• १६ भदौ २०८१, आइतबार

पार्कर खेलाडी दिनेशको छैटौँ विश्व कीर्तिमान

blog

पार्कर खेलमा विश्व कीर्तिमान बनाउन सफल दिनेश सुनार ।

काठमाडौँ, वैशाख २२ गते । नेपालका पार्कर खेलाडी दिनेश सुनारले छैटौँ पटक विश्व कीर्तिमान तोड्न सफल हुनुभएको छ । उहाँले स्किप गर्दा सबैभन्दा पछाडि समारोसाल्ट विधा अन्तर्गत ३० सेकेन्डमा १४ पटकको नयाँ कीर्तिमान बनाउनुभएको हो । 

यसअघि यस विधामा जापानका दाइसुके मिमुराको नाममा ११ पटकको कीर्तिमान थियो । बिहीबार  अमेरिकाको ओहाया स्थित सनसाइन तेक्वान्दो एकेडेमी भएको कार्यक्रममा दिनेशले नयाँ कीर्तिमान रच्दा एक्रोनका गभरमेन्ट सिटी काउन्सिल मेम्बर फिल लोमबार्डो  लगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रममा विशेष साक्षीको भूमिका मास्टर सेकेन्ड डान ब्ल्याक बेल्ट हर्क तिरुवा, मास्टर ब्ल्याक बेल्ट श्याम खनालले गर्नुभएको थियो । पार्कर खेलमा क्रियाशील दिनेश खोटाङका हुनुहसन्छ । उहाँ पार्कर खेललाई नेपालमा विकास गर्न पनि लागि पर्नुभएको छ ।