• १६ भदौ २०८१, आइतबार

दक्षिण एसियाली टेबलटेनिसमा नेपालका १० खेलाडी

blog

विदाई कार्यक्रमा खेलाडी र पदाधिकारी । तस्बिर : राखेप

काठमाडौँ, वैशाख २२ गते । माल्दिभ्सको मालेका वैशाख २५ देखि २९ गतेसम्म आयोजना हुने दक्षिण एसियाली जुनियर टेबलटेनिस च्याम्पियनसिपमा नेपालका १० जना खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपालबाट क्याडेटको ब्वाइजमा प्रिन्स थापा र उज्ज्वल मानन्धर तथा गल्र्समा इभाना थापा र वियंका राईले प्रतिस्पर्धा गर्नुहुनेछ । 

जुनियरको ब्वाइजमा संयोग कपाली, रुविन महर्जन र सुजन गडाल तथा गल्र्समा अन्जु सुवाल, मन्जु सुवाल र शुभश्री श्रेष्ठले प्रतिस्पर्धा गर्नुहुनेछ । नेपाली टोलीलाई बिहीबार विदाई गरिएको छ । विदाई कार्यक्रममा खेलाडीलाई लिनिङले खेल सामग्री र पोशाक प्रदान गरेको थियो ।