• १८ असार २०८१, मङ्गलबार

स्थानीय तह निर्वाचन

निर्वाचन आचारसंहिता विपरीत सिन्धुपाल्चोकमा विभिन्न पार्टीका गतिविधि

blog

निर्वाचन आचारसंहिता सिन्धुपाल्चोकमा विभिन्न पार्टीका गतिविधिहरु

चित्र मिजार

सिन्धुपाल्चोक, वैशाख २१ गते । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन आचारसंहिता विपरीत सिन्धुपाल्चोकमा एकीकृत (माओवादी केन्द्र)ले मतदाता रक्षा दल (भी–फोर्स) गठन गरेको छ ।एक बुथ २५ युथ अवधारणासहित प्रत्येक पालिका र वडामा मतदाता रक्षा दल गठन गरिएको माओवादी केन्द्रका जिल्ला अध्यक्ष गोविन्द पराजुलीले जानकारी दिनुभयो । जिल्लाभर चार हजार भन्दा बढी भी–फोर्समा युवा सङ्गठित भएका छन् ।

मतदाताको सुरक्षा गर्ने, मतदातालाई सहजीकरण गर्ने र स्वय्म सेवकको भूमिका खेल्नका लागि मतदाता रक्षा दल गठन गरिएको माओवादी केन्द्रका केन्द्रीय सदस्य माधवप्रसाद सापकोटा ‘सुबोध’ले जानकारी दिनुभएको छ । नेता सुबोधले भी–फोर्स केन्द्रीय तहबाट आएको निर्देशन र निर्णय नभई जिल्लाकै नीति भएको बताउनु भयो । 

युवा जमात वाईसियल सङ्गठनलाई सक्रिय र गतिशिल बनाउन भी–फोर्स गठन गरिएको उहाँको भनाइ छ । साथै, मतदानमा हुने डरत्रास, भय हटाएर निष्पक्ष, शान्ति सुरक्षा र धाँधलीरहित निर्वाचन सम्पन्न गराउन मतदाता रक्षा दलले भूमिका खेल्ने सापकोटाले बताउनुभयो । निर्वाचन आचारसंहिताले कुनै पनि दलले यस्ता दस्ता खडा गर्न रोक लगाएको छ । तर माओवादी केन्द्रले भी–फोर्स गठन गरेर आचारसंहिता अटेर गरेको छ । 

यस्तै, सिन्धुपाल्चोकमा नेकपा एमाले, नेपाली काँग्रेस, एमाओवादी केन्द्र, राप्रपा, समाजवादी र अन्य दलले निर्वाचन आचारसंहिता विपरीत तुल, ब्यानर, भित्तेलेखन, टिर्सट, ज्याकेट, टोपी, झण्डा प्रचारप्रसारमा प्रयोग गरिहेका छन् । जिल्ला निर्वाचन अधिकृत विकास रिजालले सबै दललाई निर्वाचन आचारसंहिता विपरीतका काम तत्काल रोक्न निर्देशन दिएको बताउनुभयो ।