दिगो विकासका अभियन्ता तथा गायक रोहनरत्न बागचन्दले नेपालगञ्जबाट जस्टिस कन्सर्ट साङ्गीतिक अभियानको थालनी गर्नुभएको छ । दिगो विकास लक्ष्य–१६ शान्ति न्याय र मजबुत संस्थाको स्थानीयकरणका लागि विभिन्न गतिविधि गर्दै आउनुभएका गायक रोहनरत्न बागचन्दले विश्वमा बढ्दै गएको विभेद, हिंसा र गरिबीका कारण पुनः सबै मानव जातिले न्यायप्रति प्रतिबद्धता जनाउनुपर्ने बताउँदै न्यायलाई नदीझैँ बग्न देऊ भन्ने गीतबाट आफ्नो प्रस्तुति सुरु गर्नुभयो ।
लामो समयदेखि बन्द रहेका उद्योग सञ्चालन गर्ने विषयमा अध्ययन गर्न कार्यदल गठन भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बाबुराम गौतमको संयोजकत्वमा ‘रुग्ण उद्योग सञ्चालन तथा व्यवस्थापनसम्बन्धी’ कार्यदल गठन भएको हो । कार्यदलले अध्ययन गर्न एक महिनाको समय पाएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी यू-१९ महिला विश्वकप क्रिकेट छनोटका लागि नेक्यानले बन्द प्रशिक्षणमा रहेका ४४ खेलाडीबाट १८ सदस्सीय टोलीको घोषणा गरेको हो ।
महिला उम्मेदवारले स्थानीय तहको निर्वाचनको मुद्दामा भौतिक विकासलाई भन्दा सामाजिक सुशासनको विषयमा जोड दिएका छन् । काठमाडौँ, ललितपुर महानगरपालिका र टोखा नगरपालिकाका विभिन्न क्षेत्रबाट स्थानीय तहको निर्वाचनमा उम्मेदवारी घोषणा गरेका महिला उम्मेदवारले सामाजिक सुशासनका विषयलाई बढी प्राथमिकता दिएका हुन् ।
कालीकोट जिल्लाको पलाँता र पचालझरना गाउँपालिकामा -याफ्टिङ सञ्चालन भएको छ । र्यटन प्रवद्र्धनका लागि यी दुई गाउँपालिकाले कर्णाली नदीमा -याफ्टिङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरेपछि -याफ्टिङ सुरु गरिएको हो । पलाँता गाउँपालिकाको घाटाचौरदेखि पचालझरना गाउँपालिकाको लाफा पडेक्षासम्म चार किलोमिटरमा -याफ्टिङ सञ्चालन गरिएको छ । एक कार्यक्रममा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादर शाही, रास्कोट नगरपालिका प्रमुख काशीचन्द्र बराल, पचालझरना गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवाल, पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम र सान्नित्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्मर शाहीलगायतको टोलीले चार किलोमिटर -याफ्टिङ गरेको छ ।
लुम्बिनी प्रदेशका एकल महिलाले आफ्ना समस्यालाई सम्बोधन गर्न स्थानीय तहका उम्मेदवारलाई आह्वान गरेका छन् । स्थानीय तहको निर्वाचनमा एकल महिलाको मत निर्णायक हुने भएकाले आफ्ना समस्यामा ध्यान दिन एकल महिलाले उम्मेदवारको ध्यानाकर्षण गराएका हुन् ।
इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले ब्रेन्टफोर्डमाथि सहज जित निकालेको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा युनाइटेडले ब्रेन्टफोर्डलाई ३–० गोलले हरायो ।
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा देखिएको बाह्रसिंगाको झुण्ड । शुक्लाफाँटामा सबैभन्दा बढी बाह्रसिंगाको ठूलो झुण्ड अवलोकन गर्न पाइन्छ ।
कृषि उत्पादन बढाउन रुकुम पश्चिमका किसानलाई कृषि सामग्री वितरण गरिएको छ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका २८ जना किसानलाई आधुनिक कृषि सामग्री वितरण गरिएको हो । कृषि विकास कार्यालयको ताजा तरकारी ब्लक कार्यक्रमअन्तर्गत तीनवटा मिनी ट्रिलर, १५ थान प्लास्टिक टनेल, १५ वटा स्प्रे ट्याङ्की, १५ वटा हजारी वितरण गरिएको हो ।
निर्वाचन अधिकृतको कार्यालय दमकले आचारसंहिता पालनाका लागि राजनीतिक दललाई सचेत गराएका छन् । राजनीतिक दलले नै आचारसंहिता बनाएकाले त्यसलाई पूर्ण पालना गर्न राजनीतिक दललाई निर्वाचन अधिकृतको कार्यालयले आग्रह गरेको छ ।
स्थानीय तह निर्वाचनमा दार्चुलाका लागि आवश्यक पर्ने मतपत्र जिल्ला सदरमुकाम खलङ्गा आइपुगेको छ । दार्चुलाका नौवटै स्थानीय तहका लागि ९० हजार नौ सय मतपत्र आइपुगेको निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ ।दार्चुलामा मतपेटिकालगायत सामग्री यसअघि नै आइपुगेका छन् । जिल्ला निर्वाचन अधिकारी प्रदीपसिंह धामीका अनुसार निर्वाचन सामग्री गाउँ पठाउने तयारी भइरहेको छ, धामीले भन्नुभयो । उहाँले निर्वाचनका लागि चाहिने आवश्यक सामग्री दार्चुला आइपुगेको र सबै सामग्री चेकजाँच गरेर प्याकिङको काम भइरहेको जानकारी दिनुभयो । वैशाख २७ गतेभित्र सबै स्थानीय तहका निर्वाचन स्थल र मतदान केन्द्रमा
स्थानीय तह सदस्य निर्वाचनमा विदुर नगरपालिका–८ मा एकै परिवारका तीन सदस्यबीच प्रतिस्पर्धा हुने भएको छ । प्रतिस्पर्धीहरू एकै आमाबुवाका तीन सन्तान हुन् भने उनीहरूले प्रतिनिधित्व गर्ने पार्टी भने फरकफरक रहेको छ । वडामा प्रतिस्पर्धा गर्न लागेका सहो
नेपाल–स्विट्जरल्यान्ड द्विपक्षीय परामर्श संयन्त्रको सोमबार काठमाडौँमा बसेको तेस्रो बैठकमा दुईपक्षीय सम्बन्ध र साझेदारीको समीक्षा भएको छ । परराष्ट्र मन्त्रालयको युरोप–अमेरिका महाशाखाका सहसचिव निर्मलराज काफ्ले र स्विट्जरल्यान्डका एसिया प्रशान्त क्षेत्र हेर्ने सहायक राज्य सचिव एन्ड्रियास राफेल नागेलीको सहअध्यक्षतामा भएको बैठकमा परराष्ट्र सचिव भरतराज पौड्यालले उद्घाटन गर्नुभएको थियो ।
शुक्रबार राति आएको हावाहुरीले इनरुवा नगरपालिकासहित दक्षिणवर्ती क्षेत्रको केरा र मकै बालीमा क्षति पु--याएको छ । सुनसरी जिल्लाको सदरमुकाम इनरुवाको डुम्राहा, मधेसा, चान्दबेला, बबिया र बलाहालगायतका बस्ती र गाउँमा केरा, तरकारी र मकै बाली नष्ट भएको