• १३ साउन २०८१, आइतबार

एमाले अध्यक्ष ओली आज सुदूरपश्चिम आउँदै

blog

फाइल तस्विर

धनगढी, वैशाख २२ गते । नेकपा (एमाले) का अध्यक्ष केपीशर्मा ओली चुनावी कार्यक्रमका लागि आज (बिहीबार) सुदूरपश्चिम आउनुहुने भएको छ । एमालेका उम्मेदवार जिताउन आयोजना हुने स्थानीय तहका आमसभालाई सम्बाेधन गर्न अध्यक्ष ओली सुदूरपश्चिम प्रदेश आउनुहुने भएको हो ।

उहाँले  कञ्चनपुर र कैलालीका तीन ठाउँमा चुनावी आम सभालाई सम्बाेधन गर्ने कार्यक्रम छ । एमाले कैलालीका इन्चार्ज नारदमुनि रानाका अनुसार अध्यक्ष ओलीले कञ्चनपुरको बेलौरी नगरपालिका र कैलालीको धनगढी उपमहानगरपालिका र बर्दगोरीया वा लम्कीचुहामध्ये एक स्थानमा चुनावी सभालाई सम्बाेधन गर्नुहुनेछ ।