नेपालका पार्कर खेलाडी दिनेश सुनारले छैटौँ पटक विश्व कीर्तिमान तोड्न सफल हुनुभएको छ । उहाँले स्किप गर्दा सबैभन्दा पछाडि समारोसाल्ट विधा अन्तर्गत ३० सेकेन्डमा १४ पटकको नयाँ कीर्तिमान बनाउनुभएको हो ।
अमृतप्रसाद पौडेलम्याग्दी, वैशाख २२ गते । हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका –८, बैंक रोडमा नेपाल बैंक रहेको भवनको ग्राउण्ड फ्लोरमा रहेको सटरमा ओमकुमार रोकाको ‘रोका ट्याटु हाउस’ छ । युवाहरुको जमात प्रायः वरपर रहन्छ । रोकाले दैनिकजसो विहान ७ बजे खोल्ने र बेलुका ७ बजे हाउसको सटर बन्द गर्नुहुन्छ । भीडभाड भएमा राति १० बजेसम्म पनि ट्याटु खोप्नमै उहाँ व्यस्त रहनुहुन्छ । बागलुङको तमानखोला गाउँपालिका–१ कोरेलीबाङका ओमकुमार रोका म्याग्दीको बेनी बस्न थालेको एक वर्ष पूरा भयो । उहाँ बेनी बस्न थालेको गएको फागुन १३ मै वर्ष पुगेको हो । यो अवधिमा रोकाले दुई सय ६० जनाको शरीरमा ट्याटु खोपिसक्नुभएको छ ।दुई सय ६० जनाको ट्याटु खोप्दा कुल आठ लाख रुपियाँभन्दा बढीको व्यापार गर्नुभएको छ । जसमा उहाँको आफ्नो मेहनत र समय ७५ प्रतिशत र २५ प्रतिशत सामग्री खरिदमा खर्च हुन्छ । ट्याटु खोप्न प्रयोग हुने सामान एक पटक मात्रै प्रयोग गर्न मिल्ने हुँदा सामग्री महँगो हुन जाने रोकाको भनाइ छ । अहिलेसम्म बेनी बजारमा १ हजार पाँच सयदेखि ३५ हजार रुपियाँसम्मको ट्याटु रोकाले खोपिसक्नुभएको छ । यो व्यवसाय उहाँका लागि रुचिको विषय हो । वैदेशिक रोजगारीका सिलसिलामा संयुक्त अरब इमिरेट्स पुगेर फर्केका रोका म्याग्दीको बेनीमा २०७७ फागुन १३ देखि ट्याटु हाउस सञ्चालनमा ल्याउनुभएको हो । त्यही साल मङ्सिरमा नेपाल फर्किनुभएका उहाँ पोखराको लेकसाइडमा नेपालमा चल्ने ट्याटु बारेमा केही समय अभ्यास गर्नुभयो । करिब तीन महिना पोखरामा अभ्यास गरेपछि बेनीमा ट्याटु हाउस सुरु गरेको उहाँले बताउनुभयो । रोका भन्नुहुन्छ–‘एक वर्ष अवधिमा आठ लाखको व्यापार भयो, खर्च कटाउँदा पनि आधा बचत भएको छ ।’ २०६९ मा पहिलो पटक स्काफोल्डको रुपमा दुबई पुग्नुभएका रोका २९ महिना काम गरेर नेपाल फर्केर पुनः २०७४ मा दुबई पुग्नुभयो । दोस्रो पटक त्यहाँ पुग्दा प्लम्बरको काम गर्ने क्रममा स्याङ्जाका हुमबहादुर बिकसँग रोकाको चिनजान भयो ।त्यही चिनजानले ट्याटु आर्ट गर्ने मौका रोकालाई मिल्यो । रोकाले बि.क.लाई प्रेरणा दिने गुरु मान्नुहुन्छ । भेटमा हुमबहादुरले रोकालाई चित्र कोर्न लगाउने र त्यो चित्रमा ट्याटु हान्ने काम गर्नुहुन्थ्यो । उहाँ बिस्तारै चित्र बनाउँदै ट्याटु हान्ने अभ्यास गर्दै जाँदा पोख्त हुनुभएको बताउनुभयो । त्यसपछि नेपाल फर्केर ट्याटु व्यवसाय सञ्चालन गरेका रोका अहिले आफ्नै ठाउँमा आत्मनिर्भर भएकोमा खुशी रहेको बताउनुभयो ।
प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार चितवनको भरतपुरमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्नुहुँदै छ ।
प्रहरीले एक राउण्ड गोली र ९५ ग्राम सालकको खपटासहित एक जनालाई पक्राउ गरेको छ ।
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी राजमार्ग व्यक्तिकै नाममा रहेको पाइएको छ ।मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीको खुर्कोटदेखि उदयपुरको घुर्मीसम्मको ६१ किलोमिटर मध्यपहाडी राजमार्ग व्यक्तिको नाममा रहेको हो ।
मुगुको छायाँनाथ रारा नगरपालिका प्रमुख पदका उम्मेदवार विष्णुकुमार भामले राज्यबाट कुनै पनि सुविधा नलिने प्रतिवद्धता गर्नुभएको छ ।
स्थानीय तह निर्वाचन (२०७९ लाई लक्षित गरी गृह मन्त्री बालकृष्ण खाणसँग सप्तरी सिरहा र उदयपुर जिल्लाको संयुक्त सुरक्षा गोष्ठी सुरु भएको छ ।
रङ्गमञ्चमा अभिरुचि राख्नेबीच पशुपति राईको बेग्लै पहिचान छ । राई रङ्गमञ्चमा प्रवेश गर्नुभएको १८ वर्ष भइसकेको छ । तीन दर्जनभन्दा बढी नाटकमा उहाँले अभिनय गरिसक्नुभएको छ भने केही चलचित्र र थुप्रै म्युजिक भिडियोमा पनि उहाँले अभिनय गरिसक्नुभएको छ । हालैमात्र नयाँ चलचित्र ‘आँखा’मा अनुबन्धित हुनुभएकी राईसँग रङ्गमञ्चको यात्राबारे गरिएको कुराकानी ।
नेकपा (एमाले) का अध्यक्ष केपीशर्मा ओली चुनावी कार्यक्रमका लागि आज (बिहीबार) सुदूरपश्चिम आउनु हुने भएको छ । एमालेका उम्मेदवार जिताउन आयोजना हुने स्थानीय तहका आमसभालाई सम्वोधन गर्न अध्यक्ष ओली सुदूरपश्चिम प्रदेश आउनु हुने भएको हो ।
स्थानीय तह निर्वाचनको दिन नजिकिँदै गर्दा दलहरूले आफ्नो प्रचारप्रसारलाई तीव्र बनाएका छन् । चुनावी प्रचारसँगै मतदाता भेटघाट र सभालगायतका कार्य भइरहेका छन् । निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउनका लागि गठबन्धन दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र विपक्षी दल नेकपा एमालेका केन्द्रीयस्तरका नेताहरू खटिएका छन् ।
वाणिज्य बैङ्कमा कार्यरत कर्मचारीबीच तलब र सुविधामा धेरै असमानता रहेको पाइएको छ । प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले मासिक १५ लाख रुपियाँसम्म तलब लिने गरेका छन् भने क्यासियरको १४ हजार आठ सय रुपियाँ मात्रै रहेको अध्ययनले देखाएको छ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले २७ वटा वाणिज्य बैङ्कमा गरेको अध्ययनले उक्त तथ्य उजागर गरेको हो ।
कुशासन र सनकको भरमा निर्णय गर्ने प्रवृतिले नेपाली अर्थतन्त्र पनि संकटतर्फ जाने सम्भावना बढेको भन्दै अर्थविदहरुले चासो व्यक्त गरेका छन् । ठूला घटनाका कारणले भन्दा पनि कुशासन, नीतिगत कच्चापन, वित्तीय अपारदर्शीतालगायतका कारण श्रींलका अहिलेको अवस्थामा पुगेकाले त्यसतर्फ नेपाल सचेत बन्नु पर्नेमा उहाँहरुले जोड दिनुभएको हो ।
सङ्घीय प्रणालीमा सञ्चारमाध्यमको अवस्थाबारे अनुसन्धानात्मक पुस्तक ‘प्रदेशमा मिडिया’ सार्वजनिक भएको छ । सेन्टर फर मिडिया रिसर्च नेपालले प्रकाशित गरेको यो पुस्तकमा सङ्घ र प्रदेशमा रहेका मिडियाको अवस्थालाई सर्वेक्षणसहित पत्रकारको तथ्याङ्क पनि उल्लेख गरिएको छ । पुस्तकभित्र नेपालमा आठ हजार ९५३ सञ्चारमाध्यम जसमा ४७ सय ८९ पत्रिका, आठ सय ८० एफएम रेडियो, १६४ टेलिभिजन र ३१ सय २० अनलाइन सञ्चारमाध्यम भएको उल्लेख छ । नेपाल पत्रकार महासङ्घको सदस्यता लिएका पत्रकारको सङ्ख्या १३ हजार ७७ जना रहेको जानकारीसमेत पुस्तकभित्र छ । कार्यक्रममा प्राध्यापक पी खरेलले सञ्चारमाध्यमको एकीकृत तथ्याङ्कले सङ्घ, प्रदेश र जिल्ला तहमा मिडियाको अवस्था बुझ्न सहयोग पुग्ने भन्दै पुस्तकले सञ्चार क्षेत्रको बहुपक्षीय अध्ययनका लागि पनि सहयोग पु-याउने बताउनुभयो ।
नेपाल सरकार र विश्व बैङ्कबीच ऋण सम्झौतामा हस्ताक्षर भएको छ । वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न, वित्तीय समाधानको विविधीकरण गर्न र वित्तीय सेवामा पहुँच बढाउन विश्व बैङ्कले नेपाललाई १८ अर्ब ३० करोड रुपियाँ (१५ करोड अमेरिकी डलर) ऋण उपलब्ध गराउने भएको हो ।
नेकपा (एमाले) धरानले आफ्नो उम्मेदवारलाई जिताउन केवलकारदेखि विजयपुर दरवार पुनःर्निर्माणसम्म गर्ने सम्मको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । धरान उपमहानगरपालिकाको उम्मेदवारलाई जिताउन निर्वाचन परिचालन कमिटीले आगामी पाँच वर्षमा गर्ने कामको विवरण सार्वजनिक गरेको छ ।