• १६ चैत २०८०, शुक्रबार

एक राउण्ड गोली र सालकको खपटासहित पक्राउ

blog

साङ्केतिक तस्बिर

काठमाडौं, वैशाख २२ गते । प्रहरीले एक राउण्ड गोली र ९५ ग्राम सालकको खपटासहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरी परिसर काठमाडौंले टेकुबाट पेस्तोलमा प्रयोग हुने एक राउण्ड गोली र ९५ ग्राम सालकको खपटासहित धनकुटा पाख्रिबास नगरपालिका–८ घर भएक ५७ वर्षीय मण्डल गिरीलाई पक्राउ गरिएको हो ।

विशेष सूचनाको आधारमा प्रहरी परिसरबाट खटिएको प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा लुकाइ राखेको अवस्थामा गोली र सालकको खपटा फेला पारेको हो ।

यसैगरी, शान्तिनगरस्थित युनिभर्सल लन्च एण्ड बार होटलबाट करिब चार किलो पाँच सय ग्राम सालकको खपटा (अखेटोपहार)सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं चाबहिल बस्ने सर्लाही बागमती नगरपालिका–३ घर भएका ३२ वर्षीय सुबिलाल सिङ्तान र काठमाडौं थली बस्ने ओखलढुङ्गा सुनकोशी गाउँपालिका–२ घर भएका २१ वर्षीय सुवास विष्ट छन् ।

उक्त होटलमा अवैध रुपमा दुर्लभ वन्यजन्तु सालकको खपटा कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त नयाबाँनेश्वरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा खपटासहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यसबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।