जुम्लाको तिला गाउँपालिकामा घरको जग लगाउदै गर्दा आएको सुख्खा पहिरोले दुई बालकको ज्यान लिएको छ।
तनहुँ, वैशाख २० गते । जिल्ला प्रशासन कार्यालयको आग्रहपछि तनहुँमा ६६ जनाले हतियार बुझाएका छन् । प्रशासनले स्थानीय तहको निर्वाचनमा भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्थापन गरी भयरहित वातावरण सिर्जना गर्न इजाजतप्राप्त हातहतियार नजिकको प्रहरी कार्यलयमा बुझाउन अनुरोध गरे बमोजिम बुझाइएको हो ।सम्बन्धित व्यक्तिले आफूलाई पायक पर्ने जिल्लाका प्रहरी चौकी, इलाका प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयमामा उक्त हतियार बुझाउन आग्रह गरेबमोजिम उक्त सङ्ख्यामा हतियार बुझाएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिनुभयो । हतियार सबै जनाले भरुवा बन्दुक भएको र निर्वाचन सकिएपछि इजाजत प्राप्त ती हतियार सम्बन्धित व्यक्तिलाई नै फिर्ता गरिने उहाँले जानकारी दिनुभयो । हातहतियार बुझाउन अटेर गरेमा वा नबुझाएमा जुनसुकै समयमा पनि हातहतियार खरखजनाअन्तर्गत कारबाही गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले निर्वाचनका बेला घरघरमा हतियार राख्दा निर्वाचनमाथि नै प्रश्नचिह्न उठने भएकाले इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरिए बमोजिम हतियार बुझाएको जानकारी दिनुभयो।
धरान उपमहानगरपालिकामा स्थानीय नेता तथा कार्यकर्ताले प्रचार प्रसारलाई तीव्र बनाएका छन्।
दुई विभागिय टोली नेपाल पुलिस क्लबको महिला तथा पुरुष दुवै टोलीलाई छैटौँ आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगमा बुधबार विजयी भएका छन् ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय आवश्यकताअनुसार राजनीतिक दलबीच गठबन्धन भएको बताउनुभएको छ।
नेपाली खेलकुद पत्रकारहरुको संस्था नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को अध्यक्षमा दुर्गानाथ सुवेदी (देवेन्द्र) निर्वाचित हुनुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग निर्वाचनआयोग पदाधिकारीहरुले भेट गर्नुभएको छ । बुधबार शितल निवासमा राष्ट्रपति भण्डारीले पदाधिकारीहरुसँगको भेटमा यही वैशाख ३० गते आयोजना हुने स्थानीय तह सदस्य निर्वाचनका बारेमा चासो राख्नु भएको थियो ।
गृहमन्त्री बालकृष्ण खाणले काभ्रेको रोशी गाउँपालिका-११ मा पर्ने डालावेशीमा भारतीय पर्यटक बोकेको मिनी बस र जीप ठोक्किँदा ५ जनाको मृत्यु भएको घटनाको अनुसन्धान गर्न निर्देशन दिनुभएको छ ।
राजन रावतहुुम्ला, वैशाख २१ गते । जिल्लाका सात वटा गाउँपालिकामध्ये एक जना मात्र महिला अध्यक्ष पदमा प्रत्यासी बन्नुु भएको छ । चङ्खेली गाउँपालिकाको अध्यक्ष पदका लागि बिमला शाहीले उम्मेदवारी दिनुु भएको हो ।वैसाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनका लागि नेकपा (एमाले) को तर्फबाट शाही गाउँपालिका अध्यक्ष पदको लागि प्रत्यासी बन्नुभएको छ । महिलालाई सजिलै पदाधिकारीमा जिम्मेवारी दिन आनाकानी भइरहेकाबेला शाहीलाई एमालेले बिश्वास गरी सो पदमा उम्मेदवार बनाएको छ । शिक्षण पेशाबाट उहाँ राजनीतिमा होमिनुु भएको हो । खाफ्नो चाहना सामाजिक काम गर्ने रहेकाकारण पार्टीकै सल्लाहमा अध्यक्षमा उम्मेदवारी दिएको उहाँले बताउनुुभयो । हिम्मत आँट भएकैकारण आफुु अध्यक्ष पदको उम्मेदवार भएको उहाँको भनाई छ । महिला हक अधिकारीका लागि आवाज उठाउनु र अघिल्लो उपाध्यक्षको कार्यकालमा गर्न नसकिएको बाचाहरु पुरा गर्न आफ्नो उम्मेदवारी रहेको शाहीले दावी गर्नुभयो । गठबन्धन दलहरुले एक जना महिलालाई मात्र उपाध्यक्ष पदमा उम्मेदवार बनाएकोबेला शाही प्रतिपक्षी दलको तर्फबाटअध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ । महिलामाथि धेरै बिभेद र हिंसा भइरहेकाले त्यसबिरुद्ध आवाज उठाउन पनि आफ्नो अध्यक्ष पदमा उम्मेदवारी रहेको उहाँले बताउनुुभयो । उहाँकाबिरुद्ध गठबन्धन दलका तर्फबाट नेकपा (माओवादी केन्द्र) का गोबिन्द शाही र स्वतन्त्रबाट प्यारीलाल शाही चुनावी मैदानमा हुनुहुन्छ । अन्य छ वटा गाउँपालिकामा भने जिल्लाका अन्य राजनीतिक दलहरुले अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छैन । २०७४ सालको स्थानीय तहको निर्वाचनमा शाही उक्त गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचिन हुनुुभएको थियो । अध्यक्ष पदमा उम्मेदवारी दिन उहाँले उपाध्यक्ष पदबाट राजीनामा दिनुभएको थियो ।
सर्वोच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षक नियुक्तविरुद्धको मुद्दा बुधबार ‘हेर्दाहेर्दै’मा राखेको छ । बुधबार न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले सुनुवाइ नसकिएपछि मुद्दा ‘हेर्दाहेर्दै’ राखिएको हो ।
काठमाडौं, वैशाख २१ गते। नेपालले पाहुना टोली जिम्बाबे ‘ए’ सँगको तेस्रो तथा अन्तिम टी–२० खेलमा सहज जित दर्ता गरेको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जिम्बाबे ‘ए’लाई नेपालले ८ विकेटले हराएको हो। टस हारेर पहिला ब्याटिङ गरेको जिम्बाबेले दिएको १३७ रनको लक्ष्य नेपालले १५ ओभर ५ बलमा दुई विकेटको क्षतिमा पूरा गरेको हो। नेपालको जितका लागि आसिफ शेखले ८७ रनको अर्धशतकीय इनिङ खेल्नुभयो। नेपालका लागि कुशल भुर्तेलले ३४ रन बनाउँदा बसिर अहमेदले १० रन जोड्नुभयो। जिम्बावेका लागि रोय कियाले सर्वाधिक ४९ रन बनाउँदा मारुमानीले २७ र लुक जोग्वेले २३ रन बनाउनुभयो। जिम्बावेका लुक जोग्वे र ब्राण्डन माभुताले एकएक विकेट लिनुभयो। नेपालका कप्तान सन्दीप लामिछानेले २ विकेट लिनुभयो भने सोमपाल कामी र बसिरले एकएक विकेट हात पार्नुभयो। पहिलो खेलमा नेपाल जिम्बाबे ‘एसँग ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेल वर्षाले रद्द भएको थियो। बुधबारको जितसँगै नेपाल र जिम्बाबे ‘ए’बीचको तीन खेलको सिरिज १–१ को बराबरीमा सकिएको छ।अब नेपालले जिम्बाबे ‘ए’सँग तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ। सन्दीप लामिछानेको कप्तानीमा नेपाल क्रिकेट संघ क्यानले यसअघि नै एकदिवसीय खेलका लागि टिमको घोषणा गरिसकेको छ।
नेपालको पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा प्रा.लि.को अध्यक्ष पदमा परशुराम कुँवर क्षेत्री नियुक्त हुनुभएको छ । कुवँरलाई सञ्चालक समितिले कम्पनीको अध्यक्ष पदमा नियुक्त गरेको हो ।
वैशाख ३० गते हुने चुनावको तयारीमा रहेका बाँकेका सुरक्षा अधिकारीले मतदानस्थलको अनुगमन थालेका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ३७३ जनाको पीसीआर परीक्षण गर्दा १९ जनामा सङ्क्रमण देखिएको हो ।
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतन्त्रमा जनता नै न्यायाधीश जनता भएको बताउनुभएको छ ।