स्थानीय तह निर्वाचनमा मध्यपुर थिमी नगरपालिकामा नेकपा (एमाले) र नेपाली काँग्रेससहित विभिन्न दलका गरी १३ जनाले नगर प्रमुखको पदमा उम्मेदवारी दिएका छन् । यतिबेला उनीहरू निर्वाचन प्रचार अभियानमा लागेका छन् । सबै दलले आ–आफ्ना घोषणापत्र लिएर मध्यपुर थिमीलाई व्यवस्थित सहर बनाउने वाचा गरिरहेका छन् । मध्यपुर थिमी नगरपालिकामा ३६ हजार ४६७ जना मतदाता छन् ।
आगामी हप्तादेखि इन्टरनेट बन्द गर्ने चेतावनी दिएका इन्टरनेट सेवाप्रदायकले इन्टरनेट नरोक्ने भएका छन् । इन्टरनेट ब्यान्डविथ आयातका लागि विदेशी मुद्रा सिफारिस गर्न सरकार सकारात्मक भएपछि इन्टरनेट नरोक्ने निर्णयमा सेवाप्रदायक पुगेका हुन् ।
स्थानीय निर्वाचनको चहलपहल बढ्न थालेसँगै पेट्रोेलियम पदार्थको माग बढेको छ । पछिल्लो १५ दिनमा करिब १० प्रतिशत माग बढेको नेपाल आयल निगमले जनाएको छ । स्थानीय तहमा चुनावी चहलपहल र राजनीतिक दलका प्रसारप्रसार तीव्र हुँदा डिजेल पेट्रोलको माग बढेको हो । नेपाल आयल निगमका अनुसार हाल पेट्रोल दैनिक दुई हजार किलोलिटर बिक्री वितरण भइरहेको छ भने डिजेल दैनिक पाँच हजार किलोलिटर माग छ । एलपी ग्यास दैनिक एक लाख १० हजार सिलिन्डरको माग छ । यसअघि एलपी ग्यास दैनिक एक लाख सिलिन्डरको माग थियो ।
गर्मी बढेसँगै मधेस प्रदेशका जिल्लामा लामखुट्टेको प्रकोप बढेको छ । बिहानभन्दा साँझ र रातिको समयमा लामखुट्टेको टोकाइबाट जनजीवन प्रभावित हुने गरेको छ । प्रदेशका मुख्य सहर बजार, ग्रामीण भेगका सहर बजार, गाउँबस्तीमा लामखुट्टेको प्रकोप रहेको छ ।
सरकारले जेठ महिनादेखि हप्तामा दुई दिन बिदा दिने निर्णय गरेपछि पक्ष र विपक्षमा बहस हुन थालेको छ । तीन महिना परीक्षणका लागि लागू गरिने दुई दिने बिदाले सेवाग्राही झन् मारमा पर्ने भन्दै कतिपयले यसको विरोध गरिरहेका छन् भने सरकारले खर्च कटौती गर्ने भनी ल्याएको योजनाको स्वागत गरेका छन् ।
प्रदेश १ को एक महानगरपालिका विराटनगरमा चुनावी सरगर्मी बढ्दो छ । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा दलले प्रचार तीव्र पारेका छन् । मतदाता आकर्षित गर्न स्थानीय समस्यालाई समेटेर प्रतिबद्धतापत्र तयार पारी घरदैलोमा उम्मेदवार
काठमाडौँ महानगरपालिकाका लागि प्रमुख पदका उम्मेदवार केशव स्थापितले हालै एक कार्यक्रममा दिनुभएको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा समेत आरोप प्रत्यारोप चल्यो । उ
चार वर्षअघि नेपाल र मलेसियाबीच भएको द्विपक्षीय श्रम सम्झदारीपत्रलाई थप प्रभावकारी रूपमा कार्यान्वयन गर्ने सहमति भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र मन्त्रालयका सचिव एकनारायण अर्यालसहितको टोलीले मलेसियाका मानव संसाधनमन्त्री सेरी एम सराभनन, गृहमन्त्री हम्जाह बिन जैनुदिन र त्यहाँको सामाजिक सुरक्षा सङ्गठनका महासचिवसँग भएको उच्चस्तरीय बैठकमा सो विषयमा सहमति भएको हो । श्रम मन्त्रालयका अनुसार मलेसियाको श्र
उम्मेदवार आ–आफ्नो पक्षमा मत माग्दै घरदैलोमा पुग्न थालेसँगै सर्लाहीमा चुनावी रौनक बढेको छ । अहिले सबै राजनीतिक दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवार आफ्नो पक्षमा मत माग्दै मतदाताको घरघरमा पुगिरहेका छन् । जिल्लाको ११ वटा नगरपालिका र नौवटै गाउँपालिकामा चुनावी माहोल तातेको छ ।
मलेसियामा काम गर्ने आप्रवासी श्रमिकको आधारभूत तलब (बेसिक स्यालरी) एक हजार पाँच सय रिङ्गिट तोकेको छ । योभन्दा पहिले मलेसियामा काम गर्ने विदेशी श्रमिकको आधारभूत तलब एक हजार दुई सय रिङ्गिट थियो । मलेसियास्थित नेपाली दूतावासका अनुसार मलेसिया सरकारले मे १ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवसका दिनदेखि लागू हुने गरी आप्रवासी कामदारको आधारभूत तलब बढाएको हो ।
नेपाली काँग्रेसकी नेत्री आरजु राणाले केन्द्रमा रहेको गठबन्धन सरकारले निर्णय गर्ने र टीकापुरमा पनि तीन दलको गठबन्धन भएकाले सबै प्रक्रिया मिलाएर अर्को चुनावअगाडि नै भूमिहीनले जग्गा पाउने आश्वासन दिनुभएको छ ।मङ्गलबार टीकापुर नगरपालिका–१ को शिवनगरमा भएको गठबन्धनका उम्मेदवारको चुनावी सभामा बोल्दै राणाले यहाँको सुकुम्बासी शिविरमा बसेकाहरूको घरछाप्रा देखेर दुःख लागेको र सकेसम्म चाँडै समस्या समाधान गर्ने र लालपुर्जा बाँड्ने दिनमा आफू पनि आउने बताउनुभयो ।
सिन्धुलीमा गठबन्धनका उम्मेदवारमा पुरुष बढी देखिएका छन् । नौवटा स्थानीय तह रहेको सिन्धुली जिल्लामा सत्ता गठबन्धनका दलमध्ये नेपाली काँग्रेसले पाँच र नेकपा (माओवादी केन्द्र)ले चारवटा स्थानीय तहमा प्रमुख तथा उपप्रमुख पद बाँडफाँट गरेका छन् ।
स्थानीय तह निर्वाचनमा गठबन्धन गरिए पनि काठमाडौँका पालिकामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले प्रमुखमा उम्मेदवारी पाउन सकेन । काठमाडौँमा एक महानगरपालिका र १० नगरपालिका छन् । सत्ता गठबन्धनबाट प्रमुख वा उपप्रमुख नपाएपछि एकल उम्मेदवारी दिएको छ । टोखा, कीर्तिपुर, नागार्जुन, शङ्करापुर र बूढानीलकण्ठ नगरपालिकामा माओवादीका एकल उम्मेदवार छन् । तारकेश्वर, गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकामा गठबन्धन गरे पनि प्रमुख पद पाएको छैन ।
बारामा एक लाख १८ हजार ७२० मेट्रिक टन आलु उत्पादन भएको छ । यस वर्ष किसानले सात हजार ४२० हेक्टर क्षेत्रफलमा विभिन्न जातका आलु खेती गरेका छन् । त्यसबाट प्रतिहेक्टर करिब १६ मेट्रिक टन उत्पादन हुँदा कुल एक लाख १८ हजार ७२० मेट्रिक टन आलु उत्पादन गरेको कृषि ज्ञान केन्द्र बारा कलैयाका प्रमुख जितेन्द्र यादवले जानकारी दिनुभयो ।
इलाम जिल्लामा राजनीतिक दलले चुनावी अभियान र प्रचारप्रसारलाई तीव्रता दिएका छन् । भौगोलिक हिसाबले विकट पहाडी जिल्ला इलामका सहर, बजार र गाउँगाउँमा पुगेर उम्मेदवारले घरदैलो गरिरहेका छन् । भेला, भेटघाट, कोणसभा गरेर उम्मेदवारले प्रचार कार्यलाई तीव्र पारेका छन् ।