नेपाल र पाहुना टोली जिम्बावे ‘ए’ विरुद्धको तेस्रो तथा अन्तिम टी–२० खेल आज (बुधबार) हुँदैछ । कीर्तिपुर स्थित त्रिवि मैदानमा दिउँसो १:०० बजे हुने खेलमा नेपाल जिम्बावेलाई हराउँदै सिरिज बराबरी गर्ने दाउमा छ ।
नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनलाई दृष्टिगत गरी देशका १० सहरमा चुनावी सभाको आयोजना गर्दैछ । काँग्रेसका शीर्ष नेताहरूले सम्बोधन गर्ने गरी वैशाख २१ बुधबारदेखि २७ गतेसम्मको चुनावी सभाको तालिका सार्वजनिक गरिएको छ ।
महिलालाई निःशुल्क सेनेटरी प्याड र जङ्गली जनावर आक्रमण रोकथामको पूर्ण बाचासहित सप्तरीको कञ्चनरूप नगरपालिकामा नेपाली काँग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।नेपाली काँग्रेसबाट नगरपालिकाको प्रमुख पदका उम्मेदवार ललन गुप्ताले चुनावी घोषणापत्र सार्वजनिक गर्नुभएको हो । घोषणापत्रमा नगरपालिकाका सबै महिलालाई निःशुल्क सेनेटरी प्याड उपलब्ध गराउने उल्लेख छ । सेनेटरी प्याडको उद्योगसमेत सञ्चालन गरी महिला स्वास्थ्य स्वयं सेविकालाई आयआर्जनमा आत्मनिर्भर बनाउने, गर्भवती तथा सुत्केरी महिलाका लागि निःशुल्क भिडियो एक्सरे सेवा सञ्चालनमा ल्याउने, गर्भवती तथा सुत्केरी महिलालाई मासिक पोषण भत्ता उपलब्ध गराउनेलगायतका प्रतिबद्धता उल्लेख छ ।
इङ्लिस प्रिमियर लिग क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको सेमिफाइनल खेलको दोस्रो लेगमा स्पेनिस क्लब भिल्लारियललाई ३–२ गोलले हरायो । लिभरपुलले समग्रमा ५–२ गोलको जित निकाल्यो ।
स्थानीय निर्वाचन आउन अब नौ दिन मात्र बाँकी छ । चुनावी माहोलमा होमिएका उम्मेदवार भोट माग्न घरदैलो अभियानलाई तीव्रता दिइरहेका छन् । कसरी आफू र आफ्नो पार्टीलाई विजयी गराउन सकिन्छ भन्नेतिर लागिरहेका छन् । तर कृषकलाई भने आफ्नै खेतबारी
स्थानीय तहको निर्वाचनमा पाल्पामा पुरुषको तुलनामा महिला मतदाताको सङ्ख्या बढी छ । निर्वाचन कार्यालय पाल्पाका अनुसार पुरुष मतदाताभन्दा छ हजार ३३० महिला मतदाता बढी छन् । महिला मतदाता धेरै रहेको पाल्पामा एक लाख तीन हजार १० जना महिला मतदाता रहेका छन् । त्यस्तै ९६ हजार ६८० पुरुष मतदाता छन् ।
आयात घटाउन र निर्यात बढाउन दीर्घकालीन नीति आवश्यक रहेको सरोकारवालाले बताएका छन् । नेपाल चेम्बर अफ कमर्सको भातृसंस्था युथ चेम्बरले राजधानीमा मङ्गलबार आयोजना गरेको ‘नेपालको विद्यमान आर्थिक अवस्था र चुनौती र समाधान विषयक’ कार्यक्रमका सहभागीले निर्यात प्रवद्र्धन र आयातलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुुभएको हो ।
स्थानीय सरकारमा जनताका प्रतिनिधि चयनका लागि हुन गइरहेको स्थानीय तह निर्वाचनको रौनक बढेको छ । दलहरूले चुनाव लक्षित गतिविधि बढाएपछि कैलालीमा पनि चुनावी रौनक बढेको हो । निर्वाचन नजिकिँदै गर्दा चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका दलहरूले नाचगान गर्दै मतदाता रिझाउने कार्य गरिरहेका छन् ।
स्थानीय तह निर्वाचनमा चितवन जिल्लामा तालमेल गरेका पाँचदलीय सत्ता गठबन्धनले मङ्गलबार भरतपुरमा निर्वाचनलाई लक्षित गरी साझा प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । लोकतान्त्रिक वाम गठबन्धन, भरतपुर महानगरपालिका समितिले भरतपुुर महानगरको र लोकतान्त्रिक वाम गठबन्धन चितवनले जिल्लाको समग्र प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।
नेपाल वायुसेवा निगमले चालू आर्थिक वर्षको प्रथम आठ महिनामा आठ अर्ब ३९ करोड रुपियाँ आम्दानी गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४७ प्रतिशतले वृद्धि हो । अघिल्लो आर्थिक वर्षको साउनदेखि फागुनसम्ममा निगमले पाँच अर्ब ७० करोड रुपियाँ आम्दानी गरेको थियो ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचन संविधान र राजनीतिक उपलब्धिको रक्षाको कडीका रूपमा रहेको बताउनुभएको छ । खुमलटारस्थित निवासमा मङ्गलबार पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, “सङ्घीय लोकतान्त्रिक गणतन्त्र मजबुत बनाउन, संविधानलाई परिस्कृत गर्दै हालसम्मका उपलब्धिको रक्षा गर्नेतर्फ निर्वाचनले लैजाने छ ।” अध्यक्ष प्रचण्डले समाजवादको आधारशिलाका रूपमा स्थानीय
प्रधानमन्त्री शेरबहादुर देउवाको औपचारिक निमन्त्रणामा भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी नेपाल भ्रमणमा आउनुहुने भएको छ । प्रधानमन्त्री देउवाले गत चैत १८ देखि २० गतेसम्म भएको आफ्नो भारत भ्रमणका बेला भारतका समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो दिनुभएको थियो । सोहीअनुसार भारतका प्रधानमन्त्री मोदी जेठ २ गते नेपाल आउन लाग्नुभएको हो ।
सहकारी संस्थामा सञ्चालक समितिको गठन तथा काम, कर्तव्य र अधिकार १. गाउँपालिकाको अध्यक्ष तथा नगरपालिकाको प्रमुखको काम, कर्तव्य र अधिकार के के हुन् ? लेख्नुहोस् ।
१. सरकारले कहिलेदेखि हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ? वि.सं. २०७९ जेठ १ – २०७९ वैशाख १३ को मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको । – अब बिहान ९ः३० देखि साँझ ५ः३० बजेसम्म कार्यालय समय कायम हुने ।