३१ वर्षअघि अफ्रिकी राष्ट्र नामिबियाको राजधानी विन्डहक सहरमा आयोजित सम्मेलनमा संयुक्त राष्ट्रसङ्घद्वारा मे ३ तारिखलाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउने निर्णय गरिएको थियो । त्यसैअनुसार मे ३ अर्थात् वैशाख २० गतेलाई विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाउने गरिएको छ ।
लोकतन्त्र र मानव अधिकार एक–अर्काका परिपूरक हुन् । जहाँ लोकतन्त्र हुन्छ त्यहाँ मानव अधिकार हुन्छ र जहाँ मानव अधिकार हुन्छ त्यहाँ लोकतन्त्र हुन्छ । न त लोकतन्त्रबिना मानव अधिकारको सार्थकता हुन्छ न त मानव अधिकारप्रति उदासीन भएर लोकतन्त्रलाई संस्थागत गर्न सकिन्छ । त्यसैले मानव अधिकारको सम्मान गर्नु नै लोकतन्त्रप्रतिको सम्मान र विश्वास हो ।
राज्यको विभिन्न तहतप्का जिम्मेवारी तथा भूमिकामा रही सार्वजनिक सेवा प्रवाह गर्ने प्रशासनिक तथा प्राविधिक कर्मचारी बृहत् सोचमा राष्ट्रसेवक हुन् । राष्ट्रसेवक कर्मचारी एक यस्तो संरचनाभित्र स्थायी रूपमा आबद्ध रही कार्य गरिरहन्छन् जसले राज्यमा दीर्घकालीन सेवा प्रदान गरिरहेका हुन्छन् । सरकारी तथा गैरसरकारी जुनसुकै संस्थाले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा राज्यकै उद्देश्य हासिल गर्न लागिपर्ने हुनाले राष्ट्रसेवक कर्मचारीको परिभाषा पहिलेको भन्दा फराकिलो हुँदै गएको छ । निजामती सेवामा सेवारत राज्यको ढुकुटीबाट तलबभत्ता खाने कर्मचारीलाई मात्र राष्ट्रसेवक कर्मचारी भनी बुझिए तापनि अब निजी तथा सरकारी सबै सङ्घसंस्थामा काम गर्ने कर्मचारीलाई पनि राष्ट्रसेवकको परिभाषाभित्र अटाउनुपर्दछ । आज सरकारी निकायबाट प्रवाह गरिएको
साहित्यकार डा. वानिरा गिरी प्रज्ञा पुरस्कार कालीप्रसाद रिजाललाई प्रदान गरिएको छ ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका उम्मेदवारलाई बैंकमार्फत् मात्र खर्च गर्न निर्देशन दिएको छ।
गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तह निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीलाई सम्मानजनक व्यवहार गर्न निर्देशन दिनुुभएको छ।
काठमाडौँको स्वयम्भूमा मृत अवस्थामा भेटिएका एक व्यक्तिको हत्या भएको खुलेको छ।
यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि निर्वाचन आयोगले लक्ष्यअनुसारको मतपत्रको छपाइ सम्पन्न गरेको छ ।
पाली कांग्रेसले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको सचिवालय गठन गरेको छ।
विभागीय टोली नेपाल एपएिफ क्लबले छैटौं आरबीबी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगको महिलातर्फ जित निकालेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा मंगलबार भएको खेलमा एपिएफले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई २७–२५, १३–२५, २५–२१, २५–२३ को सेटमा हरायो ।
विश्व प्रेस स्वतन्त्रता सूचकाङ्कमा नेपालले उल्लेखनीय सुधार गरेको छ । रिपोर्टर्स विदाउट बोर्डर्सले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मङ्गलबार सार्वजनिक गरेको विश्व प्रेस स्वतन्त्रता सूचकाङ्क अनुसार १८० देशको सूचीमा नेपाल ७६ औँ स्थानमा छ । गत वर्ष नेपाल १०६ औं स्थानमा थियो ।
चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदका लागि तेक्वान्दो खेलाडीको प्रारम्भिक छनोट प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । एसियाली खेलकुद भदौ २५ देखि असोज ९ गतेसम्म हुँदैछ ।
काठमाडौं, वैशाख २० गते । गीतकार तथा संगीतकार पुष्पन प्रधानले 'एउटा सपना छ'को लेजेन्डरी भर्सन सार्वजनिक गर्नुभएको छ । क्रियटिभ ह्याट्सले मदनकृष्ण श्रेष्ठको ७२ औं जन्मदिनको अवसर पारेर भिडियो उपहार दिएको हो । सराना श्रेष्ठको कथा र निर्देशनमा तयार भएको भिडियोमा हरि हुमागाईले छायाङ्कन र सम्पादन गर्नुभएको हो । गायक तथा सङगीतकार पुष्पन प्रधानले यो गीतको पहिलो भर्सनले सय करोड दर्शक पाउने आफ्नो जीवनको पहिलो गीत भएको बताउनुभयो। कार्यक्रममा श्रेष्ठले आफूले जिन्दगीमा धेरै गीत गाउन नसकेको भन्दै यो गीत आफ्ना लागि सधै नै विशेष रहने अपेक्षा गर्नुभयो । भिडियोमा मदनकृष्ण र आँचल शर्माको अभिनय देख्न सकिन्छ । आँचल मदनकृष्णकी नातिनीको भूमिकामा देखिनुभएको छ। यस्तै, भिडियोमा बिरामी भएर सबै विर्सिएका आफ्ना हजुरबुबालाई भेट्न गाउँ फर्किएकी नातिनी र हजुरबुबाको कथालाई देखाइएको छ ।
पोखरामा हुने नवौँ संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिताका सभ्य र भव्यरुपमा सञ्चालन गर्न गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विशेष चासो दिनुभएको छ ।
नेकपा (एकीकृत समाजवादी)ले गठबन्धनका उम्मेदवार जिताउन सम्पूर्ण शक्ति केन्द्रित गर्ने निर्णय गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो।