरी गर्ने भन्ने सोचेको थिए , निर्वाचन कार्यालयले गत बुधवारका दिनमा मालिका माविमा नमुना मतदान स्टल राखेर मतदात गर्न लगाएपछि मत बदर नहुने विश्वास गरेको छु ।,,नमुना मतदान केन्द्रबाट मतदान गर्न सिक्ने गरेर जिल्लाका अधिकाशंले मतदान गरेका हुन् ।
कर्णाली प्रदेशमा खाद्य प्रयोगशाला स्थापनाको तयारी थालिएको छ । खाद्यको गुणस्तर मापनका लागि नमुना परीक्षण कर्णालीमै गर्न सुर्खेतमा प्रयोगशाला स्थापनाको कामलाई अन्तिम चरणमा रहेको जनाइएको छ । हालसम्म यहाँ प्रयोगशाला नहुँदा बाहिर पठाउनुपर्ने बाध्यता छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आगामी जेठ ३० गतेदेखि प्रयोगशाला सञ्चालनमा ल्याउने गरी काम भइरहेको जनाएको छ ।
कर्णाली प्रदेश सभाको नवौं तथा हिउँदे अधिवेशन अन्त्य भएको छ । बिहीबार राती १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरिएको प्रमुखको कार्यालयले जनाएको छ । बुधबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको नवौं अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४, समावेशी टोलका ७० वर्षीय छविलाल बोहोरा ४४ वर्षदखि वीरेन्द्रनगर चोकमा जुत्ताचप्पल सिलाउँदै आउनुभएको छ । सडकमा जुत्ता सिलाउँदा सिलाउँदै मुलुकमा ठूला–ठूला राजनीतिक परिवर्तन भइसके । यद्यपि जुत्ता टाल्ने छविलालको थलो फेरिएको छैन ।
मधेस प्रदेशका जिल्लामा स्थानीय तह निर्वाचन आचारसंहिता विपरीतका गतिविधि भएको पाइएको छ । स्थानीय तह निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मर्यादित, एवं भयरहित वातावरणमा सम्पन्न गराउन राजनीतिक दलको सहमतिमा बनाइएको निर्वाचन आचारसंहितालाई प्रमुख तीन राजनीतिक दलले पालना नगरेको पाइएको हो । मधेस प्रदेश जिल्लाका सदरमुकाम, सहर, ग्रामीण क्षेत्र, टोल तथा बस्तीमा
रुपन्देहीका दुग्ध व्यवसायीले जिल्लामा दूधको गुणस्तर कायम गर्न गुणस्तरीय प्रयोगशाला स्थापना गर्न माग गरेका छन् । दूधको गुणस्तरको विषयमा पटकपटक कुरा उठ्ने गरेको भन्दै व्यवसायीले दूधको गुणस्तर कायम राख्न गुणस्तरीय प्रयोगशालाको आवश्यक रहेको बताएका हुन् ।
वन संरक्षण गरी जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न क्षेत्रीय तथा विश्वव्यापी रूपमा जलवायु बृहत् वित्त रणनीति तर्जुमा गर्न नेपालले विश्व समुदायलाई आग्रह गरेको छ । दक्षिण कोरियामा सञ्चालन भइरहेको १५औँ विश्व वन सम्मेलनमा सहभागी विकसित मुलुकहरूलाई नेपालले यस्तो आग्रह गरेको हो ।
गठबन्धन दलहरूले स्थानीय तह निर्वाचनका लागि सङ्कल्पपत्र सार्वजनिक गरेका छन् । पाँच वर्षभित्र गर्न सकिने विकास निर्माण तथा विकास साझेदार निकायसँग गर्न सकिने समन्वयबारे मतदातालाई जानकारी दिन सङ्कल्पपत्र सार्वजनिक गरिएको बताइएको छ । नेपाली काँग्रेस र नेकपा (माओ